२०८३ जेष्ठ ६ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ६ बुधबार

वीरगञ्जमा एक कपडा उद्योगलाई तीन लाख जरिबाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ मा सञ्चालित एसआर रेडिमेड उद्योगलाई तीन लाख जरिबाना गरिएको हो ।

उद्योगलाई जरिबाना रकम सात दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न भनिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ नेतृत्वको टोलीले अनुगमन गर्दा विभिन्न प्रतिष्ठित ब्रान्डको नाममा कपडा उत्पादन गर्ने गरेको पाइएपछि तीन लाख जरिबाना गरिएको थियो ।

कम्पनीले एडिडास लेखेको ट्राउजर र द नर्थ फेस लेखेको सुट उत्पादन गर्ने गरेको पाइएको छ । दुवै अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका कम्पनी हुन् ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिम वस्तु वा सेवाको वास्तविक गुणस्तर, बनावट आदि ढाँटी लुकाइ, झुक्याइ बिक्री गरिरहेको पाइएकोले सोही ऐनको दफा ३९ को (ख) बमोजिम तत्काल तीन लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दीलिप खंग खत्वेले जानकारी दिए ।

प्रजिअ तामाङसहितको टोलीमा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका उपअनुसन्धान निर्देशक टीकाप्रसाद पोखरेल वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निरीक्षण अधिकृत जितबहादुर भण्डारी लगायत सहभागी थिए ।

लालबन्दी जेसिसको बर्ष २०२१ को अध्यक्षमा श्याम कुमार खड्का निर्वाचित भएका छन । शनिवार लालबन्दी स्थित होटल नमस्तेमा सम्पन्न लालबन्दी जेसिसको दोश्रो बार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट खड्का अध्यक्षमा निर्बिरोध चयन भएका हुन ।

अधिवेशनबाट दुई कार्यकारिणी उपाध्यक्षमा सरोज न्यौपाने र केशव खड्का निर्वाचित भएका छन । त्यस्तै चार उपाध्यक्ष पदमा सन्तोष पौडेल, बिमल नगरकोटि, गणेश कार्की र कुमार घिमिरे निर्विरोध चयन भएका संस्थापक अध्यक्ष किरण घिमिरेले जानकारि दिनुभयो । जेसिसको बिधान अनुसार निर्वाचन आयुक्तमा मातृशाखा चन्द्रनिगापुर सिटी जेसिज बर्ष २०२० का अध्यक्ष दिलिप सापकोटालाइ नियुक्त गरिएको थियो ।

जेसिस लालबन्दीको बिधान अनुसार महासविच, कोषाध्यक्ष र कानुनी सल्लाहकार पदमा भने अध्यक्षले मनोनित गर्ने व्यबस्था रहेको संस्थापक उपाध्यक्ष कोमलहरी गौतमले बताउनुभयो ।

ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर खाता बन्द गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाअनसार साम्प्रदायिक र जातिय हिंसालाई प्रसय दिने जोखिम बढेको भन्दै ट्रम्पको ट्वीटर खाता स्थायीरूपमा बन्द गरिएको हो ।

केही दिनअघि मात्र ट्रम्पले अमेरिकी संसद्मा हिंसा भड्काउने किसिमको भिडियो अपलोड गरेका थिए ।

ट्विटरले लेखेको छ( हालै उनले गरेका ट्विटको समीक्षा र घटना विचार गर्दा थप हिंसा भड्काउने जोखिम देखिएपछि हामीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छौँ।
यसअघि यही जनवरी ६ का दिन भने ट्विटरले ट्रम्पको ट्विटर अकाउन्ट १२ घण्टाका लागि प्रतिबन्ध लगाएको थियो।

गत बुधबार ट्रम्पका समर्थकले अमेरिकी संसदभित्रै हिंसात्मक आक्रमण गर्दा एक जना प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको छ। बाइडेनको जित अस्वीकार गर्न ट्रम्पकै उक्साहटमा त्यो आक्रमण भएको आरोप छ।
आक्रमणपछि पनि ट्रम्पले हिंसा भड्काउने पोस्ट जारी राखेको भन्दै ट्विटरले प्रतिबन्ध लगाएको हो।

