जिल्ला प्रहरि कार्यालय रौतहटले करिव साँडे ३ लाख बराबरको अवैध समान तथा गाईबस्तु गौर भन्सार कार्यालयमा बुझाएको छ ।
पछिल्लो समय प्रहिरले सिमा नाकाबाट हुने तस्करि नियन्त्रणका लागी बिशेष सक्रियता बढाएको छ । सोहि अनुरुप प्रहरिले अवैध सरसमान बरामद गर्ने र भन्सार कार्यालयमा बुझाउने तथा आवश्यक कारवाही गर्ने क्रम बढेको छ ।
सोमवार मात्रै प्रहरिले भन्सारि छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा गौर नगरपालीकाको २ नम्बर वडाबाट करिव ६० हजार १८० रुपैँया बराबरको कपडा, पुजा गर्ने लोटा, मोबिल, दाल लगाएतका समान बरामद गरेको थियो भने सोही दिन प्रहरिले करिव ५८ हजार पाँच सय बराबरको सोफि नामक मदिरा बरामद गरेको छ । सोमवार राती नेपालबाट भारततर्फ ७८ वटा कार्टुनमा २,३४० पिस सोफि लिएर जाँदै गरेका ब्यक्ति प्रहरिलाई देखि भागेपछि राजदेवि नगरपालीका ९ स्थित ब्रम्हपुरिबाट उक्त परिमाणको मदिरा बरामद गरेको प्रहरिले बताएको छ ।
त्यसैगरि मंगलवार बिहान करिव साँडे ५ बजेको समयमा गौर नगरपालीका ३ अन्तर्गतको बकैया खोलाको पश्चिमको बाँध क्षेत्रबाट भारतर्फ लैजाँदै गरेको अवस्थामा गाईबस्तु सहित एक ब्यक्तिलाई प्रहरिले नियन्त्रणमा लिएको छ । करिव २ लाख मुल्य बराबरको ८ ओटा गाई, ६ ओटा गोरु र एउटा बाच्छि समेत ईसनाथ नगरपालीका ९ बस्ने अन्दाजी बर्ष २१ का बिकाश यादव पक्राउ परेका छन ।
पक्राउ परेका यादव सहित बरामद करिव २ लाख १८ हजार ६८० रुपैँया बराबरको सामानलाई मंगलवार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।
सर्लाहीको परवानीपुरमा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ । लालबन्दी नगरपालीका वडा नम्बर १५ र १६ को संयुक्त आयोजनामा मंगलवार परवानीपुर स्थित प्राथमिक स्वास्थ्य चौकीको प्रांगणमा आँखा शिबिर सम्पन्न भएको हो ।
‘डाक फाउण्डेसन एण्ड पिएफई’ को ब्यवस्थापनमा बर्दिवास आँखा अस्पतालको सहयोग तथा प्राथमिक स्वास्थ्य चौकी परवानीपुरको समन्वयमा भएको शिबिरमा १२५ जनाले आफ्नो आँखा जाँच गराएका छन । आँखा जाँच गराएका मध्ये २० जनाको आँखामा अप्रेशन गर्नुपर्ने समस्या देखिएको र उनिहरुको आगामि शुक्रवार बर्दिवास आँखा अस्पतालमा निशुल्क अप्रेशन गरिने स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट हृदेश यादवले बताए ।
परवानीपुरमा आँखा शिबिरको आयोजना भए पछि ग्रामिण भेगका आँखाका बिरामिहरुलाई सहयोग पुगेको श्रोत बताउँछ । चुरेसम्म फैलीएको उक्त वडाहरुमा भौगोलीक बिकटताका कारण सबै ठाउँका ब्यक्तिहरुले सहज रुपमा स्वास्थ्य सेवा लिन पाईरहेका छैनन् ।
