- रचना काफ्ले/रौतहट ।
रौतहटको मौलापुरमा नगरप्रमुखले बोलेको कुरा पुरा नगरेको भन्दै स्थानियले बिरोध जनाएका छन ।
मौलापुर नगरपलिका वडा नम्बर ६ को पथरा बुधराममा करिव ५ महिना अगाडि नाला निर्माण गरिएको थियो । उक्त नाला एक महिना नबित्दै भत्किएपछि कमसल नाला बनाईएको स्विकार्दै नगरप्रमुख रिना साहले १५ दिन भित्र पुनः नाला निर्माण गर्न निर्देशन दिने बताएकी थिईन । नाला भत्किएपछि मेयर साह समक्ष डेलीकेसन पुगेका गाउँलेलाई १५ दिन भित्र नाला निर्माण थालीने बताईएको भएपनि अहिले सम्म कुनै वास्ता नगरिँदा स्थानिय निरास बनेका छन ।
गौरीशंकर जयसवालको भतिजा उपभोक्ता समिति अध्यक्ष, तत्कालीन ईन्जिनियर र निमित्त प्रशासकिय अधिकृत रामबाबू साह एवं क्षेत्र नम्बर ३ का सङघिय सांसद प्रभु साहको नजिकका ब्यक्ति नाला निर्माणमा सहभागी भएकै कारण गुणस्तरहिन काम भएको स्थानीयले आरोप लगाएका छन ।
राष्ट्रिय वन उपभोक्ता महासंघ नेपालले काठ कटान, ओसार पोसार र विक्रि वितरण तत्काल खुला गर्न सरकारसँग माग गरेको छ ।
साल बाहेकका काठ मात्र खुलाउने सरकारी निर्णयले १ करोड ४० लाख बढी उपभोक्तहरु आफ्नो घरगोठ बनाउनबाट बञ्चित भएको भन्दै महासंघले यस्तो माग गरेको हो ।
देशभरीका २२ हजार २ सय ६६ सामुदायिक वन व्यवस्थापन गरिरहेका २९ लाख घरधुरी र १ करोड ४० लाख उपभोक्ताहरु आफ्नो दैनिक कामबाट समेत बञ्चित भएको महासंघको भनाई छ । सामुदायिक वनले स्थानीय गरिब विपन्न वर्षलाई गर्द आएको सहयोग रोकिँदा चाड पर्व समेत मनाउन नपाएको महासंघका अध्यक्ष भारती पाठकले बताए । अहिले वन व्यवस्थापनका लागि अपनाइएको पद्धती समेत गलत भएको उनले जिकिर गरे ।
वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गर्दै प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयहरुले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई रोकेर त्यसमा रहेको बजेट सामुदायिक वन व्यवस्थापनको काममा लगाउन पनि माग गरेको छ । उत्पादन बढाउने विधि र प्रकृया राखी सबैको सहभागितामा सामुदायिक वनको कार्ययोजना परिमार्जन गर्नुपर्ने पाठकले बताए ।
महासंघले दिगो विकास लक्ष्य प्रतिको प्रतिवद्धता, सामुदायिक वनको स्वायत्तता, जैविक विविधता संरक्षण, लैंगिक समानता र सामाजिक समावेशीकरणर्लाइ समेत ध्यानमा राखेर दिगो वन व्यवस्थापन गर्न माग गरेको छ । सामुदायिक वन उपभोक्त समूहको सुशासन र क्षमता अभिवृद्धिका लागि वन सम्बन्धि सबै तहका निकायहरुले सामुदायिक वन उपभोक्त महासंघसँग सहकार्य गर्नुपर्ने, उद्यम सञ्चालनको लागि सामुदायिक वनमा लगाइएको दुरी तत्काल हटाउनुपर्ने माग पनि महासंघको छ ।
महासंघले चुरे संरक्षण र व्वस्थापन स्थानीय समुदायका नेतृत्वमा हुने गरी वन ऐनमा व्यवस्था गर्न पनि माग गरेको छ । मध्यवती तथा संरक्षण क्षेत्रका सामुदायिक वन धार्मिक वन र कवुलियती वनहरुलाई राष्ट्रिय वनमा भएका सामुदायिक वन, धार्मिक वन र कबुलियति वन सरह अधिकार दिन पनि माग गरेको छ ।
