२०८३ जेष्ठ ४ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ४ सोमबार

रासायनिक मल युरियाविना धान रोपेका पर्साका किसान गहुँ याममा मल पाएपछि हर्षित भएका छन् । साउनदेखि युरिया मलको अभाव हुँदा गहुँ खेती प्रभावित भएपछि यहाँका किसान निराश भए पनि केही दिनयता युरिया मल आउन थालेपछि यहाँका किसानलाई गहुँ खेती गर्न सहज भएको छ ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडले केही दिनयता युरिया मल ल्याउन थालेको छ । नेपालका लागि तेस्रो मुलुकबाट ३० हजार मेट्रिक टन युरिया ल्याउनुपर्नेमा हालसम्म एक हजार मेट्रिक टन युरिया तथा चार हजार ६०० मेट्रिक टन पोटास वीरगञ्ज कार्यालयमा आइसकेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताउनुभयो । तीमध्ये पर्साका लागि १२ हजार ५०० मेट्रिक टन युरिया चाहिन्छन् ।

स्विस सिङ्गापुर सप्लायर्सले कोलकाता बन्दरगाह हुँदै रेलमार्गमार्फत वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा रासायनिक मल ल्याउने गरेको छ । मङ्सिर महिनाभित्र सबै ३० हजार मेट्रिक टन युरिया मल आइपुग्ने सो कार्यालयले जनाएको छ ।

गहुँ, धान, मकैलगायत बर्खेबालीका लागि आवश्यक पर्ने भएकाले मल आउन थालेपछि अभाव समाप्त भएको बताइएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा हालसम्म २ लाख ३४ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा २ हजार ७३ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ । नेपालमा हाल १६ हजार ६३३ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ५२९ पुगेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज मंगलवार बसेको सचिवालय बैठक भोलि बुधवार दिउँसो १ बजे पुनः बस्ने गरी सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेका राजनीतिक प्रस्तावहरुमाथि औपचारिक छलफल सुरु भएको उनले जानकारी दिए । उक्त छलफल बुधबार पनि निरन्तर गर्ने सहमति भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता बढ्दै गएको बताएका छन्। उनले हिन्दुराष्ट्र र राजसंस्थाको आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने बताएका छन्। 

पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तर्क्रीयामा बोल्दै थापाले सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको पनि बताए। हिन्दुराष्ट्र र राजसंस्थाको  आवश्यकता दिनप्रतिदिन बढिरहेको उनले बताए।

कार्यक्रममा सचिवालय प्रमुखद्वय ध्रुबबहादुर रायमाझी र भाष्कर भद्रा लगायतले पनि आफ्ना भनाइ राखेका राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिएका छन्। 

रौतहटमा कर्तव्य ज्यान मुद्धाको एक फरार अभियुक्त पक्राउ परेका छन । ज्यान मुद्धामा लामो समयदेखी फरार रहेका जिल्लाको कटहरिया नगरपालिका १ भसेढवाका तेजन दास भन्ने तेजनारायण दास पक्राउ परेका छन ।

पक्राउ परेका दासले २०७७ साल बैशाख ७ गते राति साढे ९ बजेको समयमा कटहरिया नगरपालिका वडा नं.१ भसेढवाका संदिप यादवलाई मृत्युहुनेगरी निर्घात कुटपिट गरेको थियो । कुटपिटबाट यादवको मृत्यु भएदेखी नै दास फरार रहँदै आएको थियो ।

फरार रहदै आएका दासलाई सोमवार राति अस्थायी प्रहरी पोष्ट छेदीचौकको प्रहरी टोलीले उनको आफनै गाउँबाट पक्राउ गरेको हो । जन्ती हेर्न घरबाट बाहिर निस्केको आवस्थामा अभियुक्त दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आफ्नै गाउँ भसेढवामा जन्ती हेर्न घर बाहिर निस्केको अवस्थामा स्थानिय मानिसहरुले दासलाई समातेर कुटपिट गरी रहेको सुचना प्राप्त हुनसाथ अस्थायी प्रहरी पोष्ट छेदी चोकबाट खटिगएको प्रहरी टोलीले अभियुक्त तेजनारायण दास तत्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेको तत्मालाई आवश्यक कारवाहीको लागि आज सम्मानित रौतहट जिल्ला अदालतमा बुझाउँने जिल्ला प्रहरी कार्यालय रौतहटका सहायक प्रवक्ता प्रहरी निरीक्षक सुशील कुमार पाण्डेले जानकारी दिनुभएको छ ।