यसैबिच भौगोलीक बिकटता र आधारभुत स्वास्थ्य सेवा पाउने आम नागरिकको अधिकार प्रत्याभुतका लागी परवानीपुर स्वास्थ्य चौकीले प्रयास गरिरहेको स्वास्थ्य चौकी प्रमुख एवं जनस्वास्थ्य निरिक्षक हिमांसु शेखर कर्णले बताएका छन । सोहि अनुरुप पछिल्लो समय स्वास्थ्य चौकीले बिभिन्न स्वास्थ्य गतिबिधिहरु गरिरहेको प्रमुख कर्णको भनाई छ ।

सोमबार मात्रै पनी वडा नम्बर १५ को सिन्धुली सिमा नजिकको बिकट बस्ति सिरकालीञ्जोरमा लामो अवधिको जन्मान्तरका लागी सेटलाईन सेवा नामक क्याम्प चलाईएको छ । ग्रामिण भेगका नागरिकले जन्मान्तर कायम राख्नका लागी अवलम्बन गरिने उपाएहरु सम्म सहज पहुँच नपाएपछि लालबन्दी नगरपालीकाको आयोजनामा सेटलाईट सेवा प्रदान गरिएको स्वास्थ्य चौकी परवानीपुरले जनाएको छ ।
जन्मान्तर कायम राख्नका लागी परिवार नियोजन सम्बन्धि सचेतना सहित ५ बर्षे र १२ बर्षे ईम्प्लान्ट र आयुसिडि राख्नका लागी सेटलाईट क्याम्प गरिएको थियो । जसमा १२ जनाले ५ बर्षे जन्मान्तरका लागी ईम्प्लान्ट राखेका अहेव यादवले लिड न्युज नेपाललाई बताए ।
सुन्दा अचम्म लाग्न सक्छ, श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता नहुँदा जोडिबीच सानो तिनो झगडा, मनमुटाव हुने कारण बन्छ । आपसमा अशिष्ट भाषाको प्रयोग गर्नाले अन्जानमा एकअर्कालाई अपमानित गरिरहेका हुन्छन् । यस्तोमा केहि कुराको ख्याल राख्नुपर्छ, जसले सम्बन्ध बलियो मात्र हुँदैन् एकअर्काबीच सम्मान र प्रेम पनि बढ्छ ।
एकअर्काको कुरामा ध्यान नदिने र नसुने जस्तो गर्नु नराम्रो बानी हो । एकअर्काको कुरा ध्यान नदिनु भनेको वास्ता नहुनु हो । यसबाट बच्नुहोस् ।
हरेक कुराको टिकाटिप्पणी गर्नाले पनि बिस्तारै सम्बन्धमा तनाव उत्पन्न हुन सक्छ । कुनै कुरा प्रति असहमति भए मायाले पनि भन्न सकिन्छ ।
एकअर्काबीच कुरा हुँदा राम्रो शब्दको चयन गर्न जरुरी हुन्छ । सरी, थ्याङ्क्यु, प्लिज जस्ता ‘म्याजिक वर्ड’ प्रयोग गर्नाले गुड म्यानर भएको मात्र दर्शाउँदैन् सम्बन्ध बलियो पनि बन्छ ।
घरमा कोहि पाहुना वा आफन्त भए उनीहरुको अगाडि आपसी व्यवहारमा सहजता र प्रेम झल्कनु जरुरी हुन्छ ।
चिड्याउने नगर्नुहोस्, कहिलेकाहि ठट्टा गर्नु अलग कुरा हो तर ठट्टाको बाहनामा अपमान गर्नाले आत्मसम्मानमा ठेस पुग्न सक्छ ।
एकअर्काको परिवारको बारेमा केहि गलत कुरा नगर्नुस् । उनीहरुको सम्मान गर्न सिकौं । तब मात्र श्रीमान श्रीमतीबीचको सम्बन्धमा पनि सम्मान हुन्छ ।
रिसाएको बेला केहि बोल्नबाट बच्नुहोस् । यस्तो बेला जे पनि बोल्न सकिन्छ । त्यसैले शान्त भएपछि मात्र कुरा गर्नुस ।
जति सक्नुहुन्छ बहस गर्नबाट बच्नुहोस् । बहस धेरै हुँदा अशिष्ट र असभ्य भाषा बोलिन्छ । रिसको झोँकमा बोलेको अपशब्दले भावी जीवनमा पर्न जान्छ ।
