२०८३ जेष्ठ ६ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ६ बुधबार

कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ ।

हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम शुरु गरेको थियो । गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो ।

नयाँ घोषणाअनुसार अब पहिला देखिएका सबै ‘फल्ट’हरु समाधान गरी प्रतिघण्टा एक हजार किलोमिटरभन्दा बढीको गतिमा कुद्न सक्ने गरी रेल प्रणालीको सफल परीक्षण सम्पन्न भएको कोरेलले बताएको छ ।

दक्षिण कोरियाले विकास गरेको उक्त रेलको गति युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको भन्दा तीव्र भएको समेत दाबी गरिएको छ । युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको गति प्रतिघण्टा ८०० देखि एक हजार किलोमिटर हुने गर्दछ ।

संस्थानले उक्त प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने र सन् २०२२ सम्ममा ट्र्याक र पूर्ण सवारीको विकास गरिसक्ने जनाएको छ । त्यस्तै सन् २०२४ सम्म उक्त रेल सञ्चालनमा ल्याइसक्ने सरकारको तयारी छ । अब उक्त रेल सञ्चालनमा आएपछि कोरियाको राजधानी सउलबाट बुसान तथा देशमा जुनकुनै स्थानमा ३० मिनेटभित्र पुग्न सकिने छ ।

सर्लाहीमा नालामा डुबेर एकजना बालकको मृत्यु भएको छ । सदरमुकाम मलंगवा नगरपालिका वडानम्बर(१ भेडहिया निवासी पप्पु मण्डलका २ वर्षीय छोरा बजरंगी मण्डलको घर अगाडिको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेल्ने क्रममा मंगलबार साँझ नालामा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

त्यस्तै सर्लाहीमा आफैंले चलाएको मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रामनगर गाउँपालिका वडा नम्बर – २ बस्ने रामएकबाल राय यादव छन् । यादवले चलाएको बीआर३०एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका ४ स्थित गडहिया बलरा सडक खण्डमा आफैं अनियन्त्रित भई पल्टिएको हो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय धुलिखेल मेडिकल अस्पताल बलरा लग्ने क्रममा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

गुहेश्वरी मन्दीरको अगाडि आएर उ गर्ल्याम्म लड्छे । होस खुल्दा आफु जिवित रहेको थाहा पाउँछे्, कक्रक्क परेका हातले आफैलाई छामेर महसुस गर्ने प्रयास गरि । टुक्रुक्क बसि र आँखाले भ्याएसम्म यता उती हेर्न खोजि । हप्तादिन देखिको भोको पेट, ज्यानमा तागत छैन । मनमा छुट्टै किसिमको बेचैनी छ, हर्कमायाले कतिखेर लड्न पुगेँ ठम्याउन सम्म सकिरहेकी छैन ।

दिल, दिमाग र आँखाले खोजिरहेको छ त केवल एउटा मान्छे । पट् पट् फुटेका कुर्कुचा, मासिदेखि नै गलिसकेका गोडा, सुकेको घाटी अनि त्यो रित्तो गोजी । उमेरले ६२ नाघेकी हर्कमायाको मन कसैको खोजीमा छ, कसैको पर्खाइमा छ । घिटि घिटि बाँच्नलाई मात्र चलिरहेको श्वास कसैसँगको मिलनका निम्ति मात्र तड्पिरहेको छ ।

वरीपरका बाँदरले पनि उसलाइ छोएका छैनन्, किनकि उ सँग केहि पनी छैन । छ त केवल एक मुठि सास्, त्यो पनी अरु कसैको नाउँमा समर्पित छ, अरु कसैको खोजिमा अर्पित छ ।
खै के के सोचि, मन कुँडिएर आयो, आँशु रित्तिसकेका आँखाहरुले पनी रसाउने जमर्को गरे तर आँसु सुकिसकेका आँखाले रुन मानेनन् ।

