२०८३ जेष्ठ १६ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १६ शनिबार

रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाकी अमृताकुमारी साहको हत्या उनकै बाबुले लाख रुपैयाँ खर्चिएर गराएको खुलेको छ ।

साहको २६ कात्तिकमा सुतिरहेको अवस्थामा अमृताको दाहिने कञ्चटमा गोली हानेर हत्या भएको थियो । तीन साता लगाएर घटनाको अनुसन्धान गरेको प्रहरीले साहको हत्यामा अभिभावककै संलग्नता रहेको निश्कर्ष निकालेको छ । र, मृतकका बुबा रामअयोध्या साह, आमा सीतादेवीका साथै परोहा–४ का छोटेलाल साह, देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियाका शेख अलियास, इस्लाम अंसारी र शेख इम्तयाजलाई पक्राउ गरेको छ ।

अभियुक्तहरुले बताएअनुसार मृतक अमृताको आफ्नै गाउँका थारु भनिने सोसिन्द्र भगतसँग प्रेम सम्बन्ध थियो । तर जात नमिल्ने केटासँग प्रेम गरेको भन्दै अभिभावकले २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवन गोठका सोहन भन्ने रुपेश साहसँग अमृताको विवाह गराइदिए ।

विहेको चौथो दिनमै रुपेशमाथि चक्कु प्रहार भयो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका रुपेशले उपचारपछि २०७७ साउन २५ गते अमृतासँग सम्बन्ध विच्छेद गरे ।

सम्बन्ध विच्छेदपछि उनले अमृता र उनको प्रेमीसमेत रहेका सोसिन्द्रविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने उद्योग अन्तर्गत उजुरी दिए ।

प्रहरीका अनुसार छोरी पक्राउ परे वा प्रेमीसँग भागेर गएपनि इज्जत जाने, घरमै राख्दा गाउँलेले कुरा काट्ने डरले बुबा रामअयोध्या र मृतक अमृताको भिनाजु देवाही गोनाही–२ का लक्ष्मण साहले हत्याको योजना बनाएको देखिन्छ ।

अृमतालाई मार्न रामअयोध्याले पहिलो पटक परोहा–४ का छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयाँ दिए । अमृतालाई भारतमा लगेर हत्या गर्नुपर्ने शर्त थियो । योजना अनुरुप कात्तिक ९ गते महानवमीका दिन अमृतालाई उपचारको बाहनामा भारत लैजाने र उतै हत्या गर्ने उनीहरुको योजना थियो ।

तर भारतको बिहारमा भइरहेको निर्वाचनले गर्दा योजना असफल भयो र अमृता पुनः घर आइपुगिन् । पहिलो प्रयास असफल भएपछि बुबा रामअयोध्याले देवाही गोनाही–२ करुनीयाका कैमुल देवानलाई १ लाख रुपैयाँको सुपारी दिए ।

कैमुल देवानले २६ कात्तिकको राति बहुदल भन्ने इस्लाम अन्सारी, शेख अलियास र शेख इम्ताजलाई लिएर गए । अलियास र इम्ताजले आमा सीता देवीलाई घर पछाडि नियन्त्रणमा राखे भने कैमुल र बहुदलले अमृतालाई गोली हानेको पाइएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिएका छन् ।

सीतालाई छोरीको हत्या गर्ने योजनाबारे पूर्व जानकारी भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

‘रामअयोध्याले पत्नी सीतादेवीलाई आफू वा छोरीमध्ये एक रोज्न लगाएको देखिन्छ’ उपरीक्षक शाहले भने, ‘छोरीका कारण बदनाम भए आफू झुण्डिएर मर्ने वा छोरीलाई मार्नेमध्ये एक रोज्न सीता देवीलाई श्रीमानले बाध्य बनाएको देखिन्छ ।’

उनले श्रीमान रोजिन् र घटना हुने रात गोली हान्ने समूहलाई घरमा प्रवेश गराउन भूमिका खेलिन् । उनले त्यो दिन छोरी अमृतालाई आफूसँग सुत्न लगाइन् र राति ढोका खुल्ला राखिन्, हत्या गर्न चारमध्ये दुई जनाले आमा सीता देवीलाई घर पछाडि लगेर राखे भने कोठाभित्र प्रवेश गरेका दुई जनाले अमृतालाई गोली हानेको अभियुक्तहरुले स्वीकार गरेको उपरीक्षक शाहले बताए ।

सात जनालाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए । अन्लाईन खबरबाट…