बदलाको भाव मनमा नराख्नुहोस् । पुरानो कुरा, भइसकेको कुरालाई लिएर बदलाको भावना नराख्नुहोस् । जुन सम्बन्धमा प्रेम, बिश्वास र सम्मान हुन्छ त्यहाँ बदलाको भाव हुनुहुँदैन् ।
खानेबेलामा गफ नगर्नुहोस् । विस्तारै खाना चपाउँदै खानुहोस् । राम्रो मुड बनाएर खानुहोस् । खानेबेलामा गम्भिर र विवादास्पद मुद्दामा बहस नगर्नुहोस् ।
मोबाइल म्यानरको पनि ख्याल राख्नुहोस् । विनाकारण एकअर्काको मेल वा म्यासेज चेक नगर्नुहोस् । फोन गर्दा ठूलोठूलो आवाजमा कुरा नगर्नुहोस् । एकअर्काको अनुमती विना व्यक्तिगत सामान नचलाइदिनुहोस् ।
समयको महत्व पनि बुझ्नुपर्छ । एकअर्कालाई धेरै कुराउनु पनि राम्रो होइन् । आपसमा सेयरिङ र केयरिङको भावना हुनु जरुरी हुन्छ ।
एकअर्कालाई सपोर्ट गर्नुहोस् । इष्र्याको भावना नराख्नुहोस् । एकको सफलता दुबैको सफलता हो । त्यसैले बधाई दिने र सेलिब्रेट गर्ने गर्नुपर्छ । एकअर्काको तारिफ गर्नुहोस् । कहिलेकाँही सरप्राइज पनि दिनुहोस् ।
प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपती बिद्यादेवी भण्डारिले गरेको संसद बिघटनको बिरोधमा देशभर प्रदर्शन भईरहँदा सर्लाहीमा भने ओलीको समर्थनमा प्रदर्शन भएको छ । सोमवार जिल्लाका बिभिन्न ठाउँमा युवाहरुले ओलीको कमदको समर्थनमा प्रदर्शन गरेका हुन ।
तत्कालीन एमाले निकटका युवाहरुले सरकारलाई काम गर्न नदिएर घेरामा पार्न खोजेपछि प्रधानमन्त्रीले बाध्य भएर संसद बिघटन गरि चुनावको मिती घोषणा गर्नु परेको बताए । ‘५ बर्षको म्याण्डेड पाएर चुनिएको दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्रीलाई आफु अनुसार चलाउन खोजेर देशको हितमा काम गर्न दिईएन’, मलंगवाका समिमबावु पठानले भने ‘यो सबै बाहिरि शक्तिको चलखेलको आधारमा प्रधानमन्त्री ओलीलाई चेपुवामा पार्न रचिएको प्रपन्च थियो ।’
अनेरास्ववियु सम्बद्ध युवाहरुले आफ्नो निजि स्वार्थ परिपुर्तिका लागि देशलाई अस्थिरता तिर धकाल्ने प्रवृत्ति गलत रहेको भन्दै जनताको सरकार जिन्दवाद, भारतिय गोट्टिहरु होसियार, राजनेता केपि ओली जिन्दवाद, मध्यावधि चुनाव गर्ने निर्णय स्वागतयोग्य छ, जनताको बहुदलीय जनवाद जिन्दवाद लगाएतका नारा लगाएर प्रदर्शन गरेका थिए ।
राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानको उखुको मूल्य तुरुन्त भुक्तानी दिन आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै किसानले पाउनुपर्ने रकम तत्कालै भुक्तानी दिएर उखु खरिदकर्ता उद्यमीबाट सरकारी बाँकी सरह असुल उपर गर्न स्थानीय प्रशासन र नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।
