२०८३ जेष्ठ ६ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ६ बुधबार

सर्लाहीको सदरमुकाम मलङ्ग्वामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओलि गुटले हजारौँको उपस्थितीमा बृहत कार्यकर्ता भेला गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा नेकपाका केन्द्रिय सदस्य राजनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहको समेत उपस्थित रहेको थियो ।

मलङ्ग्वाको तीन बिघी मैदानमा दशौं हजारको संख्यामा उपस्थित रहेका नेता तथा कार्यकर्ताहरुलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, सहरी बिकास मन्त्री प्रभु साह र पुर्व मन्त्री रघुबिर महासेठ लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

रौतहटको कटहरियामा पसल फुटाई चोरी गर्ने २ जना पक्राउ परेका छन । रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर ६ फत्तेपुर टोल बस्ने प्रकाश सहनी र सुरेश सहनीले सञ्चालन गरेको काठको टहरो पसल फोरी चोरी भएको थियो ।

किराना पसलमा भएको नगद र पसलको समानहरु चोरी गरी फरार भएको खबर पाएपछि उनीहरुको खोज तलासको लागि खटेको प्रहरी टोलीले सोमबार अन्दाजी १० बजे जलहिया चोकमा चारीमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुको साथबाट चोरी गरेको नगद र पसलको समान फेला परेको र पक्राउ गरी रौतहट जिल्ला अदालतबाट दिन ३ को म्याद थप गरी ईलाका प्रहरी कार्यालय गरुडा रौतहटको न्यायीक हिरासतमा राखी अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडा रौतहटले मंगलवार ३३० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

दिउँसो २ बजे तिर प्रहरिले विभिन्न मितिमा बरामद गरेको २२ ग्यालनको उक्त परिमाणको घरेलुु मदिरा सडक किनारामा पोख्याएर नष्ट गरेको हो । प्रहरिका अनुसार ईलाका प्रशासन कार्यालय गरुडा र गरुडा नगरपालिकाका प्रतिनिधि तथा स्थानीय केही ब्यक्तिहरुको उपस्तिथिमा मदिरा नष्ट गरिएको हो ।

पछिल्लो समय रौतहट प्रहरीले घरेलु मदिरा बरामद र नष्ट गर्ने कार्यलाई तिब्रता दिएको छ ।

आफ्नै आमाको हत्यामा संलग्न रौतहटको गरुडाका ४० बर्षिय रामबाबु राय यादवलाई प्रहरिले करिव २० बर्ष पछि पक्राउ गरि जेल चलान गरेको छ । कारागार चलान भएका राय यादवले २०५६ साल बैशाख ६ गत्ते आफ्नै आमा चुल्हियादेवी राय यादवको हत्या गरेका थिए ।

साबिक गडहीगुठ्ठि वडा नम्बर ७ हाल गरुडा नगरपालीका २ गेडहिगुठ्ठ टोल बस्ने राय यादवलाई गरुडा २ बस्ने ईनरकलीदेवी यादवको जाहेरिको आधारमा २०६० साल मंसिर ८ गत्ते बाईस बर्ष, दुई महिना, २० दिनको कैद तोकिएको थियो । त्यस यता उनि फरार रहेका थिए ।

उनलाई रौतहट प्रहरिले गरुडा नगरपालीका २ स्थित गडहीगुठ्ठि टोलबाट गएको बिहिवार पक्राउ गरेको हो ।

पक्राउ परेका हत्यारा राय यादवलाई प्रहरिले आवश्यक कारवाहिको लागी जिल्ला अदालतमा पेस गरेकोमा उनलाई मंगलवार कारागार चलान गरिएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १५ अन्तर्गत पर्ने बोहोरे फेदि गाउँमा मंगलवार जनता समाजवादी पार्टीको जनजागरण तथा पार्टी समायोजन कार्यक्रम सम्पन्न भएको छ ।

१५ नम्बर वडा कमिटिको आयोजनामा कार्यक्रम गरिएको हो । वडा कमिटि अध्यक्ष शुभलाल स्याङ्गतानको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका प्रतिनिधिसभा सांसद प्रमोद शाहको प्रमुख आतिथ्यता रहेको थियो ।

पार्टीको केन्द्रिय सदस्य बम बहादुर मोक्तान बिशिष्ट आतिथी सँगै प्रदेशसभा सदस्य सञ्चमाया मोक्तान, सर्लाही जिल्ला सहईन्चार्ज पञ्चराम लो, जिल्ला कमिटी सदस्यहरु ईन्द्र बल, श्रेया रसाईली, जय कुमार चौधरि, लालबन्दी नगर कमिटी अध्यक्ष हिराकाजि योञ्जन, अमिरी पासवान, नगर ईन्चार्ज सुनिल कुमार शाह ‘भान्जा’, कोषाध्यक्ष बाबुराम बम्जन, सचिव डिल्लि प्रसाद पोखरेल, सदस्यहरु केशव प्रसाद न्यौपाने, प्रेमलाल लामा, अजय श्रेष्ठ सँगै मैत्रीशान्ती तथा पर्यटनस्थल अध्यक्ष हर्क बहादुर स्याङ्गतान लगाएत अतिथी रहेका थिए भने पार्टीका नेता तथा कार्यकर्ता सँगै स्थानियको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि र प्रदेश सांसदद्वयले बोहोरे स्थित निर्माणधिन गुम्बालाई तत्कालै बाँकी काम सम्पन्न गर्नका लागी ५ लाख रकम उपलब्ध गराउने, खेल मैदानको ब्यबस्थापन गर्ने तथा बिजुली बत्ति जडानको बाँकी काम तत्काल सुचारु गराउन पहल गर्ने लगाएतका प्रतिबद्धताहरु ब्यक्त गरिएका वडा कमिटी अध्यक्ष स्याङ्गतानले बताउनुभयो । कार्यक्रमको सञ्चालन अर्जुन थिङ्गले गरेका थिए ।

