यस वर्ष मनसुन शुरू भएसँगै बाढी पहिरोबाट २७ जनाको मृत्यु भएको छ, २६ जना बेपत्ता छन् ।
यस्तै, सोही अवधीसम्ममा ६७६ घर परिवार विस्थापित भएका छन् । असारको १५ दिनमा बाढीपहिरोका १४४ वटा घटना भएका छन् । यी घटनामा
बाढीबाट ५८४, पहिरोबाट ३७ र भारी वर्षाबाट ५५ गरी ६७६ घरपरिवार विस्थापित भएका हुन्, ५७२ निजी आवासमा क्षति पुगेको छ । यसमध्ये ११० घर आंशिक र ४६२ घर पूर्ण क्षति भएका छन् ।
त्यस्तै, २१ वटा सरकारी कार्यालय, ५ वटा सरकारी तथा सामुदायिक विद्यालय, १९ वटा झोलुङ्गे पुल, ७ वटा पक्की पुल र १२ वटा जलविद्युत आयोजनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
मकवानपुर — मकवानपुरको सामरी खोलामा ठेकेदारले तोकिएको समयमै निर्माण नगरी अलपत्र पारेर राखेको पुल खोलाले बगाएको छ । मकवानपुरगढी गाउँपालिका–५ र ३ जोड्नका लागि सामरी खोलामा निर्माणधीन पुल बिहीबार राति आएको बाढीले बगाएको हो ।
पुल ५ वर्षदेखि ठेकेदारको लापरबाहीका कारण अलपत्र अवस्थामा रहेको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत तत्कालीन जिल्ला विकास समिति मकवानपुरले नागार्जुन–शंकर–माली जेबी ठेकेदार कम्पनीलाई करिब पाँच करोड ३७ लाख ९२ हजारको लागतमा निर्माण गर्न ठेक्का दिएको उक्त पुलमा हालसम्म तीनवटा पिल्लर निर्माण मात्र भएको छ । वर्षात् सुरु भएसँगै पुलमा फर्माहरु प्रयोग गरी ढलानको तयारी गरिएको थियो ।
२०७४ साल चैतसम्ममा पुल निमार्णको कार्य सकिनुपर्ने भएपनि अहिलेसम्म पुलको पिल्लर राख्ने बाहेक अरु कुनै काम भएको छैन । २०७३ सालदेखि पुल निमार्ण सुरु भएको थियो । सम्झौता अवधि सकिएको ४ वर्ष भइसक्दा पनि पुल निर्माण पूरा नभएकोभन्दै स्थानीयले आक्रोशित छन् । समयमै काम पूरा नहुँदा यस क्षेत्रका स्थानीय लामो समयदेखि सास्ती खेप्नु परिरहेका उनीहरुको भनाइ छ ।
पुल नहुँदा ५ नम्बर वडाका मानिसहरु हेटौंडा आउजाउका लागि तुइनको प्रयोग गर्ने गरेका छन् । त्यसक्षेत्रमा तरकारी र दूध बढी उत्पादन हुन्छ । ढलान गर्नका लागि तयार गरिएको फर्मा र थुपारिएको गिट्टी बालुवाका कारण आफ्नो घर बगाउने खतरा भएको स्थानीय नवराज न्यौपानेले बताए । ‘हामीले ठेकेदार तथा सरोकारवाला पक्षलाई धेरै पटक पुल निर्माण समयमै सम्पन्न गर्नका लागि दबाब दियौं । तर, कतैबाट केही सुनुवाई भएन ’, उनले थपे ।
गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले ठेकेदार, प्रदेश सरकार र जिल्ला समन्वय समितिलाई बारम्बार पुल निर्माणका लागि ध्यानाकर्षण गराएको भएपनि सबैले बेवास्ता गर्दा हालको अवस्था सिर्जना भएको बताए । ‘अब ठेक्का रद्ध गरी अर्को बोलपत्र आह्वान गरेर भएपनि पुल निर्माण छिट्टोभन्दा छिट्टो गर्न जरुरी छ,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पनि त्यसक्षेत्रको स्थलगत अनुगमन गरेका छन् । ‘पुलको निर्माण छिट्टोभन्दा छिट्टो कसरी निर्माण गर्न सकिन्छ भनेर सरोकारवाला पक्षसँग तत्काल छलफल गर्नेछु । अब आयोजना प्रमुखलाई जिम्मेवार बनाइनेछ ।’ आयोजना अहिले प्रदेश सरकार मातहतमा रहेकाले आफूहरुले समन्वय गर्ने प्रजिअ पाण्डेले बताए ।
१८ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा हालसम्म ४ लाख ३१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ८५३ कोरोना संक्रमितको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ४ लाख ५८ हजार नाघेको छ । गत २४ घण्टामा भारतको केरलामा १२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने महाराष्ट्रमा ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो केही समययता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या स्थिरजस्तै देखिएको छ । यद्यपि कोरोनाका सक्रिय संक्रमितको संख्या भने ५ लाख ९ हजारमा झरेको छ ।
१७ असार, काठमाडौं। चितवनको दुई छुट्टाछुटै ठाउँमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङ र एकजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए ।
अधिकारी अनुसार आफन्तको घर जाने क्रममा बाटोमाथिबाट आएको पहिरोमा चेपाङ पुरिएका थिए।
यस्तै राप्ती नगरपालिका-१२ मा पहिरो जाँदा एकै घरका चारजना बेपत्ता भएका छन् भने एकजनाको लाश भेटिएको एसपी अधिकारीले बताए ।
यस्तै दास ढुंगामा नजिकै ठूलो ढुंगा खस्दा पुन: सडक अवरुद्ध भएको उनले बताए ।