सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर ५ ले आईतवार र सोमवार गरि ५० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाध्यक्ष मोहन भण्डारिका अनुसार वडाका करिव १०० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने योजना अनुरुप सोमवार सम्म ५० जनालाई सम्मान गरि सकिएको हो ।
वडा कार्यालयले छुट्याएको १ लाख बजेटबाट ज्येष्ठ नागरिकलाई १ किलो हर्लिक्स सहित दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम रहेको वडाध्यक्ष भण्डारिले बताए । सोमवार वडाको शान्तीटोल र रञ्जितपुरमा छुट्टा छुट्टै कार्यक्रम गरिएको छ ।

वडाध्यक्ष भण्डारिको संयोजकत्वमा वडासदस्य, स्थानिय भद्रभलादमि लगाएतको उपस्थितीमा ज्येष्ठ नागरिकलाई हर्लिक्स र दोसल्ला सहित सम्मान कार्यक्रम गरिएको हो ।
वडामा रहेका ७५ बर्ष भन्दा माथी उमेरका ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम राखिएको वडाध्यक्ष भण्डारिले लिड न्युज नेपाललाई जानकारि दिए ।
- राज बिश्वकर्मा, सप्तरि ।
प्रधानमन्त्री केपि शर्मा ओलीले संसद बिघटन गरेपछि मुलुकमा बिभिन्न टिका टिप्पणी र बिरोध प्रदर्शन भईरहेका बेला नेपाली कांग्रेस सप्तरिले सोमवार बृहत अगुवा कार्यकर्ता भेला तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाको शम्भुनाथ नगरपालीकामा कांग्रेसले अगुवा कार्यकर्ता भेला सँगै रक्तदान कार्यक्रम गरेको हो । कांग्रेस शम्भुनाथ नगर कमिटि सभापती सुरेन्द्र प्रसाद गुप्ताको संयोजकत्वमा भएको कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री बस्नेतले संसद बिघटन गर्नु ओलीको ठुलो मुर्खता भएको र यस्ले देशलाई फाईदा नपुग्ने बताए ।
फरक प्रशंगमा बोल्दै पुर्व मन्त्री बस्नेतले कोरोनाको संकटका बेला हुन सक्ने रक्त अभावलाई केहि मात्रामा भएपनी परिपुर्तीका लागी भएको रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुलाई धन्यवाद प्रकट गरेका थिए । नगर प्रमुख योगेन्द्र प्रसाद चौधरि, उप–प्रमुख कबिता कुमारि सरदार सहितका जिल्लाका कांग्रेस नेता, कार्यकर्ताहरुको उपस्थितीमा भएको कार्यक्रममा १० जनाले रक्तदान गरेका थिए ।

शम्भुनाथ नगरपालीकाको वडा नम्बर ६ स्थित कठौना बजारमा भएको कार्यक्रममा कांग्रेसका जिल्ला सभापती दिनेस कुमार यादव, वडाध्यक्षहरु २ नं. वडाका दुर्गानन्द भगत, ३ का सत्रूघन प्रसाद चौधरि, ८ का लक्ष्मिकान्त चौधरि, ९ का मनोज कुमार चौधरि, ११ का शम्भु प्रसाद चौधरि र १२ का लक्ष्मि साह सहितका ब्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रम उद्घोषक बिरेन्द्र कुमार पण्डितले जानकारि दिए ।
रौतहटमा मोटो रकम ठगी गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा बृन्दावन नगरपालीका ६ हर्षाहा टोल बस्ने बर्ष २८ का अनिल कुमार पटेल रहेका छन ।
उनलाई २३ जना किसान सँग किस्ता वापतको रकम बुझाउने भन्दै उठाएर ठगी गरेको आरोपमा प्रहरिले पक्राउ गरेको हो । प्रहरिका अनुसार ओम्नि अटो मोबाईल प्रा.लि. चन्द्रनिगाहपुर स्थित ट्याक्टर स्वरुमबाट किस्तामा ट्याक्टर खरिद गरिएकोमा उक्त स्वरुममा किस्ता वापतको रकम बुझाउने भन्दै २३ जना किसानसँग ४४ लाख ७८ हजार पाँचसय रुपैँया उठाई ठगी गरेको उजुरि परेपछि पटेललाई पक्राउ गरिएको हो ।
उनले २०७५ श्रावण देखि बिभिन्न मितिमा बुझाउने भन्दै किस्ता वापतको रकम उठाई किस्ता बुझाएका थिएनन् । उनलाई आईवार पक्राउ गरि जिल्ला अदालतबाट ७ दिनको म्याद थपि अनुसन्धान भईरहेको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।
प्रतिनिधिसभा विघटन भएकाे विषम परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले साेमबार अपराह्न ३ बजे सरकारी टेलिभिजनमार्फत् देशवासीकाे नाममा सम्बोधन गर्न लाग्नुभएकाे हाे ।
संघीय संसद विघटन गरेर २०७८ काे वैशाखमा निर्वाचन घोषणा गर्नुभएका प्रधानमन्त्रीले संसद विघटन गर्नुकाे कारणबारे जनतासामु प्रस्ट पार्न देशवासीका नाममा सम्बाेधन गर्न लाग्नुभएकाे हाे ।
प्रधानमन्त्री ओलीले सोमबार बिहानैदेखि आफूनिकट सांसदहरूलाइ बालुवाटारमा भेला गराएर छलफल गरिरहनुभएकाे छ।
राधेश्याम प्रसाद कुशवाहा, चन्द्रनगर /नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री अजय चौरसियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेपालमा रहेका किसानहरुलाई ऋणमा डुबाएको बताएका छन ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ मा कोरोना तथा जाडो बाट प्रभावित दलित परिवारलाई राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै चौरसियाले सो कुरा बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रिय सदस्य चौरसियाले संसद विघटनले सरकारको सम्बन्ध जनता तथा किसान सँग टुटेको र विभिन्न बैंकबाट किसानहरुले ऋण लिएकोले ऋण लिएका सबै किसानलाई नेकपा सरकारले डुबाएको उनको जिकिर छ ।
दुई तिहाइको सरकारले गरिबको हक हितको बारेमा नसोँचेको, कोरोनाबाट पिडित मानिहरुलाई व्यवस्थित नगरेको, लोकतन्त्रको मान्यताहरुलाई कमजोर गरेको, नागरिकको मर्म विपरीत काम गरेको नेपाली काग्रेसका केन्द्रिय सदस्य चौरसियाले बताए । अर्को प्रसंगमा बोल्दै केन्द्रिय सदस्य चौरसियाले नेकपा सरकारको ध्यान जनता तथा किसानमा नगई भ्रष्टाचार कसरी हुन्छ भन्ने तर्फ मात्र गएको र नेकपाको आन्तरीक कलहमा गएको बताए ।

