१. याद तिम्रो मन भित्रको लुकाउनु कसरि
मनको पिर मनको व्यथा फुकाउनु कसरि
मन दुख्दा आँखा रुन्छन्, लुकाउछु भन्छु आँशु
म रोए तिमिलाइ दुख्छ मन दुखाउनु कसरि !




२. मैले प्रेम गरिरहँदा तिमिले बेवास्ता गर्यौ भने
म नजिक आउदै गर्दा तिमि पर सर्यौ भने,
तिमिले बोलाएको मैले नसुन्ने दिन पनि आउला पक्कै
जिन्दगिको यात्रामा म अगाडि तिमि पछाडि पर्यौ भने !
३. तिम्रो मेरो दु:खको पाटो अलग भो
तिमि परदेश, घरदेशमा म माटो अलग भो
परदेशमा तिम्रो दु:ख होलान मैले नदेखेको
आँशुले भिज्ने मेरो शिरानिको टाटो अलग भो
तिमि खोज्छौ मरुभुमिमा पानि जस्तै सुख
बन जंगल मेलापातमा म बाटो अलग भो
फर्कि आउनु दु:ख-सुख सँगै हौँला रमाउँला
पैसा सँगै जीवनको साटो अलग भो !


✍️आशिका विश्वकर्मा
आँधिखोला गाँउपालिका-४, स्याङ्गजा ।










