२०८३ जेष्ठ १८ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १८ सोमबार

सर्लाही प्रहरिले ठुलो संख्यामा पटाका सहितको ट्याक्टर नियन्त्रणमा लिएको छ । भारत सँगको खुल्ला सिमानाको गलत फाईदा उठाउँदै नेपाल भित्र्याएको १० क्विन्टल ८८ किलो पटाका प्रहरिले ट्याक्टर सहित नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपाल तर्फ बिभिन्न किसिमका पटाकाहरु ओसारपसार हुँदै गरेको विशेष सूचनाको अधारमा बलरा नगरपालिका वडा नं. ८ अन्तर्गतको सडकखण्ड बाट पालले छोपी राखेको अवस्थामा ज.१ त २१७६९ नं. को टेलर साहितको सोनालिका ट्याक्ट्ररबाट अठईसा, झिरझिरे, राधाचक्र लगायतका बिभिन्न किसिमका पटाका बरामद भएको जिल्ला प्रहरि कार्यालयले जानकारि दिएको छ ।

जिल्लामा हाल सम्मैकैे ठुलो परिमाणमा विष्फोटक पदार्थ बरामद गरिएको प्रहरिको भनाई छ । पछिल्लो समय जिल्लामा प्रहरीले अपराध नियन्त्रणमा सक्रियता बढाएको छ । जिल्लामा सर्लाही प्रहरी प्रमुख देखि प्रहरीका सम्पूर्ण युनिट अपराध नियन्त्रण गर्न लागि परेको श्रोतको दाबि छ ।

पैसाको प्रलोभनमा पारेर जवरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवकलाई रौतहट प्रहरीले पक्राऊ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाकाको प्रहरी टोलीले जिल्लाको कटहरीया नगरपालिका वडा नम्बर १ झौवा टोल बस्ने ४५ वर्षीय रामलाल राय यादवलाई पक्राउ गरेको हो ।

यादवले यही कार्तिक १४ गते राति आफ्नै घरको बरन्डामा रहेको बाँसको मतानमा सुती बसेको अवस्थामा अपाङ्गता भएकी बालिकालाई पैसा दिन्छु भनि प्रलोभन देखाई जवरजस्ती करणी गर्न खोजेका थिए । सोहि क्रममा स्थानीयले फेला पारी कुटपीट गरी नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।

यस्तै जवरजस्ती करणीकै आरोपमा प्रहरीले जिल्लाको देवाही गोनाही नघरपालिका वडा नम्बर १ करुनिया टोल निवासी १९ वर्षीय शेख बिगन भन्ने महमद तौफिकलाई पनि पक्राउ गरेको छ । तौफिकले गत कार्तिक १३ गते सोही स्थानमा बस्ने एक बालिकालाई जवरजस्ती करणी गरेको र उनलाई स्थानीयले घटनास्थलमानै समाती ईलाका प्रहरी कार्यालय देवाही गोनाहीमा टोलीलाई बुझाएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको र उनीहरुलाई जबरजस्ती करणी उद्योग मुद्दामा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक रावलले बताउनुभयो ।

साथै उहाँले जिल्लामा बिभिन्न ब्यक्तिबाट अपराधिलाई निर्दोष साबित गर्ने र छुटाउने कामका लागी दवाब बढि नै आउने गरेको भन्दै दुःख ब्यक्त गर्नुभयो ।

चीनले तिब्बत जोड्ने दोस्रो रेलमार्ग निर्माण सुरु गर्ने भएको छ। यो रेलमार्ग सिचुवान प्रान्तको याअनबाट तिब्बतको निङ्छीसम्म १ हजार ११ किलोमिटर लामो हुनेछ।

यसअघि सन् २००६ देखि नै छिङहाई–तिब्बत रेलमार्ग सञ्चालनमा छ।

सिचुवान–तिब्बत रेलमार्ग रणनीतिक रुपमा निकै महत्वपूर्ण छ। यो रेलमार्ग भारतको नियन्त्रणमा रहेको अरुणाचल प्रदेशनजिकै भएर जानेछ। चीनले भने अरुणाचल प्रदेशलाई मान्यता दिएको छैन। सो भूमिमाथि चीनले दाबी गर्दै आएको छ।

चाइना रेल्वेले यो परियोजनाका केही ठेक्का घोषणा गरेको छ।

यो रेलमार्ग निर्माण सम्पन्न गर्न एक दशक लाग्ने जनाइएको छ। सन् २०३० मा यो परियोजना सञ्चालनमा आउने अपेक्षा गरिएको छ। यसका लागि करिब ४८ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ।

सिचुवान प्रान्तमा ८ करोड बढी जनसंख्या छ भने तिब्बतमा ३५ लाख मात्र। त्यसैले यो परियोजना आर्थिक रुपले फलदायी नहुनसक्ने चिन्ता केहीले व्यक्त गरेका छन्।

यद्यपि यसले तिब्बतको पर्यटन भने बढाउने अपेक्षा गरिएको छ। एजेन्सी

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति (जिसस)लाई निर्देशन दिएको छ ।

मन्त्रालयले सबैलाई आज पत्र लेख्दै तीन दिनभित्र जिससलाई रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि भदौ २३ गते पत्र लेख्दै मन्त्रालयले विविध कारणले रिक्त पदाधिकारीको विवरण माग गरेको थियो । तर, उक्त समयमा पनि पदाधिकारीको विवरण नपठाएपछि पुनः तीन दिनभित्र पठाउन मन्त्रालयले ताकेकता गर्दै पत्र पठाएको हो । 

