रौतहटमा करणी मुद्दामा फरार प्रतिवादी ४ बर्षपछि प्रहरीको नियन्त्रणमा परेका छन ।
रौतहटको बृन्दावन नगरपालिकाकोे वडा नम्बर ४ का ३२ बर्षिय नागेश्वर राय यादव फरार भएको ४ बर्षपछि पक्राउ परेका हुन । यादवले सोेही वडाकी ११ बर्षिय बालिकालाई २०७३ साल फाल्गुन ९ गते दिउसो जबरजस्ति करणी गरेका थिए ।
बिशेष सुचनाका आधारमा यादवलाई ईलाका प्रहरी कार्यालय समनपुर रौतहटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यादवलाई रौतहटको गढीमाई न.पा.वडा नं.१ स्थित बागमती नदि बाँध सडकखण्डमा ना६४प ४५०३ नं.को १५० सि.सि.को पल्सर मोटरसाईकल सहित पक्राउ गरिएको प्रहरिले जनाएको छ ।
पक्राउ परेका राय यादवलाई सोमबार रौतहट जिल्ला अदालत गौरमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सरकारले निजामती कर्मचारीलाई निजी इन्स्टिच्युटमा पढाउन रोक लगाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै लोकसेवा आयोग तथा अन्य निकायबाट सञ्चालन हुने प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउने निजी इन्स्टिच्युटमा गएर पढाउन सरकारी कर्मचारीलाई रोक लगाएको हो । मन्त्रालयले अनलाइन माध्यमबाट प्रशिक्षण दिन पनि नपाउने निर्णय गरेको छ ।
यसअघि कुनै मन्त्रालय वा निकायबाट बाहिर गएर प्रशिक्षण दिनेलगायतका विषयमा अनुमति लिएको भएमा त्यस प्रकारका सबै अनुमतिसमेत रद्द गर्ने मन्त्रालयले निर्णय गरेको छ ।
साथै कर्मचारीले काज बिदाको बहाना गर्दै पढाएको पाइएमा त्यस्ता कर्मचारीमाथि कारबाही प्रक्रिया थालिने चेतावनी मन्त्रालयले दिएको छ ।
विभिन्न मन्त्रालय, विभाग, आयोग तथा अन्य निकायमा कार्यरत सरकारका सहसचिवस्तरका धेरै कर्मचारीले विभिन्न इन्स्टिच्युटमा पढाउने गरेका छन् ।
बहालवाला सहसचिव तथा केही सचिवसमेत विभिन्न निजी इन्स्टिच्युटमा गएर प्रशिक्षण दिने र पढाउने गर्दा सेवाप्रवाह कमजोर बनेको तथा नीति निर्माणमा समेत समस्या भएको ठहर गर्दै सरकारले यस्तो निर्णय गरेको हो ।
सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई समेत दिएको छ ।
विभागले आइतबार अधिकार प्रत्योजन गर्दै प्रदेशमा रहेका हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयमार्फत पनि प्रेसपास र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाएको विभागका महानिर्देशक किरणराज शर्माले जानकारी दिए ।
विभागका अनुसार प्रदेश १ को हुलाक निर्देशनालय विराटनगर, प्रदेश २ को जिल्ला हुलाक कार्यालय धनुषा, बाग्मती प्रदेशको जिल्ला हुलाक कार्यालय मकवानपुरबाटै प्रेसपास र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाइएको हो ।
यसैगरी गण्डकी प्रदेशको हुलाक निर्देशनालय कास्की, लुम्बिनी प्रदेशको जिल्ला हुलाक कार्यालय रूपन्देही, कर्णाली प्रदेशको हुलाक निर्देशनालय सुर्खेत र सुदूरपश्चिमको जिल्ला हुलाक कार्यालय कैलालीमार्फत पनि प्रेस पास नवीकरण र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
कोभिडका कारण स्थगित भएको नवीकरणसम्बन्धी व्यवस्था बुधबारदेखि सुचारु गर्ने र प्रदेशमा रहेका हुलाक कार्यालय र हुलाक निर्देशनालयमार्फत थप सुविधा दिने गरी व्यवस्थापन गरिएको विभागका महानिर्देशक शर्माले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।
वीरगंजको एक उद्योगमा कार्यरत मजदुरको आन्दोलनमा प्रहरीले मजदुरमाथि लाठीचार्ज गरेको छ ।
पर्साको बिरगंज लिपनी बिर्तामा रहेको ब्रीटानिया नेपाल प्रा.लि.मा कार्यरत मजदुर आन्दोलित भएपछि प्रहरिले लाठिचार्ज गरेको हो । मजदुरले ज्यादत्ती गरेको भन्दै उद्योगले स्थायी मजदुर निस्कासन गरेपछि मजदुरले केहीबेर बिरगंज पथलैया सडकखण्ड अवरुद्ध गर्दै नाराबाजी गरेका थिए ।
