निजगढकी मृगौला पिडित सुमिना मोक्तानलाई आज सहयोग रकम प्रदान गरिएको छ । पिडित सुमिनाको उपचारकोलागी उद्धार समाज प्रतिष्ठान नेपाल धरानले मंगलवार नेपाली कांग्रेस निजगढका सचिव आशिष तामाङको रोहबरमा उक्त रकम प्रदान गरेकोहो ।
प्रतिष्ठान बुद्धिमान कार्कीले सुमिनाका पिता पंचलाल मोक्तानलाई २ लाख रुपैंया प्रदान गर्नुभएको हो । नेपाली कांग्रेस निजगढका सचिव आशिष तामाङको आग्रह बमोजिम प्रतिष्ठानले हालसम्म ७ लाख २६ हजार ८ सय १७ रुपैंया सुमिनाको मृगौला प्रत्यारोपण गर्नका लागी प्रदान गरिसकेको छ । कांग्रेस निजगढका सचिव तामाङले सुमिनाको उपचारकालागी प्रतिष्ठानलाई आग्रह गर्नुभएसंगै ६ महिनामा १० लाख रुपैंया सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाईएको थियो ।
सोहि अनुरुप प्रतिष्ठानले डेढ महिनामा ७ लाख रुपैंया भन्दा बढीको आर्थिक सहयोग गरेको हो । निजगढ नगरपालिका वडा नम्बर १२ कि १९ वर्षीय सुमिना मोक्तानको दुवै मृगौलाले काम नगरेपछि हाल प्रत्यारोपण गर्ने तयारि हुँदै छ । उनि हाल काठमाडौंमा उपचाररत छिन ।
बारा जिल्लाको निजगढमा निशुल्क महिला प्रजनन् स्वास्थ्य सम्बन्धि शिबिर हुने भएको छ । यहि मंसिर २६ र २७ गते निगजढ नगरपालीका ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको परिसरमा महिला प्रजनन् स्वास्थ्य शिबिर हुने भएको हो ।
लायन्स क्लव अफ निजगढ सिटिको आयोजनामा निजगढ नगरपालीका सँगको सहकार्य तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राबिधिक सहयोगमा स्वास्थ्य शिबिर आयोजना गर्न लागीएको आयोजक लायन्स क्लव अफ निजगढ सिटिका प्रेसिडेन्ट मनोज रेग्मिले बताउनुभएको छ । सिबिरलाई मिडिया पार्टनरको रुपमा लिड न्युज नेपालले सहयोग गरेको छ भने रेडियो निजगढ र रेडियो मध्यतराई पनी मिडिया पार्टनरमा रहेका छन ।
ग्रामिण भेगका महिलाहरु प्रजनन् स्वास्थ्य सँग सम्बन्धित बिषयहरुमा खुलेर कुरा नगर्ने तथा प्रजनन् स्वास्थ्य सँग सम्बन्धित रोग तथा स्वास्थ्य समस्याका बारेमा खासै जानकार नरहेकै कारण बिभिन्न प्रजनन् स्वास्थ्य सम्बन्धि समस्याहरु भोगीरहेका छन । त्यस्ता महिलाहरुलाई सहयोग पु¥याउने उद्देश्यले क्लवले स्वास्थ्य शिबिरको आयोजना गर्न लागेको क्लवका पास्ट प्रेसिडेन्ट एवं कार्यक्रमका संयोजक खड्ग प्रसाद उप्रेतीले बताउनुभयो ।
लायन्स क्लव अफ निजगढ सिटिले समय समयमा बिभिन्न सामाजिक कामहरु गर्दै आईरहेको छ ।
रौतहटको २ छुट्टा छुट्टै स्थानमा मंगलवार नेपाली कांग्रेसको नगरस्तरिय बैठक सम्पन्न भएको छ । रौतहटको गुजारा नगरपालीका र कटहरिया नगरपालीकामा केहि समय अघि बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरिले धरपकड गरि नियन्त्रणमा लिएको बिरोधमा कांग्रेसको नगरस्तरिय बैठक सम्पन्न भएको हो ।
बैठकले नेकपा सरकारको बिरुद्धमा सदरमुकाम गौरमा यहि मंसिर २९ गत्ते बृहत बिरोध प्रदर्शन गर्ने सम्बन्धमा छलफल गरेको कांगेस निकट श्रोतले बताएको छ । कांग्रेसले अहिलेको सरकारले मनपरि सासन गर्न खोजेको, हत्या, हिंसा, मंहगी तथा कालाबजारि नियन्त्रण गर्न नसकेको, भ्रष्टाचार र घुसखोरिमा सरकार लिप्त रहेको भन्दै सदरमुकाम गौरमा बृहत बिरोध ¥याली तथा आन्दोलनको तयारि गरेको हो ।

