आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ ।
नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।
विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले देशलाई ध्वस्त पार्न लागेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको निर्वाचनको तयारीमा लाग्नुको सट्टा आफ्नै पार्टीका प्रधानमन्त्रीले गरेको निर्णयलाई अस्वीकार गरी माधव र प्रचण्डले देश र पार्टीलाई ध्वस्त पार्न लागेको मन्त्री साहले बताउनुभएको छ ।
पद र कुर्सीको लागि आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएर नेपाल र प्रचण्डले देशलाई द्वन्द र अस्थिरता तर्फ धकेल्ने काम गरेको मन्त्री साहले बताउनुभएको छ । गृह जिल्ला रौतहटको गरुडामा विहिवार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शहरी विकास मन्त्री साहले निर्वाचनमा जाँदा पराजित हुने डरले माधव-प्रचण्ड समुहले अहिले आफ्नै सरकारको विरुद्धमा आन्दोलनमा उत्रेको बताउनुभएको छ । फरक प्रसंगमा मन्त्री साहले प्रचण्डले माओवादीको चुनाव चिन्ह समेत बिर्सिसकेको दाबि गर्नुभएको छ ।

निर्वाचनमा जाँदा पराजित हुने डरले माधव प्रचण्ड समुहले अहिले आन्दोलनको नाटक गरेको उहाँले बताउनुभयो । अगामि बैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनलाई कसैले चाहेर पनि रोक्न नसक्ने समेत मन्त्री साहले दावी गर्नुभयो । प्रतिनिधिसभाको निर्वाचन तोकिएको मितिमै हुने र निर्वाचनमा भाग लिन राजनैतिक दलहरुले तयारी हुनुपर्ने समेत उहाँले धारणा राख्नुभयो ।
नेकपा प्रदेश २ को अध्यक्ष समेत रहेका मन्त्री साहले असार महिनामा अलग प्रयोजनका लागि गरिएको हस्ताक्षरको दुरुपयोग गरी प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याएको आरोप लगाउनुभएको छ । नेता साहले देशमा स्थिरता देख्न नसक्ने प्रचण्ड–नेपालले कुर्सीको लालचमा बिनाकुनै कमिटीको निर्णय गरी छलकपट गरेर पार्टी र देशलाई बर्बाद गर्न उद्धत रहेको बताउनुभयो ।
नेता साहले सगोल कमिटीको नभई प्रचण्ड–माधव समूहले आफ्नो गुटको समेत कुनै बैठक नगरेर प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको बताउनुभयो ।

यसैविच कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं पुर्व सांसद बबन सिंह नेकपाको ओली समुहमा प्रवेस गर्नुभएको छ । लामो समयदेखी जसपामा रहेका सिंह विहिवार ओली समुहको नेकपामा प्रवेस गर्नुभएको हो । सिंहलाई मन्त्री साहले टिका र माला लगाएर पार्टी प्रवेस गराउनुभएको छ ।
नेपाल आयल निगमले गएकाे वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट साढे एक अर्ब रुपैयाँ बचत गरेको छ ।
निगमले सार्वजनिक गरेको गएकाे आर्थिक वर्ष २०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको एक अर्ब ४७ करोड रुपैयाँ बचत भएको हो । उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा १४ करोड ७० लाख रुपैयाँ बचत हुँदै आएको छ । गएकाे वर्षको भदौ २४ गतेदेखि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गएकाे वर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेका थियो । पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो ।
इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । पाइपलाइन सञ्चालनको शुरुआती दिनमा कम मात्रामा डिजेल आयात भएकामा हाल उल्लेख्य मात्रामा आयात भएको निगमले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले अब कुनै पनि हालतमा लोडसेडिङ नहुने जनाएको छ ।