दाँत बानेर आँखा चिम्म गरि, अनायासै हात पसारिए । एतिकैमा उसको हातमा कसैले केहि नोट थमाइदियो । उ हात थापिरही । दिनको २ बजेको हुँदो हो । मन्दीरमा आउने भक्तजनको चहलपहल बिस्तारै कम भएको महसुस गरि । उसले आँखाहरु विस्तारै खोलि । वरीपरी केहि नोटहरु थिए, बिश्वास लागेन । बिस्तारै पछाडि हेरि, एउटा रुख थियो अनि फेरि अगाडि फर्किएर ति पैसाहरुलाई केहि बेर हेरिरही र छामि । पक्का नोट नै थियो ।

मनमा हर्ष होकि खोई के हो, के हो ? एक्कासि छटपटि भयो, अनेक कुरा आए । पैसा सबै टिपि, अझै छन कि भनेर हेरि । हातभरि पैसाको मुठो भयो । ज्यानमा केहि तागत भरिए जस्तो भयो, सायद अव टन्न खान पाउँछु भनेर होला । लरखराउँदै उठि र अगाडि बढि । दामपेटारि परेका पेटले धेरै खान त मानेन् तर जति खाई मजैले खाई । किनकी पेटले नमागेपनी मनले हतारिएर लोभ गर्दै थियो अझै । झुत्रोझाम्रो लुगा, भोकले कटमेरिएको पेट, तागत नभएको चाल र कसैको खोजिमा मैलीएको अनुहार । बाहिरै कतै कुनामा बसेर खाएको पैसा तिरेर बाँकी पैसा राखि ।

अघाएको पेट, साथमा पैसाको मुठो । बुढो शरिर आश्रमतिर लाग्यो । आश्रममा उनलाई बस्ने अनुमती भएन । किनकि त्यहाँ त जागिरेहरुले पैसा तिरेर आफन्त राख्ने गर्थे । तर उ सँग त न कोहि आफन्त थिए न त पैसा नै । उ त्यहाँबाट जुरुक्क उठेर पशुपतिको एउटा भत्किएको मन्दिरमा पुगी । विगतका सुख दुःख सम्झिँदा सम्झिँदै भुसुक्क निदाई ।

मन्दिरमा सबेरै देखि भक्तालुको चहल पहल सुरु भईसकेको हुन्छ । उनका आँखा पनी खुल्छन । झिसमिसेमै भिडहरुमा आफुले खोजेको अनुहार ठम्याउने प्रयास गर्छे, तर सक्दिन ।

आज बिहानै हर्कमायाले हिजो खाएर बचेको पैसा गन्छे । ४ हजार जति रहेछ । उनमा संसारै जित्ने खाल्को जोस पलायो । किनभने त्यत्रो पैसा नबोकेको त कयौँ समय भईसकेको थियो । त्यो पैसाले अब उनले आफुलाई छोडेर गएको श्रीमान खोज्ने निधो गर्छे । उनलाई ब्लड क्यानसर भएको छ, आजैका मितीले अव यो धर्तीमा उनले लगभग १० दिन मात्रै बाँच्नु छ ।

जिवनको अन्तिम क्षणसम्म सँगै जिउछु, सात जुनिसम्म साथ निभाउँछु भन्नेले सन्तान नभएपछि छोडेर सहर पसेका हुन्छन् । अर्कै श्रीमतीसँग घरजम बसाएर श्रीमानले हर्कमायालाई विर्सिसकेका छन्, तर जिवनको अन्तिम घडिमा ६ दशक देखि टाढा रहेका रामबहादुरलाई भेटेर मर्ने उनको ठुलो धोको छ ।

