बाराको करैयामाई गाउँपालीकामा आएका नयाँ हाकिमलाई सोमवार गाउँपालीका कार्यालयले भब्य स्वागत गरेको छ । यस अघिका हाकिम हाजीर भएको १२ दिनमै सरुवा भई गएपछि आएका नयाँ हाकिमलाई गाउँपालीकाले स्वागत गरेको हो ।
गाउँपालीकाको प्रमुख प्रसासकीय अधिकृतको जिम्मेवारि सम्हाल्न जिल्ला निर्वाचन कार्यालय जनकपुरबाट सरुवा भई राज कुशवाह आउनुभएको छ । सोमवार गाउँपालीकाको कार्यालयले एक औपचारिक कार्यक्रम गरि कुशवाहलाई कार्यालयमा स्वागत गरेको हो । गाउँपालीकाका अध्यक्ष भुवनेश्वर धामीले अधिकृत कुशवाहलाई हाजिर गराउँदै स्वागत गर्नुभएको गाउँपालीकाका कार्यालयले जनाएको छ ।
यस अघि गाउँपालिकामा प्रसासकीय अधिकृत नहुँदा गाउँपालीकाको नियमित कामकाज नै प्रभावित भएको थियो । भौतिक पूर्वाधार एवं विकास निर्माण, सामाजिक सुरक्षा भत्ता, लेखा सम्बन्धि काम, प्रशासनिक कार्य लगाएतका काम नहुँदा गाउँपालीकावासि मारमा परेका थिए ।
सोमवार अधिकृत कुशवाहलाई गाउँपालिकाका अध्यक्ष धामी, उपाध्यक्ष चित्ररेखा कुमारी चौधरी, वडा नं १ का वडा अध्यक्ष सोनालाल साह, वडा नं.३ का वडा अध्यक्ष देवेन्द्र केशरी, वडा नं. ८ का वडा अध्यक्ष सुरेन्द्र साह, गाउँपालिका कार्यालयका कर्मचारि तथा सदस्यहरु सहित स्थानिय राजनितीक दलका प्रतिनिधि, समाजसेवि, बुद्धिजिवि लगाएतको उपस्थितीमा कार्यक्रम गरि कार्यालयमा स्वागत गरिएको हो ।
सर्लाहीको परवानीपुरमा रहेको अस्थाई प्रहरि पोस्टको प्रांगणमा सोमवार बिहान परिचयात्मक कार्यक्रम भएकोे छ । अस्थाई प्रहरि पोस्टमा आएका नयाँ प्रहरि सहायक निरिक्षक (असई) बाबुराम भारतीले स्थानिय राजनितिक दलका प्रतिनिधि, समाजसेवि, बुद्धिजिवि तथा सञ्चारकर्मिसँग परिचयात्मक तथा चियापान कार्यक्रम गरेका हुन ।
कार्यक्रममा लालबन्दी नगरपालीका वडा नम्बर १५ र १६ का वडाध्यक्षहरु गोरख बल, गणेश थापा सँगै स्थानिय नेकपा नेताहरु गोबिन्द अधिकारि, प्रकाश थापा, चन्द्र बहादुर वाईबा, हेम बहादुर गौतम सहित स्वास्थ्य चौकी परवानीपुरका अहेव हृदेश त्रिपाठि, प्रधानाध्यापक बलराम बानीयाँ, वडा सदस्य हेम बहादुर कार्कि, नानीमाया बिश्वकर्मा, ध्रुव भण्डारि, भरत प्रसाद गौतम, अर्थ बहादुर थिङ, कृष्णराज थोकर, नारायण ब., अम्बर ब., राजु बुडाथोकी, प्रेम बहादुर केसि, ललित ब. बोगटि, अर्जुन चौलागाईं, तिलक ब. घलान, ईन्द्र ब. बस्नेत, कृष्ण गौतम, सिताराम कार्कि, शुभलाल जिम्बा, राजन केसि, जम गोले, लिड मिडिया प्रा.लि.का अध्यक्ष पत्रकार क्षितिज बिश्वकर्मा लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमका बक्ताहरुले भौगोलीक अवस्था तथा प्रहरिले खेल्नुपर्ने भुमिका लगाएतका बिषयहरुमा बोलेका थिए । कार्यक्रममा आफ्नो बिचार राख्दै वडा नम्बर १५ का वडाध्यक्ष बलले वडाले प्रहरिका लागी सक्दो सहयोग गरेको र आगामि दिनमा पनी आवश्यक सहयोग गर्ने बताउनुभएको थियो । त्यस्तै १६ नम्बर वडाका वडाध्यक्ष थापाले अस्थाई प्रहरि चौकीका लागी ईन्धनको ब्यवस्थापन लगाएतका कुराहरुमा सहयोग गरिरहेको बताएका थिए ।
