तराईमा बिशेष रुपमा मनाईने पवित्र लोक पर्व छठको रौनकका बिच रौतहटका जनप्रतिनिधि, समाजसेवि तथा बिभिन्न पार्टि प्रतिनिधिहरुले छठ लक्षित बिभिन्न सेवामुलक कामहरु ग्रिरहेका छन ।
यहाँका बिभिन्न ब्यक्ति तथा संस्थाले केहि दिनदेखि साडि बितरण गर्ने लगाएतका कार्यहरु गरिरहेका छन ।
यसै बिचमा कटहरिया नगरपालीका वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल प्रसाद गुप्ताले वडाको मुख्य सडक तथा छठ घाटसम्म सडक बत्ति जडान गरिदिएका छन । छठ पर्वलाई बिशेष लक्षित गरि कुनै पनी अप्रिय घट्ना नहोस भन्ने उद्देश्यले सडकहरुमा बत्ति जडान गरिएको बताईएको छ ।
वडाध्यक्ष गुप्ताले गाउँ देखि छठ घाट सम्म नै बत्तिको ब्यबस्था मिलाएका छन । उनका अनुसार श्रद्धालु भक्तजनको सुबिधाका लागी लालबकैया नदिमा समेत बत्ति जडान गरिएको छ ।
वीरगञ्जका मुस्लिम समुदायले चीनको उइगुरमा मुस्लिम समुदायमाथि भएको दमन, शोषण तथा मान अधिकारको हननको घटनाप्रति विरोध जनाएका छन् । वीरगञ्जका इस्लाम धर्मावलम्बीहरुले सो घटनाको भत्सना गर्दै प्रदर्शन गरेका हुन् ।
जमिअत उल्माए नेपाल वीरगञ्जको अगुवाईमा वीरगञ्जमा चीन विरोधी प्रदर्शन गर्नुका साथै उनीहरुले स्थानीय प्रशासनलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । जमिअत उल्माए नेपालको केन्द्रीय सहाध्यक्ष मौलाना अलि असगर मदनीको नेतृत्वमा छप्कैयास्थित यतिमखानाबाट घण्टाघरसम्म ¥याली निकाली विरोध प्रदर्शन गरिएको थियो ।
विरोध कार्यक्रममा केन्द्रीय सचिव मौलाना अमिर हम्जा, केन्द्रीय सदस्य मौलाना सबिर काश्मी, मुफ्ती जहुर, अहमद नोमानी र जिल्ला पर्सा जमिअत उल्माए नेपाल अध्यक्ष कारी नेक महम्मद, सचिव मौलाना रफिक, बारा जमिअत उल्माए नेपालका अध्यक्ष मौलाना सुलेमान, मौलाना अब्दुल कादिर, विद्यार्थी संघ पर्साको अध्यक्ष कारी अतिउल्लाह, सचिव मोहम्मद रिजवान, जिल्ला बाराको अध्यक्ष सगीर काश्मी, सचिव मोहम्मद जावेदलगायत विभिन्न मुस्लिम समुदायका अगुवाहरुको सहभागिता रहेको थियो । तराइ मधेश खबरबाट…
नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न जिल्लामा गरी कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको औपचारिक पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ७६ पुगेको छ ।
पछिल्लो २४ घन्टामा संक्रमित भने २ हजार १०३ जना थपिएका छन् । यो सँगै संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ३३ हजार ५५९ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा २ हजार ८५८ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ जना पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७६७ जना क्वारेन्टाइनमा रहेका छन् ।
कान्तिपुर पब्लिकेसनमा कार्यरत पत्रकार गोकर्ण गौतमको बिहीबार बिहान ११:३० बजे निधन भएको छ।
मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको निधन भएको हो ।
