बितेको २४ घण्टामा देशभर १३८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १९ जनाको मृत्यु समेत भएको छ । मन्त्रालयका अनुसार यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ भने मृतकको संख्या १४५४ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ५१५ निको भएपनि कुल निको हुने संख्या २ लाख ११ हजार १८६ पुगेको छ ।
यसैगरी हाल देशभर सक्रिय संक्रमित १८ हजार ८३ जना रहेका छन् भने निको हुने दर ९१.५ प्रतिशत रहेको छ ।
यसैबीच बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६५४ जनामा संक्रमण पुष्टि भएको छ।
आयुर्वेदका अनुसार बिहान तातो पानी पिउनाले अधिक भन्दा अधिक फाईदा हुन्छ । त्यसो त स्वस्थ्य रहनको लागि दिनहुँ ७–८ ग्लास पानी पिउनु जरुरी हुन्छ । तर जाडो मौसममा १–२ ग्लास तातो पनि पिए पनि कयौं स्वास्थ्य सम्बन्धी समस्याहरूबाट छुटकारा पाउन सकिन्छ ।
यदी तपाईलाई छाला सम्बन्धी समस्याले हैरान पारेको छ भने विभिन्न किसिमका औषधिहरु प्रयोग गर्दा समेत ठीक हुन सकेको छैन भने पनि दिनहुँ एक गिलास तातो पानी पिउन शुरु गर्नुहोस् । तपाईलाई छालासम्बन्धी समस्या कम हुँदै जानेछ । महिलाहरूको लागि महिनावारीमा हुने पेट दुख्ने गर्दछ भने पनि यसरी दुखेको बेलामा तातोपानी पिउने गर्नाले आनन्दको अनुभूति हुन्छ । तातो पिउनाले शरीरका विषालु तत्वहरू बाहिर निस्कन्छ ।
खाना पछि र रातको अन्त अर्थात बिहान सबेरै तातो पानी पिउने गर्नाले पेट सम्बन्धी धेरै समस्या, कब्जीयत, ग्याष्ट्रिक सम्बन्धी समस्या निर्मूल भएर जानेछ । भोक नलाग्ने समस्या बढेमा दिनमा एक ग्लास पानी औषधि समान हुन्छ । एक गिलास तातो पानीमा एउटा कागतीको रस र कालो मरिच र नुन मिसाएर पिउनाले पेट भारी हुने र भोक नलाग्ने समस्या निर्मूल हुनेछ र शरीरलाई आराम मिल्नेछ ।
खाली पेटमा तातो पानी पिउनाले पनि पिसाब सम्बन्धि रोग निर्मूल हुँदै जान्छ । मुटु दुख्नेहरुका लागि पनि यो लाभदायक हुन्छ । बाथबाट हने रोगका लागि पनि तातोपानी अमृत समान नै हुन्छ । तातो पानी नियमित पिउनाले रगत संचालनमा तिब्र हुन्छ । खासगरी तातोपानी पिउनाले शरीरको तापक्रम पनि बढ्दै जान्छ । पसिनाको माध्यमले शरीरको सबै विषालु तत्वहरु बाहिरिन्छन । शरीर तन्दरुस्त हुन्छ ।
चरक संहिताका अनुसार ज्वरोमा प्यास लाग्दा बिरामीले चिसो पानी पिउनु हुँदैन । तातो पानी नै पिउनु लाभदायक हुन्छ । यदी ग्याष्टिकको कारण शरीरको कुनै भागमा दुःखी रहेको छ भने एक ग्लास पानी पिउनलाले ग्यास बाहिरिन्छ त्यसपछि शरीरलाई आराम मिल्छ । अधिकांश पेटका समस्या दूषित पानीकै कारण हुन्छन् ।
यदी पानीलाई उमालेर मन तातो बनाई खायो भने पेट सम्बन्धी अधिकांश रोग हट्दै जानेछन् । यसले शक्ति संचार हुन्छ । कफ र सर्दी सम्बन्धि रोगहरु बिस्तारै हट्दै जान्छ । दम, खोकी आदि जस्ता रोग एवम् तारेका खानेकुरा खाएपछि तातोपानी पिउनाले पनि फाइदा हुन्छ । बिहान खाली पेटमा एक गिलास तातो पानीमा एक कागती मिलाएर पिउनाले शरीरलाई भिटामिन प्राप्त हुन्छ । तातो पानी र कागतीको मिसावटले शरीरको प्रतिरक्षा तन्त्रलाई बलियो बनाउँछ ।
साथै अन्य विभिन्न प्रकारका फाइदा हुन्छ । दिनहुँ एक ग्लास तातोपानी पिउनाले टाउकोको लागि राम्रो टनिकको रुपमा काम गर्छ । टाउकोलाई स्केल्पको हाईड्रेट गरिदिन्छ । जसले गर्दा स्केल्प सुख्खा हुने समस्या समाधान हुन्छ । तौल घटाउनु परेमा पनि तातो पानीले एकदम मद्दत गर्दछ । खाना खानु एकघण्टा पछि तातो पानी पिउनाले शरीरमा मेटाब्लिजम बढ्दै जान्छ । यदी तातो पानीमा थोरै कागती र महको रस मिलाएर खानु भयो भने शरीरको तौल पनि कम हुँदै जान्छ ।