बिरगंज बिर्ता वडा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश राजपुरीको कमाण्डमा गएको टोलीले मजदुरले बन्द गरेको बाटो खोलीएको र बाटो बन्द गर्ने ३ जना मजदुर पक्राउ गरिएको प्रहरी निरीक्षक राजेशराज पुरीले जानकारी दिए ।
यता उद्योगीको निर्देशन तथा मिलेमतोमा प्रहरिले पिडित मजदुर माथी लाठि प्रहार गरेको सम्बद्ध श्रोतको बुझाई छ ।
घटनाको सम्बन्धमा बिरगंज महानगरपालिका वडा २३ का वडा अध्यक्ष हविव मिँयाले मजदुरमाथि निर्मम लाठीचार्ज हुनु दुःखद भएको भन्दै घटनाको भत्र्सना गरेका छन ।
यस सम्बन्धमा उद्योगका ब्यवस्थापन बिनोद शाहसँग बुझ्न खोज्दा उनी बोल्न नचाहेको मनोज शाहले बाराको जितपुरबाट लेखेका छन ।
रौतहटका अधिकांस विद्यालय पढ्ने उमेरका विद्यार्थीहरु लागुऔषध दुर्व्यसनीमा फस्ने गरेको पाइएको छ ।
लकडाउनले लामो समयदेखि विद्यालय बन्द रहँदा रौतहटका विद्यार्थी कुलतमा फसेका स्थानिय बताउँछन । रौतहटको चन्द्रपुर नगरपालिकाको दुर्गा मा.वि. ठाडा टोलका प्रधानाध्यापक नारायण बहादुर कार्कीले लागुऔषधको कुलतमा लागेकै कारण कतिपय विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको समेत बताउनु भयो ।
रौतहटमा विद्यालय बन्द भएको करिव आठ महिना भयो । विद्यार्थी फुर्सदिला भएकै कारण गलत सङ्गतमा फसेका श्रोतको बुझाई छ । जिल्लामा लागुऔषधका रूपमा गाँजा, अफिम र उत्तेजना दिने पदार्थको प्रयोग बढि हुने गरेको रौतहट प्रहरीले जनाएको छ । सबैभन्दा बढी गाँजा र त्यसले बनेका लागू पदार्थको प्रयोग भइरहेको छ ।
साथीको दबाब, मनोरञ्जन, एक्लोपना र तनावजस्ता कारणले पनि लागुऔषध प्रयोगकर्ता बढेका लागुऔषध नियन्त्रण ब्यूरो रौतहटले जनाएको छ । शिक्षा विकास तथा समन्वय एकाइ रौतहटको तथ्याङ्कमा वि.सं २०७५/७६ मा विद्यालय छोड्ने विद्यार्थीको संख्या लगभग १० प्रतिशत रहेको जनाइएको छ । यद्यपि लागु औषधकै कारण पढाइ प्रभावित हुने विद्यार्थीको सङ्ख्या कति छ भन्ने तथ्याङ्क एकाइसँग नरहेको शिक्षा विकास तथा समन्वय एकाइ रौतहटका प्रमुख राम विनय सिंहले बताउनु भयो ।
नेपाली कलाकार, सर्जक तथा निर्माताले आफ्ना गीत संगीत अब १५० भन्दा बढी स्टोरमा राख्न सक्ने भएका छन् । यसका लागि मनाेरञ्जन क्षेत्रमा काम गरिरहेकाे नेप्सिने कम्पनीले विश्वका लाेकप्रिय डिजिटल च्यालनहरूमा म्युजिक राख्ने सुविधा ल्याएको छ ।
कम्पनीले हालै फ्ल्यागशिप डिजिटल म्युजिक डिस्ट्रब्युसन प्लेटफर्म ‘नेप्सिने रिभोलुसन’ सार्वजनिक गरेकाे छ । याेसँगै नेपाली गीत तथा संगीत अन्तर्राष्ट्रिय प्लेटफर्ममा वितरण गर्दा भारतलगायत अरु विदेशी एजेन्ट्सहरुको प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएकाे कम्पनीले जनाएकाे छ ।
‘नेप्सिने रिभोलुसन’ ले स्पोटिफाई, अमेजन म्युजिक, एप्पल म्युजिक, डिजर, पन्डोरा जस्ता विश्वका १५० भन्दा बढी म्युजिक स्ट्रिमिङ र म्युजिक स्टोरमा निःशुल्क विश्वव्यापी वितरण गर्न सक्ने सुविधा दिएकाे छ । यो कार्यले नेपाली कलाकारहरुलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास कम्पनीकाे छ ।
साथै यस प्लेटफर्मकाे राइट्स म्यानेजमेन्ट फिचर प्रयाेग गरी सर्जक तथा निर्माताले फेसबुक, इन्स्टाग्राम, टिकटक, पब्जी जस्ता साेसल मिडिया र गेभ स्ट्रिमिङ सर्भिसमा प्रयाेग हुने सिर्जनाबाट सिधै रोयल्टी संकलन गर्न सक्नेछन् ।
यो सेवा नेपाललगायत विश्वका करिब ४० वटा देशमा उपलब्ध गराइएको छ ।