उनी पनी त स्वास्नि मान्छे हुन, सिन्दुर पोते र श्रीमानको सुहाग लिएर यो समाजमा निर्धक्क बाँच्ने र बुढेसकालसम्मै सँगै बस्ने रहर उनमा पनी त थियो होला । सात जुनीसम्म अरुको बन्न नपरोस भनी देउराली भाकेर कसम खाएका श्रीमानले थारि भन्दै अर्कै लिएर शहर पसेको पिडालाई सहेर हर्कमाया कसरि बाँचेकी छिन भन्ने कुरा कि त उनलाई था छ, कि त केहि नबोली शान्त बस्ने त्यो जुनलाई था छ । पहिलाका बाचा कसम हर्कमायाले अहिले सम्म भुलेकी छैन । र त श्रीमानको काखमा प्राण त्याग्ने संकल्पमा मृत्युलाई सम्म नटेर्दै आफ्नो श्रीमानको खोजिमा निस्किएकी छिन ।

उनको मनमा डर पनि छ । कतै मैले रामबहादुरलाई नचिन्ने पो हुँ कि ? तर फेरी मनको शंकालाई मनकै बतासले उडाउँछ । झसंग हुँदै दाहिने पाखुराको चिनो सम्झिन्छे । हिड्दै गर्दा थाकेकी उ हिजोकै वृद्धाश्रममा आइपुग्छे । आश्रममा भेट्न आएका केहिले उनलाई खानेकुरा र कपडा दिन्छन् ।

उ आज अब हिड्न नसक्ने भाकी छ । दिउँसोको ४ बजिसक्यो । निभ्न जागेका सूर्यका किरणहरु मन्द बिलाउँदै गएका छन्, तरपनी जानु छ । किनकी यहाँ बस्न दिँदैनन् । थकित्त शरिर, थकित्त मन, जुरुक्क उठेर पाइला अघि सार्न खोज्छे, एउटा मैलो, बुढो अनुहार अगाडि आउँछ । कतै देखे जस्तो, कतै चिने जस्तो । ठम्याउने प्रयत्न गर्छे । केहिबेर हेराहेर गर्छन । हर्कमाया झसंग झस्किँदै ति बृद्धको पाखुरामा हेर्न पुग्छे । पृथ्वी नै हल्लिएजस्तो, चट्याङ परेजस्तो, अँध्यारो भएजस्तो खोई के भो के भो । खुट्टा काम्यो, हर्कमायाले गर्ल्याम्म अंगालो हाली र छातीमा मुहार धसार्दै रोई । आँशु सुकिसकेका आँखामा आँसु बगे, राम बहादुर मलाई छोडेर किन आयौ ? भन्दै हर्कमाया निकै बेर रोई ।

उ साँच्चै रामबहादुर नै थियो । एक अर्कालाई सुमसुम्याउँदै दुबै निकै बेर रोए । रामबहादुरका दुई छोरा भएछन कान्छी श्रीमतीबाट । कान्छो छोरो अमेरीका रहेछ, जेठो पनि मनमुटाव भएर छुटिएछ । कान्छी श्रीमतीलाई छोरोले अमेरीका नै लगेको रहेछ, ति रामबहादुर १० वर्ष देखी त्यही आश्रममा बस्दा रहेछन् ।

राम बहादुर सास रोकेर हुँक्क हुँक्क गर्दै बोल्यो, हेर जेठी तलाई मैले धेरै दुख दिएँ, अब …….यस्तै खोई के के, के के भन्दै थियो, हर्कमायाले सुनैकी थि कि थिईन । उ गल्र्याम्म भुईमा पछारिन्छे । राम बहादुर अत्तालीन्छ, हर्कमायालाई उठाउन खोज्छ, गुहार माग्न थाल्छ । तर उ चटपट गर्दिन, केहि बोल्दिन, ज्यान बिस्तारै मुढा हुँदै गयो । उनको सुर्य अस्तायो ।

जिवनको अन्तिम घडिमा भेटिएका श्रीमान सँग अझै कति कुरा साट्न बाँकी नै हुँदो हो, छोडेर जाने रामबहादुरका पनी कति कुरा साट्न बाँकी नै थिए होलान् तर जिवनभर तड्पिएर बाँचेकी हर्कमायालाई अवको साथको के अर्थ थियो होला र ! तर पनी हर्कमायाको चोखोमायाले जित्यो, उनले आफ्नो श्रीमानकै काखमा प्राण त्याग्न पाई ।