परवानीपुर चोकबाट उत्तरतर्फको वडा नम्बर १५ का बिकट बस्ति मध्येको बोहोरे फेदिमा अहिले सम्म बिजुली बत्ति पुग्न सकेको छैन भने मोबाईल नेटवर्कले राम्रो सँग काम नगर्ने, कालिञ्जोर खोलामा बाढि आउँदा बर्षाको समयमा कुनैपनी यातायातको साधन नचल्ने लगाएतका समस्याहरु रहेका छन ।

जसपा वडा कमिटि अध्यक्ष स्याङ्गतानको बिशेष पहलमा पछिल्ला केहि समयमा उक्त बस्तिहरुमा सांसद सम्म पुगेर कार्यक्रम गर्न थालेका छन ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई सर्लाहीमा कालो झण्डा देखाइएको छ ।

मंगलवामा आयोजित सभामा मंगलबार दिउँसो जाने क्रममा नवलपुरमा प्रचण्ड–माधव नेपाल समूहका विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका हुन् । पोखरेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको अखिलकी नेतृ आरती लामाले बताइन् ।

‘संसद् विघटन गर्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई सबैतिर कालो झण्डा देखाउने कार्यक्रम छ’, लामाले भनिन् । यसअघि जाजरकोटमा खानेपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाइएको थियो ।

सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याइएको करिब ५ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका– १५ बसपार्क र वडा नम्बर २५ सिर्सिया खाल्वाटोला क्षेत्रबाट सामान बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा किराना सामान, माछा, लसुन, प्याज, जुत्ता चप्पल तथा सामान ल्याउन प्रयोग गरिएको ना १९ प ८०१३ नम्बरको मोटरसाइकल समेत बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।

कार्यालयबाट खटिएको गाडीसहितको मोबाइल गस्ती टोलीले बरामद गरेको सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

विद्यार्थीलाई मेसेन्जरमार्फत् यौन दुर्व्यवहार गरेको आरोपमा प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य रहेका छन् । उनले विद्यार्थीलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत् अश्लिल शब्द प्रयोग गरेको उजुरी परेपछि सोमबार क्याम्पस बाहिरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

उनीमाथि अभद्र व्यवहारको मुद्दामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा साँढेको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी ८० वर्षीया दुर्गीदेवी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

राति ९ बजे आफ्नै घर अगाडि बाटामा हिँडिरहेका अवस्थामा सार्वजनिक रुपमा छाडिएको साँढेले पछाडिबाट आक्रमण गर्दा गम्भीर घाइते भएकी साहलाई उपचारका लागि जिल्ला सदरमुकाम राजविराजतर्फ ल्याउने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

उखुको मुल्य निर्धारण नहुँदा किसान अलमलमा परेका छन् । चिनी उद्योग सञ्चान भएको एक महिना भएपनि उखुको मुल्य तय नहुँदा किसान अन्यौलमा परेका हुन् ।

गत वर्ष चिनी उद्योगलाई किसानले बेचेको उखुको भुक्तानि माग गर्दै आन्दोलन गरिरहँदा चालु क्रसिङ्ग सिजनको मुल्य समेत निर्धारण हुन सकेको छैन । वर्ष दिन खेतमा मेहनतले हुर्काएको उखु चिनी उद्योगलाई किसानले एक महिनादेखि बेचि रहेका छन् । तर, बेचेको उखुको मुल्य कति पाउने किसानलाई नै थाहा छैन ।

उखु हुर्कान बिउ, मल, मजदुर, सिचाइ लगाएतमा नगदमै खर्च गर्ने किसानले उखु काटेर उद्योग सम्म पु¥याउन पनी मजदुरलाई नगदै ज्याला दिनुपर्छ । तर, उखु किसान चिनी उद्योगबाट कति रकम कहिले पाउने टुंगो छैन । तराई मधेसमा पुषको जाडोमा पनी बिहानै देखि किसान उखु काट्न व्यस्त छन् ।

उखु खेती गरेर वर्षभरि ऋणको भारी बोकेका किसान चिनी उद्योगबाट एकमुष्ट भुक्तानि लिएर कर्जा र उधारो चुक्ता गर्ने सपना देखिरहेका छन् । तर, उखुको मुल्य निर्धारण नै समयमा नहुँदा किसान अन्यौलमा तथा मर्कामा परेका छन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।