२०८३ असार १८ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार १८ बिहीबार

जीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो । जन्मिने मान्छे मर्नैपर्छ । आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउँछन् । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् ।

सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन् । पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन् । सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ ।

यस्ता सपनाहरूमा उठ्ने भावना तीव्र र ज्वलन्त हुन्छन् । सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको छु भन्ने ठान्छ । कहिलेकाहीँ त निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कँदैन । यस्ता सपनाको प्रभाव केही क्षणदेखि धेरै वर्षसम्म रहन सक्छ ।

यस्ता सपनामा देखिने परिचित व्यक्ति जीवनमा बिरामी थिए वा बिरामीकै कारण मरेका हुन् भने पनि स्वस्थ देखिन्छन् । सपनामा देखिने उनीहरूको अनुहार तेजिलो देखिन्छ ।

मृत परिचितले सपना देख्ने मान्छेलाई आफू जहाँ भएपनि खुशी भएको आश्वासन दिन्छन् । तिमी पनि खुशी भएर बस भनी उनीहरू बताउँछन् ।

सपनामा आउने मृत प्रियजनले जीवनमा आउने ठूलो समस्याका बारेमा सावधान गराउँछन् । जीवनका महत्वपूर्ण फैसलामा उनीहरू निर्देशन दिन पनि आउँछन् ।

सपनामा आउनेले कहिलेपनि आफ्नो कुरा शब्दमा व्यक्त गर्दैनन् । इशारा र हाउभाउबाट आफ्नो कुरा बताउँछन् । इशारालाई बुझ्न सपना देख्नेलाई गाह्रो हुँदैन ।

यस्तो सपना देख्ने व्यक्तिले आफूमा सकारात्मक ऊर्जा आएको महसूस गर्छ । दुःखबाट मुक्ति पाउन मद्दत गर्छ यस्तो सपनाले । जीवनमै परिवर्तन आउन सक्छ यस्तो सपना देखेपछि ।

भौतिक शरीर छोडेर जाने हाम्रा प्रियजन हाम्रो सपनामा झुल्किने भनी अध्यात्म र मनोविज्ञान दुवैमा उल्लेख गरिएको छ । उनीहरू हाम्रो हितका लागि देखापर्छन् । हामीले त उनीहरूको इशारा बुझे पुग्छ ।

जीवनमा केही कुरा गर्नैपर्ने हुन्छन् । यस्ता कुरा गर्न धेरै बेर लाग्दैन तर तपाईंलाई दिनदिनै गर्नुपर्दा झ्याउ चाहिँ लाग्न सक्छ । तर यहाँ बताउन लागिएको दुई मिनेटको नियम सजिलो छ ।
यसलाई अपनाउँदा तपाईंले कम तनावपूर्ण जीवन जिउन सक्नुहुन्छ । यसलाई फलो गर्दा तपाईंले कम कुराको चिन्ता लिए पुग्छ र आरामको प्रशस्त मौका पाउनुहुन्छ ।

यो नियम अत्यन्तै सरल छ : कुनै काम दुई मिनेटभित्रै सकिन्छ भने गरिहाल्नुस् । यसो गर्दा तपाईंको जीवन थप राम्रो हुन्छ । पछि गरौंला भनेर नटार्नुस् । यसो गर्दा तपाईंले गजबको महसूस गर्नुहुनेछ ।

काम टार्दा त्यसले तपाईं दोषी महसूस गराइरहन्छ र तपाईं आनन्द लिन समेत पाउनुहुन्न । बाँकी रहेको काम सकिहाल्नुस् र फुर्सदको भरपूर आनन्द लिनुस् ।

घरमा जम्मा भएका फोहोर बाहिर निकालिहाल्नुस् । पछि गरौंला नि भनेर टार्नुको साटो तत्कालै फोहोर निकाल्नु ठीक हुन्छ । आखिर ढिलोचाँडो तपाईंले फोहोर फाल्नैपर्छ क्यारे, किन साइत हेरिरहने ? काम सिध्याएपछि आनन्दै आनन्द ।