पत्निको पतिब्रता धर्म निभाएर उसकै न्यानो स्पर्समा तड्पिरहेकी हर्कमायाले ठुलो युद्ध जित्दै श्रीमानको अंगालोमा प्राणपखेरु त्यागीन् । बाँचुञ्जेल हर्कमायालाई तड्पाएको पाप अव राम बहादुरलाई लाग्ने छ, अब अनेक कुरा सम्झिएर रामबहादुर त्यहि आश्रममा पल पल मर्दै मृत्यु पर्खिरहनेछन् ।

अञ्जना सुवेदी/सर्लाही ।

भारतीय पत्रिका द हिन्दूमा छापिएको एक रिपोर्टअनुसार अब चीनले युद्धको तयारी सुरु गरेको छ । यो पत्रिकाको दाबी अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको नेसनल डिफेन्स लमा परिवर्तन गर्न निर्देशन दिइसकेका छन् ।

यसको कारण अब चीनले युद्धको तयारी गर्नु भएको बताइएको छ ।

यो परिवर्तनपछि अब चिनियाँ सेन्ट्रल मिलिटरी कमिसनमा राष्ट्रिय हितको रक्षाका लागि सेनालाई तैनाथ गर्न सकिने भइएको छ । राष्ट्रपति सी जिनपिङ  नै यो कमिसनका प्रमुख रहने व्यवस्था चिनियाँ व्यवस्थामा रहेको छ ।

रक्षा कानुनमा आएको यो परिवर्तनसँगै चीनले युद्धको तयारी गरेको विश्लेषण बढ्न थालेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव समूह)ले प्रदेश नम्बर २ संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ ।

मंगलबार जनकपुरमा बसेको प्रचण्ड-माधव समूहको बैठकले मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित गर्दै शत्रुधन महतोलाई आफ्नो पक्षको दलको नेता चयन गरेको हो ।

बहुमत सदस्यले मण्डल विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको प्रचण्ड-माधव समूहका संसदीय दलका नेता महतोले जानकारी दिनुभएको छ । महत्तोले नेकपाका ३२ मध्ये १९ प्रदेश सांसद आफूहरुसित भएको र त्यो बहुमत भएकाले नयाँ नेताको जिम्मेवारी आफूलाई दिएको जानकारी दिनुभयो ।

मण्डलविरुद्ध विरुद्ध उपनेता रामकुमार यादव समक्ष गत बुधबार नै प्रचण्ड-माधव नेपाल समूहका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । बैठकमा सहभागी नभएपछि बहुमतले अविश्वास प्रस्ताव पारित गरिएको संसदीय दलकी सचेतक बेची लुंगेलीले जानकारी दिनुभयो ।

यो समूहले संसदीय दलको नेता चयनबारेको जानकारी सभामुख सरोजकुमार यादवलाई जानकारी गराइएको बताएको छ । उता, केपी शर्मा ओली समूहले मंगलबार नै जनकपुरमा शक्ति प्रदर्शन गरेको छ ।

मधेशविरोधी आरोप खेपिरहेका प्रधानमन्त्री ओली पक्षले जनकपुरमा शक्ति प्रदर्शन गरेको हो । अहिले ओली सरकारमा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने तीन मन्त्री छन् । जनकपुरको रेल्वे स्टेशन परिसरबाट शुरु गरेको प्रदर्शनमा ओली समूहका प्रदेश सांसदहरु, मेयर र उपमेयरहरु सहभागी भएका थिए ।

प्रदर्शन नेकपा प्रदेश कार्यालय मिथिला भवनमा पुगेर सभामा परिणत भएको थियो । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु जुली महतो, लीलानाथ श्रेष्ठ र प्रभु साहले सम्बोधन गर्नुभएको थियो ।

