प्रहरीले दुई जना भारतिय चोरलाई पक्राउ गरेको छ । रौतहट जिल्लाको विर्ता बजारमा रहेको एक सपलमा चोरी गरी भाग्ने क्रममा भारत विहारको सितामढी जिल्लाको पोष्ट गम्हरिया भटा बढहवी थाना सुपी ग्राम रामनगरा वडा नं.६ का पवन साहको १९ वर्षिय छोरा मुन्ना साह सोनी र अर्को १४ वर्षको एक नाबालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले दुवै चोरलाई रु ५ लाख नगद सहित पक्राउ गरेको हो ।
गत मंसिर १९ गते साँझ ५ बजेको समयमा जिल्लाको गरुडा नगरपालिका वडा नं.८ बहुअरी घर भई हाल बिर्ता चोक बस्ने २६ वर्षिय पप्पु साहले बिर्ता चोक स्थित सञ्चालन गरेको कुन्ती हार्डवेयर पसलमा रु ५ लाखको सामान चोरी गरी भाग्ने क्रममा ईलाका प्रहरी कार्यालय गरुडाले लखेटेर दुवै जना चोरलाई पक्राउ गर्न सफल भएको छ । उक्त पसलमा सामान खरिद गर्न गएको बेला दुवै जनाले ५ लाख बरावरको सामान चोरी गरी भारतिय हिरोहोण्डा मोटरसाइकलमा चढेर दक्षिणतरि भाग्न लागेको अवस्थामा प्राप्त भएको सुचना अनुसार इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नयाव उपरीक्षक डिएसपी रवि रावलको कमाण्डमा तत्कालै खटेको प्रहरी टोलीले लखेटेर दुवै जना चोरलाई पक्राउ गरेको हो ।
मोटरसाइकल सहित पक्राउ परेका दुवै जनाको शरीर खानतलासी गर्दा निजहरुको साथबाट रु पचास हजार रुपैया नगद बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलले जानकारी दिनुभएको छ । चोरीमा संलग्न एक जना अझै फरार रहेकोमा उनको खोज तलास भईरहेको र पक्राउ परेका दुवै जनालाई न्यायिक हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको डिएसपी रावलले जानकारी दिनुभयो ।
पछिलो समय गरुडा प्रहरीका डिएसपी रवि रावलको सक्रियातामा गलत क्रियाकलाप गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन । डिएसपी रवि रावल गरुडा प्रहरीको कमाण्ड सम्हालेदेखी नै लगातार चोरी पैठारी, हत्या, हिंसा, बलात्कार, चोरी तस्करी लगाएत अपराधिक गतिविधि गर्नेहरुलाई पक्राउ गरी कार्यवाहीको दायरामा ल्याउन सफल भएका छन ।
डिएसपी रावलले गरुडामा आएदेखी अहिलेसम्मद गलत क्रियाकलाप गर्ने दर्जनौ व्यक्तिलाई पक्राउ गरी कार्यवाहीको दायरमा ल्याई एक सफल प्रहरी अधिकृतको कर्तव्य र जिम्मेवारी निर्वाह गर्न सफल हुनुभएको छ ।
सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा मंसिर २३ गते गर्ने भएको छ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे १ बजे आयोजना हुने उक्त कार्यक्रमका लागि पत्राचारसमेत गरेका छन् ।
सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो । यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।
यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाइ कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ कायम रही आएकोमा थोरै फेरबदल आएको स्रोतले बतायो ।
सगरमाथाको उचाइ मापन कार्य आर्थिक वर्ष ०७५र०७६ मा शुरु भएको थियो । यसै वर्ष उचाइ मापन कार्य सम्पन्न भएपछि अब चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणको बेला पारेर मंसिर १० गते बुधबार बसेको मन्त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न स्वीकृति प्रदान गरेको थियो ।
काठमाडौँ । द भ्वाइस अफ नेपाल सिजन–३ को डिजिटल अडिसन सुरु भएको छ ।
बहुप्रतिक्षित रियालिटी सोको तेस्रो सिजनका लागि शनिवारबाट डिजिटल अडिसन सुरु भएको हो । द भ्वाइस अफ नेपालको प्लेटमर्फमार्फत् सांगीतिक करियर निर्माण गर्न चाहने प्रतिभाहरुले द अडिसनमा सहभागी हुन पाउने छन् ।
१६ बर्ष उमेर पुगेका युवादेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी सोमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई यसमा आबेदन गर्न सकिने छ ।
अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका बिदेशी वा बिदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागीता जनाउनका लागि काठमाण्डौमा भौतिकरुपमै उपलब्ध हुनसक्ने हुनुपर्छ ।
कसरी सहभागी हुने ?
द भ्वाइस अफ नेपाल सिजन ३ को डिजिटल अडिसनमा सहभागी हुन द भ्वाइस अफ नेपालको अफिसियल एप डाउनलोड गरी फारम भर्नुपर्छ । फारम भरेपछि मोबाइलमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । आफ्नो रेकर्ड पठाएपछि अडिसनमा सहभागीताको प्रमाणस्वरुप आबेदनकर्ताले एउटा कोड प्राप्त गर्नेछन् ।
तर, मोबाइल एपमार्फत् अडिसन दिन असमर्थ भएको खण्डमा बिभिन्न सामाजिक सञ्जालमा रहेका द भ्वाइस अफ नेपालका पेजमार्फत् पनि अडिसनमा सहभागी हुन सकिने छ । प्रयोगकर्ताले फेसबुकमा रहेको द भ्वाइस अफ नेपालको पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठाउन सक्नेछन् ।
कुनैपनि डिजिटल माध्यममा पहुँच नहुने प्रतिभाहरु पनि यो अडिसनबाट बञ्चित हुनुपर्ने छैन् । इन्टरनेटको पहुँच नभएका प्रयोगकर्ताले द भ्वाइस अफ नेपालको उत्पादन टीमको फोन नम्बर ९८४१५३४४२८ मा फोन गरेर पनि अडिसनका लागि समन्वय गर्न सक्नेछन् । आवेदकहरुले सोही नम्बरको भाइवर वा ह्वाट्सएपमा पनि भिडियो रेकर्ड गरी पठाएर अडिसनमा सहभागी हुन सक्नेछन् । DCNepal बाट…
पछिल्लो २४ घन्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै मुलुकभर हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ४० हजार ९ सय ८१ पुगेको छ ।
आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो ।
मन्त्रालयका अनुसार, १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घन्टामा १७ जना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म १ हजार ५ सय ९४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
यस्तै १ हजार ७ सय ५२ जना संक्रमितले कोरोना भाइरससँगको लडाईं जितेका छन् । हालसम्म कोरोना जित्नेहरूको संख्या २ लाख २५ हजार ८ सय ५ जना पुगेको छ ।