२०८३ जेष्ठ ६ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ६ बुधबार

रौतहटको कटहरिया नगरपालीका वडा नम्बर २ हथियाहीमा मंगलवार नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कांग्रेसका जुझारु तथा लोकप्रिय युवा नेता एवं संबिधानसभा सदस्य सुनिल कुमार यादव ‘जितेन्द्र’को बिशेष उपस्थितीमा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको हो ।

यहि पुष ५ गत्ते नेकपाको तर्फबाट प्रधानमन्त्री बनेका केपि शर्मा ओलीले गरेको संबिधान बिघटन र त्यसपछिको राजनितिक घट्नाक्रमलाई मध्यनजर गर्दै आगामि रणनिती लगाएतका बिषयमा छलफल गर्नका लागी कार्यकर्ता भेटघाट गरिएको श्रोतले बताएको छ ।

बैठकमा जिल्ला सदस्य सराजुल देवान, युवा नेता महादेव साह, जिल्ला सदस्य वाल्मिकी यादव, कटहरिया नगर सभापती सर्फलाल प्रसाद गुप्ता लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कक्षा १२ को परीक्षा माघकाे पहिलो साता आउने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका डा.चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको हो ।

पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको पौडेलले बताए ।

पछिल्लो केही दिनयता तराईका केहि जिल्ला बाहेक देशभरको मौसस सफा भएसँगै गर्मी महसुस गरिएको छ । मौसम सफा भई राम्रोसँग घाम लागेकाले दिउँसोको अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । 

‘अब गर्मी नै शुरु भइसकेको भने होइन, केही दिन मौसम सफा भएकाले दिउँसोको अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको हो । कुनै मौसमी प्रणाली विकसित भए फेरी चिसो बढ्छ,’ मौसमविद् मानन्धरले भनिन् ।
     
मौसमविद्का अनुसार डम्म बादल लाग्यो भने बादलले ब्ल्याङ्केटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । पानी पर्‍यो भने पनि जाडो बढ्छ तर अहिले तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको बताइएको छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।     

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित आठ सांसदलाई निलम्बन गर्न सिफारिस गरिएको छ।

नेकपाको मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीन जना सांसदहरुलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो। यससम्बन्धी जानकारी आइतबार प्रदेश सभा सचिवालयलाई दिएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए।

प्रदेश सभा सचिवालयलाई दिएको जानकारीमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई निलम्बनका लागि सिफारिश गरेको छ। त्यस्तै, प्रदेश सभा सदस्यहरु इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको जनाएको छ।

नेकपा संसदीय दलका नेता भीमप्रसाद आचार्यले बुधबार मुख्यमन्त्री शेरधन राईसहित आठ जनालाई संसदीय दलको बैठकमा उपस्थित नभएको र पार्टीको हितविपरीत काम गरेको भन्दै २४ घन्टे स्पष्टीकण सोधेको थियो। स्पष्टीकरण सोधेको चार दिनपछि निलम्बन गर्ने निर्णय गरिएको जनाएको छ।

यस अघि पुस १२ गते नेकपाका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। पुस १५ गते मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएर भीमप्रसाद आचार्यलाई चयन गरिएको थियो।

प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गतेदेखि सुरु हुँदै छ। यो अधिवेशनमा मुख्यमन्त्री राईलाई हटाउने तयारी गरिएको छ। प्रदेश सभामा प्रचण्ड–नेपाल समूहको बहुमत रहेको छ।

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा ट्रम्पसहित ४८ जना अमेरिकी अधिकारीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । इरानले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड नोटिस पठाउँदै राष्ट्रपति ट्रम्पसहितका अमेरिकी अधिकारीहरुको गिरफ्तारीको माग गरेको हो ।

१ वर्षअघि ३ जनवरीमा इराकको बगदादमा ड्रोन आक्रमण गरी अमेरिकाले जनरल सुलेमानीको हत्या गरेको थियो । अल जजीराका अनुसार इरानको न्यायालयसम्बन्धी मामिलाका प्रवक्ता गुलाम हुसेन इस्माइलीले भनेका छन् ‘इरान ती व्यक्तिहरुविरुद्ध कारवाही गर्न र सजाय दिन निकै गम्भीर छ जसले जनरल सुलेमानीको हत्याको आदेश दिए अनि उनीमाथि आक्रमण गरे ।’

यसअघि पनि जून २०२० मा तेहरानका प्रोसिक्युटर अली अल कासिमेहरले इन्टरपोलसँग ट्रम्पको गिरफ्तारीको माग गरेका थिए तर इन्टरपोलले उनको अनुरोध अस्वीकार गरेको थियो । त्यतिबेला इन्टरपोलले आफ्नो संविधानले आफूलाई कुनै राजनैतिक, सैन्य, धार्मिक र नश्लीय मामिलामा कारवाही गर्न अनुमति नदिने जवाफ दिएको थियो ।