रौतहटमा गएराति चक्कु प्रहार गरी एकजनाको हत्या गरिएको छ । चक्कु प्रहारबाट जिल्लाको वृन्दावन नगरपालिका ३ का मौजेलाल रामको १८ वर्षिय छोरा नन्दकिशोर रामको मृत्यु भएको छ ।
स्थानीय लक्ष्मी रामको १९ वर्षिय छोरा रवि रामले छुरा प्रहार गर्दा नन्दकिशोर रामको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमवार राति पौने ९ बजेको समयमा छिमेकी लाले रामले मादक पदार्थ सेवन गरी रवि रामको काकी ललिता देवीलाई गाली गलौज गर्दा दुवै जनाबीच झगडा भएको थियो ।
झगडामा लाले रामको पक्ष लिई बालेको भन्दै रवि रामले नन्दकिशोर रामको पेट अर्थात कोखमा धारिलो हतियार चक्कु प्रहार गरेको थियो । झगडा शान्ति भइसकेको अवस्थामा रामले गरेको चक्कु प्रहारबाट नन्दकिशोर राम गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका नन्दकिशोर रामको चन्द्रनिगाहपुरको एपोलो अस्पतालमा उपचारको क्रममा राति साढे ९ बजे नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्ने रवि रामलाई इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले सोमवार राति नै पक्राउ गरिसकेको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलको कमाण्डमा खटेको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा रवि रामलाई उनको आफनै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


सर्लाहीको चन्द्रनगर गााउँपालिकाको गेरूका खोला पुल बुधवार उद्घाटन गरिएको छ। चन्द्रनगर गाउँपालिका स्थित वार्ड नं २ र ३ जोड्ने सडकमा रहेको गेरूका खोलामा निर्मित पुलको उद्घाटन बुधवार सर्लाही क्षेत्र नं. १ (क) का प्रदेश सांसद उपेन्द्र महतोले गर्नुभएको छ।

उक्त पुलको लागत ८४ लाख रुपैंया रहेको र महतोको पहलमा संघिय सरकारको सहयोगमा गेरूका खोलामा पुल निर्माण भएको पुल निर्माण समितिको अध्यक्ष कामेश्वर साहले जानकारी गराउनुभयो।

चन्द्रनगर गाउँपालिकामा पर्ने गेरूका नदीमा पुल उद्घाटन सँगै यो सड़क भएर आवतजावत गर्ने बटुवाहरुका साथै खेतिवारीको काममा निस्कने किसान तथा विद्यालय जाने विद्यार्थीहरुलाई आवतजावत गर्न सहज हुने जसपा केन्द्रीय सदस्य चेतनारायण महतोले बताउनुभयो । सो नदीमा पुल नहुँदा वर्षातको मौसममा बाटो बन्द भएर किसानहरूलाई खेतिवारी र विद्यार्थीहरुलाई स्कूल जान समस्या हुँदै आएको थियो ।

एक बर्ष पहिले प्रदेश सांसद महतोले नै शिलान्यास गर्नुभएको थियो र आज एक कार्यक्रमको आयोजना गरी महतोले नै उदघाटन गर्नुभएको हो।

पुल उदघाटन कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महन्द्र महतो, वार्ड अध्यक्षहरू, प्रमुख प्रसासकीय अधिकृत, लगायत अन्य जनप्रतिनिधि, स्थानिय तथा उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

दुई दिन अघी महतोले चन्द्रनगर गाउँपालिका मै कटही खोला पुलको उद्घाटन गर्नुभएको थियो।

रौतहटको चन्द्रपुर नगरपालिका बसन्तपुरमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गरेको छ । चन्द्रनिगाहपुराबाट गौर जान लागेको ना ३ ख ५७२२ नम्बरको ट्रकले ठक्कर दिँदा ६५ वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो ।

ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका वडानं ८ मोतीपुरकी ६५ वर्षकी देवकी आचार्यको ज्यान गएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धीबिक्रम शाहले जानकारी दिएका छन् । ठक्कर दिने चालक र ट्रक ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको एसपी शाहले बताए ।

घटनाबारे आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।