२०८३ भाद्र १० बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र १० बुधबार

नवजीवन माविका विद्यार्थीलाई मुटु बचाउसम्बन्धी एकदिने सचेतनामूलक प्रशिक्षण

लालबन्दी, ९ भदौ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान, सर्लाही शाखा लालबन्दीको आयोजनामा विद्यार्थीहरुका लागी मुटु बचाउसम्बन्धी एकदिने सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको छ । जिल्लाको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको श्री नवजीवन विद्याश्रम माध्यमिक विद्यालयमा मुटु बचाउसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम गरिएको हो ।

प्रतिष्ठानको नियमित मासिक सचेतनामूलक कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा विद्यालयका छात्रछात्रा, तथा शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका सर्लाही शाखा सभापति शिवप्रसाद न्यौपानेले संस्थाको परिचय तथा हालसम्म गर्दै आएका गतिविधिबारे जानकारी गराउँदै मुटु स्वस्थ राख्न खानपान तथा जीवनशैलीमा अपनाउनुपर्ने सावधानीबारे प्रकाश पार्नुभएको थियो ।

त्यस्तै, प्रतिष्ठानका कार्यसमिति सदस्य एवं योगगुरु माधवप्रसाद खरेलले मुटु स्वस्थ राख्न उपयोगी विभिन्न योगाभ्यास गराउनुभएको थियो । प्रतिष्ठानका कार्यसमिति सदस्य लक्ष्मीनारायण चौधरीले मुटुरोगबाट बच्न अपनाउनुपर्ने स्वस्थ खानपान, नियमित व्यायाम तथा शारीरिक सक्रियताका विषयमा प्रशिक्षण दिनुभयो ।

सो अवसरमा प्रतिष्ठानका सर्लाही शाखा सभापति न्यौपानेले विद्यालयलाई स्मरणपत्रसहित मुटु बचाउसम्बन्धी विभिन्न सचेतनामूलक सामग्री विद्यालयका निमित्त प्रधानाध्यापक दाहाललाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपसभापति विक्रम भण्डारीले गर्नुभएको थियो ।

कार्यक्रम प्रतिष्ठानका कार्यक्रम संयोजक तथा कोषाध्यक्ष भीमबहादुर जर्गा मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।