वरिष्ट पत्रकार चन्द्रकिशोर झाको पहलमा अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपाल अष्ट्रेलिया प्रजातन्त्रिक मंच द्धारा तराईका चमार, दुषाद, मुसहर लगायतका अति बिपन्न १ सय २५ दलित परिवारलाई राहत सामाग्री बितरण गरिएको छ । राहत स्वरुप २० किलो चामल, दाल २ किलो, खाने तेल आधा लिटर, नुन, नुहाउने साबुन लगायतका सामग्री वितरण गरिएको थियो ।
नेपाली काँगे्रसको तर्फबाट चन्द्रनगर गाउँपालिका उपाध्यक्षकी प्रत्यासी एवं वडा सभापति शान्तिदेवी साहको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अजय चौरसियाको प्रमुख आतिथ्यतामा आयोजित राहत वितरण कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, कांगे्रसका महाधिवेशन प्रतिनिधि अशोक कुमार गुप्ता, महाधिवेशन प्रतिनिधि सोनेलाल साह, प्रदेश सभा सदस्यका प्रत्यासी सेख सहदुल्ला, प्रदेशका क्षेत्रीय सभापति अनिल कर्ण, वडा नं. २ का वडा सभापति मक्सुद आलम लगायतको उपस्थिति थियो ।
सर्लाही तथा रौतहट जिल्लाको पश्चिमी क्षेत्रमा पछिल्लो समयमा भारतीय नम्बरका सवारी साधनको प्रयोग व्यापकरूपमा बढेको छ ।
भारतको विहार राज्यसँग सिमाना जोडिएका प्रदेश नं २ का अधिकांश जिल्लामा खुलेआम भारतीय सवारी साधनको प्रयोग बढेको छ । भारतीय सवारी साधनले भन्सारसमेत नबुझाई नेपाली सडकमा खुलेआम बर्चश्व जमाइरहेको पाइएको छ । भारतीय सवारी साधन सडकमा बर्चश्व जमाइरहेको भए पनि सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीय सर्वसाधारणको आरोप छ ।
सिमानामा २४ सै घण्टा रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि यस्ता सवारी साधनलाई ध्यान नदिँदा नेपाल प्रवेश गरेपछि भारतीय सवारी साधनको दादागिरी नेपाली बजारमा बढ्ने गरेको छ भने दिनदहाडै बिभिन्न आपराधिक कृयाकलाप पनी भईरहेका छन । बिना रोकटोक नेपाल प्रवेश गरेका भारतीय सवारीको प्रयोगले नेपाली भूमिमा आपराधिक गतिविधि हुनुका साथै तीव्रगतिमा सञ्चालन हुने यस्ता सवारी साधनका कारण दुर्घटनासमेत बढेको र बेथिति बढ्ने गरेको ट्राफिक प्रहरिको भनाई छ ।
सरकारको आर्थिक प्रतिवेदनमा भारतीय सवारी साधनलाई आवश्यक भन्सार तिरेपछि एक महिनाका लागि नेपालभर सञ्चालन गर्न पाउने व्यवस्था भए पनि प्रदेश नं २ का अधिकांश नागरिकको घरघरमै भारतीय नम्बरका सवारी साधन रहेको पाइएको छ । प्रदेश नं २ का अधिकांश नागरिकको छिमेकी देश भारतसँग कुनै न कुनै रूपमा सम्बन्ध रहेको र उतैबाट खरिद गरी नेपालमा ल्याएर निर्वाधरूपमा सञ्चालन गर्ने गरिएको छ ।
भारतबाट भित्रिने भारतीय सवारी साधनको भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयसँग कुनै तथ्याङ्क वा विवरण नहुँदा दुर्घटना हुँदासमेत भारतीय सवारी साधन फरार हुने र प्रहरीले फेला पार्न नसक्ने अवस्था रहेको भन्दै जिल्लावासीले गुनासो गर्ने गरेका छन् । यसरी नियमविपरीत सञ्चालित भारतीय सवारी साधनलाई कानूनबमोजिम कारवाही हुनुपर्ने स्थानीयवासीको माग छ ।
जिल्लामा कतिपय सरकारि कार्यालयका कर्मचारि, प्रायः पत्रकार तथा जनप्रतिनिधिहरुले निर्वाध रुपमा भारतिय सवारि साधन प्रयोग गरिरहेका छन ।