सर्लाहीको लाबलन्दी १ नवलपुरमा भईरहेको चौथो वडाध्यक्षकप फुटवल प्रतयोगीता वडा नम्बर १६ ले जितेको छ ।
यहि असोज १५ गतेदेखि भईरहेको फुटवल प्रतियोगीताको उपाधि वडा नम्बर १६ को योङ्ग स्टार युवा क्लवले जितेको हो । आफ्नो जितका लागी वडा नम्बर १६ ले २ गोल गरेको थियो भने वडा नम्बर ६ ले १ गोल पनी गर्न सकेन ।

जित सँगै वडा नम्बर १६ ले ६६ हजार ६६६ र ३३ हजार ३३३ सहित शिल्ड, मेडल र प्रमाणपत्र जितेको छ भने वडा नम्बर ६ ले ५५ हजार ५५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै अनुसासित टिमको पुरस्कार वडा नम्बर ३ ले जितेको छ ।
लालबन्दी नगरपालीकाको आर्थीक सहयोग एवं वडा नम्बर १ को वडाकार्यालयको ब्यबस्थापन रहेको खेललाई स्थानिय जिवेश्वर युवा क्लवले संचालन गरेको थियो ।

लालबन्दी नगरपप्रमुख मान बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको खेलको समापन कार्यक्रममा पुर्व मन्त्री एवंं कांग्रेस नेता शम्भुलाल श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष पंचलाल स्यांबो, १६ का वडाध्यक्ष गणेश थापा, ६ का वडाध्यक्ष उज्वल कुमार कार्कि, वडा नम्बर ८ का राजन श्रेष्ठ, जेसिज बर्ष २०२१ का अध्यक्ष श्याम खड्का लगाएत रहेका थिए ।
एक्लो जिवन बिताईरहेका हास्य कलाकार मनोज गजुरेलले जोडि बाँधेका छन । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमवार विवाह गरेका छन ।
उनले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै आफूहरुले विवाह गरेको जानकारी गराएका छन ।
उनिहरुको बिवाह सोमवार बिहान डोलेश्वर महादेवको मन्दिरमा भएको हो । कलाकार गजुरेलले मानवसेवा आश्रम (कौशलटार)मा रहेका बृद्धबृद्धालाई खाना खुवाएर÷खाएर विवाह सम्पन्न गरेको भन्दै आफूहरुलाई शुभकामना र आशीर्वाद दिनेहरुलाई धन्यवाद ब्यक्त गरे ।
यसअघि मीना ढकालसित विवाह गरेका गजुरेलको ४ बर्ष अघि कानुनीरुपमा सम्बन्धविच्छेद भएको थियो ।
बजाजको प्लाटिना मोटरसाईकल किन्दा नेत्रगञ्जका बिट्टु कुमार गुप्ताले १० लाख रुपैयाँ जित्नुभएको छ ।
सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर २ नेत्रगञ्ज बस्ने गुप्ताले बजाजको १०० सिसिको प्लाटिना मोटरसाईकल खरिद गरेका थिए ।
उनले ‘दशैँ तिहार अफर अन्तर्गत लक्कि ड्र’ मार्फत गुप्ताले १० लाख रुपैयाँ जितेका रितीक ईन्टरप्राईजेज प्रा.लि.बजाज स्वरुम लालबन्दीका शाखा प्रमुख समिर साप्कोटाले जानकारि दिनुभयो ।
१० लाख बिजेता गूप्तालाई शनिवार उद्योग वाणिज्य संंघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी, बजाजका जेनेरल म्यानेजर रामेश्वर घिमिरे लगाएतको उपस्थितीमा चेक प्रदान गरिएको थियो ।
नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा कर्मचारी मिलान केन्द्र सर्लाहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, सर्लाहीको सक्रिय सहभागितामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कर्मचारी मिलान केन्द्र सर्लाहीका अध्यक्ष तथा राष्ट्रिय तेलवानी अनुसन्धान कार्यक्रम सर्लाही नवलपुरका संयोजक डा. विशेश्वर प्रसाद यादवको अध्यक्षता तथा सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं कर्मचारी मिलान केन्द्र सर्लाहीका संरक्षक राम कुमार महतोको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भएको हो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर प्रसाद पोखरेल, जिल्ला न्यायाधिवक्ता रिद्धिनाथ निरौला, प्रमुख सेनानी अभिषेक कार्की, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धान कार्यालय सर्लाहीका प्रमुख उप–अनुसन्धान निर्देशक दिलिप सिंह, डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव देव लगायत सर्लाही जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरु एवं अधिकृत, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सार्वजनिक सेवा प्रवाहका लागि निरन्तर खटिईरहनु हुने निजामती कर्मचारीहरु र राष्ट्र सेवामा २४ सै घण्टा अहोरात्र परिचालित सुरक्षाकर्मीहरु बीच सुदृढ सम्बन्ध विस्तार गर्दै नेतृत्व विकास, आपसी सदभाव, भाईचारा, सकारात्मक सोच अनि शारीरिक तथा मानसिक तन्दुरुस्तीका उदेश्यका साथ उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जानकारि दिएको छ ।
मैत्रीपुर्ण खेलमा सुरक्षाकर्मीको टिमले निजामती कर्मचारी टिमलाई २ का विरुद्व ५ गोल गरी प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बिजेता तथा उप–बिजेता टिमलाई प्रमाण–पत्र तथा ट्रफी प्रदान पश्चात शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो ।
सर्लाहीको लालबन्दीमा आईतवार नेकपा माओवादी केन्द्रले बृहत कार्यक्रम गरेको छ ।
लालबन्दी नगरपालीकाको वडा नम्बर ७ मा रहेको लालबन्दी पार्टी प्यालेसमा पुर्व मनत्री एवं माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश् २ अध्यक्ष प्रल्हाद बुडाथोकी, २ नम्बर प्रदेश YCL ईन्चार्ज शंकर महतो, एवं प्रदेश २ संयोजक सन्देश श्रेष्ठ, YCL कै सर्लाही जिल्ला ईन्चार्ज एवं केन्द्रिय सदस्य समिर बराईली, जिल्ला पार्टी सचिव कमल बुडाथोकी, बागमती नगरपालीकाका मेयर भरत थापा, बरहथवाका मेयर देवानन्द महतो, पार्टीका स्थानिय नेताहरु गोरख बल, अर्जुन जर्गा, गणेश थापा, रामनायरण चौधरि लगाएतको उपस्थिती रहेको थियो ।

YCL सर्लाही जिल्ला ईन्चार्ज एवं केन्द्रिय सदस्य बराईलीका अनुसार लालबन्दी बजारबाट मोटरसाईकल ¥याली निकाली डुमडुमे बजार परिक्रममा पश्चात NIC बैंक भएको भवन पछाडी पार्टीको नगर कमिटी कार्यालयको उद्घाटन गरिएको थियो । त्यसपश्चात पार्टी प्यालेसमा पुगी थ्ऋी को नगर कमिटि गठन गरिएको थियो ।
ओमराज लामाको संयोजकत्वमा ४६ सदश्यिय YCL को नगर कमिटि गठन गरिएको छ । YCL को प्रदेश कमिटि सदस्य घामराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमलाई शुक्र लामाले संचालन गर्नुभएको थियो ।