२०८३ जेष्ठ २२ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ २२ शुक्रबार

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका त्रिभुवननगर स्थित प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन भएको छ । शुक्रवार एक समरोहका बीच प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन गरिएको उक्त भवनको २०७६ साल जेष्ठ ६ गतेबाट निर्माणकार्य सुरु गरिएको थियो । २ करोड ७० लाख रुपैयाँको लागतमा निर्माणकार्य सम्पन भएको भवन निर्माणको जिम्मा लामा कन्स्ट्रक्सन प्रालिले लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दियो ।

उक्त भवनमा कार्यालय, आवास गृह तथा मेशका लागि आवश्यकता अनुसारको कोठाको व्यवस्था गरिएको साथै खानेपानीको समेत समुचित व्यवस्था गरिएको सर्लाही प्रहरिले जनाएको छ ।

नेपाल भारत सिमा नजिकै रहेको उक्त चौकीको उद्घाटन गर्दै प्र.ना.म. रंजितकारले प्रहरीप्रति आमनागरिकको आस्था, विश्वास र भरोसाको साथै राष्ट्रको प्रतिष्ठा समेत जोडिएकाले प्रहरी कर्मचारीले आफ्नो व्यवसायीकता प्रदर्शन गर्दै सदैव ईमान्दार, कर्तव्यनिष्ठ र उच्च मनोबलका साथ कार्य गर्नुपर्ने बताए । सर्वसाधारणहरुको जिउ धन को सुरक्षाका लागि नै नेपाल प्रहरी खटिएको उनले बताए ।

कार्यक्रममा सर्लाही प्रहरी प्रमुख एसपी संतोष सिंह राठौर, सशस्त्र प्रहरी प्रमुख गंगाराम श्रेष्ठ, ब्रह्मपुरी गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय समाजसेवी, भद्रभलादमी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

रौतहटमा मानव अधिकार अनुगमन समिति गठन गरिएको छ । जिल्लामा पछिलो समय मानव अधिकार उल्लंघनका घटना बढेको र दोषी उन्मुक्ति पाउन थालेपछि त्यसलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि ७ (सात) सदसीय जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति गठन गरिएको छ । 

रास्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि अर्थात मानव अधिकार अधिकृत मनमाया राणाको विशेष उपस्थितीमा नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालय गौरमा शुक्रवार बसेको बैठकले उक्त समिति गठन गर्ने तथा पदाधिकारी चएन गर्ने निर्णय गरेको हो । बैठकबाट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई चएन गरिएको छ । अध्यक्ष झाको संयोजकत्वमा गठित मानव अधिकार अनुगमन समितिको सदस्यहरुमा नेपाल वार एसोसिएसनका जिल्ला अध्यक्ष राजाराम यादव, गैर सरकारी संस्था महासंघका अध्यक्ष रामपुकार यादव लगाएतलाई सर्वसहमतिले चएन गरिएको छ । 

जिल्लामा केही दिनयता घरेलु हिंसा, बलात्कार, यौन दुव्र्यवहार, वालविवाह, गालीगलौज, कुटपिट लगाएतका घटनामा वृद्धि भएको छ । यस्ता घटनाका दोषी कार्यवाहीको भागिदार हुनुपर्नेको सट्टा उन्मुक्ति पाउने गरेको र पिडितले न्याय नपाउने प्रवृति बढेको छ । तर अब कुनै पनि घटनाका पिडितलाई जसरी पनि न्याय दिलाउने र पिडक अर्थात दोषीलाई कानुनी कार्यवाही गर्नका लागि दवाव सृजना गर्ने काम यो गठित समितिले गर्ने नवगठित समितिका संयोजक एवं पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले बताए । 

जिल्लामा अब कुनै पनि घटना भए घटनास्थल पुगेर अनुगमन गर्ने र सत्य तथ्य पता लगाउने, पैरवी गर्ने, त्यसको पुर्ण विवरण सहितको प्रतिवेदन सम्बन्धित ठाउँमा पठाउने काम आफुहरु गर्ने मानव अधिकार अनुगमन समितिका संयोजक झाले बताए । 

कुनै पनि घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कार्यवाही र पिडितलाई न्याय दिलाउनका लागि दवाव सृजना गर्ने काम आफुहरु गर्ने भएको हुँदा अबदेखी कुनै पनि अपराधीले अपराध गरेर उन्मुक्ति पाउन नसक्ने उनले बताए ।

राष्ट्रिय शक्ति नेपाल जिल्ला शाखा सर्लाहीले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा लागू हुनु नहुने भन्दै त्यसको विरोधमा लालबन्दीमा बिहीबार दिउँसो बिरोध जुलुस निकालेको छ ।

‘एमसिसि धोका हो, देश बेच्ने पक्का हो’ लगाएतको एमसिसिको विरुद्धमा बिभिन्न किसिमका नाराहरु लेखिएका प्लेकार्ड सहित निस्किएको ¥याली लालबन्दी बजारको साझा संस्थादेखि डुमडुमे मन्दिरसम्म पुगेको थियो । जिल्ला शाखाका पदाधिकारी लगायत महिला समितिका सदस्य तथा अन्य जिल्लाका प्रतिनिधिहरु सम्मलित जुलुस अकलेश्वर महादेव मन्दिर (डुमडुमे) परिसरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

विरोध जुलुसमा सहभागी भएका बक्ताहरुले एमसिसि को बारेमा आ–आफ्नो धारणा राख्दै त्यसको विरोध गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ताहरु अन्जु कुमारी थपलिया, शंकर चौरसिया लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको महिला अभियानको महिला समिती सदस्य संगीता दाहालले जानकारि दिनुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।