२०८३ आश्विन १७ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन १७ शनिबार

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप ४५२९ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मङ्गलबार त्यहाँ २ लाख ६७३३४ जना थप सङ्क्रमित थपिएका छन् । गएको केही दिनयता भारतमा कोरोना सङ्क्रमितको संख्यामा केही कमि आएको भएयता पनि सोमबारको तुलनामा मङ्गलबार केही बढी सङ्क्रमित भएका छन् ।

भारतमा सोमबार कोरोना सङ्क्रमितको संख्या २ लाख ६३ हजार जना मात्र थियो भने मङ्गलबार पुनः २ लाख ६७३३४ जना थप सङ्क्रमित भएका छन् । गत सोमबार कोरोना सङ्क्रमितको यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको थियो ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ६७३३४ जना नयाँ संक्रमित भेटिएका हुन् ।अप्रिल महिनाको तुलनामा हरेक दिन संक्रमितहरुको संख्या घट्दै गएको देखिएको हो ।

अघिल्लो महिना यहाँ दैनिक कम्तीमा पनि ४ लाख मानिसमा संक्रमण देखिने गरेको थियो । मन्त्रालयले बुधबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ८३२४८ जनाको ज्यान गएको पनि बताइएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ५४ लाख ९६ हजार ३३० पुगेको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म भारतमा १८ करोड ५८ लाख ९ हजार भन्दा बढी खोप लगाईसकेका छन् ।मङ्गलबार एकै दिनमा भारतमा १३ लाख १२ हजार १५५ जनालाई कोरोनाविरुद्धको खोप लगाएका सरकारी स्रोतले जानकारी दिएको छ । भारतमा सङ्क्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन भने नगर्ने जनाएको छ । तर कतिपय शहरमा भने लगाइएको छ । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।