फरक प्रसंगमा बोल्दै वडाध्यक्ष थापाले दुईवटा वडा कार्यालयले मासिक रुपमा २० लिटर ईन्धन सहयोग गरिरहेको तथा त्यो पर्याप्त नभएको स्विकार्दै कहिले काहिँ प्रहरि कर्मचारिहरु पनी आर्थीक प्रलोभनमा पर्ने गरेको तथा गलत बाटो प्रयोग गर्न खोजिरहेको देखिएको भन्दै त्यस्तो कार्य दुःखद भएको बताउनुभएको थियो । त्यसैगरि अस्थाई प्रहरि पोष्टका लागी स्थानिय सरकारको सक्रियतामा निर्मित भवन पनी प्रयोगका लागी तयारी अवस्थामा रहेकोले वडाध्यक्ष थापाले त्यसको प्रयोगमा जोड दिनुभएको थियो ।
कार्यक्रमको समापन गर्दै भर्खरै मात्र परवानीपुर अस्थायी प्रहरि पोष्टको प्रमुखका रुपमा आउनुभएका असई भारतीले स्थानियसँग सहकार्य गर्दै प्रहरिले काम गर्ने र यहाँको अवस्था हेरेर आवश्यक कदम चाल्ने बताउनुभएको थियो । प्रहरि पोष्टमा असई भारतीसँगै हवल्दार उत्तम न्यौपाने पनी नयाँ अनुहार थपिएका छन ।
अस्थाई प्रहरि पोष्टका नयाँ असई भारती सहितको टोलीले पहिलो पटक आईतवार बिहान परवानीपुर चोकमा बिना हेलमेट चलाईएको मोटरसाईकल रोकी हेलमेट लिएर आएपछ मात्र गन्तब्यमा जान दिएका थिए । सवारि चेकिङमा वडाध्यक्ष समेत परेपछी स्थानियले नयाँ असईले रवाफ देखाउन खोजेको समेत भन्न भ्याएका थिए ।

हाल लालबन्दी नगरपालीकाले भाडा तिर्नेगरि परवानीपुर चोकमा स्थानियको घर भाडामा लिएर अस्थाई प्रहरि पोष्टको कार्यालय सञ्चालन गरिएको छ भने परवानीपुरकै कृषि बजार लाग्ने ठाउँ नजिकै तिनघरे जाने बाटोमा कम्पाउण्ड सहितको १ तले ६ कोठाको भवन निर्माण सम्पन्न गरिएको छ ।
तयारि कम्पाउण्ड वालमा ग्रील गेटमात्रै हाल्न बाँकी भवनमा प्रहरि कहिले सर्छ भन्ने यकिन नभएको श्रोतले बताएको छ । नगरको पैसा खर्च गरेर अरुको घरमा कार्यालय सञ्चालन गर्नु भन्दा बनिसकेको आफ्नै भवनमा आवश्यक प्रकृया मिलाएर प्रहरि पोष्ट सर्नुपर्ने स्थानियको भनाई छ ।
सर्लाहीको परवानीपुरमा रहेको महिला साना किसान कृषि सहकारि संस्थाको आठौँ बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाकि अध्यक्ष मिना कुमारि स्याङ्तानको अध्यक्षतामा भएको साधारणसभामा लालबन्दी नगरपालीकाका मेयर मान बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरि लालबन्दी नगरपालीका वडा नम्बर १५ र १६ का अध्यक्षहरु गोरख बल, गणेश थापा र जिल्ला कृषि सहकारि संघको अध्यक्ष अञ्जु पौडेलको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा नेकपा नेता गोबिन्द अधिकारि, सहकारिको प्रदेश संघकी सदस्य देव कुमारि गुरागाईं, नेकपा नेता तथा सल्लाहकार समतीका बलराम खड्का, उद्धवराज पाठक, हेम बहादुर कार्कि, रामबहादुर पाण्डे, शुभलाल बम्जन, हेम बहादुर गौतम, लाल बहादुर बस्नेत, गंगा बहादुर कार्कि, चन्द्र बहादुर वाईबा, उमा थापा, रेणुमाया थापा मगर, भक्त माया सुनुवार, उमेस आचार्य, बद्रि बहादुर सुनुवार, रेणु थापा, लालमाया बिक लगाएत शेयर सदस्य तथा स्थानिय भद्रभलादमिहरु, अस्थाई प्रहरि पोष्ट परवानीपुरका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