सजिलै सम्पन्न हुने कामलाई नसार्नुस् । सजिला काम सकिहाल्दा नियमित कामको लामो सूची छोटिन्छ । कुनै पनि काम शुरु गर्न पो गाह्रो त, सजिलो काम पहिल्यै सक्दा तपाईंलाई काम फत्ते गर्न प्रेरणा मिल्छ ।

तपाईंलाई स्वास्थ्यको माया छ भने स्वस्थ खानेकुरा खानुस् । स्याउ स्वस्थ खानेकुरा हो । यो खान दुई मिनेट पनि लाग्दैन । यसरी स्वस्थ खानेकुरा खोज्दै गर्दा यो तपाईंको राम्रो बानीका रूपमा विकास हुन्छ ।

किताब पढ्ने राम्रो बानी बसाल्नुस् । नियमित किताब पढ्नुभयो भने तपाईंलाई किताबमा रस बस्छ । दिनको एक घन्टा कम्तीमा पनि पढ्नलाई छुट्याउनुस् ।

सरल काम सिध्याउनका लागि सूची बनाइरहनु पर्दैन । सूची बनाउनुको समय तपाईं काम नै गर्नुस् न । एउटा काम सक्दा तपाईंलाई सन्तुष्टि हुन्छ र अरू काम सक्न थप प्रेरणा मिल्छ ।

प्रदेश २ नेकपा संसदीय दलका नेता सत्यनरायण मण्डलविरुद्ध दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । असंवैधानिक संसद् विघटनलाई समर्थन गर्दै मण्डल ओली समूहमा गएपछि १७ जना सांसदको हस्ताक्षरसहित दाहाल–नेपाल समूहले प्रदेशका उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

शुक्रबार दाहाल–नेपाल समूहले जनकपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य शत्रुधन महतोले मण्डलविरुद्ध दुई दिनअघि नै अविश्वासको प्रस्ताव दर्ता गराएको जानकारी दिए । पार्टी सचेतक बेची लुंगेलीका अनुसार अविश्वासको प्रस्ताव ल्याउने विषयमा ५/६ दिनअघि नै निर्णय गरिएको थियो । मण्डललाई हटाएर शत्रुधन महतोलाई दलको नेता चयन गर्ने दाहाल–नेपाल पक्षका सांसदहरुको तयारी छ । ३२ जना प्रदेशसभा सदस्यहरुमध्ये १९ जना सांसदको आफूहरुलाई साथ रहेको लुंगेलीको दाबी छ ।

बिहीबार सम्पन्न दाहाल–नेपाल समूहको नेकपा प्रदेश कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध एक हजार एक सदस्यीय प्रदेशस्तरिय संघर्ष समिति गठन गरिएको नेकपा प्रदेश सह–इन्चार्ज विश्वनाथ साहले बताए । उनकै संयोजकत्त्वमा गठित संघर्ष समितीले प्रदेशका आठवटै जिल्ला, स्थानीय तह र वडाहरुमा संघर्ष समिति गठन गरी पुस १८ देखि २४ गतेसम्म आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । कान्तिपुरबाट …

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई शुक्रबार पत्राचार गरेर उनीहरूले गरेको पत्रका विषयमा थप स्पष्ट पार्न भनेको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अध्यक्ष सम्बोधन गर्दै अलग–अलग प्रकृतिको पत्र लेखेको छ ।

दाहाल–माधवकुमार नेपाल पक्षलाई आधिकारिकताको मागदाबी गर्नका लागि कानुनी प्रक्रिया पूरा गरेर निवेदन दिन भनिएको छ । ओली पक्षलाई भने आयोगले विवरण अद्यावधिकका लागि बुझाइएको पत्रमा स्पष्ट पार्न भनेको छ ।

आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले दुवै पक्षलाई पत्र पठाइएको तर त्यसमा लेखिएको विषयबारे आफूलाई जानकारी नभएको बताए ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा हठात् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा विभाजित छ । तर विभाजनले औपचारिकता पाइसकेको छैन । दुवै पक्षले ५ गतेयता लगातार आयोगमा पत्र पठाएका छन् ।

ती पत्रका आधारमा मात्रै दलको मान्यतासम्बन्धी विवादमा पस्न समस्या भएको आयोगले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।