सरकारको निर्देशन पालना नगर्ने र उखु किसानको उखु लिएर बक्यौता रकम भुक्तानी नगर्ने व्यवसायीलाई तत्काल कानुनको दायरामा ल्याएर कारबाही गर्न अनुरोध गर्दै विज्ञप्तिमा भनिएको छ, ‘किसानका हक अधिकारका सम्बन्धमा व्यवस्था गरिएका कानुनको प्रभावकारी कार्यान्वयन गर्न, उखु किसानका समस्याको समाधानमा संवेदनशील हुन, किसानको श्रमको सम्मान गर्न, विगतमा भएका सम्झौताको कार्यान्वयन गरी किसानको मौलिक हक र मानवअधिकार संरक्षण गर्न सरकार र चिनी उत्पादक कम्पनीको ध्यानाकर्षण गराएको छ ।’
उखु खेतीमा निर्भर रहेका किसानले उखु बिक्रीबाट पाउनुपर्ने रकम लामो समयसम्म प्राप्त गर्न नसक्दा संविधान प्रदत्त सम्पत्ति आर्जन गर्ने, भोग चलन गर्ने, बेचविखन गर्ने र व्यावसायिक लाभ प्राप्त गर्ने मौलिक हक कुण्ठित भएको आयोगको ठहर छ ।
चिनी उत्पादक कम्पनीबाट विगतका वर्षदेखि नै उखुको भुक्तानी नपाएको, सरकारले निर्धारण गरेको मूल्यभन्दा कम मूल्यमा उखु खरिद गरेको र उखु किसानले सरकारसँग विगतमा गरेको सम्झौता अझै कार्यान्वयन नभएको भन्दै गएकाे मङ्सिर २७ गतेदेखि सर्लाही, रौतहट, नवलपरासी, कपिलवस्तु लगायतका उखु किसान काठमाण्डौमा आन्दोलनमा छन् ।
- दिपेन्द्र जयसवाल, बारा ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना लगायत वन कार्यालयको वार्षिक प्रगति समीक्षा एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बाराको जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा संयोजक सिंहले विमानस्थल निर्माणपूर्व गर्नुपर्ने कार्यहरूका बारेमा जानकारी लिँदै विमानस्थल निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । ‘विकास निर्माणको सवालमा हामी सबै एकजुट हुनुपर्दछ, विकासविना मुलुकको समृद्धि नहुने भएकोले विकासका आवश्यकतासँगै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि वर्षौंदेखि सवालहरू उठ्दै आइरहेका छन’, उनले भने ।

कार्यक्रमका विशिष्ट अतिथि बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले विमानस्थल निर्माण कार्यलाई सम्पन्न गर्न आफ्नो तहले भ्याएसम्म सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरे । डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले विमानस्थल निर्माण क्षेत्रका रूख गणना तथा सोको प्रगति, चुनौती एवम् समस्याबारे सहभागीहरूलाई जानकारी गराएका थिए ।
विमानस्थल निर्माणमा टाँगियाबस्ती मुख्य समस्याको रूपमा रहे पनि आन्तरिक गृहकार्य धेरै भइसकेकाले अब चाँडै बस्ती स्थानान्तरणबारे नीतिगत निर्णय आउनेमा आफू आशावादी रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विजय यादवले बताए । काँटगाउँमा मुआब्जा लिन केहीले निवेदन दिइसकेका र केहीले मात्रै लिन नमानिरहेको अवस्था रहेको बताउँदै विमानस्थल निर्माणमा सबैको साथ, सहयोग आवश्यक रहेको र सकारात्मक ढङ्गले अघि बढ्नुको अर्को विकल्प नरएको उनले बताए ।