मन्त्रालयले रिक्त रहेको पद, रिक्त भएको मिति र रिक्त हुनाका कारण उल्लेख गरेर विवरण पठाउन भनेको छ । यसअघि सरकारले रिक्त पदाधिकारीको विवरण सङ्कलन गरेर निर्वाचन गरेको थियो ।

गत मङ्सिरमा निर्वाचन आयोगले विभिन्न कारणले रिक्त भएका स्थानीय तहका पदाधिकारीको उपनिर्वाचन गरेको थियो । धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाको अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि उक्त उपनिर्वाचन भएको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा संवादहीनतासहित द्वन्द्व चरम उत्सर्षमा पुगेका वेला पार्टीका नेताहरूले धमाधम आ–आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् ।

त्यसमा सरकारमा रहेका मन्त्रीहरूसमेतले पनि आ–आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् । 

यसैक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकताका वेला गरिएको सहमतिविपरीत पूर्वसमूहभित्रको गुटगत आबद्धतालाई समाएर समीकरणको खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको जनाएका छन् । 

उनले व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूसित असहमति जनाउँदै पार्टीको एकता बचाउनुपर्नेमा जोड दिएका छन् । 
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया सार्वजनिक गरेका नयाँ पत्रीकामा खबर छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वरिष्ठ सरुवा रोग विज्ञ तथा वैज्ञानिक डा. एन्थोनी फाउचीलाई चुनावपछि बर्खास्त गर्न सक्ने संकेत गरेका छन्।

फ्लोरिडामा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले डा. फाउचीलाई नोभेम्बर ३ को चुनावपछि बर्खास्त गर्न सक्ने बताएका हुन्।

स्थानीय समय अनुसार आइतबार मध्यरातमा भएको चुनावी सभामा समर्थकले ‘फायर फाउची’ (फाउचीलाई बर्खास्त गर) नारा लगाएपछि ट्रम्पले त्यसमा विचार गर्ने बताएका हुन्।

त्यसपछि ट्रम्पले डा. फाउची राम्रो व्यक्ति रहेको तर धेरै पटक गलत भएको बताए।

फाउचीलाई बर्खास्त गर्नु पर्ने मागसहितको नारा लगाएका ट्रम्पको सभाका अधिकांश सहभागीले मास्क लगाएका थिएनन्।

यसअघि राष्ट्रपति कार्यालय ह्वाइट हाउसले देशका प्रमुख सरुवा रोग विज्ञ डा. एन्थोनी फाउचीमाथि चुनावको पूर्व सन्ध्यामा राजनीतिक चलखेल गरेको आरोप लगाएको थियो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रको आन्तरिक विवादबारे सार्वजनिक रुपमा टिप्पणी नगर्ने बताएका छन् ।

काठमाडौँ शंखरापुरको जरसिंहपौवामा राजनेता एवम् विशिष्ट व्यक्तिहरुको शालिकसहितका पार्क बनाउने सम्बन्धमा भएको कार्यक्रममा नेता नेपालले पार्टी भित्रको अन्तर विवाद बारे टिप्पणी गर्ने उपयुक्त समय नभएको बताएका हुन् ।

कार्यक्रममा सहभागी भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि पार्टी विवादबारे नबोल्ने बताए । नेता नेपालको विश्वास पात्रका रुपमा रहँदै आएका मन्त्री भट्टराईले विवादबारे बोल्न उपयुक्त नहुने उल्लेख गरे ।

नेकपा भित्र अहिले पुनः आन्तरिक विवादले उग्र रुप लिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता नेपाल खेमाबिच विवाद रहँदै आएको छ ।

जरसिंह पौवामा विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याएका व्यक्तिहरुको शालिकसहितको पार्क बनाउने तयारी भएको छ।

रौतहट जिल्लाको मध्य भागमा रहेको कटहरिया बजारमा बाहिरबाट आएका ब्यापारिले बस्ने ठाउँ नपाएको गुनासो बढेको छ । बाहिरबाट आएका ब्यापारिलाई स्थानिय ब्यापारिले बजारमा बस्न नदिएर हटाउने गरेका छन ।

चाडपर्वको मौका छोपि कटहरिया बजारमा ब्यापार गर्ने मनसायले आएका ब्यापारिलाई स्थानिय ब्यापारिले बस्न नदिएपछि आगन्तुक ब्यापारिलाई मर्का परेको छ । पुरानो बजार भएकै कारण पनी अन्य ठाउँ तथा भारतका समेत ब्यापारिहरु यहाँको बजारमा आउने गर्छन ।

बिना बजारको दिन कटहरिया बजार क्षेत्र

कटहरिया बजार ब्यबस्थापन समितीले बजार तथा ब्यापारिहरुको राम्रो ब्यबस्थापन गर्न नसक्दा ब्यापारिहरुले दुःख पाईरहेका छन । साथै बजारको उचित ब्यबस्थापन हुन नसक्दा सडकमा जथाभावि ब्यापार गर्ने बढेकै कारण दुर्घटनाको जोखिम बढेको छ ।

ब्यापारिले सडकको दायाँ बायाँ तथा ढलान भएको सडकमा समेत पसल राख्दा सडक साँघुरो भई हिँड्न समेत गाह्रो भएको बजारमा किनमेल गर्न जाने ग्राहकहरुले गुनासो गरेका छन ।

कच्चि सडकको धुलो, अब्यबस्थीत बजार तथा सम्बन्धित निकायको बेवास्ताका कारण कटहरिया बजार कुरुप बनेको छ । यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जानु आवश्यक देखिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।