नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य डाचाराज वाग्लेले आफ्ना दिवङ्गत हजुरबुबा हजुरआमाको नाममा तीन लाखको अक्षयकोष स्थापना गर्नु भएको छ ।
उहाँले हजुरबुबा दिवङ्गत खडानन्द वाग्ले र हजुरआमा सत्यदेवी वाग्लेको १३ औं दिनको पुन्यतिथिका दिन पाँच कुमार मावि हजारविघाको नाममा अक्षयकोष स्थापना गर्नुभयो हो ।
अक्षयकोषबाट प्राप्त रकम पाँच कुमार मावि हजारबिधामा अधयनरत विधार्थीलाई छात्रवृत्ति स्वरुप उपलब्ध गराउने केन्द्रीय सदस्यीय वाग्लेले जानकारी दिनुभयो ।
कोषको ब्याजबाट ११ र १२ मा सबैभन्दा बढी अङ्क ल्याउने विधार्थीलाई दिईने छ।अक्षयकोष स्थापना गरेर समाजमा उदाहरणीय काम गरेको पुर्व मन्त्री रामेश्वर यादवले बताउनुभयो ।
सत्यदेवि वाग्लेको १३ पून्यतिथिका दिन श्रद्धाञ्जली दिन नेकपाका नेता कमल बुढाथोकी ,केन्द्रीय सदस्यीय प्रलाह्द बुढाथोकी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो।केन्द्रीय सदस्यीय वाग्ले सर्लाही हरिपुर १ हजारविघाका स्थायी बासिन्दा हुनुहुन्छ ।
ईलाका प्रहरि कार्यालय लालबन्दीको टोलीले २० क्युवेक फिट सिसौको गोलीया सहित एक जनालाई पक्राउ गरि डिभिजन बन कार्यालय लालबन्दीमा बुझाएको छ ।
सोमवार राती करिव ९ बजेको समयमा सर्लाहीको लालबन्दी नगरपालीका ६ मा अन्दाजी बत्तिस हजार मुल्य बराबरको काठ लोड गरीएको म्याजीक सहित कबिलासि नगरपालीका ८ बस्ने ३१ बर्षका महेश साह कलवार पक्राउ परेका हुन ।
ना२च ७८६८ नम्बरको म्याजिक सहित पक्राउ परेका साह कलवारलाई नियन्त्रणमा लिई डिभिजन बन कार्यालय लालबन्दीमा बुझाईएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रबक्ता एवं प्रहरि नायव उपरिक्षक मदन कुवंरले जानकारि दिनुभएको छ ।
सर्लाहीको नवलपुर–मलंगवा सडकखण्डबाट भन्सार छलि गरेर ल्याईएको चाँदीका गहना र सुनसहित दुईजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको गस्ति टोलीले नवलपुर –मलंगवा सडकखण्डमा सवारी चेकजाँच गर्ने क्रममा अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको हो।
भारतबाट मंलगवा हुदैँ नवलपुरतर्फ आएको बा ६९ प ५१६१ नंको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा भन्सार छलेर ल्याईएको ७१ तोला ३४ लाल चाँदीको गहना र २७.७ लाल सुन झोलामा पोका पारेर लुकाईएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुवँरले बताउनुभयो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–१ का २७ वर्षिय शसीकृष्ण गजमेर र पछाडि सवार सरोज वि.क रहेका छन् । उनिहरुको साथबाट नगद रु ३७ हजार पाँच सय समेत बरामद भएको र भन्सार छलि गरेर ल्याईएको गहनाको अन्दाजी मूल्य ७० हजार कायम गरी थप अनुसन्धान र कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीको चन्द्रनगरमा मंगलवार प्रदेश सांसद उपेन्द्र महतोले झोलुंगे पुलको शिलान्यास गर्नुभएको छ । चन्द्रनगर गाउँपालिकामा ३९ लाखको लागतमा निर्माण हुने झुलुगें पुलको सांसद महतोले शिलान्यास गर्नुभएको हो ।

क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य महतोको पहलमा वडा नं. २ गेरुका खोलामा झुलुगें पुल निर्माण हुने भएपछि त्यस क्षेत्रका स्थानिय खुसि भएका छन । चमरवागाछी घाटमा पुल नहुँदा गाउँपालिकाकै एक अर्को गाउँ तथा वडामा आवत जावत गर्न समस्या हुने गरेको छ ।
पुल निर्माण पश्चात किसान तथा चन्द्रनगरका स्थानियलाई आवतजावतमा सहज हुने स्थानिय समाजसेवी युवा भाग्यनारायण गुप्ताले जानकारी दिए ।