महासंघको माग पुरा नभएको आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुने भएकाले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरेको छ । : खबरकुरा बाट
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी विभाजित हुने निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग साझा सरकारको प्रस्ताव राखेका छन्।
शनिबार बालुवाटारमा भएको दुईजनाको भेटघाटमा ओलीले नेपाली कांग्रेसलाई आठ मन्त्रालय दिने प्रस्ताव राखेका छन्।
देउवाले सहयोगीहरुसँग सल्लाह गरी उचित निर्णय लिने आश्वासन ओलीलाई दिएको एक उच्च राजनीतिक स्रोतले बतायाे।
प्रचण्डले पहिलेदेखि नै दुःख दिएको र अहिले त्यसमा माधव नेपाल पनि मिसिएपछि आफू संकटमा परेको भन्दै सहकार्यको प्रस्ताव देउवा समक्ष ओलीले राखेको स्रोतले बतायो।
देउवाले तत्काल कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न पनि ओलीसँग आग्रह गरेको बुझिएको छ। : देश सञ्चार
रौतहटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परोहा नगरपालिका-६ बसन्पट्टी बस्ने प्रवीण सिंह रहेको प्रहरीले जनाएको छ । प्रहरी हवल्दार उनी काठमाडौँस्थित महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत रहेका थिए ।
जिल्लाको दक्षिणी भेग बौधिमाई नगरपालिका-९ स्थित सडकमा ना.६ प ७४२२ नम्बरको उनी आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३५ वर्षीय राकेश सिंहको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । श्रोत : रातोपाटी
इराकको सलाहुद्दिन प्रान्तमा शनिवार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ । शनिवार सो हमला भएको थियो । उक्त प्रान्तमा शनिवार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ ।
शनिवार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो । सो कारबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए ।
त्यसपछि यो आक्रमणको घटना भएको बताइएको छ । शनिबार साँझ सो हमला भएको छ । यसमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ । इराकको उक्त प्रान्त राजधानी बगदादबाट करिब २०० मिटर टाढा पर्दछ । उक्त स्थानमा पछिल्ला केही दिनहरुमा आइएसले आक्रमण थालेको छ ।
त्यसैले इराकको सुरक्षा फौजले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षा गस्ती दिने गरेको छ । सो गस्तीपछि आइएसले पनि सो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधाारणलाई लक्ष गरेर हमला गर्ने गरेको छ । शनिवार हत्या गरिएका सात सुरक्षाकर्मी इराकका प्रहरी रहेको बताइएको छ । एजेन्सी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन ३९४ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्ने भएको छ। मङ्सिर १५ गते देशभरका ३९४ स्थानीय तहमा अस्पतालको शिलान्यास गरिने भएको हो ।
सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले मन्त्रालयले ५, १० र १५ श्ययाका अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको हो।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ। सोही आधारमा अस्पताल निर्माण प्रक्रिया अघि बढेको हो ।
अस्पताल निर्माण हुने स्थानीय तहकाे विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् :
https://drive.google.com/file/d/1YCCgu-zxz9KX8H1U-G9CuMffzuu6jzBT/view
सर्लाहीको लालबन्दीमा लागुऔषध सहित ३ जनालाई प्रहरिले नियन्त्रणमा लिएको छ ।
यहि मंसिर ४ गत्ते बिहिवारका दिन बयलवास बाट लालबन्दी तर्फ आउँदै गरेको २ ओटा मोटरसाईकल चेकजाँच गर्ने क्रममा लागुऔषध डाईलेक्स डि.सि.र नाईट्रोभेट सहित ३ जनालाई प्रहरिले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ज९प ३७९८ नम्बरको मोटरसाईकल चालक ईश्वरपुर २ बस्ने १८ बर्षिय मनोज कुमार साह, सोहि ठाउँका बिआर ३० जेड ४६९६ नम्बरको मोटरसाईकल चालक सञ्जिव साह र भारत सितामणि सुनबर्षा १४ बस्ने २९ बर्षिय कृष्ण महत रहेका छन ।
करिव ४ बजेको समयमा बिशेष सुचनाको आधारमा मोटरसाईकल चेकजाँच गर्दा उनिहरुले लुकाएर ल्याउँदै गरेको डाईलेक्स डिसि ९८ पिस, नाईट्रोभेट २०९ पिस सहित मोटरसाईकल नियन्त्रणमा लिईएको ईलाका प्रहरि कार्यालय लालबन्दीले जनाएको छ ।
सर्लाहीको धनकौल गाउँपालिका–४ महिनाथपुर स्थित दहाउर सहनीको घर आगोले जलेर नष्ट भएको छ ।
शनिबार साँझ भएको आगलागीबाट सहनीको एक तले फुसको घर तथा घरभित्र रहेको १ टेलिभिजन, १ तोला सुन, नगद ९० हजार रुपैंया, दुईवटा मोबाईल सेट सहित लत्ताकपडा, भाँडा वर्तन, अन्नपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । खाना बनाउने सिलिण्डरबाट ग्याँस लिक भई आगलागी हुँदा दुई लाख ६३ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै शनिबार राती ९ बजे बिष्णु गाउँपालिका–५ फेन्हरा स्थित राज कुमार रायको काठले बनाएको घुम्ती पसलमा अचानक आगलागी हुँदा घुम्ती पसल आंशिक रुपमा जलेको छ । आगलागीबाट पसलमा रहेको नगद, सिल्डप्याक मदिरा तथा अन्य सामानहरु जलेर नष्ट हुँदा ७० हजार रुपैंया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यदि तपाईं सिर्जनात्मक उपाय खोज्दै हुनुहुन्छ भने एकपटक आफ्नो स्मार्टफोनको ग्यालरी छिर्नु होस् । आफ्ना पुराना फोटोहरु नियाल्नुहोस् र नयाँ मेकअप दिनुहोस् ।
गुगल प्ले स्टोर र आईओएसमा यसरी पुराना फोटोहरुलाई नयाँ बनाउने एडिटिङ एपहरु प्रशस्तै छन् । त्यसमध्ये आज हामी तपाईंलाई उत्कृष्ट आठ एपहरुका बारेमा बताउँदैछौं ।
१. स्नापसीड
स्नापसिड आईओएस र एन्ड्रोइड दुवैमा निःशूल्क रुपमा उपलब्ध एप हो । गुगलको स्वामित्वमा रहेको यो एपले तपाईंलाई एक्सपोजर र कलरका धेरै रेञ्ज प्रदान गर्नेछ ।
यसमा भिन्टेजदेखि मोडर्न स्टाइलसम्मका धेरै फिल्टर अप्सनहरु रहेका छन् । यसमा पञ्ची एचडीआर लुक्स पनि छ ।
२. लाइटरुम