पर्सामा बालिकालाई बलात्कार गरेको अभियोगमा दुईजना युवा पक्राउ परेका छन् । सखुवाप्रसौनी–२ का १९ वर्षीय देश शंकर चौधरी र विन्दवासिनी–४ अमरपट्टीका २६ वर्षीय उमेश ठाकुर पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार, देश शंकरलाई गत शुक्रबार गाउँकै ४ वर्षीया बालिकालाई करणी गरेको अरोप लागेको छ । खेलिरहेकी बालिकालाई नरिवल दिने प्रलोभन देखाई करणी गरेको बालिकाका आफन्तले बताएका छन् ।

अमरपट्टीका उमेशलाई ६ वर्षीया बालिकालाई करणी गरेको आरोप लागेको छ । मंसिर ३ गते नै घटना भएको थियो । उमेशले फकाएर बालिकाको यौनाङ्गमा औंला पसाएको आरोप आफन्तले लगाएका छन् ।

आरोपी दुवैमाथि जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक बर्तौलाले बताए । दुवै बालिकाको स्वास्थ्य परीक्षण भइसकेको भएपनि रिपोर्ट भने आइसकेको छैन । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

छोरी बलात्कारको आरोपमा प्रहरीले सर्लाहीबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्लाको हरिपुर नगरपालिका–६ स्थित ससुराली घरमा बस्दै आएका ती व्यक्तिले छोरीलाई पटक–पटक बलात्कार गरेको भनी उजुरी परेको प्रहरीले जनाएको छ ।

उनलाई आइतबार इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

पक्राउ परेका व्यक्ति, उनका श्रीमती, दुई छोरा र एक छोरीसँगै एक इँटा उद्योगमा काम गर्दै आएका छन् । करिब एक महिनाअघि उनले छोरीलाई राति घरबाहिर लगी बलात्कार गरेको प्रहरीले बताएको छ ।

त्यसपछि गत मंसिर १२ गते राति पुन बलात्कार गरेपछि श्रीमतीले नै ती पुरुषविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् । ‘बिहान छोरी रोइरहेको अवस्थामा आमाले सोधेपछि उनले आफ्नै पिताले दुष्कर्म गरेको बताइन्’ उनकी आमालाई उधृत गर्दै प्रहरी प्रवक्ता कुँवरले भने, ‘त्यसपछि आमाले आफ्नै श्रीमानविरुद्व उजुरी दिएपछि पक्राउ गरेका हौं ।’

प्रहरीले पीडित बालिका र उनका बुवाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराएको छ । ती पुरुषमाथि अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत सर्लाहीबाट ५ दिनको अनुमति लिएको छ ।

सर्वोच्च अदालतले बलात्कार आरोप लागेका सिद्धबाबा भनेर चिनिने कृष्‍णदास गिरीलाई थुनामा नै राख्न आदेश दिएको छ ।

एक अनुयायीमाथि बलात्कार गरेको अभियोगमा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई २०७६ माघ ९ गते धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो ।

सिद्धबाबाबाले उक्त आदेश बेरीतको रहेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर गत शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उच्च अदालतको आदेश बेरीतको नदेखिएको भन्दै सिद्धबाबालाई थुनामा नै राख्न आदेश दिएको हो ।

‘मिसिल हेर्दा पीडितको किटानी जाहेरीको अतिरिक्त निजले मौकामा गरेको कागज, वरदात भएको भनिएको समय, त्यसको अघिपछि पीडित प्रतिवादीको आश्रममै रहेको तथ्य, पीडित र प्रतिवादीबीच भएको मोवाइलको मेसेजबाट देखिएको सामिप्यता, अडियो मेसेजको प्रमाणिकता प्राविधिक जाँचबाट पुष्टि भएको अवस्थालगायतका तत्काल प्राप्त प्रमाढको आधारमा निज अहिले नै निर्दोष रहेछन् भन्न सकिएन’ आदेशमा भनिएको छ ।

भारतले आफ्नो मुलुकबाट हुने प्याजको निर्यातमा रोक लगाएपछि चीनबाट प्याजको आयात हुन थालेको छ । पछिल्लो दुई महिनामा चीनबाट ६ लाख किलो प्याज नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

भारतले भदौ २९ गते देखि लागू हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चीनबाट प्याज आयात सुरु भएको हो ।

चालु आर्थिक वर्षको चार महिनामा ७५ करोड ९० लाख रुपैयाँ बराबरको एक करोड ८९ लाख ८० हजार किलो प्याज नेपाल भित्रिएको छ ।

यसमा ४ करोड १० लाख रुपैयाँ बराबरको चिनबाट आयात भएको प्याच पनि समावेश छ । प्रतिबन्ध अघि नेपालमा भारतबाट मात्रै एक करोड ५७ लाख ९५ हजार किलो भित्रिएको थियो । भदौ ३० पछि भन्सार च्यानलबाटै २६ लाख किलो प्याज नेपाल भित्रिएको भन्सारको तथ्याङ्कमा उल्लेख छ ।

