क्षितिज बिश्वकर्मा, लालबन्दी | जङ्गली हात्तिले घर भत्काएर घर भित्र भएको खाने अन्न समेतमा क्षति पु¥याएपछि समस्यामा परेको परिवारलाई वडा कार्यालयले सहयोग गरेको छ । लालबन्दी नगरपालीका १६ भोर्लेनीको पुछार जंगल छेउको धान खेत सँगै रहेको हिरा तामाङ्गको फुसको घरको बाँसको टाटी बार भत्काई जंगली हात्तिले क्षति पु¥याएको हो ।
तामाङ्गको घर भित्र रहेको २ बोरा मकै, १ बोरा चामल ३ ओटा हात्तिको समुहले बार भत्काएर खाईदिएको पिडित तामाङ्गले बताए । अन्य ठाउँबाट आएर ज्याला मजदुरि गरि खाई बसेका तामाङ्गको घर भत्काएर अन्न समेतमा क्षति पु¥याएपछि वडा नम्बर १६ को कार्यालयले तत्कालका लागी १ बोरा चामल, १ लिटर तेल, १ केजी दाल सहयोग गरेको हो ।

वडा कार्यालयको तर्फबाट वडासदस्यहरु तिलक घलान र ईन्द्र बहादुर बस्नेतले पिडितलाई घरमै राहत स्वरुप खाद्यान्न पु¥याईदिनुभएको हो । पिडितलाई खाद्यान्न हस्तान्तरण पश्चात वडासदस्य घलानले लालबन्दी पोस्टसँग भने ‘राज्यले पछि के गर्ला त्यो थाहा भएन तर बिपन्न २ जनाको परिवारलाई समस्या परेपछि हामिले तत्काल सहयोग गर्ने निर्णय गरेका हौँ ।’
अस्थायी प्रहरि पोस्ट परवानीपुरका असई बाबुराम भारतीका अनुसार हात्तिले करिव २० हजार बराबरको धनमालमा क्षति पु¥याएको छ ।
आईतबार आएको जंगली हात्तिको समुहले पिडितको बाँसको टाटीबाट बनेको बार भत्काउनुका साथै मकै, गहुँ र तरकारिका साथै धानबालीमा समेत क्षति पु¥याएको छ ।
बारा/निजगढ

कार्यक्रममा अथिति डिस्ट्रिक DST कोअर्डिनेटर दिपक कृष्ण प्रजापति, एरिया कोअर्डिनेटर भरत प्रसाई, अड्रीसनल सेक्रेटरी मोहन अर्याल, रिजन चियर्स पर्सन महेश न्यौपाने, लायन्स क्लव अफ निजगढ का प्रेसिडेन्ट दीपेन्द्र श्रेष्ठ, लायन्स क्लव अफ निजगढ पिसका प्रेसिडेन्ट रंजन लामिछाने, पाष्ट प्रेसिडेन्ट पवन श्रेष्ठ, पाष्ट प्रेसिडेन्ट मनोज रेग्मी लगायत लायन्स सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य रिजन चियर्स पर्सन महेश न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रम संचालन जोन चियर्स पर्सन खड्ग प्रसाद उप्रेती ले गर्नुभएको थियो ।