ट्रम्प यही जनवरी २० सम्म मात्र राष्ट्रपति पदमा रहनेछन् । यस्तोमा इरानले ट्रम्प पदमा नरहेपछि उनीमाथि दबाब बनाउन सजिलो हुने अपेक्षा गरेको छ । इरानका मुख्य न्यायाधीश इब्राहिम रैसीले सौभाग्यले ट्रम्पको राष्ट्रपतिको कार्यकाल सकिन लागेको टिप्पणी गरेका छन् । उनले यदि ट्रम्पको कार्यकाल समाप्त नभएको भए पनि कुनै व्यक्ति पदमा रहेकै भरमा जवाफदेहीता तय नहुने कुरा स्वीकार नगरिने बताएका छन् ।

कासिम सुलेमानीको मृत्युको एक वर्ष भएसँगै अमेरिका र इरानबीच फेरि तनाव बढेको छ । गत महिना मात्रै अमेरिकाले खाडीमा कैयौं पटक आफ्ना बमवर्षक विमान उडाएको थियो । सोमबार मात्र अमेरिकाले इरानबाट खतरा बढेको भएदै आफ्नो नेवीको एक एयरक्राफ्ट क्यारिअरलाई खाडी क्षेत्रमा तैनाथ राख्ने निर्णय गरेको थियो ।

पवन प्रसाद साह/वीरगंज । बारा र पर्साका रास्ट्रवादि संगठनले पृथ्वी नारायण शाहको २९९ औ जन्मजयन्ति भब्यताका साथ मनाएका छन ।

‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा पयरो छ, २०७२ सालको सबिधान खारेज गर, हिन्दू राष्ट्र कायम गर’ लगायत बिभिन नारा सहित वीरगंजको घण्टाघर बाट निस्केको र्‍यालीले वीरगंजको बिभिन ठाउँको परिक्रमा गरेको थियो भने माइस्थान चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई विभिन्न ब्यक्तिहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्रवादि संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहले पृथ्वीनारायण शाहको बारेमा चर्चा गर्दै यो देश नेताहरूको हातमा भएको ले देश र जनताको बिकास हुन नसक्ने र नहुने ठोकुवा गर्दै राजाको बिकल्प नभएको बताएका थिए ।

कार्यक्रममा विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य पृथ्वी झा, नेपाल राष्ट्रवाद संघका जिल्ला उपाध्यक्ष उमा शंकर करवाकर, नेपाल राष्ट्रवाद संघका जिल्ला सचिव संतोष कुमार गुप्ता, बिरेन्द्र साह तेली, बिष्णु साह, राष्ट्रवाद संघका युवा नेता दिपेन्द्र गुप्ता, नेपाल राष्ट्रवाद संघका अच्छेलाल साह, उदित सहनी लगायत बिभिन ब्यत्किहरुको उपस्थित रहेको थियो।

२९९ औ पृथ्वी जयन्तीको अवशरमा बाराको निजगढमा भब्य कार्यक्रम गरिएको खबर प्राप्त भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेतीको सभाध्यक्षतामा शहिद चोकमा कार्यक्रम भएको हो ।

राप्रपा केन्द्रिय कार्य सम्पादन समितीका सदस्य मोहन यादवको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा केन्द्रिय कार्य सम्पादन समितिका सदस्य गिरिधारी चौधरी, राप्रपा केन्द्रिय कार्य सम्पादन समितिका सदस्य तथा युवक संगठनका केन्द्रिय महासचिव बिनोद कुमार भारती, केन्द्रिय सदस्य सावित्री देवि भारती, बारा जिल्लाका कार्यकारी अध्यक्ष राज नारायण शाह, जिल्ला अध्यक्ष भरत मल्ल, प्रदेश नं २ कार्य सम्पादन समिति सदस्य शिव प्रसाद तिमल्सिना, क्षेत्रीय अध्यक्ष वासुदेव तिमल्सिना लगायतको बिशिष्ट आतिथ्यता रहेको थियो ।

निजगढ नगर परिक्रमा पश्चात भएको कार्यक्रमको सञ्चालन सुजन तिमल्सिनाले गर्नुभएको थियो भने युवक संगठन बाराका अध्यक्ष राजेन्द्र सापकोटाले स्वागत मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा स्थानिय लोक गायक बद्रि राउत, नवराज राउत र अस्मिता नेपालीको सांस्कृतिक प्रस्तुती रहेको थियो ।

पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ५ हजार ३०९ नमुना परीक्षण गर्दा १९२ महिला र २९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । उनीहरुमध्ये २ लाख ५८ हजार ९६८ जना संक्रमणमुक्त भएका छन् भने १९२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ४ हजार ३७३ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३१४३ जना होम आइसोलेसनमा छन् भने १६३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