कालिमाटी फलफूछ तथा तरकारी बजार विकास समितिकाअनुसार काठमाडौं उपत्यकामा भारतीय सुकेको प्याज १०२ र चिनियाँ प्याज ७० रुपैयाँ प्रतिकिलोमा थोक मूल्यमा बिक्री भईरहेको छ ।

नेपाली व्यवसायीले भारतीय बजार पुगेर प्याज किन्न अप्ठ्यारो नभएपनि दुवै मुलुकबाट भन्सार पास गनर्ैै नसकिने प्याज व्यवसायी बृज भुसन मल्लिकले बताए ।

शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्ष बनेका छन् । कार्यकाल पुरा भएपछि अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्षलाई सुम्पने विधान अनुसार भवानी राणाले गोल्छालाई पदभार हस्तान्तरण गरेकी हुन् ।

निर्वाचन आइतबार विहान सम्पन्न भएको थियोे । प्रमुख निर्वाचन अधिकृत उपेन्द्र पौडेलले गोल्छालाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गरे । योसँगै आजबाट भवानी राणा निवर्तमान अध्यक्ष बनेकी छिन् । गोल्छा नेतृत्वको कार्यसमितिमा उनी दोस्रो वरियतामा रहनेछिन् ।

हालका निवर्मान अध्यक्ष पशुपति मुरारका पूर्व अध्यक्ष बनेका छन् । गोल्छाले आजै पद तथा गोपनियताको सपथ समेत लिएका छन् । महासंघको निर्वाचनले चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्ष चुनेको छ । उनी गोल्छा पछि स्वतः अध्यक्ष हुनेछन् ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्ज श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाइ चुनिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १ हजार ४७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २५५ नयाँ सङ्क्रमित थपिएका छन् । नौ हजार ३६८ नमूना परीक्षण गर्दा १२५५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ । सङ्क्रमितमध्ये दुई लाख १२ हजार ५९० सङ्क्रमणमुक्त भएका छन् । आज १४०४ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल १७ हजार ९०९ सक्रिय सङ्क्रमित रहेका छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपालीकामा आईतवार बिहान नवनिर्मित पुलको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

गाउँपालीकाको वडा नम्बर ५ स्थित कटहीखोलामा निर्मित पुलको सांसद उपेन्द्र महतोले उद्घाटन गर्नुभएको हो । सर्लाही क्षेत्र नम्बर १ (क) का प्रदेशसभा सांसद महतोको बिशेष पहलमा करिव ८५ लाखको लागतमा पुल निर्माण सम्पन्न भएको हो । वडाको पोखरिया देखि गाउँपालीका कार्यालय सम्म पुग्नका लागी पुल नहुँदा स्थानियले सास्ती खेप्दै आएका थिए ।

सांसद महतोको बिषेश पहलमा कटही खोलामा पुल बनेपछि स्थानियलाई सुविधा भएको छ भने त्यस क्षेत्रका बासिन्दा खुसि समेत भएका छन । पुल उद्घाटन कार्यक्रममा गाउँपालीका अध्यक्ष र उपाध्यक्ष महेन्द्र महतो र बिनादेवि साह, वडा नम्बर ५ का वडाध्यक्ष जगदिस साह, गाउँपालीकाका कर्मचारि, वडासदस्यहरु तथा स्थानिय पार्टि प्रतिनिधि तथा समाजसेवि एवं उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।

कटही पुल १ बर्षमा निर्माण सम्पन्न भएको हो ।

अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा निर्धारित समयभित्र ओभर पूरा नगरेका कारण भारतीय खेलाडीले खेलको २० प्रतिशत पारिश्रमिक जरिवानामा गुमाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शनिबार यो निर्णय गरेको हो । विराट कोहलीको भारतीय टिमले निर्धारित समयभित्र ५० ओभरको बलिङ पूरा गर्न सकेको थिएन ।

म्याच रेफ्री डेविड बुनले यो निर्णय गरेका हुन् । आईसीसीले भनेको छ, ‘कोहलीलाई निर्धारित समयमा सबै ओभर पूरा नगरेको आरोप लागेको छ र उनले यसलाई स्विकारेका छन् । त्यसैले यसबारे थप प्रक्रिया आवश्यक रहेन ।’ सिड्नीको क्रिकेट मैदानमै दोस्रो एकदिवसीय आइतबार हुँदै छ । पहिलोमा अस्ट्रेलिया ६६ रनले विजयी भएको थियो । कान्तिपुर समाचारबाट…

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।