वरिष्ठ पत्रकार जनार्दन आचार्यको निधन भएको छ। लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र पार्किन्सन्सबाट पीडित पुराना चर्चित पत्रकार तथा स्तम्भकार आचार्यको ८१ वर्षको उमेरमा आज (बुधबार) बिहान निधन भएको हो।
पत्रकार आचार्य साप्ताहिक मञ्चका संस्थापक सदस्य तथा साप्ताहिक विमर्श, समकालीन साप्ताहिक र नेपालीपत्र साप्ताहिकका सम्पादक थिए। पत्रकार आचार्य ‘समय–समय’ स्तम्भका चर्चित स्तम्भकार थिए।
धरानमा जन्मिएर वामपन्थी पृष्ठभूमिबाट राजनीति सुरु गरेर पछिल्लो कालखण्डमा पञ्चायत हुँदै नेकपा माओवादीको नजिक पनि भएका थिए। पूर्व सांसद समेत रहेका स्वर्गीय आचार्यका एक श्रीमती र दुई छोरा छन्।
नेपाली कांग्रेसका लोकप्रिय युवा नेता गगन थापाले आज सर्लाहीको लालबन्दीमा सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गैर संवैधानिक तवरले संसद् विघटन गरेको भन्दै नेपाली कांग्रेस लालबन्दीले आयोजना गरेको विरोध सभालाई नेता थापाले सम्बोधन गर्ने कांग्रेस श्रोतले जनायो ।
सभालाई पूर्व मन्त्री एवं पार्टीका केन्द्रिय सदस्य थापाले प्रमुख अतिथिका रुपमा सम्वोधन गर्दैछन् ।
कार्यक्रममा सम्बोधन गर्नका लागि नेता थापा मंगलवार साँझ नै लालबन्दी आईसकेका छन् । थापाले आज नै बयलवासमा केही अगुवा कार्यकर्तासँग भेटघाट गर्ने र मध्यान्ह लालबन्दीमा विरोध सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै नेता थापा आज नै हरिवन लगायत जिल्लाका विभिन्न स्थानमा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागि हुने बताईएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा दुई हप्ताका लागि संकटकालको घोषणा गरेका छन् । आफूविरुद्ध अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस गरिएलगत्तै ट्रम्पले जनवरी ११ लागु हुने गरी संकटकाल लगाएका हुन्।
गत हप्ता अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा भएको आक्रमणमा राष्ट्रपति ट्रम्पको हात रहेको भन्दै महाअभियोग लगाउने तयारी भैरहेका बेला ट्रम्पले राजधानी वासिंगटन डिसीमा आपतकालको घोषणा गरेका हुन् । सो हिंसामा पाँच जनाको मृत्यु भएको थियो।
जनवरी २४ सम्म जारी रहने आपतकाल घोषणा गर्ने ट्रम्पको निर्णयले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जनवरी २० हुने सपथ समारोह प्रभावित हुने देखिएको छ ।यद्यपी ट्रम्पले भने शपथ ग्रहण समारोहमा हिंसा हुने आशंका बढेकाले संकटकाल लगाउनु परेको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलेजनाएका छन् ।
संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले बाइडेनले कार्यभार सम्हाल्नुभन्दा केही दिनअघि ५० वटै राज्यमा सशस्त्र प्रदर्शन आयोजना हुने तयारी भएको बताइरहँदा ट्रम्पले आपतकाल घोषणा गरेका छन् ।
सहरी विकास मन्त्री प्रभु साहले बन्द रहेको नेपाल भारत सिमानाका चाँडै खुल्ने बताएका छन् । लामो समय देखीको भारतीय सिमा बन्दका कारण मारमा परेका रौतहट वासीलाई सम्बोधन गर्दै साहले काठमाण्डौँ पुगेर प्रधानमन्त्रीसँग कुरा गरेर सिमा खुलाउने प्रयास गर्ने बताए ।
साहले चन्द्रनिगाहपुरमा आयोजित क्षेत्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा बोल्दै सिमानाका नखुलेका कारण सबै भन्दा बढि सर्वसाधारण किसान मारमा परेको बताउँदै तत्काल सिमानाका खोल्न आफ्नो पहल रहने बताए ।
कारोना माहामारिका कारण नेपाल सरकारले सिमानाका बन्द गरेका कारण भारतिय बजारमा निर्भर रौतहटका सर्वसाधारण किसान मारमा परेका छन ।
स्थानिय प्रशासनले केहि समय अघि आंशिक मात्रामा नाका खुला गरेको भएपनी त्यो पर्याप्त नभएको भन्दै नागरिक अगुवाहरुले सिमानाका पुरै खुलाउनुपर्ने भन्दै नाकामा धर्ना दिएर आन्दोलन गर्दै आएका थिए । तर पुष ५ गत्ते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतीले संसद बिघटन गरेपछि सिमानाकाको आन्दोलन रोकिएको थियो ।
सर्लाहीको सदरमुकाम मलङ्ग्वामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओलि गुटले हजारौँको उपस्थितीमा बृहत कार्यकर्ता भेला गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा नेकपाका केन्द्रिय सदस्य राजनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहको समेत उपस्थित रहेको थियो ।
मलङ्ग्वाको तीन बिघी मैदानमा दशौं हजारको संख्यामा उपस्थित रहेका नेता तथा कार्यकर्ताहरुलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, सहरी बिकास मन्त्री प्रभु साह र पुर्व मन्त्री रघुबिर महासेठ लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

रौतहटको कटहरियामा पसल फुटाई चोरी गर्ने २ जना पक्राउ परेका छन । रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर ६ फत्तेपुर टोल बस्ने प्रकाश सहनी र सुरेश सहनीले सञ्चालन गरेको काठको टहरो पसल फोरी चोरी भएको थियो ।
किराना पसलमा भएको नगद र पसलको समानहरु चोरी गरी फरार भएको खबर पाएपछि उनीहरुको खोज तलासको लागि खटेको प्रहरी टोलीले सोमबार अन्दाजी १० बजे जलहिया चोकमा चारीमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनिहरुको साथबाट चोरी गरेको नगद र पसलको समान फेला परेको र पक्राउ गरी रौतहट जिल्ला अदालतबाट दिन ३ को म्याद थप गरी ईलाका प्रहरी कार्यालय गरुडा रौतहटको न्यायीक हिरासतमा राखी अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।