२०८३ श्रावण १२ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १२ मंगलवार

सर्लाहीको कौडेना गाउँपालिकास्थित एक कुखुरा फर्ममा आगलागी भएको छ । प्रहरीका अनुसार आगलागीमा परेर ३ हजार चल्ला र २ सय कुखुरा जलेर नष्ट भएको  छ ।

कोडैना गाउँपालिका वडा नम्बर ३ स्थित केबल साहको मंगलबाबा पोल्ट्री फर्ममा सोमबार बिहान विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा २ सय खुकुरा, ३ हजार चल्ला, दाना र फर्मको कच्ची घरसमेत जल्दा रु ९ लाख ५० हजार बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

उनका अनुसार आगोलाइ स्थानीयबासी र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।

 प्रदेश २ मा बुधबारदेखि सुरु हुने कोरोनाविरुद्वको खोप अभियान आठै जिल्लामा एकैसाथ सुरु गरिने भएको छ । प्रदेश २ मा ३४ हजार ८ सय ४ जनालाई खोप लगाउने तयारी गरिएको छ  ।

प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले आठवटै जिल्लाबाट एकै साथ अभियान सुरु गर्ने निर्णय गरेको छ । अभियानमा मुख्यमन्त्री र मन्त्रीले सहभागिता जनाउने निर्णय बैठकले गरेको छ ।

वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउत, अस्थायी राजधानी जनकपुरधाममा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र राजविराजमा सामाजिक विकास मन्त्री नलवलकिशोर साहले सहभागिता जनाउँदै खोप अभियान शुभारम्भ गर्ने निर्णय बैठकले गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पताल, जनकपुरधामस्थित प्रादेशिक अस्पताल, राजविराजस्थित गजेन्द्रनारायण सिंह तथा अन्य जिल्लामा जिल्ला अस्पतालबाट अभियान प्रारम्भ गरिनेछ ।

मुख्यमन्त्री र मन्त्रीहरु खोप शुभारम्भ गराउने कार्यक्रममा सहभागिता जनाए पनि उनीहरुले खोप नलगाउने भएका छन् । निर्देशिकामा फ्रन्टलाइनमा रहेका व्यक्तिलाई खोप दिइने उल्लेख रहेकाले पहिला फ्रन्टलाइनरलाई मात्रै खोप दिइने विषयमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ ।

सप्तरीका लागि ३ हजार ७ सय ५४, सिराहाका लागि ३ हजार ९ सय ३०, धनुषाका लागि ९ हजार १ सय ८२, महोत्तरीका लागि २ हजार १ सय ९१, सर्लाहीका लागि ४ हजार ७ सय ७२, रौतहटका लागि ३ हजार ६ सय ९, बाराका लागि २ हजार ३ सय ९५ र पर्साका लागि ४ हजार ९ सय ७१ डोज कोरोना खोप आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।