२०८३ आश्विन १६ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन १६ शुक्रबार

सर्लाही, २४ जेठ । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

सिंगा ओभल ग्राउन्डमा आइतबार विहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो । ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरुा गर्‍यो ।

नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएर अविजित रहे । रोहित पौडेल २१ रनमा अविजित रहे । त्यसअघि कुशल भुर्तेलले २० अनि आसिफ शेखले १ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो । ओमानका लागि कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए । जुबेर अली अकबरले २२ रन बनाए ।

नेपालका लागि करण केसीले ३ विकेट लिए । सोमपाल कामी, सन्दीप लामिछानेले २-२ विकेट लिए । शाहब आलम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले १-१ विकेट लिए ।

नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ । हङकङ र मलेसियाबीच दिउँसो सवा १२ बजेदेखि खेल हुनेछ ।

नेपालसहित सेमिफाइनल पुगेका चारवटै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।

लालबन्दी, २१ जेठ । सर्लाहीको लालबन्दीका महिलाहरुका लागी उद्यमशिलता तथा फुलको गुच्छा बनाउने तालिम सुरु भएको छ । लालबन्दी नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग र संयुक्त दलित नगर संजाल लालबन्दीको आयोजनामा तालिम सुरु भएको हो ।

वडाध्यक्ष कृष्ण कुमार कार्किको प्रमुख आतिथ्यतामा सुरु गरिएको हो । तालिम उद्घाटन समारोहमा वडा नम्बर ७ का वडा सदस्यहरु सुरज थापा, राधेश्याम गुप्तासहितका स्थानीय व्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।

यहि जेठ २८ गतेसम्म चल्ने तालिममा वडा नम्बर ७ का १५ बढि महिलाहरु सहभागी छन ।

तालिम उद्घाटन समारोह तस्विरमा हेर्नुहोस् ।

लालबन्दी, २१ जेठ । २० औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा वृद्धाश्रममा भोजन गराईएको छ । दिवसका अवसरमा सर्लाहीको लालबन्दी ७ मा रहेको संयुक्त दलित नगर संजालले आश्रममा मिष्ठान्न भोजन गराएको हो ।

लालबन्दी २ जुटपानीमा रहेको पद्मभुवनेश्वरी नमुना वृद्धाश्रममा संस्थाका पदाधिकारीहरु पुगेर बिहानको मिष्ठान्न भोजन गराइएको संस्थाका कोषाध्यक्ष टिकामाया विश्वकर्माले जानकारी दिनुभयो । दिवसका अवसरमा सबैखाले मानविय भेदभाव अन्त्य होस भन्ने कामनासहित आश्रममा आश्रीतहरुलाई भोजन गराईएको कोषाध्यक्ष टिकामायाले बताउनुभयो ।

संस्थाले आश्रममा आएर मिष्ठान्न भोजन गराएकोमा आश्रमकी ब्यवस्थापिका भवानी घिमिरेले संस्था परिवारको उन्नति, प्रगतिको कामनासहित धन्यवाद व्यक्त गनुभएको थियो ।

सर्लाही, २० जेठ । अध्ययन बिदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्। 

अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पुर्‍याएकोबारे सरकारले चासो लिएपछि लामो समयदेखि बिदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्।

विश्वविद्यायलका अनुसार हालसम्म ४१ जना प्राध्यापकले रकम फिर्ता गरेका छन्। यसबाट रु १० करोड ४६ लाख ५६ हजार ८०४ रकम विश्वविद्यालयको पेन्सन कोषमा दाखिला भएको छ। 

अध्ययन बिदामा रहेका १९१ प्राध्यापकमध्ये ४१ जनाले रकम फिर्ता गरेको छानबिन समितिका संयोजक डा जीवन काफ्लेले जानकारी दिए। उनका अनुसार ६२ जनाले रकम फिर्ताका लागि समितिसमक्ष निवेदन दिएका छन्। यीमध्ये ५४ जनालाई समितिले पत्र काटेको छ। 

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको चासो र सक्रियतापछि त्रिविले कामलाई तीव्र गतिमा अगाडि बढाएको छ। मन्त्रालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकहरूलाई कबुलियतनामाअनुसार चाँडो रकम फिर्ता गराउन निर्देशन पनि दिएको छ।

संयोजक काफ्लेले अध्ययन बिदामा गएर सेवामा नफर्किने प्राध्यापकहरूबाट रकम फिर्ता गर्ने क्रम जारी रहेका जानकारी दिँदै रकम फिर्ता नगरेकाहरूलाई अविलम्ब रकम बुझाउन आह्वान गरेका छन्। 

विश्वविद्यालयका प्राध्यापक सेवामा नफर्किँदा दुई अर्ब बढीको नोक्सानी भएको जनाइएको छ। विश्वविद्यालयको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउँछन्। 

