सर्लाहिको लालबन्दी नगरपालिका वडा नम्बर १४ ले आफ्नो वडा भित्रका ११७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालयले शुक्रबार र शनिबार वडा भित्रका ७० बर्ष उमेर माथिका जेष्ठ नागरिकलाई फाईबर सिरक एक/एकथान, आधा लिटरको हर्लिक्स सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

शुक्रवार वडाध्यक्ष सुवाईसिङ भ्लोन, वडा सचिव हस्त रेग्मी मगर सहित वडा सदस्यहरु, वडाका कर्मचारीहरु तथा स्थानीय बुद्धिजीवी, भद्रभलाद्मीको उपस्थितिमा ६७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । उनिहरुलाई वडाभित्र पर्ने मोटरदोभानमा एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।

त्यसैगरी शनिबार वडाको सत्रकट्ठा र डाईनीखोलाका ५० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा सचिव रेग्मिले जानकारी दिनुभयो । वडा कार्यालयले कठ्याङ्ग्रीँदो जाडोबाट राहत पुगोस् भन्ने हेतुले राहतका सामग्री बितरण गरेको हो ।
पोखरा : पहिलो पटक अछाम पोखरा सम्पर्क समिति गठन गरिएको छ । राजन साउदको संयोजकत्वमा समिति गरिएको छ ।
शनिबार पोखरामा रहेका अछामी बासीहरुले माघे संक्रान्तिको अबसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरि समिती गठन गरेको हो ।
नवगठित समितिको अध्यक्षमा राजन साउद निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा रोशन बोहरा, सचिबमा रमेश लुहार, सह-सचिबमा जिबन लुहार, कोषाध्यक्षमा पुष्प कडारा र सदस्यहरुमा बिनोद पण्डित, रमा साउद, नरेश लुहार, बिकास लुहार, भावना कडारा र एसुदा लुहार छन । विविध प्रयोजनको सिलसिलामा पोखरामा बस्दै आएका अछामीहरु बिच सहयोग, सद्भाव र एकताबद्ध गर्न तथा दु:ख सुख साटासाट गर्ने मंचका रुपमा अछाम पोखरा सम्पर्क समिती गठन गरिएको नवगठित समितिका अध्यक्ष साउदले बताए ।