टाउको दुख्ने समस्याले च्यापेपछि अस्पताल पुगेका उनलाई गत सोमबार उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्यूरो अस्पताल) बाँसबारीमा भर्ना गरिएको थियो।
हेटौंडाका स्थायीवासी ३१ वर्षीय गौतम कान्तिपुर दैनिकका सक्रिय पत्रकार थिए। सिनेमा र कला समीक्षकका रूपमा परिचय बनाएका उनी समसायिक विषयमा पनि रिपोर्टिङ गर्थे। यसअघि उनी नेपाल साप्ताहिकमा कार्यरत थिए ।
कोरोनाको भेलमा जिन्दगीलाई तार्नु पनि छ
खातैखातका ति समस्याहरुलाइ टार्नु पनि छ ।
हरेक दिन आउने साँझ, बिहानलाइ फकाउँदै
संयमता, धैर्यता र समझदारीले नै सार्नु पनि छ ।
बुझ्दैछु म जीवन र कुमालेको चक्र रहेछ उस्तै
जितैजित होइन जिवन जितेपछि हार्नु पनि छ ।
होइन रहेछ जीत र हारको खेल अस्वाभाविक
छरिएर बिग्रीएका पाटाहरुलाइ सपार्नु पनि छ ।
अधैर्यतालाइ काबुमा राखेर हतोत्साही नभई
चुनौतीपूर्ण बिश्वासका ताराहरु झार्नु पनि छ ।
गङ्गा दाहाल
महालक्ष्मी नगर पालिका – २, ललितपुर नेपाल ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमबीएस (मास्टर्स अफ विजिनेस स्टडिज्) दोस्रो र चौथो सेमेस्टरको परीक्षा २९ मंसिरबाट सञ्चालन गर्ने भएको छ ।
नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा ८ पुसभित्र सम्पन्न गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा केन्द्र भने तोक्न बाँकी रहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यसैबीच, त्रिविले एमपीए (मास्टर्स अफ पब्लिक एड्मिनिस्ट्रेसन) दोस्रो सत्रको स्थगित दुई वटा विषयको परीक्षा तालिका सार्वजनिक गरेको छ । जसअनुसार Organizational Behaviour (एमपीए ५१०) को २९ मंसिर र Administrative System in Nepal (एमपीए ५०८) को ३ पुसमा परीक्षा हुने भएको छ ।

नेटटिभी नेपालमा आईपीटीवी सेवा प्रशारण गर्ने अग्रणी कम्पनी हो । नेटटिभीले लाइभ टिभी, चलचित्र, माग अनुसारको भिडियोलगायतका सेवाहरु टीभीमा नेटटिभी सेटटप बक्स र मोबाइलमा नेटटिभी एपमार्फत नेपाली मनोरञ्जन समग्रीहरू प्रदान गर्न सधैं प्रयत्न गरिरहेको जनाएको छ ।
पहिलो पटक, नेटटिभीले बलिउडको ब्लकबस्टर चलचित्र ‘लक्ष्मी’लाई नोभेम्बर ६ देखि नेपालको दुवै प्लेटफर्म नेटटिभी सेटटप बक्स र नेटटिभी एपमार्फत हेर्न सकिने बताएको छ । अक्षय कुमारद्वारा अभिनित यो चलचित्र दीपावलीको पूर्व सन्ध्यामा सबैभन्दा ठूलो रिलिज हो । यो चलचित्र विश्वव्यापी डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ ।
वल्र्डलिंकका ग्राहकहरू जोसँग नेटटिभीको सदस्यता छ, यस चलचित्रलाई टिभीमा पनि रिलिज भएकाले पहिलो दिनमा नै नेटटिभी सेट–टप बक्समार्फत हेर्न सक्ने छन् ।
अरू गैरवल्र्डलिंकका ग्राहकले नेटटिभी एप डाउनलोड गरेर आफ्नो मोवाइलमा चलचित्र हेर्न सकिने कम्पनीले जनाएको छ ।