गुजारा नगरपालीकामा नगरसभापती कुमार प्रसाद चौलागाईंको सभापतीत्व तथा संबिधानसभा सदस्य सुनिल कुमार यादव ‘जितेन्द्र’को प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकमा जिल्ला सदस्य मोहिबुल हक, मेयर प्रत्यासि शेख दाउद, उप–मेयर प्रत्यासि रत्न लामा, वडाध्यक्ष पवन गीरि लगाएतको सहभागीतामा बिरोध कार्यक्रमलाई कसरि बृहत रुपमा सफल बनाउने लगाएतको बिषयमा छलफल भएको थियो ।
त्यसैगरि कटहरिया नगरपालीकामा संबिधानसभा सदस्य सुनिल कुमार यादव ‘जितेन्द्र’को प्रमुख आतिथ्यता तथा नगरसभापती सर्फलाल प्रसाद गुप्ताको सभापतित्वमा बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला सदस्य वाल्मिकी यादव, प्रदेश २ शिक्षक संघका उपाध्यक्ष राम मंगल प्रसाद यादव, अजय प्रकास जयसवाल, शिक्षक संघ रौतहटका पुर्व सचिव कपिलदेव प्रसाद यादव, वडाध्यक्ष शम्भुकान्त प्रसाद यादव, वडाप्रत्यासि दिपलाल यादव, वडा नम्बर ३ का सभापती हरिन्द्र यादव, निबर्तमान केन्द्रिय सदस्य राजाबाबु जयसवाल, क्षेत्रिय सदस्य शंकरदास बनिया, कोषाध्यक्ष बच्चालाल यादव, वडाप्रत्यासि सहिद मिया, क्षेत्रिय सचिव रामविर ठाकुर, वडा सभापती रामअयोध्या यादव, हृदय नारायण यादव लगाएतको सहभागीता रहेको क्षेत्र नम्बर ३ का क्षेत्रिय सचिवालय सचिव गनिलाल प्रसाद यादवले जानकारि दिनुभयो ।

नेपाली कांग्रेसले हालको नेकपा सरकारको रबैयाको बिरुद्धमा मंसिर २९ गते देशब्यापि बिरोधको कार्यक्रम गर्दै छ । कांगे्रसका बरिष्ठ नेता पौडेल पुल उद्घाटन गर्न तनहुँ स्थित गृहनगर दमौली पुगेका बेला मंसिर १७ गत्ते बुधबार प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छाडेको थियो । व्यास नगरपालिका–१, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुगेका उनलाई प्रहरीले पक्राउ गरेको बिरोधमा कांग्रेसले बिरोधका बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।
पुलको नेता पौडेलले नै १८ गत्ते बिहिवार उद्घाटन गरेका थिए ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो सर्वेक्षणले दक्षिण एशियाली राष्ट्रमध्ये भारतमा सबैभन्दा धेरै अर्थात् समग्रमा ३९ प्रतिशतसम्म घुसखोरी हुने गरेको देखाएको छ । अन्यत्रको तुलनामा एशियाली देशमा सबैभन्दा बढी घुस खुवाउने प्रचलन रहेको र सार्वजनिक निकाय तथा सरकारी कार्यालयको काम ४६ प्रतिशतभन्दा बढीले व्यक्तिगत सम्पर्क र चिनजानका आधारमा फत्ते गर्ने गरेको पाइएको छ ।
सर्वेक्षणमा ५० प्रतिशत नागरिकले सार्वजनिक निकायबाट कुनै पनि काम गराउँदा घुुस दिने गरेको र ३२ प्रतिशतले व्यक्तिगत चिनजानको अभावमा आफ्नो काम नभएको समेत बताएका छन् । इन्टरनेशनलले एशियाली १७ वटा मुलुकका २० हजार जनामा करिब एक वर्ष लगाएर गरेको सर्वेक्षणमा उक्त तथ्य देखिएको हो । यस क्रममा ती देशका प्रहरी, अदालत, सार्वजनिक अस्पताल र टेण्डर प्रक्रियामा सहभागी सार्वजनिक निकायलाई समेटिएको थियो ।
भारतमा प्रहरीसँग सम्पर्कमा आएका ४२ प्रतिशतले घुस खुवाउनुपरेको बताएका छन् भने ४१ प्रतिशतले अतिरिक्त रकम नबुझाएसम्म प्रहरीले नियमानुसार दिनुपर्ने वा फिर्ता गर्नुपर्ने कागजातसमेत नदिने गरेको बताएका छन् । त्यसैगरी व्यक्तिगत चिनजान र सम्पर्कको आधारमा काम गर्नेमध्ये प्रहरीमा ३९ प्रतिशत, टेण्डर प्रक्रियामा ४२ प्रतिशत र अदालतमा ३८ प्रतिशत मानिस देखिएका छन् । अन्य सरकारी तथा सार्वजनिक निकायमा सेवा प्राप्त गर्न घुस खुवाउनुपर्ने चलन भारतमा अझै पनि महामारीझैँ फैलिरहेको समेत सर्वेक्षणमा उल्लेख छ ।