रौतहटमा २ गाउँपालिका र १६ नगरपालिका गरि १८ स्थानिय तहहरु रहेका छन । जसमध्ये ७ ओटा स्थानिय तहले आफ्नो पालिकाको प्रगति विवरण संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउन सकेका छैन ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रौतहटका ७ स्थानिय तहहरु सहित मुलुकभरका ३१९ स्थानिय तहलाई २ दिनभित्र प्रगति विवरण पठाउन निर्देशन जारी गरेको छ । मन्त्रालयले हालसम्म रौतहटको राजदेवी, इशनाथ, कटहरिया, देवाही गोनाही, फतुवा विजयपुर, बौधीमाइ र बृन्दावन नगरपालिकाले प्रगति विवरण पठाउन नककेको जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ दिन अघि ती स्थानीय तहको नामावली सहित परिपत्र गर्दै ५ दिन भित्रमा प्रगति विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । मन्त्रालयले यस अघि पटक–पटक आग्रह गरे पनि ३ सय १९ स्थानीय तहबाट प्रगति विवरण नआएकाले अबको २ दिनमा पठाउनका लागि निर्देशन दिइएको मन्त्रालयका सहसचिव एवं योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख बिष्णुदत्त गौतमले बताउनु भयो ।
विवरण नपठाउनेमा सबैभन्दा बढी प्रदेश २ का १ सय भन्दा बढी स्थानीय तह रहेका छन ।
केही दिनदेखि अस्वस्थभई उपचाररत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका सचिव कमल बुढाथोकीमा कोरोना भाईरसको संक्रमण पाइएको छ ।
हरिवनमा केही दिन उपचार गराई थप उपचारका लागि हिजो (आइतवार) काठमाण्डौं पुगेका बुढाथोकीले थ्रोट स्वाब दिएर पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो । बुढाथोकीले अहिले सुमेरु अस्पतालमा उपचार गराईरहेका छन् ।
स्वाभिमान अस्पताल हरिवनमा उपचार गराउँदा स्वास्थ्यमा सुधार नभएपछि काठमाण्डौं पुगेका उनमा शरीर कमजोर, ज्वरो र खोकीको समस्या छ । तर अहिले आफ्नो स्वास्थ्य अवस्था सुधारउन्मुख नै रहेको बुढाथोकीले उज्यालो अभियानसँग टेलिफोनमा बताए । हरिवनको घुर्कौली घर भएका बुढाथोकी बिरामी हुनुअघि नियमितजसो विभिन्न कार्यक्रमहरुमा सहभागी भइरहेका थिए ।
यसअघि नेकपा सर्लाहीका इन्चार्ज डाचाराज वाग्ले र अध्यक्ष रेवती पन्तमा पनि कोरोना संक्रमण देखिएको थियो । उनीहरु दुवैजना अहिले संक्रमणमुक्तभई भेटघाट, भेला र अन्य कार्यक्रममा सहभागी हुन थालिसकेका छन् ।
रौतहट जिल्लाको कटहरियामा आईतवारबाट टि २० क्रिकेट टुर्नामेन्ट सुरू भएको छ । ब्रहमबाबा क्रिकेट टिमको आयोजनामा टुर्नामेन्ट सुरू भएको हो ।
वडा नम्बर ५ स्थित कटहरिया गाउँमा सुरु प्रतियोगीताको एक कार्यक्रमका बिच नगरप्रमुख सियाराम कुश्वाहाले उद्घाटन गर्नुभएको छ । वडाध्यक्ष सर्फलाल प्रसाद गुप्ताको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच टुर्नामेन्ट उद्घाटन गरिएको हो ।
टुर्नामेन्टमा यस क्षेत्रका १६ ओटा टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम र द्वितिय स्थान प्राप्त गर्ने टिमलाई नगद १५ हजार र ८ हजार तथा कप प्रदान गरिने आयोजकले जानकारि दिएको छ । कार्यक्रममा नगरपालीकाकी उपमेयर नुरजहाँ खातुन, वडा नम्बर ४ का वडाअध्यक्ष एवं नगर प्रवक्ता चन्दन कुशवाह सहित स्थानिय समाजसेवि, खेलप्रेमि तथा खेलाडीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कुशवाहले कटहरियाका खेलाडीहरूलाइ अगाडि बढाउन आफू हरदम तैयार रहेको बताउँदै आयोजकलाइ नगद २० रुपैँया र वडाध्यक्ष सर्फलाल प्रसाद गुप्ताले ५ हजार रुपैँया रकम प्रदान गर्नु भएको थियो ।
टुर्नामेन्ट मंसिर १५ गते सम्म चल्ने आयोजक टिमले जानकारी गराएको हो ।