पुलको शिलान्यास कार्यक्रमा चन्द्रनगर गाउँपालिका प्रमुख महेन्द्र महतो, गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्ष, गाउँपालीकाका कर्मचारि लगायत स्थानियहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
टेलिभिजन शो ‘ऐना’ माघ ७ गते बुधवारदेखि प्रशारण हुने भएको छ । विश्वप्रकाश शर्माले संचालन गर्ने कार्यक्रमको चर्चा धेरै अघिदेखि भएपनि यसको पहिलो एपिसोड बुधवार राति ९ बजे देखि कान्तिपुर टेलिभिजनमा हेर्न सकिने छ । सामाजिक विषयवस्तुमा आधारित तर फरक प्रस्तुति सहितको टेलिभिजन शो ’ऐना’ अहिले सम्मकै ब्यापक र खोजमुलक हुने निर्माण कम्पनीले जनाएको छ ।
टिभी शोले नेपाली समाजमा हुने विभेद, अन्याय, हानिकारक प्रथा परम्परा जस्ता सामाजिक विषयवस्तुहरुको मानविय संवेदनशिलताको पक्षलाई उजागर गर्ने बताइएको छ । दि होराइजन मल्टिमिडिया प्रालिले निर्माण गरिरहेको २६ एपिसोडको यो शो यसअघि गत कार्तिक पहिलो सातादेखि प्रसारण हुने बताइएको थियो ।
कोभिड–१९ का कारण शो दुई महिना पछाडि धकेलिएको हो । देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन–अनुसन्धान, घटना र पात्रहरुको मिहीन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी कुनै पनि विषय माथिको सम्पूर्ण ‘प्याकेज’का रुपमा कार्यक्रम ‘ऐना’शो तयार गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
कार्यक्रम छायंकनको लागि द होराइजन मल्टिमिडियाले बालाजु स्थित चलचित्र विकास कम्पनिको परिसरमा भब्य छायंकन सेट निर्माण गरेको छ । कार्यक्रममा उठाइने सामाजिक मुद्दा र सम्बन्धित विषयमा स्थलगत अनुसन्धान र रिपोर्टिङपश्चात् काठमाण्डौस्थित स्टुडियोमा छलफल हुन्छ ।
विदेशमा यस्ता खालका विषयबस्तुहरुमा सिमित टेलिभिजन-शोहरु भएतापनि नेपालमा भने यो स्तरको रिसर्च, टिम, मेहनत र लगानीमा हालसम्मकै ठूलो टेलिभिजन शो हुने ‘ऐना’का प्रोजेक्ट हेड राधाकृष्ण धितालले दाबी गरे ।
‘ऐना’को निर्देशकमा अमनप्रताप अधिकारी, प्रोड्युसरमा जनक पौड्याल, कन्टेन्ट रिसर्चमा प्रकाश लामिछाने, स्क्रिप्ट राइटरमा आन्विका गिरी, डाइरेक्टर अफ फोटोग्राफीमा प्रमोद कार्की, पोष्ट प्रोडक्सनमा रमेश थापा रहेका लोकपथमा समाचार छ ।
भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ ।
भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।
मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा आउने खोप अनुदानमा दिए पानि दोस्रो चरणदेखि खरीद प्रक्रियाबाट नै आउनेछ । अनुदानमा आउने खोपको परिमाण भने निश्चित भइसकेको छैन ।
भारतले अनुदानमा दिने भनिएको कोभिसिल्ड खोप यसै साता औषधि व्यावस्था विभागमा दर्ता भइसकेको छ ।
भारतले यही बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप अनुदान दिने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय स्रोतको अनुसार नेपाल पनि भारतको उच्च प्राथमिकतामा छ ।
‘अहिलेसम्मको तयारी अनुसार यही साताभित्र खोप आउने देखिएको छ’ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यही अनुरुप हामी तयारीमा लागेका छौं ।’
यसै साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगै स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत भ्रमणमा थिए । भ्रमणका क्रममा खोपको विषयमा पनि छलफल भएको थियो । स्वास्थ्य मन्त्रालयले खोप आएको एक साता भित्रै लगाउन थाल्ने गरी योजना बनिसकेको जानकारी दिएको छ । अनलाईन खबरबाट…
