महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रिय महाधिवेशन तथा रजत जयन्तिको तयारी बर्दिवासमा युद्धस्तरमा भईरहेको प्रतिष्ठानको मधेश प्रदेश समितीले जनाएको छ । यहि असोज २२, २३ र २४ गते बर्दिबास नगरपालिका ३ स्थित खुल्ला मञ्चमा केन्द्रिय महाधिवेशन तथा रजत जयन्ति आयोजना हुँदैछ ।

प्रतिष्ठान केन्द्रको आयोजना तथा मधेश प्रदेश कार्यसमिती सहआयोजकको रुपमा रहेको छ । कार्यक्रम नजिकिँदै गर्दा तयारीको काम ७५ प्रतिशत सम्पन्न भईसकेको सचिवालय समिती सदस्य रमेश खत्री पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बिभिन्न जिल्ला, केन्द्र, विदेश समिती, पर्यवेक्षक तथा अन्य आगन्तुकका लागी बासको ब्यवस्था मिलाईसकिएको छ । त्यसको लागी बर्दिबासका होटल ब्यवसायीले सहयोग गरेका छन ।
त्यसैगरि मञ्च तथा स्वागत गेटको ब्यवस्थापनको कार्य सुरु भएको छ । खाजा र नास्ताको लागी समेत ब्यवस्था गरिसकिएको छ । सचिवालय अन्तर्गत बिभिन्न समिती तथा उपसमितीले धमाधम काम गरिरहेका मधेश प्रदेश समिती अध्यक्ष रुद्रशेन विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा देशभरबाट करिव १५०० प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । मधेश प्रदेशमा पहिलो पटक हुन लागेको राष्ट्रियस्तरको कार्यक्रमलाई सफल पार्नका लागी प्रतिष्ठानको मधेश प्रदेश समितीसहित ८ ओटै जिल्ला कार्यसमिती लागी परेको छ ।
प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रममार्फत नयाँ नेतृत्व चयन गर्ने छ । मधेश प्रदेशमा हुने यो कार्यक्रमले पूर्व मेचिदेखि पश्चिम महाकालिसम्मका संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गर्ने मधेश प्रदेश सचिव विनोद ढुंगेलले बताउनुभयो । साथै यस कार्यक्रमले स्थानिय उत्पादन, ब्यवसाय तथा पर्यापर्यटनको प्रवर्धनमा समेत टेवा पुग्ने सचिव ढुंगेलको भनाई छ ।
यहाँ रहेको मध्यपाषाण युगको हतियार तथा औजार कारखानाको चर्चा र पर्यटकिय विकासका लागी समेत यो कार्यक्रम सहायकसिद्ध हुने सचिवालय सदस्य मञ्जु विश्वकर्माले बताउनुभयो ।