साधारणसभाका बक्ताहरुले महिलाहरुको सक्रिय सहभागीतामा सञ्चालीत सहकारिले राम्रो प्रगती गर्न सफल भएको भन्दै अझै प्रगतिको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै वडा नम्बर १६ का वडाध्यक्ष थापाले स्थानिय महिलाहरुको आयआर्जनमा समेत सहकारि सहयोगीसिद्ध बन्न सक्ने भन्दै सहकारिलाई अगाडि बढाउन आफ्नो आवश्यक सहयोग रहने बताउनुभएको थियो । कार्यक्रमका बक्ताहरुले हालका लालबन्दी नगरप्रमुख खड्काको सक्रियतामा ८ बर्ष अघि स्थापना भएको सहकारिले राम्रो प्रगती गर्न सफल भएको भन्दै सहकारि स्थापनामा महत्वपुर्ण भुमिका खेलेको भन्दै नगरप्रमुख खड्का प्रति कृतज्ञता प्रकट गरेका थिए ।

संस्थाकी प्रबन्ध निर्देशक मधु गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथी खड्काले सोही ठाउँका महिलाहरुको सक्रियतामा नै सहकारि सफल भईरहेको बताउँदै सबै महिला दिदीबहिनीहरुलाई सहकारिमा आवद्ध हुन आग्रह गर्नुभएको थियो । नगरप्रमुख खड्काले अहिले सहकारिमा जोडिएर बचत गरेको खण्डमा पछिलाई फाईदा हुने बताउँदै बुडेसकालको सहाराका लागी पनी बचत गर्ने बानी बसाल्नुपर्नेमा जोड दिनुभयो । करिव १२ सयजना महिला शेयर सदस्य रहेको सहकारिले २३ लाख रुपैँया नाफा कमाउन सफल भएको बताईएको छ ।

सहकारिले आउँदो माघ १ गत्ते उद्घाटन गर्ने गरि दुध डेरि समेत सञ्चालन गर्न लागीरहेको छ । अव परवानीपुर तथा आसपासका स्थानियले आफ्नै ठाउँमा बसेर आयआर्जन गर्दै आर्थिक रुपमा समृद्ध बन्न सक्ने दिन सहकारिले ल्याएको भन्दै कार्यक्रमका बक्ताहरुले सहकारिमा जोडिनुपर्नेमा जोड दिएका थिए ।







जीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो । जन्मिने मान्छे मर्नैपर्छ । आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउँछन् । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् ।
सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन् । पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन् । सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ ।
यस्ता सपनाहरूमा उठ्ने भावना तीव्र र ज्वलन्त हुन्छन् । सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको छु भन्ने ठान्छ । कहिलेकाहीँ त निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कँदैन । यस्ता सपनाको प्रभाव केही क्षणदेखि धेरै वर्षसम्म रहन सक्छ ।
यस्ता सपनामा देखिने परिचित व्यक्ति जीवनमा बिरामी थिए वा बिरामीकै कारण मरेका हुन् भने पनि स्वस्थ देखिन्छन् । सपनामा देखिने उनीहरूको अनुहार तेजिलो देखिन्छ ।
मृत परिचितले सपना देख्ने मान्छेलाई आफू जहाँ भएपनि खुशी भएको आश्वासन दिन्छन् । तिमी पनि खुशी भएर बस भनी उनीहरू बताउँछन् ।
सपनामा आउने मृत प्रियजनले जीवनमा आउने ठूलो समस्याका बारेमा सावधान गराउँछन् । जीवनका महत्वपूर्ण फैसलामा उनीहरू निर्देशन दिन पनि आउँछन् ।
