सर्लाहीको परवानीपुरमा आईतवार १८ जना बिपन्न बालाबालीकालाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
लालबन्दी नगरपालीका १६ परवानीपुरमा रहेको श्री डिम जनता माध्यमिक बिद्यालयमा अध्यनरत वालबिकास देखि कक्षा ५ सम्मका बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको हो । दिवंगत शिक्षिका अनिता गीरिको नाममा बिद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट बालबालीकालाई शैक्षिक सामाग्री बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक ध्रुब भण्डारिले जानकारि दिनुभयो ।
दिवंगत शिक्षिका गीरिको नामबाट उनको आमाले बिद्यालयमा २५ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । गीरिको आठौँ स्मृती दिवश पारेर आईतवार बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको हो ।
कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका पुर्व अध्यक्ष भरत गौतम, वडा नम्बर १६ का सचिव बिष्णु गौतम सहित ब्यबस्थापन समितीका पदाधिकारिहरु, शिक्षक, कर्मचारि तथा बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
२०६९ साल पौष १२ गत्ते सो बिद्यालयकी शिक्षिका अनिता गीरिको बिद्यालय जाने क्रममा रानीगञ्जमा भएको दुर्घटनामा परि ज्यान गएको थियो ।
रौतहटबाट काठमाडौं गएको बसबाट लागुऔषधिसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले आइतबार साँझ पौने ५ बजे चन्द्रागिरि नगरपालिका २ नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलिले रौतहटबाट काठमाडौं जाँदै गरेको ना ६ ख ३१८१ नम्बरको यात्रुवाहक बसमा चेक गरेको थियो ।
बसबाट प्रहरीले रौतहट कटहरिया १ का २२ वर्षीय गोविन्दप्रसाद यादव र भारत विहार मोतीहारीका २३ वर्षीय साहेबलाल यादवलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्तका अनुसार उनीहरू बसेको सिटमुनि लुकाइराखेको तीन वटा झोलामा लागुऔषध बरामद गरेको हो ।
उनीहरूबाट प्रहरी १२ सय डाइजेपाम, १२ सय फेनेर्गन र १२ सय नुफिन गरी सम्म ३६ सय एम्पुल बरामद गरेको हो ।
उनीहरूमाथि प्रहरीले लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान अघि बढाएको छ ।
सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । रेल सञ्चालनका लागि कर्मचारीलाई एक/दुई साताको तालीम आवश्यकपर्ने उनले जानकारी दिए ।
भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने महानिर्देशक भट्टराईले बताए । उनका अनुसार भारतीय पक्षले यसमा काम गरिरहेका छन् । उनीहरुले गर्नुपर्ने काममध्ये थोरै काम बाँकी रहे पनि सञ्चालनमा समस्या नहुने उनको भनाइ छ । कम्प्युटरबाट नियन्त्रण हुने सो रेलमार्गमा ‘सिस्टम इन्स्टल’ गर्ने काम पनि अघि बढाइएको छ । रेल सञ्चालन हुँदा रेल कहाँ पुग्यो, कहाँ पुग्दा अड्कियो वा अरु कुनै समस्या भयो भन्ने हेर्न सकिने उनले बताए ।
कम्पनीले दक्ष र प्रशासनिकलगायत आवश्यक जनशक्ति व्यवस्थापन गरिरहेको छ । आवश्यक कतिपय कर्मचारी स्थायी हुनेछन् भने कतिपय अस्थायीरुपमा नियुक्त गरिने उनको भनाइ छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामति कर्मचारी काजमा ल्याइने उनले जानकारी दिए । रेल्वे कम्पनीमा यसअघिका झण्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी रहेका थिए । ती कर्मचारी कम्पनी बन्द भए पनि कम्पनीमा रहेका थिए । कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ जना भारतीय कर्मचारीसमेत ल्याउन लागेको छ । नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतीय कर्मचारी करारमा ल्याउन लागिएको हो । त्यसका लागि मन्त्रालयमा प्रस्ताव पेश गरिएको उनले बताए ।
मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि विदेशी कर्मचारी नियुक्ति अघि बढाउन लागिएको हो । दुई सरकारबीचको सम्झौताबाट उनीहरुलाई ल्याउन लागिएको हो ।
रेल सञ्चालनका लागि अहिले तत्काल नेपालमा रेलसम्बन्धी कानूनकोसमेत अभाव भए पनि त्यसमा समेत कसरी अघि बढ्ने भनी मन्त्रालय र कम्पनीबीच छलफल भइरहेको छ । रेल्वेसम्बन्धी ऐन, २०२० पुरानो भएकाले नयाँ विधेयक संसद्मा छ । रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ । अहिले पनि सवारीसाधन सञ्चालन भइरहेकामा रेलले यातायातमा अझै सुविधा दिनेछ । सरकारले उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना लिएको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।
नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । लामो समय अवरुद्ध उक्त रेलसेवा वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासँगै अघि बढेको हो । अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । कूल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि विजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । विजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ ।
बाराको निजगढमा शनिवार खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ । स्मार्ट सिटि बाग्देव तेक्वान्दो दोजाङको डेमोस्ट्रेसन तथा ग्रेडिङ कार्यक्रम निजगढ स्थित वडा नम्बर ४ को सार्वजनिक मा.बि.को प्राङ्गणमा आयोजना गरिएको हो ।
डोजाङ प्रमुख यान कुमारी चौलागाईंको सभापतित्वमा भएको कार्यक्रममा निजगढ नगरपालिकाकि उपप्रमुख लिलादेवी लामिछाने खनाल प्रमुख अतिथि रहेकी थिईन । त्यस्तै विशिष्ठ अतिथिद्वय निजगढ नगर पालिका वडा नं ५ का वडा अध्यक्ष थल प्रसाद गौतम र वडा न ४ का वडा अध्यक्ष जयराम कुमार सङ्गै कार्यपालिका सदस्य लक्ष्मी गौतम, नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरु प्रसाद गौतम, नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष नन्दु लामा, अन्तराष्ट्रिय रेफ्री जितसिङ लामा, राष्ट्रिय प्रशिक्षक हेमलाल श्रेष्ठ, नेपाल तेक्वान्दो संघका जिल्ला उपाध्यक्ष गणेश पाण्डे, नेपाल तेक्वान्दो संघ बाराका सचिव लोक बहादुर खुलाल, सा.मा.वि. का व्यवस्थापन समिति अध्यक्ष दुर्गा गौतम लगायत अभिभावकहरू र खेलाडीहरूको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ४४ जना खेलाडिको ग्रेडिङ गरिएको थियो । ग्रेडिङमा सबैजना पास भएका र १० जनाले उत्कृष्ट गरी डबल बेल्ट समेत पाएका सम्बद्ध श्रोतले जानकारी दियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उपमेयर खनालले हातले पटा फुटायर गरेकी थिइन भने कार्यक्रममा बोल्दै उपमेयर खनालले एउटा बारा जिल्लाकी एक महिला ´यान कुमारी’ प्रति गर्व हुने बताईन । यान कुमारी साफ गेमको पदक विजेता भएको हुँदा उनको हरेक गतिविधिमा निजगढ नगरको चासो रहने समेत बताईन । उपप्रमुख खनालले खेल क्षेत्रको बिकास र खेलाडीहरुको हितमा नगरपालिका सधैं लागिरहने प्रतिबद्धता समेत जनाएकी छिन ।

कार्यक्रमलाई गुरु गौतम, लोक बहादुर खुलाल, दुर्गा गौतम,
थल प्रसाद गौतम लगाएतले सम्बोधन गरेका थिए भने खेलाडी भुमिका लोप्चनले कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिईन ।
कार्यक्रमको संचालन राष्ट्रिय प्रजातन्त्र पार्टीका निजगढ नगरसभापती खड्ग प्रसाद उप्रेतीले गरेका थिए ।