श्रोत नखुलेको आठ लाख रुपैँया सहित पक्राउ परेका बाराका धिरेन्द्र साहलाई प्रहरिले मंगलवार जिल्ला अदालतमा पेश गरेको छ ।

सोमवार दिउँसो रौतहटको ईलाका प्रहरि कार्यालय मौलापुरबाट खटिएको टोलीले मौलापुरको वडा नम्बर ५ मा सवारि चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेका साह अवैध रकम सहित पक्राउ परेका हुन । साहले चलाएर आएको प्रदेश –१–०२०४२ प २००० नम्बरको सुपरस्पेण्डर मोटरसाईकल रोकि झोला चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको नेपाली ८ लाख रुपैँया फेला परेको थियो ।

बाराको सिम्रौनगढ नगरपालीका १ खजानीटोल बस्ने लक्ष्मण शाहका १७ बर्षिय छोरा धिरेन्द्रलाई नियन्त्रणमा लिई बरामद रकम मंगलवार गौर भन्सार कार्यालय गौरमा बुझाईएको गरिएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।

एक बर्ष अघि रोकी राखेको स्काभेटरमा आगजनी गर्ने रौतहटका २८ बर्षिय रुस्तम लहेरिलाई प्रहरिले पक्राउ गरेको छ ।

२०७६ सालको बैशाखमा गुजारा नगरपालीका ६ स्थित खतवयीया टोलमा सिँचाईं प्रयोजनका लागी रोकि राखेको स्काभेटरमा राती पौने १२ बजेतिर सोहि स्थानका लहेरिले आगजनी गरेका थिए । आपराधिक उपद्रव सम्बन्धि कसुरमा फरार रहेका प्रतिवादि लहेरिलाई प्रहरिले मंगलवार मध्यान्ह गाउँबाटै पक्राउ गरेको हो ।

दोलखाको मेलुंग गाउँपालीका ७ बस्ने सुमन खड्काले वादी नेपाल सरकार र प्रतिवादि लहेरि बिरुद्ध जाहेरि दिएका थिए । पक्राउ परेका लहेरिलाई मंगलवार नै जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।

पछिल्लो समय सर्लाहीका ग्रामिण भेगहरुमा गरिएको गाँजा खेतीलाई नष्ट गर्ने कार्यमा प्रहरिले सक्रिएता बढाएको छ । सोमवार मात्रै प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा गएको प्रहरी टोलीले नारायणखोलामा करिव नौ बिगाहमा लगाएको अवैध लागूऔषध गाँजा खेती नष्ट गरेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १४ मा पर्ने नारायणखोलामा व्यावसायिक हिसावले ठूलो क्षेत्रफलमा गाँजा खेती भइरहेको सूचना पाएपछी सिडियो पौडेल नेतृत्वको सुरक्षाकर्मिको टोलीले गाँजा फडानी गरि नष्ट गरेको हो । सीडीओ पौडेल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौर, सशस्त्र प्रहरीका उपरीक्षक एसपी गंगाराम श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका एसपी दिलिपकुमार सिंहसहितको टोली गाँजाका बोट नष्ट गर्न जिल्लाकै दुर्गम मानीने नारायणखोला पुगेको थियो ।

प्रहरिले नारायणखोलास्थित सत्रकठ्ठा र त्यस आसपासका क्षेत्रमा लगाइएको तयारी हुनै लागेका गाँजाको बोट नष्ट गरेको हो । एसपी राठौरले त्यस क्षेत्रमा गाँजा नष्ट गर्न प्रहरीले अब अपरेशन नै चलाउने बताए । यस अघि पनि पटक पटक लालबन्दी र पत्थरकोटबाट गएका प्रहरीले नारायणखोलाको विभिन्न ठाउँमा लगाइएको गाँजा खेती नष्ट गरेको थियो ।

