२०८३ असार २८ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २८ आईतवार

निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्र गरिसक्नुपर्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्री र केही मन्त्रीहरुसँग भएको छलफलमा आयोगका पदाधिकारीहरुले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

‘स्थानीय तहको निर्वाचन चैत ५ गतेभित्र गरिसक्नुपर्छ । संकटकाल बाहेकको अवस्थामा म्याद थप्ने व्यवस्था पनि छैन । स्थानीय तह पदाधिकारीविहीन राख्न पनि मिल्दैन,’ आयोगका एक पदाधिकारीले भने, ‘हामी देशभर एकै चरणमा, एकै पटक स्थानीय तहको निर्वाचन गर्न तयार छौं भनेका छौं ।’

प्रदेशसभा र प्रतिनिधिसभाको अवधि भने १४ महिना बाँकी छ । त्यसैले पहिला स्थानीय तहको निर्वाचन गर्नु उपयुक्त हुने आयोग पदाधिकारीहरुको जोड थियो । 

आयोग पदाधिकारीहरुले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि देशभर एकै पटक गर्न सकिने बताएका छन् । एक आयुक्तका अनुसार प्रधानमन्त्री देउवा स्थानीय चुनाव पहिले कि प्रदेश र प्रतिनिधिसभा भन्ने बहसमा प्रवेश नै गरेनन् ।

तर देशभर एकै पटक चुनाव गर्ने आयोगको प्रस्तावमा उनी सहमत देखिएका छन् । 

नेपालका लागि फ्रान्सका राजदूत Gilles Bourbao ले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन ।

सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरेका छन ।

लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको बताउँदै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदुत Bourbao लाई आग्रह गरे । कोभिड महामारीको असर कम हुन नपाउदै नेपालमा बमौसमी वर्षाले ठूलो क्षति पु¥याएकोले त्यसको पुननिर्माण र क्षतिपूतिको लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको छ ।

साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ ।

सर्लाहीका तीन जना सुरक्षा अधिकारी कारबाहीमा परेका छन् ।

कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारीबाट हटाइएका हुन् ।

गृह मन्त्रालयका अनुसार प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ । नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौरलाई हटाएर एसपी कृष्ण प्रसाईंलाई जिम्मा दिएको छ ।

सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठ पनि जिम्मेवारीबाट हटाइएका छन् । श्रेष्ठको ठाउँमा एसपी भरत खनियाँलाई पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।