२०८३ असार १६ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार १६ मंगलवार

माघ १ गते देखि घरबाट हराई रहेकी एक महिलालाई प्रहरीले फेला पारी परिवारको जिम्मा लगाएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगंज बस्ने रमेश महतोको छोरा राकेश महतोसँग गत मंसीर २९ गते विवाह गरी आएकी ईश्वरपुर नगरपालिका ४ बस्ने रामनारायण महतोको २३ वर्षिया छोरी मौसमी महतो माघ १ गतेबाटै हराएकी थिईन । छोरी हराए पछि उनका बुवा रमेश महतोले छोरीको खोजतलास गर्नका लागि भन्दै मेचीमहाकाली बुहारी संयुक्त आवाज सर्लाही शाखा मार्फत ईलाका प्रहरी कार्यालय लालबन्दीमा निवेदन दिएका थिए ।

उनका वुवाका अनुसार मंसीर २९ गते मागि विवाह भएको छोरीको विहे भएको समय देखि नै ज्वाईले विभिन्न तवरले शारीरीक तथा मानसिक यातना दिने गरेको आफुलाई भनेको बताए । पिडितको निवेदनको आधारमा संयुक्त बुहारी आवाजले पनि प्रहरीमा मौसमीको खोजीका लागि अर्को निवेदन दर्ता गरेको थियो ।

प्रहरीले मौसमीले प्रयोग गरेको मोवाईल फोनको आधारमा विभिन्न व्यक्तिहरुलाई सोधपुछ गरी प्रहरीले युवतीको खोजविन गरेको थियो । उनको खोजी गर्ने क्रममा बुधबार लालबन्दीमा साथीसँग बसेको अवस्थामा प्रहरीले फेला पारी मेचीमहाकाली बुहारी संयुक्त आवाजका संयोजक रमा काफ्ले, सचिव अम्बिका राउत, उपाध्यक्ष मिना भन्डारी, सह-सचिव रोशनी कार्की, सह-कोषाध्यक्ष निसा बानीयाँ र सदस्य सर्मिला बानीयाँको रोहवरमा बुवा आमाको जिम्मा लगाईएको बुहारी संयुक्त आवाज सर्लाही प्रेस संयोजक अम्बिका बुढाथोकीले बताउनु भयो ।

भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदानस्वरुप उपलब्ध गराएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी उक्त कुराको जानकारी दिएका हुन् । खोप भोलि नै नेपाल आउने र फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइने पनि उनले जानकारी दिए ।

मन्त्री त्रिपाठीले आज ऐतिहासिक दिन भएको पनि बताएका छन् । उनले खोप ल्याउन कानुनी, प्राविधिक,आर्थिक रुपमा समस्या नभएको समेत जानकारी दिए ।

‘यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो । नेपाल र अरु छिमेकी देशका जनताका लागि राजनीतिक निर्णय गरेको छ । धेरै धेरै धन्यवाद दिन चाहन्छौं । आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ’ उनले भने ।

मन्त्री त्रिपाठीले खोप अनुदानमा दिएकामा भारत सरकारलाई धन्यवाद पनि दिएका छन्। पत्रकार सम्मेलनमा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि सहभागिता रहेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् ।

संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा देउवा वा देउवाले भनेको अन्य कुनै व्यक्तिलाई प्रधानन्त्री बनाउन आफू तयार रहेको प्रचण्डको भनाइ छ ।

प्राइम टाइम्स टेलिभिजनलाई अन्तरवार्ता दिँदै प्रचण्डले भने, ‘शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो । उहाँले भनेकै अनुसार, समझदारी अनुसार समयमा नै उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो ।’

प्रचण्डले अघि भने, ‘यो शान्तिप्रक्रियाको पहिलो अपिलकर्ता म र शेरबहादुर देउवा जी नै हो । त्यो नाताले पनि एउटा केही न केही सम्बन्ध छ । संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा म उहाँलाई प्रधानमन्त्री वा उहाँले कोही भन्नुहुन्छ भने त्यसलाई पनि मान्न मलाई केही आपत्ती छैन ।’

आफूले प्रधानमन्त्री पदमा दाबी नगरेकोसमेत प्रचण्डले बताए । ‘नेकपाको संसदीय दलको नेता म पक्कै पनि हुँ अहिले, तर यसको अर्थ म प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री केपी ओलीले देशलाई डरलाग्दो संकटको भुमरीमा हाल्दिनुभाछ । यसबाट बचाउनु छ । मुख्य काम संविधान बचाउने, प्रणाली बचाउने र जनताको आकांक्षालाई सम्बोधन गर्ने कुरा हो । त्यसको निम्ति फेरि पनि प्रधानमन्त्री म दाबी गर्दिनँ मैले भनेको छु ।’

उनले संविधानको रक्षा, प्रणालीको रक्षा, स्थायित्व र विकासको निम्ति नेकपा, नेपाली कांग्रेस र जसपाको बीचमा राम्रो राष्ट्रिय सहमति हुनुपर्यो भनेर छलफल गरेको जानकारी दिए । ‘हामी मिलेर नजाने हो भने संविधान बचाउन, प्रणाली बचाउन, जनताको विकास, समृद्धिको आकांक्षा सम्बोधन गर्न, राष्ट्रिय स्वाधिनता, यसको भौगोलिक अखण्डताको रक्षा गर्न गाह्रो हुने स्थिति आयो, त्यसकारण हामी एक ठाउँमा हुनुपर्यो भनेर भनेकै छौं हामीले ।’ अनलाईनखबरबाट…

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।