भारतको बिहार राज्यमा गएको १६ नोभेम्बरमा शपथ लिएका १४ मन्त्रीमध्ये आठ जनाविरुद्ध आपराधिक मुद्दा दर्ता भएको छ । मन्त्रिमण्डलको ५७ प्रतिशत मन्त्रीमाथि आपराधिक मुद्दा दर्ता भएको हो ।
भारतमा चुनाव र चुनाव लड्नेमाथि नियमन गर्ने संस्था एसोसिएशन अफ डेमोक्रेटिक रिफर्म्स (एडीआर) ले यस्तो जनाएको हो ।
६ जना मन्त्रीविरुद्ध गम्भीर आपराधिक मुद्दा दर्ता भएको छ । जमानत नपाउने र मुद्दामा दोषी पाइसकेपछि पाँच वर्षभन्दा धेरै सजाय हुन सक्ने व्यवस्थालाई गम्भीर मुद्दा भनिन्छ ।
जनता दल (यू) का दुई, बीजेपीका चार र एक–एक हम र भीआईपी पार्टीका मन्त्रीविरुद्ध दर्ता भएको हो ।
यसका साथै १४ मन्त्रीमध्ये १३ करोडपति हुन् । जनता दल–यू का मेवालाल चौधरी सबैभन्दा धनी मन्त्री हुन्, उनीसँग १२ करोड भारुभन्दा धेरै सम्पत्ति भएको बताइएको छ । त्यस्तै सबैभन्दा गरिब भनिएका जनता दल–यू कै अशोक चोधरीको सम्पत्ति ७२ लाख भारु भएको बताइएको छ ।
यीमध्ये चार मन्त्रीले मात्र आठदेखि १२ कक्षासम्म पढाइ गरेका छन्, त्यस्तै १० मन्त्रीले स्नातक वा त्योभन्दा धेरैको पढाइ गरेका छन् । उज्यालो अन्लाईन बाट…
चिकित्सकहरूका अनुसार जाडो शुरू भएसँगै शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । त्यसकारण जाडो याममा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् ।
जाडो याममा छाला सम्बन्धी समस्या, स्वासप्रस्वास, हाड जोनी दुख्ने, ढाड दुख्ने, रक्तचाप बढ्ने जस्ता समस्या देखिन्छन् । यसबाट जोगिन हामीले हाम्रो बानी, व्यवहार, खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जाडो याममा हुने स्वास्थ्य सम्बन्धी समस्याबाट जोगिन यी ८ काम नगर्नुहोस्
- चियाकफी धेरै पिउने –
जाडोमा ज्यान तताउला भन्ने सोचेले पटकपटक तातो चियाकफी पिउने गरिन्छ । तर, यसले उल्टो बेफाइदा गर्छ । चियाकफी बढी पिएमा शरीरमा क्याफिन र सुगरको मात्रा बढ्न पुग्छ । जसले गर्दा डिहाइड्रेट हुने, रगतमा चिनीको मात्रा बढ्ने, निद्रा नलाग्ने आदि हन्छ । चियाकफीको सट्टा जाडोमा तातो दूध, ग्रिन टी अथवा तातो पानी खाने बानी बसाल्नु उपयुक्त हुन्छ ।
- पानी कम पिउने –
जाडोमा चिसोले गर्दा पसिना आउँदैन । र तिर्खा पनि खासै लाग्दैन । नेपालीको बानी नै छ तिर्खा नलागी पानी नपिउने । तर स्वस्थ रहनका लागि जाडोमा तिर्खा लागेन भन्दैमा पानी नखाने अथवा असाध्यै कम पिउने गर्नु हुँदैन । जाडोमा छाला फुस्रो हुने, कब्जियत बढ्ने, ओठ फुट्ने आदि समस्या देखिन्छ । समयसमयमा पानी खानाले यस्तो समस्या कम हुन्छ ।
- घाम बढी ताप्ने –
जाडोमा घाम स्वाभाविक रूपमा प्यारो हुन्छ । तर, धेरै बेर घाम ताप्नु हुँदैन । आधा अथवा पौने घन्टाभन्दा बढी घाम ताप्नु हुँदैन । लामो समय घाम तापेमा छाला डढ्ने, अनुहारमा चाया आउने लगायत समस्या देखापर्छ ।
- सनब्लक लोसन नलगाउने –