सपनामा आउनेले कहिलेपनि आफ्नो कुरा शब्दमा व्यक्त गर्दैनन् । इशारा र हाउभाउबाट आफ्नो कुरा बताउँछन् । इशारालाई बुझ्न सपना देख्नेलाई गाह्रो हुँदैन ।
यस्तो सपना देख्ने व्यक्तिले आफूमा सकारात्मक ऊर्जा आएको महसूस गर्छ । दुःखबाट मुक्ति पाउन मद्दत गर्छ यस्तो सपनाले । जीवनमै परिवर्तन आउन सक्छ यस्तो सपना देखेपछि ।
भौतिक शरीर छोडेर जाने हाम्रा प्रियजन हाम्रो सपनामा झुल्किने भनी अध्यात्म र मनोविज्ञान दुवैमा उल्लेख गरिएको छ । उनीहरू हाम्रो हितका लागि देखापर्छन् । हामीले त उनीहरूको इशारा बुझे पुग्छ ।
जीवनमा केही कुरा गर्नैपर्ने हुन्छन् । यस्ता कुरा गर्न धेरै बेर लाग्दैन तर तपाईंलाई दिनदिनै गर्नुपर्दा झ्याउ चाहिँ लाग्न सक्छ । तर यहाँ बताउन लागिएको दुई मिनेटको नियम सजिलो छ ।
यसलाई अपनाउँदा तपाईंले कम तनावपूर्ण जीवन जिउन सक्नुहुन्छ । यसलाई फलो गर्दा तपाईंले कम कुराको चिन्ता लिए पुग्छ र आरामको प्रशस्त मौका पाउनुहुन्छ ।
यो नियम अत्यन्तै सरल छ : कुनै काम दुई मिनेटभित्रै सकिन्छ भने गरिहाल्नुस् । यसो गर्दा तपाईंको जीवन थप राम्रो हुन्छ । पछि गरौंला भनेर नटार्नुस् । यसो गर्दा तपाईंले गजबको महसूस गर्नुहुनेछ ।
काम टार्दा त्यसले तपाईं दोषी महसूस गराइरहन्छ र तपाईं आनन्द लिन समेत पाउनुहुन्न । बाँकी रहेको काम सकिहाल्नुस् र फुर्सदको भरपूर आनन्द लिनुस् ।
घरमा जम्मा भएका फोहोर बाहिर निकालिहाल्नुस् । पछि गरौंला नि भनेर टार्नुको साटो तत्कालै फोहोर निकाल्नु ठीक हुन्छ । आखिर ढिलोचाँडो तपाईंले फोहोर फाल्नैपर्छ क्यारे, किन साइत हेरिरहने ? काम सिध्याएपछि आनन्दै आनन्द ।
सजिलै सम्पन्न हुने कामलाई नसार्नुस् । सजिला काम सकिहाल्दा नियमित कामको लामो सूची छोटिन्छ । कुनै पनि काम शुरु गर्न पो गाह्रो त, सजिलो काम पहिल्यै सक्दा तपाईंलाई काम फत्ते गर्न प्रेरणा मिल्छ ।
तपाईंलाई स्वास्थ्यको माया छ भने स्वस्थ खानेकुरा खानुस् । स्याउ स्वस्थ खानेकुरा हो । यो खान दुई मिनेट पनि लाग्दैन । यसरी स्वस्थ खानेकुरा खोज्दै गर्दा यो तपाईंको राम्रो बानीका रूपमा विकास हुन्छ ।
किताब पढ्ने राम्रो बानी बसाल्नुस् । नियमित किताब पढ्नुभयो भने तपाईंलाई किताबमा रस बस्छ । दिनको एक घन्टा कम्तीमा पनि पढ्नलाई छुट्याउनुस् ।
सरल काम सिध्याउनका लागि सूची बनाइरहनु पर्दैन । सूची बनाउनुको समय तपाईं काम नै गर्नुस् न । एउटा काम सक्दा तपाईंलाई सन्तुष्टि हुन्छ र अरू काम सक्न थप प्रेरणा मिल्छ ।
प्रदेश २ नेकपा संसदीय दलका नेता सत्यनरायण मण्डलविरुद्ध दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । असंवैधानिक संसद् विघटनलाई समर्थन गर्दै मण्डल ओली समूहमा गएपछि १७ जना सांसदको हस्ताक्षरसहित दाहाल–नेपाल समूहले प्रदेशका उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