पछिल्ला केहि दिन लगातार बत्ति जान थालेपछि उपभोक्ता लोडसेडिङको डरमा रहेका बेला प्राधिकरणले विज्ञप्तीमार्फत प्राविधिक समस्याले गर्दा केहि ठाउँमा बत्ति गएको र समस्या समाधान भइसकेको दाबी गरेको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको उत्पादनले नपुगेको बिजुली भारतबाट आयात भइरहेकाले लोडसेडिङ नभएको र अब पनि नहुनेमा ढुक्क रहन प्राधिकरणले आग्रह गरेको छ ।
विभिन्न विकास निर्माणका काम गर्दा पोल सार्नुपर्ने, ट्रान्सफर्मर परिवर्तन गर्नुपर्ने र अन्य संरचना मर्मतको कारणले पनि केहि समय विद्युत कटौती गर्नुपर्ने अवस्था रहेको भन्दै प्राधिकरणले यस्ता समस्या बुझिदिन पनि अनुरोध गरेको छ । नेपालमा ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेकाले अब लोडसेडिङ गर्नुपर्ने अवस्था नआउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।
निर्वाचन आयोगले आगामी माघ १५ गतेदेखि देशैभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहमा रहेका केन्द्रबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका हुन् । आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।
उक्त अवधिभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गएर मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन आयोगले आग्रह समेत गरेको छ । मृत्यु भएका वा बसाइँसराइ गएका वा दोहोरो नाम रहेका मतदाताके नाम हटाउन सूचना दिन तथा झुठ्ठा विवरण दिइ कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोकोविरुद्धमा उजुर दिन पनि आयोगले सबैमा आग्रह गरेको छ ।
सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको मध्यावधि चुनाव गर्ने घोषणा गरेको भन्दै आयोगले पुस ६ गतेबाटै मतदाता नामावली दर्ता कार्य स्थगित समेत गरिसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट आज सुनुवाइ हुने भएको छ।
संसद् विघटन गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका थिए। त्यसका विरुद्ध गरेको विरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ ।
संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै अधिवक्ता दिनेश त्रिपाठीले पुस १४ गते रिट दायर गरेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ।
यसको बुधबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेशी तोकिएको थियो। तर, हेर्न नभ्याएपछि सुनुवाइ हुन सकेको थिएन्।
आज फेरि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेशी तोकिएको छ।
रिटमा प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओली प्रतिनिधिसभा सदस्यसमेत नभएको र सरकार कामचलाउ भइसकेको अवस्थामा संविधानको मर्मविपरीत मन्त्रिपरिषद् विस्तार गरेको उल्लेख छ।
त्यसैले मन्त्रिपरिषद् विस्तारलाई बदर गर्न र नवनियुक्त मन्त्रीलाई तत्काल कामकाज नगर्न नगराउन आदेश दिन माग गरिएको छ।
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-३ मा बुधबार आगलागी हुँदा रामवचन साह तेलीको गोठ जलेर नष्ट भएको छ। आगोले ५ वटा चौपाया समेत जलेर मर्दा अन्दाजी ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बुधबार बिहान करिब पौने २ बजे तिर भएको आगलागीबाट स्थानीय साहको गोठसहित १ वटा भैंसी ,१ वटा भैंसीको पाडो ,१ वटा बाख्रा र २ वटा बाख्राको बच्चा जलेर मरेको प्रहरीले जानकारी दिएको छ ।
उक्त आगलागी प्रहरी र स्थानीयहरु मिलेर दमकलको सहायतामा बिहान साढे २ बजे पुर्णरुपमा नियन्त्रणमा आएको थियो ।आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।