गाँजाबाट राम्रो आम्दानी हुने देखेर नारायणखोलाका स्थानीयहरुले केही वर्षअघि देखि अरु बाली लगाउन छाडेर डाँडापाखाका बारीभरी गाँजाको खेती गर्दै आएका छन् । स्रोतका अनुसार भारतीयहरुको सहयोगमा खेती गरिने गाँजा तयार पारेर बिक्रीका लागि लुकाईछिपाई भारत नै पु¥याउने गरिएको छ ।

लामो समयदेखि आन्तरिक बिवादमा रुमल्लिएको ब्रम्हस्थान सामुदायिक बन उपभोक्ता समुह माथील्लो चिसापानीको अध्यक्षमा भिम बहादुर थोकर ‘दिलिप’ चुनिएका छन ।

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १५ मा रहेको उक्त बन समुहको शनिवार नयाँ कार्यसमिती चयन गरिएको हो । लालबन्दी सव डिभिजन कार्यालयका प्राबिधिकहरु अमृत कुमार सापकोटा र राजदेव यादवको बिशेष उपस्थितीमा बसेको भेलाले ११ सदसिय नयाँ कार्य समिती चयन गरेको हो ।

नवगठित समितीको उपाध्यक्षमा गणेश थापा रहेका छन भने सचिवमा जनक थापा ‘उमेश’ र कोषाध्यक्षमा मञ्जु थिङ सहित अन्य सदस्य रहेका छन ।

नयाँ चयन भएका अध्यक्ष दिलीपलाई पुर्व अध्यक्ष अर्थ बहादुर थिङले सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै सौहार्दपुर्ण वातावरणमा नयाँ समिती चयन भएको बताउनुभएको छ ।

भारतको कोङ्कर्ण रेल्वे कर्पाेरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ ।

नेपालको रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल सञ्चालनका लागि नेपालले माग गरे अनुसारको तत्काल आवश्यक पर्ने प्राविधिक कर्मचारीको आपूर्तिका साथै रेल सञ्चालनको समग्र व्यवस्थापनका लागि सो कर्पाेरेसनले प्रस्ताव गरेको जानकारी दिए।

‘‘रेल्वे कम्पनीलाई प्राप्त भएको भारतीय प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकिएको छ, अहिले प्रस्तावमाथि मन्त्रालय स्तरीय छलफल भइरहेको छ’’ महाप्रबन्धक भट्टराईले स्पष्ट पारे।

उक्त प्रस्तावमाथि छलफल गरी अन्तिम स्वीकृतिका लागि यसै हप्ता मन्त्रिपरिषद्मा पेस गरिने उनले जानकारी दिए। भारतको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न रेल्वे कम्पनीको सञ्चालक समितिले समेत निर्णय गरिसकेको उनले जानकारी दिए।

मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत हुने बित्तिकै ‘जी टू जी’ माध्यमबाट भारतसँग सम्झौता गरी जनशक्ति आपूर्ति गरिनेछ । उनले भने, ‘‘रेल सेवा सञ्चालनका लागि तत्काल आवश्यक पर्ने २६ जना ‘कोर’ प्राविधिक कर्मचारी आपूर्तिका साथै रेल मर्मत सम्भार तथा ‘इमर्जेन्सी रिले’का आवश्यक उपकरणको आपूर्ति, रेलको सर्भिसिङ, नेपाल रेल्वे कर्मचारीलाई तालिम दिने, कर्मचारीको काम कर्तव्यबारे ‘स्ट्यान्डर्ड डकुमेन्ट’ निर्माण गर्नेलगायतबारे भारतबाट नेपाललाई प्रस्ताव प्राप्त भएको हो।’’

नेपाल पठाउनका लागि रेल्वे कर्मचारी तयारी अवस्थामा राखिएको जनाइएको छ। मन्त्रिपरिषद्को स्वीकृति प्राप्त हुने बित्तिकै भारतसँग सम्झौता गरी त्यहाँका कर्मचारी बोलाएर कर्मचारीलाई तालिम दिने योजना छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।