२०८३ जेष्ठ ४ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ४ सोमबार

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुको आइतवार सदरमुकाम मलंगवामा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रममा महासंघका निर्वतमान अध्यक्ष विश्वनाथ ठाकुरले नवनिर्वाचित कार्य समितिका अध्यक्ष टंकबहादुर क्षेत्रीलाई नेतृत्व हस्तान्तरण गरेका छन् । सो अवसरमा निवर्तमान अध्यक्ष ठाकुरले निर्विरोध चयन भएको क्षेत्री नेतृत्वको कार्य समितिलाई बधाई एवं शुभकामना व्यक्त गरे ।

ठाकुरकै अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख जमुना पौडेल, मलंगवा नगरपालिकाका मेयर निरसल साह, प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, एमालेका जिल्ला अध्यक्ष रेवती पन्त, जसपाका जिल्ला अध्यक्ष वीरेन्द्र राय, नेपाली काँगे्रसका जिल्ला कार्य समितिका सदस्य जयप्रकाश मल्लिकलगायतले मन्तव्य राखे । उनीहरुले पनि कार्य समितिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष क्षेत्रीले आफू पत्रकारहरुको छाता संगठनको जिल्ला अध्यक्षमा रहुन्जेल पत्रकारहरुको हित र विकासमा काम गर्ने प्रतिवद्धता जनाए । उनले गलत मनासय राखेर पित पत्रकारिता गर्ने, तर्साउने, धम्काउने काम गर्न खोज्ने पत्रकारको कहिल्यै पनि पक्षपोषणा नगर्ने तर श्रमजीवी पत्रकारहरुलाई कुनै सारोगाह्रो तथा अप्ठेरो पर्दा सहयोग गर्ने बताए ।

नवनिर्वाचित कार्य समितिका सह–सचिव सत्यप्रकाश यादव (एसपी) ले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन निवर्तमान कार्य समितिका सचिव सिंहबहादुर थापा (श्रवण) ले गरेका थिए ।

स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ सर्लाहीको चन्द्रनगरमा खेलकुद प्रतियोगीता सुरु भएको छ ।

सर्लाही स्थित चन्द्रनगर गाउँपालीकाको आयोजनामा दोश्रो राष्ट्रपती रनिंग शिल्ड प्रतियोगीता सुरु भएको हो । प्रतियोगीताको आईतवार प्रदेश सांसद उपेन्द्र महतोले उद्घाटन गर्नुभएको छ ।

पालीका अध्यक्ष महेन्द्र महतोको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच सांसद महतोले रिवन काटेर प्रतियोगीताको उद्घाटन गर्नुभएको हो ।

सर्लाही जिल्लामा दुई कृति लोकार्पण भएका छन् । सर्लाही जिल्लाका बाउन्न गजलकारहरूको संयुक्त गजल कृति “ सर्लाहीका प्रतिनिधि गजलकार “ र खण्डकाव्यकार कुमार दाहाल कुसुमको “ मनु मञ्जरी “ खण्डकाव्य एकै साथ लोकार्पण भएका हुन् । एलिट आवासीय माध्यमिक विद्यालय बागमतीको प्रेक्षालयमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।

सर्लाहीका बाउन्न जना गजलकारहरूलगायत एलिट आवासीय माध्यमिक विद्यालयको संयुक्त संयोजनमा कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा. नवराज लम्साल र विशिष्ट अतिथि तथा सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल अभिनन्दित हुनुभएको थियो । सर्लाहीका साहित्यकारहरू तथा साहित्यानुरागीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा लालबन्दी नगर वाङ्मय परिषदका अध्यक्ष तथा गोलसिमल मासिकका प्रधान सम्पादक अच्युत अधिकारी, पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर, बाँकेका अध्यक्ष कपिल अञ्जान, सर्जक हेम प्रकाश मञ्जिल, कवि तथा गजलकार सुरेश सुवेदी, निबन्धकार माधव काफ्लेलगायत थुप्रै साहित्यकार,समाजसेवी तथा शिक्षासेवीहरू सम्मानित हुनुभएको थियो ।

एलिट आवासीय माध्यमिक विद्यालयका प्रमुख प्रजु लामिछानेको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमको संयोजन गजलकार कृष्ण दाहालले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण लालबन्दी नगर वाङ्मय परिषद्का कोषाध्यक्ष तथा गजलकार विवश पौडेल र स्वागत मन्तव्य लालबन्दी नगर वाङ्मय परिषदका सचिव तथा गद्यकवि सुमन घिमिरे अग्रिमले गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकारहरू देवराज पौडेल, अमृतबहादुर क्षेत्री, परशुराम घिमिरे निदान, निर्मल बराल, जीवन आचार्य निश्चल, एस.पि.बराल, गोविन्द काफ्ले, सर्लाही साहित्य समाजकी अध्यक्ष मीना देवकोटा, उपाध्यक्ष राजेश्वरी काफ्ले, सचिव उत्तम दाहाललगायतको समेत उपस्थिति रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।