२०८३ असार २४ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २४ बुधबार

सर्लाहीको चन्द्रनगर गााउँपालिकामा निर्माण हुने १५ शैय्याको अस्पताल भवनको सोमबार प्रदेश सांसद उपेन्द्र महतोले शिलान्यास गर्नुभएको छ।

स्वास्थ्य मन्त्रालयले आज (सोमबार) देशभरका ३ सय ९६ स्थानीय तहहरूमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको दुई वर्षभित्र निर्माण सम्पन्न हुनेगरी शिलान्यास गरेको छ । सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित सरकारले अस्पताल बनाउँदै छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ । सोही योजना अनुसार चन्द्रनगर गाउँपालिकामा पनि अस्पताल भबन निर्माणको शिलान्यास गरिएको हो । वडा नं ६ स्थित बिलैया बजारमा हिन्दू संस्कृति अनुसार पुजापाठ गरी अस्पतालको शिलान्यास गरिएको छ।

स्वास्थ्य मन्त्रालयको करिव १८ करोडको बजेटमा टेन्डर आह्वान प्रक्रियाबाट २ बर्षमा १५ शैय्याको अस्पताल निर्माण सम्पन्न गर्ने गरि उद्घाटन गरिएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत अशोक शाहले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका प्रमुख महेन्द्र महतो, उपप्रमुख बिनादेवी साह, जनता समाजवादी पार्टीका नेता नागेश्वर महतो, चन्द्रनगर गाउँपालिकाका अधिकृत छैठो कृष्ण आचर्य, स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र साह लगायत गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्ष लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

सर्लाहीमा चन्द्रनगर गााउँपालिका संगै बागमती, हरिवन, बलरा, बरहथवा नगरपालिका र पर्सा गाउँपालिकामा अस्पताल भवन निर्माणको शिलान्यास गरिएको हो।

दोलखा कारागारका कैदीबन्दीद्वारा निर्मित २ सय भन्दा बढी मुढा बिक्री भएको छ । बन्दाबन्दी खुलेपश्चात साउन देखि मंसिर १३ सम्मको अवधीमा कैदीबन्दीद्वारा निर्मित २ सय ५० वटा मुढा बिक्री भएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी गरिएको बन्दाबन्दीमा मुढाले बजार पाएको थिएन ।

बन्दाबन्दी खुलेको केही साता पछि मुढा बिक्री हुन थालेको हो । कैदीबन्दीले हालसम्म मुढा बिक्रीबाट १ लाख २५ हजार भन्दा बढी आम्दानी गरेको कारागार प्रशासनले जनाएको छ । कारागारबाट उत्पादित मुढा प्रतिगोटा ५ सय रुपैयाँमा बिक्री हुने गरेको जिल्ला कारागार दोलखाका नायब सुब्बा पदम केसीले बताए । यस अघि मिहिनेत गरेर बनाइएको मुढा बिक्री सन्तोषजनक हुने गरेको थियो । तर कोरोना पछि मुढा बिक्रीमा गिरावट आएकोले कम संख्यामा उत्पादन गर्ने गरिएको कैदीबन्दीले बताएका छन् ।

मुढा निर्माणको लागि धागो, बाँस, टायर, डोरी, रङ लगायतका सामग्री आवश्यक पर्दछ । ति सामग्री उपलब्ध गराउन कारागार प्रशासनले सहयोग गर्दछ ।

थन्कियो त्रिशुल

कोरोना संक्रमण नफैलियोस भनि दोलखा भीमेश्वर, कालिञ्चोक लगायतका मठमन्दिर बन्द रहेका छन् । जसको प्रभाव कैदीबन्दीको आयआर्जनमा समेत परेको छ । मठमन्दिर बन्द हुँदा कैदीबन्दीले उत्पादन गरेको त्रिशुल बिक्री हुन सकेको छैन् । मठमन्दिर खुल्ला हुँदा केहि संख्यामा त्रिशुल बिक्री हुने गरेको भएपनि अहिले त्यस्तो नभएको कैदीबन्दीहरुले बताए ।

त्रिशुलसगैँ कारागारमा उत्पादित दियो र चुरा राख्ने स्ड्यान्ड एउटा पनि बिक्री हुन नसकेको कैदीबन्दीले गुनासो गरेका छन् । विभिन्न कारणले बन्दी जीवन बिताइरहेका कैदीबन्दीले मुढा, दियो, त्रिशुल, निर्माणका साथै कपडा सिलाउने काम गर्दै आएका छन् ।

दोलखा कारागारमा हाल १ सय ५७ जना पुरुष कैदीबन्दी रहेका छन् ।

बाराको निजगढमा सोमबार १५ शैयाको अस्पताल निर्माणको उद्घाटन गरिएको छ ।

१५ मंसिर २०७७ मा देशको ३९६ पालिकामा अस्पताल र ७ वटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास भईरहेको छ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले सोमबार एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैयाको अस्पताल बन्ने जनाएको छ । सोही योजना अनुसार निजगढ नगरपालीका वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्दै अस्पताल निर्माण गर्ने उद्दश्यले १५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको हो ।

