२०८३ जेष्ठ ४ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ४ सोमबार

चीनमा ४० लाख जनसंख्या भएको एक शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । गाँसू प्रान्तको राजधानी लानजू शहरमा कोरोनाको बढ्दो संक्रमणपछि यस्तो कदम उठाइएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

संक्रमितको संख्या निकै थोरै भएपनि सावधानी स्वरुप लानजूमा लकडाउन लागू गरिएको छ । त्यहाँका जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ ।

सोमबार चीनमा २९ नयाँ संक्रमित भेटिएका मध्ये लानजूमा ६ जना मात्रै भेटिएका थिए । शहरका अधिकारीले लानजूमा प्रवेश र त्यहाँबाट बाहिरिने प्रक्रियालाई पूर्ण रुपमा नियन्त्रित गरिने समाचार एजेन्सी एएफपीले बताएको छ । प्रशासनले सबै मानिसहरुलाई आफ्नो हाउजिङ कम्प्लेक्स भित्र नै बस्नुपर्ने आदेश दिएको छ । अत्यावशेक सामाग्री ओषधी र अस्पताल जानबाहेक प्रशासनले अरुकुरामा रोक लगाएको छ ।

यसअघि पनि उत्तरी चीनमा हजारौं मानिसलाई घरभित्रै बस्न कडा आदेश दिइसकिएको छ । चीनमा कोरोनाको ताजा संक्रमण डेल्टा भेरियन्टसँग सम्बन्धित भएको बताइएको छ । स्वास्थ्य अधिकारीले परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि बढ्ने अनुमान गरेका छन् ।

पछिल्लो एक हप्तामा चीनमा कोभिड–१९ का १३३ नयाँ संक्रमित भेटिएका छन् जसमध्ये १०६ संक्रमित अन्य देशबाट आएका पर्यटक छन् । १७ अक्पटोबर पछि चीनका ११ प्रान्तमा घरेलु संक्रमितको संख्यामा पनि वृद्धि भइरहेको छ ।

: लोकपथ

बेमौसमको वर्षाले मुलुकका सातै प्रदेशमा ८ अर्ब २६ करोड ८० लाख रुपैयाँबराबरको धानबाली क्षति भएको छ ।

बाढी तथा डुबानका कारण ३ लाख २५ हजार २ सय ५८ मेट्रिकटन धान सखाप भएको छ । ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आंशिक क्षतिसमेत गरेर २ लाख ८५ हजार ७६ हेक्टर क्षेत्रफल प्रभावित भएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले प्रदेशस्तरमा तथ्यांक संकलनमा समन्वय र सहजीकरणका लागि सातवटै प्रदेशमा १/१ वटा कार्यटोली गठन गरिएको बताए ।

सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवको बैठकले क्षति मूल्यांकनका साथै राहतबारे आज कात्तिक ९ गते मंगलबार छलफल राखिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।