विश्वविद्यालयका निमित्त उपकुलपति डा सुशीलबहादुर बज्राचार्यले अध्ययन बिदामा गएर सेवामा नफर्किने प्राध्यापकहरूले नियमअनुसार बिगो रकम चाँडो फिर्ता गरेर सहजीकरण गरिदिन आग्रह गरेका छन्। उनले कानुनअनुसार सबै प्रक्रिया पूरा गरेर पटक पटक सूचना प्रकाशन गरिएको बताए। निर्धारित समयमा सम्पर्कमा नआए कानुनअनुसार हुने उनले बताए।

मन्त्रालयको पहलपछि त्रिविले छानबिन समिति बनाएर अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकहरूको खोजी गरी उनीहरूबाट रकम असुली गरिरहेको छ।

यससम्बन्धी समाचार प्रकाशित भएपछि त्रिविले अध्ययन बिदामा गएर नफर्किने शिक्षक–कर्मचारीहरूको खोजबिन गर्न डा काफ्लेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो। समितिमा कृष्णहरि आचार्य र दीपक तिवारी सदस्य छन्। 

उक्त समितिले खोजबिन गर्दा करिब ३९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको भेटिएको थियो। समितिका संयोजक डा. काफ्लेले अध्ययन बिदामा विदेश गएकामध्ये नफर्किनेको सङ्ख्या बढ्दा विश्वविद्यालयले आर्थिक क्षतिका साथै शैक्षिक समस्या र नैतिक नोक्सानी व्यहोरिरहेको बताए। 

त्रिवि कार्यकारी परिषद्ले २०८१ पुस २५ गते छानबिन समिति बनाएको थियो। छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिएर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी ३९८ प्राध्यापक छन्। 

छानबिन समितिले बिदामा गएर नफर्किएका प्राध्यापकबाट रकम असुलका लागि पटक पटक सूचना निकालेर ताकेता गरिरहेको छ। यसरी ताकेता गर्दा पनि रकम फिर्ता नगर्नेहरूको नाम सार्वजनिक गर्ने तयारी गरिएको छ। समितिले छिट्टै अध्ययन प्रतिवेदन विश्वविद्यालयलाई बुझाउने जनाएको छ। एक जना प्राध्यापकले कम्तीमा रु १० लाखदेखि बढीमा ५० लाखसम्म फिर्ता गर्नुपर्ने देखिएको विश्वविद्यालयले जनाएको छ।

लालबन्दी, २० जेठ । सर्लाहीको लालबन्दी नगर अस्पतालमा हिंसापीडित नागरिकलाई लक्षित गर्दै ‘अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (One-Stop Crisis Management Center–OCMC)’ सेवाको औपचारिक शुभारम्भ गरिएको छ ।

आज एक औपचारिक कार्यक्रमका बिच सेवाको सुभारम्भ गरिएको हो । कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रीन, नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरी, चिकित्सकहरू, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख बिरेन्द्र सिंह जोहारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

याे सेवाको सुरुवातसँगै घरेलु हिंसा, लैङ्गिक हिंसा तथा अन्य प्रकारका हिंसाबाट प्रभावित सेवाग्राहीहरूले लालबन्दी नगर अस्पतालबाटै निःशुल्क उपचार, मनोसामाजिक परामर्श, कानुनी सहजीकरण तथा आवश्यक अन्य सहयोग प्राप्त गर्न सक्नेछन्।

यसअघि यस्ता सेवा लिन जिल्लाको सदरमुकाम मलङ्गवासम्म पुग्नुपर्ने बाध्यता रहेकामा अब स्थानीय स्तरमै सेवा उपलब्ध हुने भएपछि हिंसापीडित नागरिकलाई सहजता हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा वक्ताहरूले हिंसापीडित व्यक्तिहरूलाई गुणस्तरीय, सहज र पहुँचयोग्य सेवा प्रदान गर्न केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए। नगरपालिकाले नागरिकमैत्री स्वास्थ्य सेवा विस्तार गर्ने अभियानअन्तर्गत यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

सर्लाही, १९ जेठ । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच आज (मंगलबार) भेटवार्ता भएको छ। शाहले कुनै पनि विदेशी दलका सभापतिलाई भेटेको यो पहिलोपटक हो । 

भारतको राष्ट्रिय राजनीतिमा भाजपाको राष्ट्रिय महासचिवदेखि राष्ट्रिय अध्यक्ष र पछिल्लो सात वर्षदेखि गृहमन्त्री हुँदासमेत शाहले कुनै पनि विदेशी नेता, कुनै विदेशी दलका अध्यक्षलाई भेटेका थिएनन् ।

उनले आजसम्म पार्टी अध्यक्ष अथवा गृहमन्त्रीको रूपमा विदेश यात्रा गरेका छैनन्। तर, अहिले भने पहिलोपटक विदेशी दलका नेताका रूपमा लामिछानेसँग भेट गरेका हुन् । 