सर्लाहीको गोडैता नगरपालिकाले तराईमा जाडो बढेको भन्दै जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई न्यानो कपडा (कम्बल) वितरण गरेको छ ।
गोडैता नगरपालिका वडा नम्बर – ११ माधोपुरमा बुधबार एक कार्यक्रमका बिच उक्त वडाका सबै जेष्ठ नागरिक तथा एकल महिलाहरूलाई नगर प्रमुख देवेन्द्र यादवले न्यानो कपडा (कम्बल) वितरण गर्नु भएको हो ।
नगर उपप्रमुख , वडा नम्बर – ११ का वडाध्यक्ष, वडा सदस्य लगायत स्थानीयबासीहरुको उपस्थितिमा उनीहरूलाई न्यानो कपडा (कम्बल) बितरण गरिएको गोडैता नगरपालिकाको कार्यालयले जनाएको छ ।
प्रदेश नम्बर २ को सरकारद्वारा सर्लाहीमा निर्माण हुने ज्येष्ठ नागरिक आवास भवनको शिलान्यास गरिएको छ ।
प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बुधबार एक कार्यक्रम बीच सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ४ मा निर्माण हुनलागेको ज्येष्ठ नागरिक आवास भवनको शिलन्यास गरेका हुन् ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा विनियोजित २ करोड ८० लाख रुपैयाँको लागत भवन निर्माण हुन् लागेको छ ।

शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री सोनलले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको दाइत्व भएको बताएका थिए । निर्माण गर्न लागिएको ज्येष्ठ नागरिक आवास भवनले सर्लाही जिल्लालगायत आसपासका क्षेत्रमा रहेका ज्येष्ठ नागरिकले समेत सदुपयोग गर्ने मन्त्री सोनलले विश्वास व्यक्त गरे ।
कार्यक्रममा मन्त्री सोनलले ज्येष्ठ नागरिक बलबहादुर थापालाई मन्त्री सोनलले दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोद साह, प्रदेशसभा सदस्य प्रमेश्वर साह, लालबन्दी नगरपालिकाका नगरप्रमुख मान बहादुर खडका, वडा नम्बर ४ का वडा अध्यक्ष सोमनाथ बराललगायतको उपस्थिति रहेको थियो ।
रसायनिक मल नपाएर किसान छटपटिई रहेको अवस्थामा वीरगञ्जमा भने मल नष्ट गरिने भएको छ । किसानले नपाइरहेका बेला सिर्सिया सुक्खा बन्दरगाहमा अलपत्र रहेको रासायनिक मल नष्ट गरिने भएको हो ।
भिजेको डीएपी मलको गुणस्तर जाँच गरिने र प्रयोगमा ल्याउन नमिल्ने जति नष्ट गर्ने तयारी गरिएको छ । भिजेको मलले गोदाममात्रै ओगटेका कारण त्यसको व्यवस्थान गर्न लागिएको सिर्सिया सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको दुई ¥याक मल भिजेर कालो डल्ला परेको अवस्थामा आइपुगेको थियो ।
गत वर्षसाल्ट ट्रेडिङले आपूर्तिकर्ता स्वीस सिंगापुर ओभरसिजसँग २५ हजार मेट्रिक टन मलका लागि सम्झौता गरेको थियो । असोज १८ गते आइपुगेको ४६ हजार बोरा अर्थात २३ सय मेट्रिक टन डीएपी र भदौ पहिलो साता आइपुगेको २५ सय मेट्रिक टन (९५० हजार बोरा) डीएपी मल भिजेको थियो । आपूर्तिकर्ता कम्पनीको भन्सार एजेन्टका प्रतिनिधिले गत मे महिनामा बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेको बताएका थिए । कोलकाता बन्दरगाहमा राख्न नदिएपछि भिजेको मल यहाँ ल्याइएको थियो ।
रेलको ब्यागनबाट अनलोड गरी बन्दरगाहको गोदाममा अनलोड गर्ने क्रममा नै मल डल्लो परिसकेको थियो । मल भिजेर कालो डल्लो बनेपछि आयात गर्ने ठेकेदार कम्पनीले जाँचपासका लागि प्रक्रिया नै सुरु गरेन । जाँजपास नहुँदा भन्सारको गोदाममा ठाउँ ओगटिएको छ । कम्पनीले भने १ हजार २२५ मेट्रिक टन मलमात्रै नोक्सान भएको दाबी गरेको छ ।
कृषि मन्त्रालयले खटाएको स्वतन्त्र सर्भेयरले काम लाग्ने र नलाग्ने मललाई छुट्याइरहेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए । बालीमा छर्ने समयमा मल पाउन असहज भइरहेको अवस्थामा भिजेको मल आएपछि किसान झनै मर्कामा परेका थिए ।