सर्लाहीको उत्तरि भेग चुरे नजिक पर्ने एक सरकारी बिद्यालयमा अध्ययनरत बालबालीकालाई शनिवार बिद्यालय झोला बितरण गरिएको छ । स्कुल ब्याग पाएपछि दुर्गम क्षेत्रमा पर्ने बिद्यालयमा अध्ययनरत बिद्यार्थीको मुहारमा खुसि छाएको छ ।
बजार तथा राजमार्गबाट निकै भित्र सिन्धुलीको सिमाना नजिकमा पर्ने बिद्यालयका बालबालीकामा खुसि भर्ने काम गरेको हो ‘स्वर्णिका श्रेष्ठ स्मृति प्रतिष्ठान र जनज्योति भूतपूर्व विद्यार्थी समाज’ले ।

लालबन्दी नगरपालीका वडा नम्बर १५ को सिरकालीञ्जोरमा पर्ने जनता आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई प्रतिष्ठान र समाजले संयुक्त रुपमा २५० थान स्कुल ब्याग बितरण गरेका हुन । जनज्योति भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष कृष्ण भण्डारीका अनुसार विद्यालयका शिक्षक, स्थानीय अभिभावक र शिक्षाप्रेमीहरुको उपस्थितिमा विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा स्वर्णिका श्रेष्ठ स्मृति प्रतिष्ठानका संरक्षक एवम् समाजसेवी श्याम श्रेष्ठ, जनज्योति भुपु विद्यार्थी समाजका अध्यक्ष कृष्ण भण्डारी, नबराज पौडेल, रमेश पौडेल, सन्तोष गौतम, विद्यालयका प्रधानाध्यापक नहिन्द्रराज भट्टराई, नेकपा सर्लाही जिल्ला कमिटी सदस्य कृष्ण गौतम, लालबन्दी नगरपालिका वडा नम्बर १५ का अध्यक्ष गोरख बल र १६ नम्बरका वडाध्यक्ष गणेश थापा, लालबन्दी जेसिजका अध्यक्ष श्याम खडका लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
- पवन प्रसाद साह, वीरगञ्ज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा वीरगञ्जको होली मिलन कार्यक्रम सम्पन्न भएको छ । राप्रपाको वीरगञ्ज महानगरपालीका वडा नम्बर १७ अलौ गाउँ कमिटिद्वारा शनिवार होली मिलन कार्यक्रम गरिएको हो ।
मकवानपुर जिल्लाको तिरखण्डीमा एक समारोहका बिच होली मिलन कार्यक्रम सम्पन भएको हो । कार्यक्रम राप्रपा अलौं गाउँ कमिटीका अध्यक्ष छठु साह कानु को सभापतित्व रहेको थियो ।
कार्यक्रममा राप्रपाका जिल्ला सदस्य तथा सल्लाहकार देबेन्द्र, पार्टी मुस्लिम संगठनका केन्द्रीय सदस्य अमरहुसेन पवरिया, पार्टीको दलित संगठनका केन्द्रीय सदस्य उमेश राम, युवा नेता मिश्रि साह कानु, बिसनु राम, बिजेश्वर साह कानु, राजकपुर गुप्ता लगाएतका राप्रपा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
सर्लाहीको चन्द्रनगरमा दलित समुदायको लागी शसक्तिकरण तथा क्षमता बिकाश तालीम सुरु भएको छ ।
शनिवार बिहान एक औपचारिक कार्यक्रमका बिच तालीमको शुभारम्भ भएको हो । २ दिन सम्म चल्ने तालीमलाई चन्द्रनगर गाउँपालीकाको कार्यालयले आर्थीक सहयोग गरेको छ । वातावरण संरक्षण तथा मानव बिकाश संस्था नेपाल सुनसरिले तालीमको आयोजना गरेको हो ।

तालीममा सर्लाही जिल्लामै सबैभन्दा बढि दलित समुदायको बसोवास रहेको चन्द्रनगर गाउँपालीकाका दलित समुदायलाई आफ्नो हक अधिकारको बारेमा जानकारि गराउनुका साथै संबिधानमा रहेका दलितका हक अधिकारका बारेमा जानकारि गराईने संस्थाका अध्यक्ष तथा कार्यक्रम संचालक भुवनेश्वर साहले जानकारि दिए ।
सहभागीलाई लामो समयदेखि दलित समुदायको हक अधिकारका लागी सक्रिय तथा प्रशिक्षक अमर बराईलीले प्रशिक्षण दिनेछन ।
गाउँपालीका अध्यक्ष महेन्द्र महतोको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकिय अधिकृत असोक साहको बिशिष्ट अतिथी रहेको कार्यक्रममा पालीकाका सञ्जय महतो, कृष्ण आचार्य लगाएत स्थानिय समाजसेवि तथा दलित समुदायका बिद्यार्थीका लागी निशुल्क ट्युसन कक्षा संचालन तथा १००० बालबालीकालाई शैक्षिक सामाग्री बितरण गरेर चर्चामा आएका शिवनाथ राउतको उपस्थिती आतिथ्यता रहेको थियो ।
तालीममा पालीकाका दलित समुदायका ३५ जनाको सहभागीता रहेको छ ।