२०८३ जेष्ठ १६ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १६ शनिबार

लाटोले लाटोकै भाषामा बोल्छ मुखमा बुझो लाउन नखोज्नु
यो स्वार्थी दुनियाँमा कहीँ कसैबाट माया प्रेम पाउन नखोज्नु !
इर्ष्या लोभ घमण्ड र अहमको विचित्र संसारमा रुमलिएको छ
अरुको सपनाको महल देखेर आफुपनि सपना सजाउन नखोज्नु !

मलाई यो शहर मान्छेको रहरले उजाडिएको वन जस्तो लाग्छ
इच्छा चाहाना र तृष्णाले गर्दा मान्छेको घृणित मन जस्तो लाग्छ
किन हो हिजो आज एकान्तमा आफुले आँफैलाइ सोचि रहन्छु
म आँफैलाई एक मौनतामा अल्झिएको जीवन जस्तो लाग्छ !

त्यो नदिमा जस्तै मन बग्ने कुनै नाउ भेटिएन
अविरल बग्यो नदी झैं पुग्ने कुनै ठाउँ भेटिएन
कछुवाको चालमा सुस्त सुस्त हिंडी नै रहेको छु
मनको भारी बिसाएर बस्ने कुनै गाउँ भेटिएन !

गरिबको पैतला खुकुरीको धारमा टेकिनु पर्छ
उ साबुन हो अरुलाई चम्काउनलाई मेटिनु पर्छ ​
सधैं आयो मजदुर दिवस मजदुरको दिन आएन
जसरी मालिकलाई मनाउन मजदुर रित्तिनु पर्छ !

अनौठो मौनताको संम्वादले पनि बिथोल्ने रहेछ यो मन
यो चिसो हावाको उन्मादले पनि बिथोल्ने रहेछ यो मन
म आफुले आफैँलाई नियाल्दा पत्थर हुँ जस्तो लाग्थ्यो
तर किन अचेल तिम्रो यादले पनि बिथोल्ने रहेछ यो मन !

बारामा ७६ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कोल्हवी नगरपालिका-८ बस्ने ३९ वर्षीय दलबहादुर लामा पक्राउ परेका हुन् ।

दलबहादुरले वृद्धालाई मकै बारीमा लगेर आइतबार बिहान जबरजस्ती करणी गरेको अभियोग लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

दलबहादुरविरूद्ध जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाराबाट पहिलो पटक ५ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ ।

अवैध रुपमा डिजल भारततर्फ निकासी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाँउपालिका -३ बस्ने ३३ वर्षीय रामकृष्ण उप्रेती, राक्सीराङ गाउँपालिका- ३ बस्ने २१ वर्षीय अशोक पाख्रीन र पर्साको वीरगञ्ज महानगरपालिका- २२ का शम्भु महतो पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ परेका उप्रेती ना.७ ख १५११ नम्बरको ट्याङ्कर चालक, पाख्रीन सहचालक र गुप्ता स्वेता आलय ट्रेडर्सको मुन्सी हुन् ।

आइतबार राति ६:५० बजे च्याम्बरमा १ हजार लिटर र ट्याङ्करको फ्युल ट्याङकमा ३६० लिटर गरी जम्मा १ हजार ३६० लिटर डिजेल भारततर्फ निकासी गर्दैगर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कायालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

वीरगञ्ज-२२ जगरनाथपुरस्थित स्वेता आयल ट्रेडर्सबाट ट्याङ्करमा डिजेल भरेर अवैध रुपमा निकासी गर्न आईसीपीको मुल बाटो हुँदै भारततर्फ जाँदै गरेको छ, भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो । आईसीपीको मुलगेटमा ट्याङ्कर रोकेर चेकजाँच गर्दा उक्त परिमाणको डिजेल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सर्लाहीको लालबन्दीमा गणकहरुका लागी ३ दिने तालीम सोमबारबाट सुरु भएको छ । लालबन्दी स्थित थकाली होटलमा तालीम सुरु भएको हो ।

खानेपानी सरसफाई तथा स्वच्छता (खासत्व) योजना बिकाश कार्यक्रम अन्तर्गत तथ्यांक संकलकका लागी N-WASH Applications सम्बन्धि ३ दिने तालीमको आयोजना गरिएको हो । युनिसेफको आर्थिक सहयोग, छाया नेपालको प्राबिधिक सहयोग र लालबन्दी नगरपालीकाको सहजिकरणमा लालबन्दी नगरपालीका भरि हुन लागेको सर्वेका लागी तालीमको आयोजना गरिएको युनिसेफको लालबन्दी प्रतिनिधि अजित कुमारले जानकारि दिनुभयो ।

नेपाल सरकारको सबै नेपाली जनतालाई आधारभूत खानेपानी र सरसफाइ सेवा उपलब्ध गराउने राष्ट्रिय लक्ष्य पुर्ति गर्नका लागी देशको ७५३ ओटै स्थानिय तहमा खानेपानी तथा सरसफाई सम्बन्धि सर्वेक्षण गर्दैछ । सोहि लक्ष्य प्राप्तिका लागी सरकारले युनिसेफ तथा छाया नेपाल सँग सहकार्य गरि कार्यक्रम संचालन गर्न लागेको छाया नेपालका एक प्रतिनिधिले बताए ।

लालबन्दी नगरपालीकाका १७ ओटै वडाका एक एक जनालाई सहभागी गराएर तालीम भईरहेको र सहभागीलाई मोबाईल एप्लिकेशनबाट फर्म भर्नका लागी तालीम प्रदान गरिएको बताईएको छ । तालीम पश्चात सहभागीले आफ्नो वडाको खानेपानी तथा सरसफाईका बिषयमा मोबाईल एप मार्फत सर्वेक्षण गर्नेछन ।

देशभरिका नगरपालिकाहरुको विभिन्न योजना तथा विकास निर्माणमा लगानी गर्दै आएको ‘नगर विकास कोष’ले आफ्नो ३३ औँ वार्षिकोत्सवको अवशरमा सर्लाहीको लालबन्दी नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गर्दै सम्मान गरेको छ । कोषको लगानीमा निर्माण भएका देशभरिका आयोजनाहरु मध्ये लालबन्दी नगरलाई सफल कार्यान्वयन तथा व्यवस्थापन गर्ने उत्कृष्ट नगरपालिका घोषणा गरि कदर- पत्र सहित रु.१ लाख नगद पुरस्कार सहित सम्मान गरेको छ ।

कोषद्वारा कार्यक्रममा नगर प्रमुख मान बहादुर खड्का सहित लेखा अधिकृत नेत्र बहादुर पाख्रिन, इन्जीनियर रोशन कुमार पण्डित समेतलाई आमन्त्रण गरि सम्मान गरेको हो ।

शहरी विकास मन्त्री प्रभू साहबाट सम्मान पाएको नगरपालिकाले कोषको लगानीमा डुमडुमे मन्दिर नजिक ६ तल्ले ब्यवसायिक भवन निर्माण गरिरहेको छ भने अघिल्ला आर्थिक बर्षहरुमा समेत बिभिन्न निर्माण कार्यहरु गरेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।