‘हालै राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका ट्विटको समीक्षा र घटना विचार गर्दा थप हिंसा भड्काउने जोखिम देखिएपछि हामीले उनको अकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छौँ,’ ट्विटरले लेखेको छ ।

संसद् विघटनविरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दोस्रो चरणको आन्दोलनअन्तर्गत आज (शनिबार) ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै छ ।

केन्द्रीय समिति बैठकबाटै संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको कांग्रेसले आज प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गत ३३० वटै क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसले गत १९ पुसमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तह हुँदै स्थानीय तहका सबैभन्दा तल्लो निकाय वडा तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । जसअनुसार ३ माघमा ७ सय ५३ पालिका र ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तय छ । राजधानी दैनिकबाट…

यो पनी पढ्नुस्

पौष महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामर्थ्य र शक्ति बढ्छ,आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ ।

एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ । यस दिन भगवान नारायणको विधिपुर्वक पूजा तथा आराधना गरिन्छ । सफला एकादशी व्रतको फल ठूला यज्ञ तथा महायज्ञ भन्दा धेरै हुने धार्मिक तथा शास्त्रीय विश्वास रहेको छ ।

पद्य पुराण अनुसार सफला एकादशीको अनुकम्पा सयौ महायज्ञ भन्दा धेरै हुन्छ । सफला एकादशीको व्रत लिदा पापबाट मुक्त हुने र कल्याण मिल्ने मान्यता रहेको छ ।

सफला एकादशीको दिन भगवान विष्णुको भक्तिभावका साथ पूजा गरिन्छ । वेद तथा पुराणमा उल्लेख भएका मन्त्रद्धारा देवदेवेश्वर हरि विष्णुको पूजा आराधना गरिन्छ भने रात्रीमा जाग्राम बसिन्छ ।

सफला एकादशीका दिन गुरु तथा ब्राम्हणहरुलाई दियो दान गर्नु राम्रो मानिन्छ । अरु एकादशीमा जस्तै यो एकादशीमा पनि शात्विक आहार व्यवहार गरि व्रत बस्नु पर्दछ ।

आजको दिन बिहानै स्नान गरि शुद्ध भई श्रीखण्ड चन्दन लगाई भगवान बिष्णुलाई कमल अथवा बैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूपदीप, नैवेद्ध चढाएर पूजा गर्नु पर्दछ ।

भोलीपल्ट अर्थात द्वादशीका दिन बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै व्रतालुले भोजन गर्नु पर्दछ । एकादशीको व्रत लिन चाहने नरनारीले दशमीका दिनदेखि माछा,मासु, लसुन, प्याज, मुसुरो आदि अखाद्य वस्तु सेवन गर्नु हुँदैन ।

पूर्ण व्रह्मचर्यको पालना गर्नुपर्छ तथा भोगविलासबाट टाढा रहनुपर्छ । प्रातःकालमा ब्रस मन्जन गर्नुहुदैन, बरु नीम, जामुनो वा आपको पात चबाएर कुल्ला गर्नुपर्छ ।

सफला एकादशीको व्रत विधि

प्रातः कालमा उठेर नित्य कर्म गरि स्नार गरेर शुद्ध वस्त्र धारण गर्नुगर्दछ ।

भगवान विष्णुको पूजा गर्नु पर्दछ । पूजा गर्दा शिरमा श्रीखण्ड चन्दन वा गोपी चन्दन लगाईदिनु पर्दछ । कमलको फूल अथवा वैयजन्ती फूल,फल,गंगा जल,पंचामृत, धुप,दीप सहित लक्ष्मी नारायणको पूजा तथा आरती गर्नुपर्दछ ।