जाडोमा घाम चर्किएको महसुस नहुने भएकाले धेरैले जाडो याममा घाममा निस्किँदा सनब्लक लोसन लगाउँदैनन् । तर, छालालाई हानि गर्ने विकिरण जाडोमा पनि निस्किरहेको हुन्छ । त्यही भएर जाडोमा पनि सनब्लक लोसन लगाउन बिर्सिनु हुँदैन । घाम ताप्दा पनि अनुहार र हातमा सनब्लक दल्नुपर्छ ।
- बढी सुत्ने –
जाडोमा सिरकबाट निस्किन मन लाग्दैन । त्यही भएर जाडोमा ढिलो उठिन्छ । छुट्टिको दिन सिरक ओडेर सुतेर बिताइन्छ । तर, यस्तो गर्नु हुँदैन । वर्षै भरि सुत्ने र उठ्ने समय एउटै बनाउन सके स्वास्थ्यलाई फाइदा हुन्छ । सुत्ने र उठ्ने समय भंग भएमा दीर्घकालमा अनिद्रालगायत समस्या उत्पन्न हुने जोखिम हुन्छ ।
- मास्क नलगाई निस्कने –
जाडो याममा खास गरी बिहानबेलुका कतै निस्किनुप¥यो भने मास्क लगाउन बिर्सिनु हुँदैन । किनकि, जाडोमा बिहान र बेलुका वायुमण्डलको तल्लो तहमा ब्याक्टेरिया, भाइरसलगायत जीवाणु बढी क्रियाशील हुन्छन् । साथै, धुलोका कण पनि यो समय वायुमण्डलको तल्लो तहमा जम्मा भएका हुन्छन् । यस्तोमा मास्क नलगाइ निस्किएमा श्वासप्रश्वास, छाला आदि सम्बन्धी रोग लाग्ने जोखिम बढ्छ ।
- न्यानो कपडा नलगाउने –
जाडो याममा फेसनेबल र शरीर नछोपिने खालका कपडाभन्दा गम्म परेका लुगा लगाउनु उपयुक्त हुन्छ । जाडोमा हेलचेक्राइ गरे रुघाखोकी, ज्वरो, निमोनिया आदि हुने र नशामा रगत जम्नेजस्ता समस्या उत्पन्न हुन सक्छ ।
- धेरै बेरसम्म तातो पानीले नुहाउने –
जाडोमा बाध्यता नै हुन्छ तातो पानीले नुहाउने । तर, तातो पानीले नुहाउँदा फाइदा भन्दा बेफाइदा बढी हुन सक्छ । बढी तातो पानीले धेरै बेरसम्म नुहाउँदा छालामा रहेको प्राकृतिक म्वाइस्चराइजर कम हुन गई छाला फुस्रो बन्छ ।
- क्षितिज विश्वकर्मा
श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज (बिहिवार) पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन हिजो (बुधवार) ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् ।
चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । यसअघि आइतबार नै ब्रतालुले पर्वको पहिलो दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन् ।
पर्वको तेस्रो दिन सूर्य उपाशनाको निराहार ब्रत बसेर ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिला क्षेत्रमा ‘सझुका अरख’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अर्घ दिएर पर्व समापन गर्ने मैथिल चलन छ । यसलाई मिथिलामा ‘भोरका अरख’ भनिन्छ ।
छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अर्घ दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलासय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।
केही वर्ष पहिलेसम्म मधेसीमूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वतेमूलका हिन्दू र इस्लाम धर्मावलम्बीहरुले समेत धुमधामसँग मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको पाइएको छ । पर्वमा सबै धर्म, संस्कृति र वर्ग सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ ।