२०८३ जेष्ठ ४ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ४ सोमबार

सर्लाहीको परवानीपुरमा बुधवार साँझ बृहत बिरोध जुलुस निकालीएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको जनबर्गिय संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनले परवानीपुरमा सरकारको बिरोधमा राँके जुलुस निकालेको हो ।

अखिलका पुर्व केन्द्रिय सदस्य एवं हाल लाबन्दी नगरपालीका वडा नम्बर ६ का वडाअध्यक्ष उज्वल कुमार कार्किको संयोजकत्वमा भेला भएका करिव २०० जनाको समुहले परवानीपुरमा मसाल जुलुस निकालेको हो । सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १६ को बोहोरे डाँडा उक्लने फेदिमा जम्मा भएका बिद्यार्थी नेता तथा कार्यकर्ताहरुले माकुने चोर:देश छोड, माकुनेको पाराले : दुःख पायो साराले लगाएतका नारा लगाएका थिए ।

हातमा राँको लिएर परवानीपुर चोक बाट दक्षिण लागेको मसाल जुलुसलाई केहि समयमै अस्थायी प्रहरि पोस्ट परवानीपुरका असई बाबुराम भारती नेतृत्वको टोलीले बल प्रयोग गरि डिम जनता माबिको गेटमै रोकेको थियो । नेता माधव कुमार नेपालको सांकेतिक शवयात्रा सहित अगाडि बढेको जुलुसलाई प्रहरिले रोकेपछि शवको रुपमा बोकिएको पुत्ला जलाउँदै नारा जुलुस पश्चात कोणसभामा परिणत भएको थियो ।

अखिलको लालबन्दी कमिटिको आयोजनामा भएको जुलुसमा परवानीपुर, घारिबथान, लालबन्दी, मलंगवा लगाएतका स्थानबाट युवाहरुले सहभागीता जनाएका थिए । परवानीपुरको बोहोरेडाँडामा निर्मित शहिद पुष्पलालको शालिक बिहिवार नेता नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेकोले त्यसको बिरोधमा कार्यक्रम गरिएको बिद्यार्थी नेताहरुले बताएका छन ।

कम्युनिष्टको जन्मदाता एवं महान नेता पुष्पलालको शालिकलाई माकुने जस्तो अपवित्र र दलालहरुको सरदार, नेकपाको लागी कालो मान्छेले अनावरण गर्न आउन लागेको बिरोधमा तथा दलालहरुको सरकार गठबन्धनको बिरुद्धमा बृहत् मसाल जुलुस निकालीएको जुलुसका संयोजक एवं वडा नम्बर ६ का अध्यक्ष कार्किले बताउनुभयो । बिजय कुमार गच्छधार जस्ता भ्रष्टाचारि, आलम जस्ता ज्यानमारा अपराधी लगाएतको सपोर्टमा रहेको सरकारको बिरोधमा प्रदर्शन गरिएको कार्किको भनाई छ ।

https://www.youtube.com/watch?v=w9m4UUOSffI&t=90s

सर्लाहीको हरैयामा पोखरिमा डुबेर ३० बर्षका भुरकुर माझिको ज्यान गएको छ । मंगलवार राती करिव पौने ९ बजेको समयमा उनी पोखरिमा डुबि बेपत्ता भएका थिए ।

हरिपुर नगरपालीका ५ मा रहेको सार्वजनीक पोखरिमा स्थानिय रामपृत माझिका छोरा डुबेर बेपत्ता भएको भन्ने खबर पाएपछि ईलाका प्रहरि कार्यालय हरिपुरबाट र नेपाली सेनाको अगर्वा गणबाट गएको टोलीले जाल हानी शव निकालेका थिए । हरिपुरबाट गएको १५ जना प्रहरि र १९ जना नेपाली सेनाको टोलीले बुधवार करिव ११ बजेको समयमा पोखरिमा जाल हानी खोजतलास गर्ने क्रममा मृतकको शव भेटिएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरि निरिक्षक कृष्ण गिरीले बताए ।

मृतकको मानसिक सन्तुलन ठिक नभएको परिवारले बताएका छन ।

सर्लाहीको परवानीपुरमा रहेको श्री डिम जनता माध्यमिक बिद्यालयका ३० जना छात्रालाई बुधवार साईकल बितरण गरिएको छ । प्रदेश २ को बेटि पढाउ, बेटि बचाउ अभियान अन्तर्गत ३० जना छात्राहरुलाई साईकल बितरण गरिएको हो ।

बिद्यालयका ८ कक्षा उतिर्ण गरेका र हाल कक्षा ९ मा अध्ययन गर्दै गरेका छात्राहरुका लागी साईकल बितरण गरिएको हो । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजु कुमार बुडाथोकीको सभापतीत्व एवं लालबन्दी नगरपालीका वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापाको प्रमुख आतिथ्यतामा स्थानिय समाजसेवी, बुद्धिजिवी, शिक्षा प्रेमि, राजनितीक दलका प्रतिनिधिहरु तथा बिद्यार्थी, अभिभावकको उपस्थितीमा ३० थान साइकल बितरण गरिएको हो ।

कार्यक्रमको संचालन शिक्षक चक्र बिश्वकर्माले गर्नुभएको प्रधानाध्यापक ध्रुव भण्डारिले जानकारि दिनुभयो ।

खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको वुधवार छेठौं स्थापना दिवस सम्पन्न भएको छ ।

संस्थाको बाहुनी दोभान प्लान्ट लालबन्दी–१३ मा संस्थाका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षता तथा प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १३ मा बाहुनी दोभान प्लान्टमा रहेको प्लान्टमा स्थापना दिवस पारेर बिभिन्न जातका वृक्षारोपण कार्यक्रम समेत गरिएको छ ।

खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष अधिकारिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यस क्षेत्रका पुर्व सांसद तथा बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु संगै उपभोक्ताहरुको सहभागीता रहेको थियो ।

लालबन्दीका ३० घर बिपन्न परिवारलाई बुधवार बाख्रा बितरण गरिएको छ । सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १३ र १७ का ३० घर बिपन्न परिवारका लागी बाख्रा बितरण गरिएको हो । लायन्स क्लब अफ लालबन्दी सिटी, लायन्स क्लब अफ लालबन्दी र लायन्स क्लब अफ लालबन्दी सेन्चुरीको संयुक्त आयोजना ति दुई वडाका बिपन्न परिवारका लागी बाख्रा बितरण गरिएको हो ।

न्युन आर्जन भएका १३ र १७ नम्बर वडाका १५/१५ परिवारका लागी दुबै वडाको संयोजनमा १/१ ओटाका दरले बाख्रा बितरण गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीका जोन चियर पर्सन राज कुमार न्यौपानेले जानकारी दिनुभयो ।

लायन्स क्लब इन्टरनेस्नलका पाष्ट काउन्सिल चियर पर्सन (पिएमसिसि) भरत प्रसाद ढुंगेलको विशेष पहलमा तथा वडा नम्बर १३ का वडाध्यक्ष शिवकृष्ण वैद्य र १७ का नवराज अधिकारीको रोहबरमा न्युन आय भएका बिपन्न परिवारको जिवनस्तर उकास्नका निम्ति बाख्रा बितरण गरिएको हो । बितरित बाख्राबाट उत्पादन भएको पहिलो बच्चा लायन्स क्लबमार्फत सोही स्थानका अन्य विपन्न परिवारलाई वितरण गरिने छ ।

हाललाई २ ओटा वडामा बाख्रा बितरण गरिएको भएपनी आगामि दिनमा अन्य वडाका बिपन्न परिवारका लागी पनि बाख्रा बितरण गर्ने योजना रहेको लायन्स क्लब अफ लालबन्दी सिटीका चार्टर प्रेसिडेन्ट दिपेन्द्र अधिकारी बताउँछन । उनका अनुसार लायन्स क्लबले वितरण गरेका बाख्राको बिमा गरिएको छ भने सम्बन्धीत वडा कार्यालयबाट पशु सेवा चिकित्सकको समेत व्यवस्था गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।