भेटमा गृहमन्त्री शाहले लामिछानेलाई निर्वाचनमा पाएको अभूतपूर्व सफलता र ऐतिहासिक विजयका लागि बधाई दिएका थिए। साथै नयाँ सरकारको सफलताका लागि भारतका तर्फबाट शुभकामना व्यक्त गरे। भेटघाटका क्रममा दुवै नेताले भारत र नेपालबीचको विशेष सम्बन्धलाई अझ सुदृढ र सशक्त बनाउन सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै सभापति लामिछानेले शाहलाई अष्टचिरञ्जीवीलगायतका  विभिन्न उपहार दिएका थिए। यसअघि लामिछानेले भाजपाका राष्ट्रिय अध्यक्ष  नितिन नवीन र भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग पनि भेट गरेका थिए । 

सत्तारूढ भाजपाको निमन्त्रणामा सोमबार दिल्ली गएका लामिछानेले आजदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्। लामिछाने जेठ २२ गतेसम्म भारतमै रहने तालिका छ । 

भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेको छ। भ्रमणका क्रममा लामिछाने अयोध्या जाने कार्यक्रम पनि छ ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् ।

मलंगवा । सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गाउँपालिका–६, मलघट्टाटोल बस्ने रामानन्द रायकी श्रीमती ५० वर्षीया मिथलेसीया देवीको करेन्ट लागेर ज्यान गएको हो ।

आज आफ्नै घरको पछाडि रहेको ट्युबेलमा जडान गरिएको विद्युतीय मोटरमा नुहाउने क्रममा अचानक करेन्ट प्रवाह हुँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

घटनाको जानकारी पाउनासाथ प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।

लालबन्दी, १५ जेठ । गणतन्त्र दिवसको अवसर पारेर खेलाडीहरुलाई फुटबल, जर्सि र अन्य समाग्री प्रदान गरिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १६ मा रहेको मिरमिरे युवा क्लवलाई वडा कार्यालयले खेल सामाग्रीसहित कार्यालय ब्यवस्थापनका लागी आवश्यक सामाग्री प्रदान गरेको हो ।

आज बिहान भोर्लेनीमा एक कार्यक्रमका बिच वडाध्यक्ष गणेश थापा, वडा सचिव विष्णु गौतम, वडा सदस्यहरु तिलक घलान, संचर बहादुर सुनुवार, नगर खेलकुद परिषद सदस्य बिभुसिंह थापा लगाएतको उपस्थितीमा मिरमिरे युवा क्लवका अध्यक्ष सुमन वाईबालाई सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा समाजसेवी कृष्ण गौतम, राजु बुढाथोकी, गङगा बहादुर श्रेष्ठ, सरोज खड्का, हरी अधिकारी, जय गोले, भुवन विक्रम पाण्डे लगाएतको उपस्थिती रहेको थियो ।

क्लवकी सदस्य लक्ष्मी कार्किले संचालन गरेको कार्यक्रमका वक्ताहरुले खेल क्षेत्र र खेलाडीको सम्बद्र्धनका लागी सरकारले नै विशेष ब्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । देशको नाम विश्व सामु चिनाएका खेलाडीहरुसमेत देशमा टिक्न नसकेर विदेशिनुपर्ने बाध्यतालाई अन्त्य गर्न सकेमात्र खेल क्षेत्रलाई ब्यवस्थीत गर्न सकिने वक्ताहरुको जिकिर थियो ।

कार्यक्रममार्फत वडा कार्यालयले क्लवलाई १ थान दराज, १ थान टेबल, १० थान कुर्सी, १ थान घुम्ने कुर्सी, १५ थान जर्सी, ४ थान फुटबलसहित ट्रेनिङ सामाग्री प्रदान गरेको क्लवका अध्यक्ष वाईबाले बताए । खेलाडीलाई प्रोत्साहन गर्न र खेल अभ्यास गर्न सहज होस भनेर करिव ७० हजार बराबरको सामाग्री क्लवलाई प्रदान गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।

कार्यक्रममा क्लवका सदस्य सुनिल बम्जनले स्वागत मन्तव्य राखेका सचिव सुशिल बस्नेतले बताए ।

३ पटक लालबन्दी नगरको वडाध्यक्ष कप फुटबल प्रतियोगीता जित्न सफल मिरमिरे युवा क्लव सर्लाही जिल्लाको प्रशिद्ध फुटबल क्लव हो ।

सर्लाही, १५ जेठ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस  । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभयो ।

गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । तत्कालिन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा ९माओवादी०का बीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो ।

विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गर्नुभयो । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो ।

विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ ।

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

सर्लाही, १४ जेठ । नेपालका रवीन्द्र ढाँटले रोड टु यूएफसी सिजन ५ को सेमिफाइनल यात्रा तय गरेका छन्। 

आज भएको खेलमा उनले फिलिपिनी किम्बर्ट एलिनटोजनलाई पराजित गर्दै मिश्रित मार्सियल आर्ट्स (एमएमए) इभेन्ट सिरिजमा सफलता हात पारेका हुन्। 

यसमा सफलता पाए अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी)मा प्रतिस्पर्धाको अवसर मिल्नेछ। 

ढाँट यो प्रतियोगितामा जित निकाल्ने पहिलो नेपाली बनेका छन्। किम्बर्टविरुद्ध उनले ‘टेक्निकल नकआउट विन’ हात पारे। 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।