दिनभर भगवान बिष्णुलाई सम्झिरहनु पर्दछ ।

सूर्य अस्त हुनुभन्दा पहिला फलाहार ग्रहण गर्नु पर्दछ । नुनको प्रयोग गर्नुहुदैन ।
एकादशीको राती भगवानको भजन किर्तन गर्नुपर्दछ ।

द्वादशीको दिन बिहानै उठेर स्नान गरि भगवान विष्णुको पूजा पस्चात व्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै ब्रतालुले भोजन गर्नु पर्दछ । यस दिन रातो कपडा तथा अन्न दान गर्नु विशेष शुभ मानिन्छ ।

सफला एकादशीको दिन माता लक्ष्मीलाई सुप र भगवान विष्णुको लागि मिश्री चढाउनु पर्दछ ।

ॐ ह्रीं श्रीं लक्ष्मीवासुदेवाय नमः

मन्त्रको जप १०८ पल्ट जप गरि सुप र मिश्री प्रत्यक दिन प्रसादको रुपमा ग्रहण गर्दा आार्थिक सम्पन्नता तथा सुख प्राप्त हुन्छ भन्ने शास्त्रिय मान्यता रहेको छ ।

ज्योतिषी दुर्गा भण्डारी ।

चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् ।

मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग गरिएको बताएका हुन् ।

संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको भन्दै वक्तव्यमा भनिएको छ, ‘आकर्षित नहुने धारा ग्रहण गरी प्रनिनिधिसभा विघटन गरिएको पाइन्छ ।’

आफ्नै पार्टीका केही नेताहरुले काम गर्न नदिएकाले ताजा जनादेशका लागि जनतामा जान निर्णय गरेको प्रधानमन्त्रीको तर्कतर्फ इंगित गर्दै पूर्वप्रधानन्यायाधीशहरुले संयुक्त वक्तव्यमा भनेका छन्, ‘दलहरुको आन्तरिक द्वन्द्व वा खिचलो जस्ता कुनै परिस्थितिले जुन प्रयोजनका लागि जे कुरा गर्न व्यवस्था गरिएको छ, सो बाहेकको कार्यमा उक्त धारा आकर्षित हुन सक्दैन ।’

उनीहरुले संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार भन्ने तर्कको पनि खण्डन गरेका छन् । ‘प्रष्ट रुपमा संविधानले अधिकार दिएकोमा बाहेक प्रतिनिधिसभा विघटन गर्ने जस्तो अधिकार आफूमा अन्तरनिहित रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवस्था देखिँदैन’, चार पूर्व प्रधानन्यायाधीले भनेका छन् ।

कुनै पनि समसामयिक घटना वा परिस्थिति विशेषले संविधानको आधारभूत मूल्य मन्यता परिर्वतन हुननसक्ने भन्दै उनीहरुले संविधान र सविधानको वादको अधिनमा रहेर सम्बोधन गर्ने क्षमता राख्नुपर्छ भन्नेमा दृढ विश्वास व्यक्त गरेका छन् ।

उनीहरुले संसद विघटनलाई बैधानिकता दिए संवैधानिक दिशाविहीनताको अवस्था सृजना हुनसक्ने तर्फ सचेत गराएका छन् । श्रोत : अनलाईनखबरबाट …

प्रेस बक्तब्य पढ्नुहोस् ।

दाहाल नेपाल समुहको नेकपाले रौतहटका प्रमुख जिल्ला अधिकारि (सिडियो) ईन्द्रदेव यादव मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

