नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । गत फागुन ४ गते पनि एक हप्ता नबित्दै मूल्य बढाइएको थियो ।
डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै हवाई इन्धन बाहृयतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्य बृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मटितेलको भाउ ९९ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुर्याइएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत छ ।
मूल्यवृद्धिपछि आन्तर्राष्ट्रिय उडानतर्फको प्रति किलोलिटर मूल्य अमेरिकी डलर ८९३ पुगेको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजार कच्चा तेलको मूल्यमा भएको बृद्धिका कारण भारतीय आयल कर्पाेरेसनबाट बढेर मूल्य प्राप्त भएको निगमले जनाएको छ ।
मूल्य समायोजन पछि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ पैसा, डिजेलमा प्रतिलिटर ६.५६ तथा एलपी ग्याँसमा प्रति सिलिन्डर ३९२.८२ पैसा घाटा रहेको निगमले बताएको छ । अहिले पनि अर्धमासिक रूपमा करिब एक अर्ब ३२ करोड घाटा नै रहने निगमले जनाएको छ ।
हालको मूल्य समायोजन पछि पनि भारतीय सीमा रक्सौलमा भन्दा वीरगञ्ज क्षेत्रमा पेट्रोल ३५. ९३ पैसा र डिजेल प्रतिलिटर ४२.०७ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।
नेत्रबिक्रम चन्द विप्लव समुहको नेकपाका सर्लाही र महोत्तरी जिल्लाका इन्चार्ज सोमबार पक्राउ परेका छन् ।
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ स्थित ताराचौरीबाट विप्लव समूहका सर्लाही र महोत्तरी इन्चार्ज कमलबहादुर सुस्लिङ मगरलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका ६ बस्ने मगरलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट शान्तिविरुद्धको कसुर मुद्दामा ७ दिनको म्याद थप गराई अन्य अनुस्न्धान गरिरहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
- क्षितिज बिश्वकर्मा
सर्लाहीको चन्द्रनगर गाउँपालीकामा आईतवारबाट अपाङ्गता भएका ब्यक्तिहरुका लागी क्षमता अभिबृद्धि तालीम सुरु भएको छ ।

वातावरण संरक्षण तथा मानव बिकाश संस्थाको आयोजनामा गाउँपालीका भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुका लागी तालीम सुरु भएको हो । चन्द्रनगर गाउँपालीका वडा नम्बर २ को श्री दुर्गा खोवारि जनता माबिको एक हलमा ५० जना बिभिन्न किसिमका अपाङ्गता भएका ब्यक्तिहरुका लागी क्षमता अभिबृद्धि तालीम सुरु भएको गाउँपालीका स्तरिय अपङ्गगता समावेशि बिकाश केन्द्र नेपाल चन्द्रनगरका सचिव रबि शाह रौनियारले जानकारि दिनुभयो ।

तालीममा सहभागी विविध अपाङ्गता भएका ब्यक्तिहरुका लागी प्रशिक्षक खुवलाल चौधरिले हक अधिकारका साथै नियम, कानुन तथा संबिधानमा उल्लेख भएका कुराहरुका बारेमा प्रशिक्षण दिनेछन ।
वातावरण संरक्षण तथा मानव बिकाश संस्थाका अध्यक्ष भुवनेश्वर साहको सभापतीत्व तथा चन्द्रनगर गाउँपालीका अध्यक्ष महेन्द्र महतोको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको तालीममा गाउँपालीकाका प्रशासकिय अधिकृत सहित अन्य कर्मचारिको उपस्थिती रहेको थियो ।

तालीमलाई चन्द्रनगर गाउँपालीकाले आर्थिक सहयोग गरेको छ ।