शुक्रबार दाहाल–नेपाल समूहले जनकपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य शत्रुधन महतोले मण्डलविरुद्ध दुई दिनअघि नै अविश्वासको प्रस्ताव दर्ता गराएको जानकारी दिए । पार्टी सचेतक बेची लुंगेलीका अनुसार अविश्वासको प्रस्ताव ल्याउने विषयमा ५/६ दिनअघि नै निर्णय गरिएको थियो । मण्डललाई हटाएर शत्रुधन महतोलाई दलको नेता चयन गर्ने दाहाल–नेपाल पक्षका सांसदहरुको तयारी छ । ३२ जना प्रदेशसभा सदस्यहरुमध्ये १९ जना सांसदको आफूहरुलाई साथ रहेको लुंगेलीको दाबी छ ।
बिहीबार सम्पन्न दाहाल–नेपाल समूहको नेकपा प्रदेश कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध एक हजार एक सदस्यीय प्रदेशस्तरिय संघर्ष समिति गठन गरिएको नेकपा प्रदेश सह–इन्चार्ज विश्वनाथ साहले बताए । उनकै संयोजकत्त्वमा गठित संघर्ष समितीले प्रदेशका आठवटै जिल्ला, स्थानीय तह र वडाहरुमा संघर्ष समिति गठन गरी पुस १८ देखि २४ गतेसम्म आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । कान्तिपुरबाट …
निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई शुक्रबार पत्राचार गरेर उनीहरूले गरेको पत्रका विषयमा थप स्पष्ट पार्न भनेको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अध्यक्ष सम्बोधन गर्दै अलग–अलग प्रकृतिको पत्र लेखेको छ ।
दाहाल–माधवकुमार नेपाल पक्षलाई आधिकारिकताको मागदाबी गर्नका लागि कानुनी प्रक्रिया पूरा गरेर निवेदन दिन भनिएको छ । ओली पक्षलाई भने आयोगले विवरण अद्यावधिकका लागि बुझाइएको पत्रमा स्पष्ट पार्न भनेको छ ।
आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले दुवै पक्षलाई पत्र पठाइएको तर त्यसमा लेखिएको विषयबारे आफूलाई जानकारी नभएको बताए ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा हठात् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा विभाजित छ । तर विभाजनले औपचारिकता पाइसकेको छैन । दुवै पक्षले ५ गतेयता लगातार आयोगमा पत्र पठाएका छन् ।
ती पत्रका आधारमा मात्रै दलको मान्यतासम्बन्धी विवादमा पस्न समस्या भएको आयोगले जनाएको छ ।
रौतहट जिल्लामा पछिल्लो समय घर टहरो तथा पसलहरुमा चोरिको घटना बढिरहेको बेला पसलबाट चोरि गरेको समान सहित एकजनालाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको माधवनारायण नगरपालीका वडा नम्बर ४ मानपुरका सन्तोष कुमार साह सोनार छन ।
मध्यरात अर्थात शुक्रवार बिहान करिव १ बजेको समयमा माधवनारायण नगरपालीका ४ मानपुर बजारमा स्थानिय सिकिलदेव मुखियाले सञ्चालन गरेको किराना पसलमा चोरि भएको थियो । टालीले छाएको मुखियाको आफ्नै घरमा सञ्चालीत पसलको छानाबाट टाली हटाई नगद तथा जिन्सि धनमाल चोरि भएको भन्दै मुखियाले प्रहरिलाई खबर गरेका थिए ।
प्रहरिले खबर पाउनासाथ घटनास्थलमा पुगेर अनुसन्धान गरेको सुरु थियो । अनुसन्धानका क्रममा प्रहरिले घटनास्थलबाट पकेट पर्स तथा पसभित्र सन्तोष साह मानपुर लेखिएको रसिद फेला पारेको थियो । रसिदका आधारमा चोरिमा संलग्न सोनारको घरमा पुगेको प्रहरिले खानतलासि गर्दा सोनार सुतिरहेको ओछ्यानबाट चोरि गरि ल्याएको बिभिन्न नामका ११ ओटा चुरोटको डब्बा सहित १००, ५०, २०, १० र ५ रुपैँयाका एकहजार पाँच रुपैँया फेला पारेको थियो ।