यहि पौष ५ गत्ते प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले संसद बिघटन गरेको बिरोधमा नेकपा रौतहटले सिडियो यादव मार्फत प्रधानमन्त्रीलाई बिरोधपत्र पठाएको हो । गौरमा एक कार्यक्रमका बिच प्रधानमन्त्री ओलीले संसद बिघटनको घोषणा गरेर प्रतिगमन लाद्न खोजेको भन्दै उक्त कदम सच्याएर संसद पुनस्र्थापना गर्न ज्ञापनपत्र मार्फ माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउन केन्द्रीय सदस्य युवराज भट्टराई, पुर्व मन्त्री सत्यनारायण भगत, दाहाल नेपाल समुहको नेकपाका जिल्ला अध्यक्ष कमल यादव, प्रदेशसभा सदस्य बिन्देश्वर यादव, कटहरिया नगरपालकिाका नगर संयोजक नसरुद्धिन अन्सारि, जिल्ला सदस्यहरु राजदेवी सहनी, रबिरञ्जन यादव, सरला यादव लगाएतका नेकपाका नेताहरु सदरमुकाम गौर पुगेका थिए ।

मकवानपुर प्रहरिले दुई दिनमा १३० के.जी.लागुऔषध गाँजा सहित त्यसमा संलग्नहरुलाई पक्राउ गरेको छ । शुक्रवार बिहान ४ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरि कार्यालय मनहरिबाट प्रहरि निरिक्षक ‘ईन्स्पेक्टर’ विनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरिको टोलीले ४४ के.जी.लागुऔषध गाँजा सहित ८ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको मनहरि गाउँपालीकाको वडा नम्बर ८ सिमपानी स्थित पुर्व पश्चिम राजमार्गबाट गाँजा ओसार पसारमा संलग्न ८ जनालाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरि कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालीका २ बस्ने बर्ष २२ का सुजन प्रजा, बर्ष २५ का दिपक लामा र प्रेम मोक्तान, बर्ष ५२ का कान्छाराम लामा, ४५ बर्षका गोपाल चेपाङ, ३१ बर्षका रतन सिङ्तान, ३६ बर्षका उद्धास ब्लोन र कैलाश गाउँपालीका ४ बस्ने ३४ बर्षका सिताराम सिङ्तान रहेका छन । उनिहरुलाई हिरासतमा राखि आवश्यक अनुसन्धान भईरहेको प्रहरिले बताएको छ ।

बिहिवार राती मात्रै पनी ईन्स्पेक्टर श्रेष्ठको कमाण्डमा खटिएको टोलीले ८६ के.जी. लागुऔषध गाँजा बरामद गरेको थियो । मनहरिको वडा नम्बर ६ मा गाँजा ओसार पसार भईरहेको छ भन्ने सुचनाको आधारमा पुगेको टोलीले रुपाचुरि जंगलमा केहि मानीसले बोरामा बोकेर लैजाँदै गरेको गाँजा बरामद गरेको हो ।

ईन्स्पेक्टर श्रेष्ठले दिएको जानकारि अनुसार गाँजाधारि ब्यक्तिहरु प्रहरिलाई देखेपछि बोरा छोडेर जंगलतिर भागेका थिए । फरार गाँजा ओसार पसारमा संलग्नहरुको खोजी भईरहेको प्रहरिले जनाएको छ ।

कोरोना भाईरसको माहामारिका कारण लामो समय बन्द रहेको बिद्यालय स्वास्थ्य सावधानी अपनाउँदै पुनः सञ्चालनमा आईसकेको छ । तर गएको बैशाख १२ गत्तेको हावाहुरिले उडाएको बिद्यालयको छानो भने अहिलेसम्म हालिएको छैन ।

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १५ कटहरबोट गाउँमा रहेको श्री ईन्द्रावती प्राथमिक बिद्यालयको एउटा भवनको छानो हावाहुरिले उडाएको लामो समय बितिसक्दा पनी छाउन सकिएको छैन । हावाहुरिले बिद्यालयको छानोमा हालिएको जस्तापाता उडाएको थियो । बाक्लो असिना सँगै आएको हावाको बेगले उडाएको जस्तापाता उठाएर राखिएको छ । तर कम्पाउण्ड वाल समेत नभएको बिद्यालयको हातामा राखिएको जस्तापाता कतिपय त चोरि भईसकेको स्थानिय बताउँछन ।