रौतहट प्रहरिले २ दिनमा बरामद गरेको करिव एक लाख छब्बिस हजार दुई सय पचहत्तर रुपैँया बराबरको भन्सार छलिका अवैध समान मंगलवार भन्सार कार्यालयमा बुझाएको छ ।
आईतवार र सोमवार जिल्ला प्रहरि कार्यालय रौतहट मातहतका बिभिन्न ईकाईबाट खटिएको प्रहरि गस्ति टोलीले बरामद गरेको समान गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।
भन्सार बुझाईको समानहरुमा चिनी, कपडा, धाराको टुटी, युरीया मल, पर्दा, बच्चाको कपडा, केलम्पु, कपी, मैदा, चकलेट, मिठा, पेन्ट, टिन्कु सुपारी, बजाज तेल लगायतका अन्य सामानहरु रहेका छन ।
रौतहट प्रहरिको सक्रियतामा पछिल्लो समय नेपाल भारत नाका आसपासका क्षेत्रमा भारि मात्रामा भन्सार छलिका अवैध समानहरु बरामद भईरहेका छन ।
सर्लाहीको ईश्वरपुर नगरपालिकामा सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताको भेला सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णय पश्चात्त विभाजित नेकपाको प्रचण्ड–नेपाल समुहले गठन गरेको स्थानीय तहको जनसंघर्ष समिति ईश्वरपुरको आयोजनामा ईश्वपुर–६ बयलबासमा समितिका सदस्य संजय साहको घरमा भेला सम्पन्न भएको हो ।
संघर्ष समिति ईश्वरपुरका संयोजक रुपनारायण सिंहको अध्यक्षतामा बसेको बैठकले यही माघ ९ गते काठमाडौंमा हुने केन्द्रीय विरोध आमसभामा सहभागिताका लागि करीब दुई सय जना नेता कार्यकर्तालाई लैजाने निर्णय गरेको छ ।
नेपाल प्रहरीले आसन्न मध्यावधि निर्वाचनका लागि संगठनलाई कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रालयमा पेश गरेको छ । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्चको आधारमा नयाँ विवरण तयार पारेर खर्च विवरण पेश गरिएको हो ।
मन्त्रालयका एक अधिकारीले अनलाइनखबरलाई बताएअनुसार म्यादी प्रहरी भर्नाका लागि साढे ५ अर्ब लाग्ने अनुमान गरिएको छ भने साधारणतर्फ ३ अर्ब र पुँजीगततर्फ ४ अर्ब खर्च हुने प्रहरी प्रधान कार्यालय, नक्सालको अनुमान छ ।
साधारणतर्फ तलब, भत्ता लगायत राखिएको छ भने पुँजीगततर्फ प्रहरीले सवारीसाधन, सञ्चार सेट लगायतका उपकरण माग गरेको छ । मन्त्रालयका अनुसार प्रहरीले अघिल्लो निर्वाचनका वेला पनि नयाँ गाडी नआएकाले यसपटक कम्तिमा दुई सय बढी पिकअप गाडी चाहिने भनेको छ ।
सञ्चार सेटसमेत अपर्याप्त रहेको भनिएको छ ।
सरकारले वैशाखका लागि घोषणा गरेको मध्यावधि निर्वाचन हुन्छ/हुँदैन भन्ने अन्यौलताका बीच सुरक्षा निकायले निर्वाचनको तयारी गरिरहेको छ । यद्यपि, म्यादी प्रहरी भर्ना जस्ता कार्यका लागि भने सर्वोच्च अदालतको आदेश कुरिरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन्। नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे।
प्रधानमन्त्री ओलीले भने, ‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु। हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु।’
अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गरे।
कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट गरे। उनले भने, ‘हामी हिंसामा विश्वास गर्दनौं, जनतामा विश्वास गर्छौँ। विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमिततता अब हुँदैन।’ कार्यक्रममा नेकपा नुवाकोटका नेता केशवराज पाण्डेले जिल्लामा यही माघ १९ गते जिल्लास्तरीय कार्यक्रम हुने जानकारी दिएका अन्नपूर्ण पोस्टमा खबर छ ।