- पवन प्रसाद साह
सनातन संस्कृति समाज नेपाल पर्साको आमसभा शनिवार सम्पन्न भएको छ । समाजको जिल्ला अध्यक्ष शम्भु प्रसाद चौरसियोको सभापतीत्वमा मा सभा सम्पन्न भएको हो ।
सभामा केन्द्रिय सह–अध्यक्ष तारानाथ लुईंटेल, बरिष्ठ अधिवक्ता तथा केन्द्रिय बरिष्ट उपाध्यक्ष बिष्णु भट्टराई, महामन्त्री पुष्प पराजुली, केन्द्रीय सदस्य राज कृष्ण अमात्य, राप्रपा पर्साका अध्यक्ष अंगद ठाकुर, केन्द्रीय सदस्य गया हजरा, चन्द्रिका सहनी, उदित सहनी लगायतको उपस्थिती रहेको थियो ।
सनातन संस्कृति समाज नेपालको केन्द्रीय पदाधिकारीहरुले हिन्दुराष्ट्र र राजसंस्था बिना देश अगाड़ी बढ़न नसक्ने र सम्पूर्ण सनातनी हिंदुहरु एक ढिक्का हुनु पर्ने बताएका थिए ।
सभामा हिन्दू युवा संघका अध्यक्ष स्वः काशी तिवारीकी धर्म पत्नी बबिता तिवारीलाई दोसल्ल ओढाई सम्मान गरेको थियो भने कार्यक्रमको सहजिकरण अजय पौडेलले गरेका थिए ।
- राज बिश्वकर्मा
सर्लाहीको हरिवनमा प्रदेश २ स्तरीय खुल्ला आमन्त्रीत डोरीतान प्रतियोगीता हुने भएको छ । नेपाल डोरीतान संघ प्रदेश नं. २ को आयोजनामा प्रदेश स्तरीय खुल्ला आमन्त्रीत डोरीतान प्रतियोगीता आयोजना हुन लागेको आयोजकले बताएको छ ।
शनिवार हरिवन नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नेपाल डोरीतान संघ प्रदेश नं. २ का अध्यक्ष प्रभुनारायण शिवाकोटीले प्रतियोगीताको बारेमा जानकारि गराएका हुन । प्रतियोगीता यहि फागुन १७ र १८ गते हुने छ ।
प्रदेश २ का ८ वटै जिल्लाका १/१ टिम, नेपाल राष्ट्रिय भूतपुर्व सैनिक संघबाट एक टिमका साथै अन्य ५ टिम गरि १४ टिमको सहभागीता हुने प्रतियोगीतामा ९ लाख ३१ हजार खर्च हुने बताईएको छ ।
डोरीतान खेल तीन चरणको हुने भएपनि संघको आयोजनामा हुन लागेको खेलमा ८ जना खेलाडीको ६ सय के.जी. तौल हुनु पर्ने खेलको नियम रहेको संघले जनाएको छ । फागुन १० गतेसम्म आफ्नो टिम दर्ता गर्न सकिने प्रतियोगीतामा प्रथक हुने टिमलाई रु ३० हजार, मेडल, प्रमाण पत्र र ट्रफि र द्धितिय हुनेटिमलाई रु २० हजार मेडल, प्रमाण पत्र र ट्रफि प्रदान गरिने आयोजकले बताएको छ ।
हरिवन नगरपाकिला ११ को सुर्ति विकास खेल मैदानमा हुने प्रतियोगीता सञ्चालनको लागि हरिवन नगरपालिका लगायत छिमेकी स्थानिय निकायले सहयोग गर्ने आश्वासन दिएका अध्यक्ष शिवाकोटीले जानकारी दिए ।
प्रदेश २ मा हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्कि सडक निर्माण सम्पन्न भएको तथ्यांक सार्वजनिक गरिएको छ ।
शनिवार एक कार्यक्रमका बिच प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म निर्माण गरिएको पक्कि सडकको बारेमा पत्रकार सम्मलन गरि जानकारि गराएको हो । प्रदेशमा कालोपत्रे सडक ५०.९५ किलोमिटर, पक्की सडक ढलान ७४.९० किलोमिटर र ग्राभेल सडक १७०.१७ किलोमिटर निर्माण सम्पन्न भएको बताइएको छ ।
त्यस्तै ३० वटा पुल निर्माणको क्रममा रहेको, ५.५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९.८१ किलोमिटर नयाँ कच्ची सडक निर्माणकार्य सम्पन्न भएको छ । नीति तथा कार्यक्रममा रहेको १० वटा झोलुङ्गे पुलमध्ये तीनवटाको निर्माण कार्य सम्पन्न भएको समेत बताईएको छ ।
यसैबिच प्रदेश २ सरकारद्वारा फागुन महिनाभित्रै प्रदेश परिवहन सञ्चालन गर्ने गृहकार्य भइरहेको जानकारि दिईएको छ । प्रदेश परिवहन सञ्चालनका लागि प्रदेश सरकारद्वारा रु तीन करोड नौ लाख ८२ हजारमा पाँचवटा बस खरीद गरिसकेको छ ।
सरकारले एक अर्ब लगानीमा इन्टरनेटमा आउने सामग्री (कन्टेन्ट) फिल्टरिङ गर्ने सिस्टम राख्ने भएको छ । समाजमा नकारात्मक असर परेको भन्दै सरकारले त्यस्ता सामग्री ब्लक गर्ने प्रणाली भित्र्याउने भएको हो ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यही फागुनदेखि कन्टेन्ट फिल्टरिङ लागू गर्ने भन्दै चालु आर्थिक वर्षको बजेटमा एक अर्ब रुपैयाँ समेत छुट्याएको थियो ।
शनिबार प्रविधि पत्रकार मञ्च (टीजेएफ) ले आयोजना गरेको ‘इन्टरनेटमा कन्टेन्ट फिल्टरिङ नेपालका लागि कति आवश्यक’ विषयक कार्यक्रममा बोल्दै प्राधिकरणका निर्देर्शक विजयकुमार रोयले यस विषयमा अध्ययन भइरहेको बताए ।
‘अहिले हामी नेपालमा विभिन्न नाकाबाट भित्रिने व्यान्डविथको ट्राफिकको अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘त्यसै आधारमा इन्टरनेटमा आउने सामग्री नियन्त्रण गर्नेगरी यो योजना अगाडि बढेको हो ।’
उनले कुनै व्यक्ति वा संस्थाको सामग्रीलाई नियन्त्रण गर्ने यसको उद्देश्य नभएको स्पष्ट पारे । सरोकारवालाहरुले भने सरकारले यसबाट के गर्न खोजेको हो भन्ने विषय नै स्पष्ट नभएको बताए ।