बर्तमान सरकारको रबैया प्रती असन्तुष्टि जनाउँदै रौतहटमा शिक्षकहरुले कांग्रेसको आन्दोलनमा ऐक्यबद्धता जनाउने भएका छ्न ।
आईतवार जिल्लाको फतुवा बिजयपुरस्थित मा.बि.बिजयपुरको प्राङ्गणमा भेला भएका शिक्षकहरुले भोलि (मंसिर २९ गते) सदरमुकाम गौरमा हुने कांग्रेसको सरकार बिरोधि आन्दोलनमा सहभागी हुने निर्णय गरेका हुन । संबिधानसभा सदस्य एवं कांग्रेसका जुझारु युवा नेता सुनिल कुमार यादव ‘जितेन्द्र’को विशेष उपस्थितिमा भेला भएका शिक्षकहरुले भोलि गौरमा गएर आन्दोलनमा सरिक हुने निर्णय गरेका छन ।

बैंठकमा शिक्षक संघ प्रदेश २ का बरिस्ठ उपाध्यक्ष राम मंगल प्रसाद यादव, जिल्ला अध्यक्ष राम कृपाल प्रसाद यादव, मा.बि.बिजयपुरका बरिस्ठ शिक्षक सुदामा राय यादव, बिजय कुशवाह, रन्जन खरेल, बुनिलाल प्रसाद यादव, चन्द्रावती न्यौपाने सहितका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
बैठकमा उपस्थित ब्यक्तिहरुले हालको नेकपा सरकारले कुनै रचनात्मक तथा देश र जनताको हितमा काम गर्न नसकेको, भ्रष्टाचारमा लिप्त भएको भन्दै निकम्मा सरकार प्रती देशका बुद्धिजीवी बर्ग नै आजित भएको उल्लेख गरेका छन ।

कांग्रेसले आफ्नो पार्टीको बरिस्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ स्थित एक पुल उद्घाटन गर्न गएको बेला प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको बिरोधमा तथा नेकपा सरकारको काम कर्तव्य प्रती व्यग्र असन्तुष्टि जनाउँदै यहि मंसिर २९ गते सोमबार देशै भरी बिरोध प्रदर्शन गर्दै छ । गौरमा पनि सरकारको बिरोधमा ठुलो संख्यामा नेता कार्यकर्ता उतार्ने कांग्रेस रौतहटको तयारी छ ।
बाराको निजगढमा लायन्स क्लव अफ निजगढ सिटीको आयोजना तथा निजगढ नगरपालीकाको सहकार्यमा सञ्चालीत २ दिने निशुल्क प्रजनन् स्वास्थ्य शिबिर शनिवार सम्पन्न भएको छ ।
शुक्रबार एक कार्यक्रमका बिच निजगढ नगरपालीकाका मेयर सुरेश खनाल र उप–मेयर लिलादेवी लामिछाने खनालले संयुक्त रुपमा गमलामा पानी हालेर उद्घाटन गरेको २ दिने शिबिरको शनिवार समापन गरिएको हो । शिबिरमा नगरपालीकाकी उप–प्रमुख लिलादेवी लामिछाने खनाल सहित ३ सय ६७ जनाले स्वास्थ्य परिक्षण गराएका क्लवको पास्ट प्रेसिडेन्ट एवं कार्यक्रमका संयोजक खड्गप्रसाद उप्रेतीले जानकारी दिए ।

२ दिन सम्म वडा नम्बर ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको परिसरमा भएको शिबिरमा स्वास्थ्य परिक्षण गराएका मध्ये ३२ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । उनीहरुको काठमाण्डौँमा निशुल्क शल्यक्रिया गरिने श्रोतले बतायो । लायन्स क्लब अफ निजगढ सिटीको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोग र निजगढ नगरपालिकाको सहकार्यमा सञ्चालीत शिबिरको समापन कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाकी उप–प्रमुख लिलादेवी लामिछाने खनालले शल्यक्रिया गर्नु पर्ने समस्या देखिएका महिलाहरुको उपचारको क्रममा काठमाण्डौं जाने आउने खर्च नगरपालिकाकाले सहयोग गर्ने बताईन ।

ग्रामिण भेगका महिलाहरु प्रजनन् स्वास्थ्य सम्बन्धि समस्याहरुमा खुलेर कुरा नगर्ने तथा प्रजनन् स्वास्थ्य सम्बन्धीत रोग तथा स्वास्थ्य समस्याका बारेमा खासै जानकार नरहेकै कारण बिभिन्न स्वास्थ्य समस्या भोगीरहेका छन । त्यस्ता महिलाहरुलाई सहयोग पु¥याउने उद्देश्यले क्लवले महिला प्रजनन् स्वास्य शिबिरको आयोजना गरेको क्लवका प्रेसिडेन्ट मनोज रेग्मिले बताए ।

२ दिने निशुल्क स्वास्थ्य शिबिरकको मिडिया पार्टनर लिड मिडिया नेटवर्कले गरेको थियो भने स्थानिय २ ओटा रेडियो निजगढ र मध्यतराई पनी मिडिया पार्टनरको रुपमा रहेका थिए ।