वीरंजमा बारा र पर्साका राजाबादी संगठनहरुले ‘जनता आउ राजा ल्याउ देश बचाउ’ को नारा सहित राजसंस्थाको समर्थनमा प्रदर्शन गरेको छ ।
सो ¥यालीमा बारा र पर्साका राजावादीहरुको सहभागीता रहेको थियो । ¥यालीमा २०७२ सालको संबिधान खारेज गर, हिन्दू राष्ट्र कायम गर, राजा जनता एक हौँ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, लगाएतका नारा लगाउँदै प्रदर्शनकारिहरुले वीरगंजको घण्टाघर चोकबाट निकालेको ¥याली माइस्थान चोक, आदर्शनगर चोक, अलखिया मठ, घडिअर्वा पोखरी हुँदै पुनः घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहले नेपाली जनताहरुलाई राजाको समर्थनमा जुट्न आव्हान गर्नु भएको थियो । सोही क्रममा उमाशंकर प्रसाद करवाकर, पृथ्वी झा, रेजेन्द्र पाल, संतोष गुप्ता, देबेन्द्र ढुंगाना, उदित सहनी, छठु साह कानु, महम्द अमर हुसेन पवरिया लगायतले राजसंस्थाको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रमको सहजिकरण भने कबि अरुण बिक्रम शाहले गर्नुभएको थियो ।
लामो समयको बन्दाबन्दी पछि रौतहट जिल्लामा उप मेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।
आउदो मंसिर २८,२९ र ३० गते चन्द्रनिगाहपुर स्थित तुलसीलाल अमात्य स्मृती रंगसालामा हुने राष्ट्रिय महिला कराते प्रतियोगिता, चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा हुन् लागेको हो। सो कराते प्रतियोगितामा देशका बिभिन्न १३ नगरपालिकाका महिला कराते खेलाडीहरुको सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ । प्रतियोगितामा देशका बिभिन्न १२ गरपालिकाका खेलाडी र आयोजक चन्द्रपुर नगरपालिका सहितको भारतको एक टिकको गरी २०० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
महिला २५,३०,३५,४०,४५,५०,५५,६० र ६५ किलो तौल समुहमा प्रतिस्पर्दा हुने र टिम काता र एकल काताका खेल हुने सितोरियो कराते संघ रौतहटले जनाएको छ । प्रतियोगिताको तयारीमा संघका पदाधिकारी जुटेको आयोजकले बताएको छ ।