चोरिमा संलग्न स्थानिय प्रेमलाल साह सोनारका छोरा २१ बर्षिय सन्तोषलाई प्रहरिले पक्राउ गरि जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप गरि न्यायीक हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको ईलाका प्रहरि कार्यालय गरुडाले जनाएको छ ।
रौतहटको धमौरामा आज शुक्रवार बिहानै प्रहरिले घरेलु भट्टि तथा अवैध मदिराजन्य पदार्थ नष्ट गरेको छ । जिल्लाको बृन्दावन नगरपालीका ७ धमौरा बस्ने सन्तलाल चौधरिले सञ्चालन गरेको घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो ।
गोप्य सुचनाको आधारमा चौधरिले १ तले फुसको कच्चि घरमा सञ्चालन गरेको भट्टि तथा घरेलु मदिरा बनाउन प्रयोग हुने समान तथा तयारि मदिरा तथा कच्चा पदार्थ स्थानियको रोहवरमा नष्ट गरिएको ईलाका प्रहरि कार्यालय गरुडाले जनाएको छ ।
भट्टि सञ्चालक चौधरि भने फरार भएका छन । उनको भट्टिबाट प्रहरिले मदिरा उत्पादनमा प्रयोग हुने समान, मदिरा राख्न प्रयोग गरिने ६ वटा प्लाष्टिक ड्रम, तयारि २० लिटर मदिरा तथा अन्दाजी तिन हजार लिटर कच्चा पदार्थ बरामद गरि नष्ट गरेको छ ।
प्रहरिका अनुसार फरार भट्टि सञ्चालक चौधरिको खोजि भईरहेको छ ।
नेपाल तरुणदल जीतपुरसिमरा कार्यसमितिले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बाराको जीतपुरसिमरा अन्तर्गतको राधाकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र बृक्षारोपण कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
मलेसियन साल, टिक लगायतका ७० बिरुवा बृक्षारोपण पछि सम्पन्न अन्तरक्रिया कार्यक्रका प्रमख अतिथि समेत रहेका नेपाली काग्रेस जीतपुरसिमरा नगर कार्य समिति बाराका सभापति श्यामबाबु गुप्ताले बिपीको राष्ट्रिय एकता तथा मेलमिलापको निती अझपनि धेरै महत्व रहेको बताएका छन् । उनले बिपिको चिन्तनमा देश चल्न नसकेको भन्दै अहिले बिपिको चिन्तनभन्दा अलग बाटोमा हिँड्ने समुहले देशलाई ठुलो दलदलमा फसाएको आरोप समेत लगाएका छन् ।तरुण दल नगर सभापति अर्जुन लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर सभापति गुप्ताले बिपीको राष्ट्रिय एकता तथा मेलमिलाप नितीले देश अहिलेसम्म बिदेशी शक्तिबाट जोगिएको टिप्पणी समेत गरे ।
वृक्षारोपण कार्यक्रमपछी विपिको मेलमिलाप दिवसको सम्झनामा मिठाई बितरण समेत गरिएको छ । कार्यक्रममा राधाकृष्ण मध्यवर्ती सामुदायिक वन समितिका अध्यक्ष सत्य बहादुर श्रेष्ठ, पुर्व अध्यक्ष चौला बहादुर पण्डित, युवा नेता रामकुमार अर्याल लगायतले कार्यक्रममा मन्तब्य राखेका थिए ।
काँग्रेसका वडा सभापती दिपु भण्डारीको समन्वयमा सम्पन्न कार्यक्रको सञ्चालन २ नं. वडा अध्यक्षका प्रत्यासी तथा काँग्रेसका वडा सचिब युवा नेता संतोष कार्कीले गरेका थिए ।