अहिले विश्वका घुस लेनदेन र भ्रष्टाचार हुने १ सय ८० राष्ट्रमध्ये भारत ८० औं स्थानमा छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो सर्वेक्षणमा नेपालका ५८ प्रतिशत र थाइल्याण्डका ५५ प्रतिशत नागरिकले आफ्नो मुलुकमा भ्रष्टाचार व्याप्त भएको बताएको पनि उल्लेख गरिएको छ ।
विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा भएको छ । नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक विशेष कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । जसअनुसार सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । अर्थात सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।
यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटरलाई नेपालले मान्यता दिँदै आएको थियो भने चीनले भने सगरमाथाको उचाइ ८ हजार ८४५ भएको बताउँदै आएको थियो । नयाँ घोषणासँगै अब सगरमाथाको उचाइमा एकरुपमा कायम भएको छ ।
मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न स्वीकृती दिएको थियो । त्यसपछि नेपालले चीनसँग समेत समन्वय गर्दै उचाइ घोषणा गरेको हो ।
आर्थिक वर्ष ७५–७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ । २०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।
सन् २०१९ मा चीनका राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम सगरमाथाको उचाई नाप्ने काममा नेपाल र चीनका सरकारी टोली खटिएका थिए ।
जनकपुरधाम विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण पूरा भएको छ । दुई पटक ठेक्का लागेपछि झण्डै नौ वर्षमा नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको हो ।
नयाँ टर्मिनल भवनमा धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो बनाइएको छ भने बारुण यन्त्र र एक्सरे मेसिनको पनि व्यवस्था मिलाइएको विमानस्थल प्रमुख किरण गौतमले बताए । उनका अनुसार विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको छ ।
रु ५० करोडको लागतमा यो नयाँ टर्मिनल भवन निर्माण गरिएको हो ।

यो टर्मिनल भवन बनाउन दुई वटा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गर्नुपरेको छ । पहिला पप्पु कन्ट्रक्सनले ठेक्का लिएपनि काम पूरा गर्न नसकेपछि उसँगको सम्झौता रद्द गरी थेदिंग जालवा उमा कम्पनी जेभी कन्स्ट्रक्सनसँग नयाँ सम्झौता गरिएको थियो ।
नयाँ सम्झौता गरेपछि थेदिंग जालवा कम्पनीले निर्माण पूरा गरेको विमानस्थल प्रमुख गौतमले जानकारी दिए ।
विक्रम सम्वत् २०२४ सालदेखि सन्चालनमा आएको जनकपुर विमानस्थल त्यही बेलाको टर्मिनल भवनबाट सन्चालन हुँदै आएको थियो । जसका कारण जहाज चढ्ने यात्रुलाई बस्न समेत समस्या थियो । अब यात्रुहरुलाई बस्न कुनै समस्या नहुने गौतमले बताए ।
निर्माण सम्पन्न भएको टर्मिनल भवनको आज उदघाटन गरिदैछ । उदघाटन गर्नका लागि संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई जनकपुरधाम पुगिसकेका छन् ।