बिहान एक कार्यमक्रमका बिच निजगढ नगरपालीकाका प्रमुख सुरेश कुमार खनाल, उप–प्रमुख लिलादेवि लामिछाने खनाल, प्रसासकिय अधिकृत रबिन घिमिरे, वडा नम्बर ९ का वडाध्यक्ष सुदर्शन बडाल सँगै नेकपाका थानेश्वर साप्कोटा, नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि पेमा लामा, राप्रपाका नगर सभापती खड्ग प्रसाद उप्रेती सहित नगरपालीकाका कर्मचारि तथा स्थानियहरुको उपस्थिती रहेको थियो । १८ करोड बजेटको लगानीमा २ बर्षमा निर्माण सम्पन्न गर्ने गरि भवनको शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नगरप्रमुख खनालले निजगढ नगरपालीका कोरोना महामारि नियन्त्रणमा बारा जिल्लामै उत्कृष्ट भएको भन्दै अस्पताल निर्माण कार्य पनी निर्धारित समयमै सम्पन्न गर्ने र उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्नेमा बिश्वास ब्यक्त गर्नुभयो ।

महोत्तरी : बर्दिबास नगरपालिका–१२ बिजलपुरामा बलात्कार गरी बालिकालाई गर्भवती बनाएको घटना सार्वजनिक भएको छ । बालिका बलात्कार आरोपमा प्रहरीले गत मंसिर ७ गते स्थानीय २१ वर्षीय ललन राउतलाई पक्राउ गरेको थियो । 

उनीविरुद्ध जबरजस्ती करणी मुद्दा अघि बढाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिए । ‘बालिकाको गर्भमा पाँच महिनाको बच्चा छ । गर्भपतन गराउन नमिल्ने अवस्था छ’, डीएसपी चापागाईंले भने ।

ती बालिका गत असारमा भैंसी चराउन घरनजिकै गएकी थिइन् । साँझ बजारदेखि मोटरसाइकलमा आएका आरोपीले हात समाई झाडीमा लगेर बालिकालाई बलात्कार गरेको पीडितका बुवाले बताए ।

बालिका गर्भवती भएसँगै परिवार समस्यामा परेको महिला सांस्कृतिक उत्थान केन्द्र बर्दिबासकी अध्यक्ष शारदा दाहालले जानकारी दिइन् ।

रौतहट जिल्लाको कटहरिया नगरपालीकामा सोमबार बिहान १५ शैयाको अस्पताल निर्माणको शिलान्यास गरिएको छ ।

आज सोमबार ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ ।

सोही योजना अनुसार आज स्वास्थ्य मन्त्रालयकटहरियामा पनी अस्पतालको शिलान्यास गरिएको हो । बिहान एक कार्यमक्रमका बिच कटहरिया नगरपालीका प्रमुख सियाराम कुशवाहले पुजा पाठ गरि बिधिपुर्वक अस्पताल भवन निर्माणको शिलान्यास गरका छन । स्वास्थ्य मन्त्रालयको करिव १८ करोड लागतमा टेन्डर आह्वान प्रक्रियाबाट २ बर्षमा निर्माण सम्पन्न गर्ने गरि अस्पताल निर्माणको उद्घाटन गरिएको नगरपालीकाका प्रमुख प्रसासकिय अधिकृत राम प्रकाश साहले जानकारि दिएका छन ।

कार्यक्रममा उपमेयर नुरजहाँ खातुन, नगर प्रवक्ता चन्दन कुश्वाहा, वडा अध्यक्षहरु सर्फलाल गुप्ता, हरिभजन साह, राजकुमार साह, प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साह, कटहरिया इलाका प्रहरी कार्यालयका सई लतिफ अंसारी, स्वास्थ्य संयोजक अमृत भगत कुशवाहा, योगेन्द्र कुशवाहा, मा.बि. कटहरियाका प्रधानाध्यापक योगेन्द्र प्रसाद कुसवाह, कटहरिया नगरपालिकाका कर्मचारी, बिभिन्न राजनितिक दलका प्रतिनिधि, नगरपालीकाका कर्मचारि तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

हिन्दू धर्मले एउटै गोत्रमा विवाह गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले नै जोड्ने काम गर्छ ।

विवाहमा गोत्रमिलाउन अत्यन्त आवश्यक रहेको हुन्छ । विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप सप्तऋषि हुन् । यसमा अगस्त्य ऋषिको नाम पछि जोडिन आउँछ । यिनै ऋषिका सन्तान हामी हौं । दुई व्यक्तिको गोत्र एकै छ भने त्यसको अर्थ उनीहरू एउटै कुलमा जन्मेका हुन् ।

हिन्दू धर्ममा एकै परिवारका मानिसलाई विवाहको अनुमति छैन । एकै कुल र गोत्रमा विवाह गर्ने मानिसको बुद्धि भ्रष्ट हुने र तिनका सन्तान पनि चण्डाल हुने मान्यता छ ।

एकै गोत्रका स्त्री पुरुष भाइबहिनी हुन्, उनीहरूका बीच विवाह हुनु हाडनाताको करणी हो ।

कुन गोत्र कोसँग विवाह गर्ने भन्ने विषयमा फरक मान्यता छन् । हिन्दू धर्मका अनुसार मानिसले तीन गोत्र छोडेर विवाह गर्नुपर्छ, आफ्नै गोत्र, आमाको गोत्र र हजुरआमाको गोत्र ।

सहगोत्रीसँग विवाह गर्नु नहुने कुरा विज्ञानले पनि मानेको छ । एउटै कुल वा गोत्रमा विवाह गर्ने दम्पतीको सन्तानमा आनुवंशिक दोष हुन्छ र उनीहरूमा एकैखाले विचारधारा हुन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।