प्रोफेसनल फोटोग्राफरहरुका लागि स्ट्याण्डर्ड एडिटिङ टूल मानिने एडोबको लाइट रुम आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छन् । यसको निःशूल्क भर्सनमा सीमित फिचर मात्रै पाइन्छ ।
तर प्रति महिना ४.९९ डलर तिर्ने प्रयोगकर्ताहरुले यसका सबै फिचरहरु प्रयोग गर्न सक्छन् । तपाईंले यसमा स्टिकर, एनिमेसन तथा इमोजीहरु पाउनु हुनेछैन । तर यसबाट तपाईंले प्रोफेसनल किसिमको फोटो एडिटिङ गर्न भने सक्नुहुनेछ ।
३. एडोब फोटोसप एक्सप्रेस
एडोब फोटोसपमा तपाईंले लाइटरुममा जस्तै फिचरहरु पाउन सक्नुहुन्छ । एक्सपोजर, कन्ट्रास्ट र कलर एडिटिङ जस्ता अप्सन यसमा छन् । तर यसबाट केही प्रो टूल र क्लाउड सेन्सिङ फिचरहरु हटाइएको छ ।
तर खुशीको कुरा के छ भने यसमा सब्सक्रिप्सन फी पनि हटाइएको छ । यो आईओएस र एन्ड्रोइड दुवैमा निःशूल्क उपलब्ध छ । यसमा तपाईंले राम्रा फिल्टर र ओभरले टेक्सचरहरु पाउन सक्नुहुन्छ ।
४. प्रिज्मा
प्रिज्माले सूक्ष्म फिल्टर तथा आधारभूत इमेज करेक्सनको काम गर्दैन । यो एउटा ट्रिप्पी फिल्टर हो जसले तपाईंको फोटोलाई एकदमै अभूतपूर्व कलात्मक शैलीमा एडिट गरिदिन्छ ।
यसमा भएका धेरै फिल्टरहरु साल्भाडोर डाली तथा पिकास्सो जस्ता कलाकारहरुबाट प्रेरित छन् । यसका फिल्टरहरु बलिया पनि छन् ।
सबै फिल्टरहरु सबै किसिमका तस्वीरहरुका लागि सुहाउँदैँनन् । यसमा भएको फिल्टर पोट्रेट तस्वीरहरुका लागि एकदमै उपयुक्त छ । आईओएस र एन्ड्रोइडमा उपलब्ध यो एप्सको मासिक सब्स्क्रिप्सन मूल्य ७.९९ डलर रहेको छ ।
५. बाजार्ट
बाजार्टको मोन्टाज र कोलाजले तपाईंलाई तस्वीरदेखि टेक्स्ट तथा ग्राफिक्स लगायतका विभिन्न तत्वहरुलाई समायोजन गर्न मद्दत गर्दछ ।
यसले पोट्रेट तस्वीरको पृष्ठभूमिलाई मेट्न सहयोग गर्दछ । यसले नयाँ पृष्ठभूमि र नयाँ लेयर थप गर्न समेत सघाउँछ । आईओएसमा मात्र उपलब्ध यो एपको मासिक सब्स्क्रिप्सन शूल्क ७.९९ डलर हो ।
६. फोटोफक्स
बाजार्टमा जस्तै फोटोफक्समा पनि पृष्ठभूमिमा रहेका वस्तुहरु हटाउने शक्तिशाली टूल छन् । यसले तपाईंलाई नयाँ पृष्ठभूमि र सुन्दर इफेक्टहरु प्रदान गर्दछ ।
यसमा भएको डिस्पर्सन इफेक्ट एदमै राम्रो छ । साथै यसको ग्लिच इफेक्ट र डबल एक्सपोजर इफेक्ट पनि एकदमै अतुलनीय किसिमका छन् । यो एप आईओएस मा मात्र उपलब्ध छ ।
७. पिक्सआर्ट
पिक्सआर्टमा धेरै एडिटिङ टूलहरु उपलब्ध छन् । कन्ट्रास्ट एक्सपोजर जस्ता आधारभूत टूलदेखि सिनेम्याटिक कलर ग्रेडिङ र ड्रामाटिक फिल्टरहरु पनि यसमा उपलब्ध छन् ।
८. भिस्को
आईओएस तथा एन्ड्रोइड दुवैमा उपलब्ध यो एपमा केही फंसनहरु निःशूल्क छन् । यदि सब्सक्रिप्सनमा लिन चाहनुहुन्छ भने सात दिनको निःशूल्क ट्रायल सहित एक वर्षका लागि १९.९९ डलर तिर्नु पर्ने हुन्छ ।
लाइटरुम तथा रुटहरु स्पष्ट रहेको भिस्कोले फोटोलाई जीवन्त बनाउने कलर ग्रेडिङ समेत सुरु गरेको छ ।
यसमा डिजाइन, लुक्स, क्लासिक, फुजिफिल्म, कोड्का तथा इलफोर्ड जस्ता अनेकौं प्रिसेट समेत उपलब्ध छन् । यसका साथै भिस्कोमा विशेष किसिमको ब्लयाक एण्ड ह्वाइट फिल्टर समेत छ ।