सर्लाहीको परवानीपुरमा रहेको महिला साना किसान कृषि सहकारि संस्थाको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिवार लालबन्दी नगरपालीका १६ परवानीपुरमा रहेको श्री डिम जनता माध्यमिक बिद्यालयको प्रांगणमा बार्षिक साधारणसभा आयोजना गरिएको हो ।
सहकारिकी अध्यक्ष मिना स्यांगतानको अध्यक्षता एवं लालबन्दी नगरप्रमुख मान बहादुर खड्काको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको प्रबन्धक मधु गौतमले जानकरि दिनुभयो ।
कोरोना संक्रमण रोकथामका लागि बिगत डेढ वर्षदेखि बन्द रहेको सर्लाहीका सिमानाकाहरु शनिवारदेखि संचालनमा आएको छ ।
भारतिय पक्षले लगाएको बेरियर शुक्रवार साँझ ६ बजेबाट खोलेपछि सदरमुकाम मलंगवा तथा भारतीय बजार सोनवर्षा नाकामा सवारी साधनहरु संचालनमा आएको हो ।
केही दिन अघि नेपाल सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि भारतिय सिमा सुरक्षाकर्मी एस.एस.बीको अवरोधका कारण सीमानाकाहरु पूर्ण रुपमा खुला भएको थिएन । नाका खुलेपछि पछि दुवै देशका नागरिक कोभिड सुरक्षा सतर्कताको पालना गर्दै आवतजावत गर्न सक्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
चाडपर्वको बेला सिमानाका खुलेपछि मलंगवा तथा सिमाक्षेत्र आसपासका बासिन्दा खुसि भएका छन ।