हर समय जबान देखिन होस् या शरीरलाई तन्दुरुस्त बनाई राख्न होस मानिसको लागि तातोपानीले औषधिको भूमिका निर्वाह गर्दछ ।
बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहजीकरण समितिको बैठकले विमानस्थलको लगानी मोडालिटी सम्बन्धमा साता दिनभित्र छलफल गर्ने निर्णय गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा आज मन्त्रालयमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अन्तर निकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले विमानस्थल निर्माणका लागि लगानीको मोडालिटी सम्बन्धमा अर्थ मन्त्रालयमा एक हप्ताभित्र छलफलको आयोजना गर्ने र सोको समन्वय नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने जिम्मेवारी तोकेको छ । वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, लगानी बोर्ड र प्राधिकरणका सम्बद्ध पदाधिकारीसँग छलफल गरी एक वर्षको कार्यतालिकासहितको ठोस कार्ययोजना बनाई पेश गर्न पनि बैठकले निर्णय गरेको छ ।
त्यस्र्तै डिभिजन वन कार्यालय बाराद्वारा विमानस्थल वरिपरी निर्माणका निम्ति यसअघि नै गणना सम्पन्न गरिएका चार हजार २३२ रुख कटानका सम्बन्धमा समितिको अघिल्लो बैठकको निर्णय कार्यान्वयन गर्न वन तथा वातावरण मन्त्रालयलाई ताकेता गर्ने निर्णय भएको छ ।
बस्ती स्थानान्तरणका सम्बन्धमा सुझाव दिन गठित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव दीपककुमार पहाडीको संयोजकत्वको समितिले हालसम्म गरेका कार्यहरुका आधारमा स्थानीय एवं प्रदेश सरकारसमेतको अपनत्व हुने गरी बस्ती स्थानान्तरणका सम्बन्धमा आगामी दिनमा गर्नुपर्ने क्रियाकलापको ठोस विवरण पर्यटन मन्त्रालयमा पेश गर्न निर्देशन दिइएको छ । प्राधिकरणले विमानस्थल निर्माण आयोजना कार्यालयको स्तरोन्नोति गरी हाल कार्यरतभन्दा कम्तीमा दुई तहमाथिको आयोजना प्रमुख खटाउने निर्णयसमेत गरेको छ । गोरखापत्रमा समाचार छ ।
सीताराम विवाह पंचमी महोत्सवमा बाहिरी अतिथि नआउने भएको छ । शुक्रबार जानकी मन्दिरमा बसेको सर्वपक्षीय बैठकले कोरोना महामारीको जोखिम रहेकोले बाहिरी अतिथिहरुलाई निमन्त्रणा नगर्ने निर्णय गरेको हो । विगतमा भगवान श्रीरामको जन्ती भारतको अयोध्याबाट आउने गरेको थियो । विशिष्ट अतिथिहरुलाई समेत निमन्त्रणा दिने गरेको थियो ।
महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षतामा बसेको बैठकमा वैवाहिक कार्यक्रम गर्ने भएपनि अन्य तामझाम भने नगर्ने निर्णय गरेको हो । सरसफाई, यातायात, खानेपानी लगायतको व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित निकायलाई दिएको छ ।
कोरोनाको मध्यनजर गरी आवश्यक सावधानी अपनाएर सीताराम विवाहमहोत्सव मनाउनुपर्ने जनकपुरधाम उप महानगरपालिकाका मेयर लालकिशोर साहले बताए । यसको लागि सबै पक्षले आवश्यक सावधानी अपनाएर आ आफनो जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा उनले राखे । बैठकमा प्रदेशसभा सदस्य एवम् जनता समाजवादी पार्टीका सचेतक परमेश्वर साह, जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत, धनुषाका प्रहरी उपरिक्षक रमेश बस्न्यात लगायतको सहभागिता रहेको थियो ।
आउँदो पुस ४ गते सीताराम विवाहपंचमी महोत्सव मनाईने भएको छ । जनकपुर टुडेबाट…