योपृथ्वीमा कुनै पनि चीज व्यर्थ छैनन् । हामीलाई झारपातहरूको महत्त्व नै थाहा छैन ।

जस्तै, हाम्रो घरमा अनि पर्खालमा भेटिने झारपात पर्सलेन पनि धेरै गुण भएको बिरुवा हो । हामी यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछौं । तर यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा भेटिन्छन् ।

यो बिरुवाको स्वाद पनि गजबको हुन्छ र यसको पोषण पनि राम्रो हुन्छ ।

यो बिरुवामा ओमेगा ३ प्रचुर मात्रामा पाइन्छ । ओमेगा ३ खासमा फ्याट्टी एसिड हो र यो माछा, अण्डा र माछाको तेलमा पाइन्छ । यो एसिडले दिमाग तीखो बनाउँछ र हृदयघातलाई रोक्छ । तपाईं शाकाहारी हो भने त ओमेगा ३ पाउनका लागि पर्सलेन नै सर्वोत्तम विकल्प हो ।

पर्सलेनमा भएको एन्टीअक्सिडेन्टले तपाईंको छाला जवान राख्छ । अनि यसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाएर रोगहरूसँग लड्न पनि सहयोग गर्छ ।

यो बिरुवा आहारमा समावेश गर्नुभएमा शरीरमा क्याल्सियम र म्याग्नेसियमको कमी हुन पाउँदैन । तपाईंको हाड र दाँत बलियो हुन्छ ।

यसमा पोटेसियम पनि प्रशस्त हुन्छ । यसको पात खाँदा रक्तचाप सामान्य रहन्छ ।

यसमा आइरन पनि हुन्छ । शाकाहारीहरूका लागि आइरन पाउन मासुको साटो यही बिरुवा उपयुक्त हुन्छ ।

पर्सलेनमा ९३ प्रतिशत पानी हुन्छ । यसको पात खाँदा तपार्ईंको शरीर आर्द्र रहन्छ । तपाईं स्वस्थ र फुर्तिलो हुनुहुन्छ ।

पर्सलेनमा भएको मेलाटोनिनका कारण यो खाँदा तपाईंलाई राम्रो निद्रा लाग्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भइरहेको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको हो ।

महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन् । सो प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा मंगलबार मतदान हुने सक्ने डेमोक्र्याट नेताहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

महाअभियोग लगाउने तयारी भएपछि रिपब्लिकन उम्मेदवारहरुले ट्रम्पलाई राजीनामा दिन सुझाव दिएका छन् ।

सभामुख नेन्सी पेलोसीले पनि ट्रम्पविरुद्ध महाअभियोग लगाउन सदनले उचित कारबाही गर्ने बताएकी छन् । पेलोसीले आइतबार साँझ आफ्ना साथीहरुलाई पठाएको पत्रमा लेखिएको छ, ‘हामी हाम्रो संविधान र लोकतन्त्रको रक्षाका लागि तत्पर छौं । किनकी राष्ट्रपतिबाट यी दुवै खतरामा छन् । हालका राष्ट्रपतिले हाम्रो लोकतन्त्रमा हमला गरेका छन् । त्यसैले कारबाही तत्काल आवश्यक छ ।’

सभामुख पेलोसीका अनुसार ट्रम्पलाई अक्षम राष्ट्रपति घोषित गर्नका लागि उपराष्ट्रपति पाइक पेन्सले पूरै मन्त्रिमण्डललाई मनाएपछि २५ औं संशोधन लागू हुनेछ र उनले कार्यवाहक राष्ट्रपतिको रुपमा तुरुन्त पद सम्हाल्ने छन् ।

महाअभियोग प्रस्तावमा ट्रम्पले हिंसालाई बढावा दिएको आरोप लगाइएको छ । साथै ट्रम्पमाथि संयुक्त राज्य अमेरिकाको सरकारविरुद्ध मानिसहरुलाई उक्साएको आरोप पनि छ ।

गत हप्ता ट्रम्पको उक्साहटमा उनका समर्थकहरुले अमेरिकी संसदभित्रै घुसेर आक्रमण र तोडफोड गरेका थिए । सो हिंसामा एक जना प्रहरी अधिकारी र चार जना सर्वसाधारणको मृत्यु भएको थियो । अमेरिकाको राष्ट्रपतिमा जो बाइडन विजयी भएको औपचारिक घोषणा गर्न नदिने उद्देश्यले ट्रम्प समर्थकहरुले आक्रमण गरेको बताइन्छ । यद्यपि संसदले बाइडन राष्ट्रपति निर्वाचित भएको घोषणा गरेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।