२०८३ जेष्ठ १४ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १४ बिहीबार

जनयुद्धको क्रममा देशमा घटित सम्पूर्ण घटनाको जिम्मेवार हामी र हाम्रो पार्टी रहेको माओवादी नेता एवं पुर्व मन्त्री मातृका यादवले बताउनुभएको छ ।

पुराना प्रजातन्त्र सेनानी हृदय नारायण चौधरीद्वारा लिखित तथा प्रकाशित ‘साहित्य समाजका दर्पण है’नामक पुस्तकको शनिबार सर्लाहीको सदरमुकाम मलंगवास्थीत जिल्ला समन्वय समितिको सभाहलमा विमोचन गर्दै सो कुरा बताउनुभएको हो। जनयुद्धमा लागेको ब्यक्ति भएकोले जतिपनि घटनाहरु भएका छन् त्यसको नैतिक रुपमा जिम्मेवार आफु रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हाम्रो पार्टी (माओवादी) सरकारमा रहेको तर सरकार हाम्रो नरहेको उल्लेख गर्दै यस्तो भ्रममा नपर्न आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुसँग आग्रह समेत गर्नुभयो।

विमोचित पुस्तकका लेखक तथा प्रकाशक सर्लाही पडरिया वडा न-१ निवासी चौधरीले पुस्तकको बारेमा प्रकाश पार्दे यसमा झुठ ,फरेव, जाल, साजिश, बेइमानी ,पाखण्ड र अत्याचारीहरुको पर्दाफास गर्नुका साथै भगवान राम, कृष्ण, जिसस -क्राइस्ट, बुद्ध, महाविर, जुन्नैद, लाओत्से, आइन्सटाइन, लालबहादुर शास्त्री, लक्ष्मी प्रसाद देवकोटा लगायतको चर्चा समेत गरिएको उहाँले जानकारी गराउनुभयो । उहाँले पुस्तक मार्फत भ्रष्टाचार र त्यसको निदानकोलागि नयाँ बाटो देखाउनु भएको छ ।

बि.स २०३६ सालको जनक्रान्तीमा सक्रिय भूमिका खेल्नु भएका चौधरीले यस पुस्तक मार्फत सामाजिक ,राजनीतिक , धार्मिक तथा राजनीतिक घटनाक्रमको विस्तृत रुपमा चर्चा गर्नुभएको छ । चौधरीले यसलाई एक्काइसौं सताब्दीको लागि एउटा अनौठो पुस्तकको रुपमा प्रस्तुत गरेको बताउनुभएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी,माओवादी नेता अच्युतम काफ्ले,पुर्व सर्लाही क्याम्पस प्रमुख कृष्णदेव यादव, पुर्व सभासद हलिमा खातुन सेखिन, उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष बिरेद्र साह, बारएसोसिएशन अध्यक्ष नरेश चौधरी, नागरिक समाज अध्यक्ष उग्रकान्त झा, नेपाल मानवाधिकार संगठन अध्यक्ष रजनिकान्त झा, जनविकास समाजका अध्यक्ष रामदेव ठाकुर, कानून विद मदन राय, राम बदन साह, मोहन यादव, स्थानीय समाजसेवी कौशल सिंह, पत्रकार महासंघ नेपाल प्रदेश न-२ कोषाध्यक्ष अजित सिंह, विनती चौधरी, रिपोर्टस क्लब नेपाल प्रदेश न-२ अध्यक्ष बख्तियार अली, शिक्षाप्रेमी रामचन्द्र महतो, दयाकांत मिश्र, रमेश लाल कर्ण, गजेद्र प्रसाद गुप्ता, आयोजक संस्था होस्टे हैंसे का शीर्ष व्यक्तित्व विनय चौधरी, मैथिली गायक सन्तोष कर्ण र पत्रकार लगायतका अतिथिहरुको उपस्थिति रहेको कार्यक्रमका संचालक एवं शिक्षक जितेन्द्रलाल दासले जनाएको छ।

मलंगवा | सर्लाही जिल्लाको बसबरिया गाउँपालिका- ४ धनगढा र बरहथवा नपामा आइतबार जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आयोजना गरेको शुभकामना आदानप्रदान, स्वागत तथा सम्मान एवं पार्टी प्रवेश कार्यक्रममा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले जनता समाजवादी पार्टी मुद्दामा आधारित पार्टी रहेको बताएका छन् ।

देशमा पहिचान र अधिकारको लामो लडाइ आफू र आफ्नो पार्टी निरन्तर लडिरहेको बताउदै मन्त्री यादवले भने, “जसपा फुटेको होइन, पार्टीमा रहेका भगौडा र बेइमानहरु पार्टीबाट गएका मात्र हुन् ।” तिनीहरु पार्टीबाट गएपछि अहिले प्रदेश नं. ६, ७, ५, ४ र २ को प्रदेश सरकारमा जसपाको तर्फबाट मन्त्री रहेको र प्रदेश नं. १ र ३ को प्रदेश सरकारमा जसपालाई सहभागी गराउने कुरा पक्का भएको उनले बताए ।

संविधान संसोधन, समान जनसंख्याका अधारमा राज्यको विभिन्न निकायमा प्रतिनिधित्व हुनुपर्ने, झुठा मुद्दा फिर्ता लिनुपर्ने, अपाङ्गता भएकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने र मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सपना लगायतका माँगहरु सरकारले अझै पूरा गर्न नसकेको बताउदै मन्त्री यादवले भने, हामी मुद्दामा आधारित पार्टी हौं ।

आइतबार भएको शुभकामना आदानप्रदान, स्वागत तथा सम्मान एवं पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी (केन्द्र) का ४ सय नेता तथा कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् । सर्लाहीमा जसपा प्रति विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एवं आम जनसमुदायको लहर बढ्दै गएको छ ।

नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी (केन्द्र) पार्टी परित्याग गरेर जसपामा प्रवेश गरेका नव प्रवेशी कार्यकर्ताहरुलाई संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले स्वागत तथा बधाई दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएका छन् ।

मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान, स्वागत तथा सम्मान एवं पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवले शुभ दिपावली एवं छठ पर्वको अवसरमा पार्टीका नेता तथा कार्यकर्ता एवं उपस्थित सम्पुर्ण जनसमुदायमा सुख, शान्ति, सु-स्वास्थ्य तथा समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश नं. २ का उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री मा. राम नरेश राय, पार्टीका केन्द्रिय सदस्य भाग्य नारायण यादव, प्रदेश सांसद संजय यादव, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र यादव, उपाध्यक्ष गणेश यादव, कबिलासी नपाका मेयर कौशल किशोर यादव, सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।