२०८३ जेष्ठ १६ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १६ शनिबार

बिरामी वालकको मृत्यु भएपछि लालबन्दीमा शुक्रवार दिनभर जसोभएको तनावको स्थिती साम्य भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–६, का रमेश गिरीको ७ महिने छोराको मृत्यृपछि आक्रोशित आफन्त तथा गाउँलेले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर चक्काजाम गर्ने प्रयास समेत गरेका थिए भने वालकको शवलाई एम्बुलेन्समै राखेर राजमार्ग अवरुद्ध गर्ने प्रयास गरेका थिए । घट्नाले ठुलो रुप लिन सक्ने आशंकामा बाक्लै प्रहरि परिचालन समेत गरिएको थियो ।

घट्नाका बिच प्रहरिले सम्झाए पछि पिडित पक्ष केहि मत्थर भएका थिए । उपचारका लागी लालबन्दी बजारस्थित गाउँमैत्री बाल अस्पतालमा भर्ना गरिएका बालकलाई थप उपचारका लागी शुक्रवार बिहान समर नर्सिङ होम जनकपुर लगिएकोमा अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । चिकित्सकले बेलैमा रेफर नगरेकाले घटना भएको भन्दै आक्रोशित आफन्त र गाउँले प्रदर्शनमा उत्रिएका थिए ।

ईलाका प्रहरि कार्यालय लालबन्दीले दिएको जानकारिका अनुसार कुनै अप्रिय घट्ना नहोस भनेर लालबन्दी गाउँमैत्रीका बरिष्ट चिकित्सक अर्जुन लामालाई हिरासतमा लिएर पिडित पक्षसँग छलफल गरिएको छ । जिल्ला प्रहरि कार्यालय सर्लाहीका एसपि, डिएसपि सहितका सुरक्षा निकायका ब्यक्तित्वहरुको उपस्थितीमा छलफल भएको बताईएको छ ।

श्रोतका अनुसार गाउँमैत्री बाल अस्पतालले क्षमायाचना सहित केहि रकम क्षतिपुर्ती दिने सहमती भए पश्चात पिडित आफन्तले बालकको शव बुझेर लगेका छन ।

कति पैसा दिने सहमती भयो भन्ने बिषयमा आफुहरुलाई समेत थाहा नभएको प्रहरि श्रोतले बताएको छ ।

सरकारले प्रक्रिया थालेको ६ महिनापछि बल्ल बंगलादेशसँग खरिद गरेको मल नेपाल आइपुग्ने निश्चित भएको छ ।

बंगलादेशसँग जीटुजीमा खरिद गरेको युरिया मलको पहिलो लट कलकात्ता आइपुगेको र साता दिनभित्रै उक्त मल नेपाल आइपुग्ने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीको दाबीअनुसार २२ हजार ५ सय मेटि्रकटन मल अर्को सातासम्म नेपाल भित्रिने छ ।

पहिलो खेप ब्लकमा ल्याउन लागिएको मल कलकत्ता आइपुगेको र शनिबारबाट नेपाल पठाउन उक्त मलको अनलोड सुरु हुने कृषि सामाग्री कम्पनी लिमिटेडका सूचना अधिकारी विष्णु पोख्रेलले बताए ।

कलकत्ताबाट रेल मार्गमार्फत नेपालको तीन वटा नाकामा मल आइपुग्ने छ । भैरहवा, विराटनगर र वीरगन्जस्थित गोदाममा उक्त मल आइपुग्ने कम्पनीले जनाएको छ ।

बंगलादेशसँग सरकारले ५० हजार मेटि्रकटन यूरिया मल खरिद गर्ने प्रक्रिया गत भदौमा सुरु गरेको थियो ।

दुई देशका प्रधानमन्त्रीबीच भदौ १६ मा भएको कुराकानीपछि मल खरिदको औपचारिक प्रक्रिया सुरु भएको थियो ।

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका डा. निर्मलकुमार विश्वकर्मा र बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका लोकदर्शन रेग्मीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजदूतद्वय विश्वकर्मा र रेग्मीले विहीबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त गरेकी थिइन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।