अदृश्यरुपमा राजनितिक खिचातानी र ब्यक्तिवादी प्रबृत्तिका कारण बिद्यालयको अवस्था झन खस्कँदै गएको जानकारहरु बताउँछन । कक्षा ५ सम्म पढाई हुने बिद्यालयमा बिद्यार्थी संख्या पनी न्युन रहेको छ । अघिल्लो शैक्षिक सत्र सम्म दयनिय अवस्थामा रहेको बिद्यालयमा यो शैक्षिक सत्रबाट केहि सुधारका संकेतहरु देखिएको भएपनी त्यो अपेक्षाकृत हुन नसकेको स्थानिय बुद्धिजिविको भनाई छ । बलराम कार्कि प्रधानाध्यापक भएर आएपछि बिद्यालयमा केहि सुधारका शंकेत देखिएकोमा कोरोना माहामारिका कारण अवस्था सुध्रिन नसकेको उनिहरुको स्विकारोक्ति छ ।

लालबन्दी नगरपालीका श्रोतका अनुसार बिद्यार्थी संख्या न्युन रहेको र नजिकैको गाउँ सतभैयामा अर्को निमाबि तहको बिद्यालय रहेका कारण सो बिद्यालयलाई सतभैयाको बिद्यालयमा मर्ज गर्ने बिज्ञहरुको मनसाय छ ।

उक्त बिद्यालयमा ब्यबस्थापन समितीको अवरोधका कारण कम्पाउण्ड वालका लागी बजेट आईसकेको भएपनी काम सुचारु गर्न सकिएको छैन । एक स्थानियका अनुसार बिद्यालयको जग्गा पनी नजिकैका जग्गाधनीले मिच्दै आएका छन, त्यस तर्फ पनी बिद्यालय तथा ब्यवस्थापन समितीको ध्यान जान सकेको छैन ।

रौतहटको एक वडामा कार्यालय समयमा नखुलेको भन्दै युवाहरुले कार्यालय बन्द गरेका छन । जिल्लाको कटहरिया नगरपालीका वडा नम्बर १ भसेड्वामा रहेको वडा कार्यालय समयमा नखुलेको भन्दै स्थानिय युवाहरुले कार्यालय बन्द गरेका हुन ।

बिहिवार करिव १२ बजेको समयमा कार्यालय खोल्न पुगेका वडा कार्यालयका कर्मचारिहरुलाई सवा १० बजे नै कार्यालयमा पुगेका युवाहरुले कार्यालय खोल्न नदिएका हुन । बिशेष कामले वडा कार्यालयमा पुगेका उनिहरुले मध्य दिन सम्म पनी कार्यालयमा कर्मचारि उपस्थित नहुनु र वडा कार्यालय सम्म नखुल्दा वडावासि मर्कामा परेको बताएका छन ।

उनिहरुका अनुसार वडा कार्यालयका कर्मचारिको मनोमानी बढेको, समयमा र नियमित कार्यालयमा उपस्थित नहुने गरेको, वडा प्रमुखले समेत वडावासिको काममा ध्यान नदिएको भन्दै युवाहरुले मध्यदिनमा कार्यालय खोल्न पुगेका कर्मचारिलाई कार्यालय खोल्न नदिएर फर्काईदिएका छन । सो क्रममा कार्यालय खोल्न पुगेका कर्मचारिले किन, के काम छ भन्दै जे गर्न मन लाग्न त्यहि गर्, जस्लाई भन्नु छ त्यस्लाई भन भन्दै रिसाएर घर फर्किएको भिडियो सार्वजनिक भएको छ ।

युवाहरुले वडा नम्बर १ को यो घट्ना प्रतिनिधि घट्ना मात्रै भएको र यस क्षेत्रका प्रायः सबै स्थानिय निकायका कार्यालयहरुको हालत उस्तै रहेको बताएका छन । युवाहरुले वडावासि तथा जनताको काममा ध्यान दिन पनी कर्मचारिलाई आग्रह गरेका छन ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=VuqLyLEnzv8

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।