२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले जेठदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्‍चालनको तयारी गरेको छ ।

यो प्रणाली सञ्चालनमा आएपछि अवैध रुपमा भित्रिएका मोबाइल फोन नेपालमा नचल्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार यो प्रणाली सञ्‍चालनमा आएपछि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी कोड (आईएमईआई) दर्ता नभएका मोबाइल नेपालका कुनै पनि नेटवर्कमा चल्दैनन् । यो उपकरण जडान भएपछि अवैध रुपमा नेपालमा भित्रिने मोबाइल बन्द भई राजस्व वृद्धि हुने साथै मोबाइल सेवा सुरक्षित तथा भरपर्दो हुने उहाँले बताउनुभयो ।

यसैगरी उनले आईकाओसम्बन्धी सन्धि तथा दूरसञ्‍चार ऐनको व्यवस्थाअनुसार १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी एयरलाइन्सहरुले पनि दूरसञ्‍चार सेवा प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी पनि भइरहेको बताउनुभयो ।

सर्लाहीको चन्द्रनगरमा गाउँपालीका सारेको भन्ने विवादमा तनावको स्थिती सिर्जना भएको छ । गाउँपालीका अध्यक्ष महेन्द्र महतोले आफ्नो पक्षको मान्छेहरु लगाएर रातारात पालीकाको कागजात सारेको भन्दै स्थानियले गाउँपालीका घेराउ गर्दै तालाबन्दी तथा नारावाजी गरेका हुन ।

शुक्रवार बिहान शिक्षा शाखाको कागजात सारेको भन्दै स्थानियले बिरोध गर्दै कार्यालय घेराउ, तालाबन्दी तथा नारावाजि गरेका हुन । वडा नं. ६ र ७ मा पर्ने नाढीमन ताल परिसरमा रहेको गाउँपालीकाको कार्यालय अध्यक्ष महतोले वडा नं. २  बबरगंग सार्न लागेको स्थानियको आरोप छ । करिव १००० भन्दा बढिको संख्यामा उपस्थित भएका स्थानियले राजेन्द्र महतो, उपेन्द्र महतो तथा महेन्द्र महतोको बलजफ्तीले आफ्नै गाउँमा कार्यालय सार्न लागेको आरोप लगाएका छन ।

यता गाउँपालीका अध्यक्ष महेन्द्र महतोले भने कागजात सारेको भन्ने कुरा झुटो आरोप मात्र भएको बताएका छन । लिड न्युज सँगको कुराकानीमा अध्यक्ष महतोले भोली शनिवार बिशेष परिषद रहेको कारणले बिरोधिले राजनिति गरेर अभद्र ब्यवहार देखाएको आरोप लगाए ।

अध्यक्ष महतोले कसैले भनेको भरमा कार्यालय सार्न नमिल्ने भन्दै परिषमा दुई तिहाई बहुमतले पारित गरेको खण्डमा प्रदेश तथा केन्द्रको निर्देशनमा मात्रै कार्यालय सार्न मिल्ने बताए । ७ वटा वडा रहेको पालीकामा सबैलाई बिचमा पर्ने गरि कार्यालय सार्ने कुरा चलिरहेको भएपनी त्यसो नगरिएको बताए ।

शुक्रवार दिउँसो गाउँपालीका कार्यालय परिषरमा विवाद भएपछि नेपाल प्रहरि, शसस्त्र तथा जनपथ प्रहरि बाक्लो रुपमा परिचालन गरिएको छ । विवादका बिच अश्रु ग्यास प्रहार गरि प्रहरिले स्थिती नियन्त्रणमा लिने प्रयास गरेको तथा गाउँपालीका अध्यक्ष महतोको स्वकिय सचिव राम कैलास साहलाई प्रहरिले लिएर गएको बताईएको छ । उनलाई प्रदर्शनकारिले घेरेर राखेका थिए ।


यता गाउँपालीका अध्यक्ष महतोले आफु खाना खाएर कार्यालय जान खोजेपनि तनावपुर्ण अवस्थाका कारण बिच बाटो मै रोकिएको बताए ।

फरहदवामा सामुदायिक भवन निर्माण हुने भएको छ । प्रदेश सांसद उपेन्द्र महतोले बिहिवार भवनको शिलान्यास गरेसँगै भवन बन्ने पक्का भएको हो ।

गाउँमा हुने कुनै पनी सामाजिक कार्यका लागी भवन नभएपछि सांसद महतोकै पहलमा प्रदेश सरकारको सामाजिक बिकाश मन्त्रालयले २० लाख बजेट बिनियोजन गरेको छ । जसपाका युवा नेता दिगेश्वर नायकका अनुसार उपभोक्ता समिती मार्फत भवन निर्माण हुने भएकोले मन्त्रालयले सुनिश्चित गरेको २० लाखमा १० प्रतिशत थप गरी २२ लाख बढीमा सामुदायिक भवन निर्माण हुने छ ।

सामुदायिक भवन निर्माणको लागि स्थानिय ननिपत महतोले दश धुर जगा दान गर्नुभएको स्थानिय बिजय साहले बताउनुभयो ।

कार्यक्रममा स्थानिय जनसमुदाय, बिभिन्न राजनितीक दलका स्थानिय नेता लगायत जसपाका जिल्ला अध्यक्ष नागेश्वर महतो, दिगेश्वर नायक, महेश पासवान, उपेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।


सर्लाहीको हरिपुर नगरपालीका ३ फरहदवामा कुनै पनि सामाजिक कार्य गर्न भवन नरहेको र स्थानीय जनसमुदायको आवश्यकतालाई मध्यनजर गर्दै सामुदायिक भवन बनाउन रकम बिनियोजन गराउन पहल गरेको भन्दै स्थानीयले प्रदेश सांसद महतोलाई धन्यवाद दिएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।