२०८३ जेष्ठ ११ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ११ सोमबार

अर्थमन्त्री जनार्दन शर्माले पुष्प खेतीले मुलुकलाई आत्मनिर्भर बनाउने अर्थमा निकै महत्वपूर्ण रहेको बताउनु भएको छ । शुक्रवार ललितपुरमा १४ औं गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्नुहुँदै उहाँले पुष्प व्यवसाय उत्पादनको क्षेत्रमा महत्वपूर्ण रहेको बताउनुभएको हो ।

फूलमा मुलुक आत्मनिर्भर उन्मुख भएको बताउनु हुँदै मन्त्री शर्माले अर्को वर्षदेखि आयात नगर्नुपर्ने गरी संकल्प गरेर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले केही प्रतिशत अन्य मुलुकबाट बर्सेनि फूल भित्रिरहेकाले आगामी वर्षदेखि आत्मनिर्भर हुने गरी पुष्प कृषक, व्यवसायी तथा सरोकारवालालाई संकल्प गर्न आग्रह गर्नुभएको हो ।

मन्त्री शर्माले फूल नेपालीको संस्कृतिसँग पनि जोडिएकाले निकै महत्वपूर्ण रहेको बताउनु भएको छ । फ्लोरिकल्चर एशोसिएसनले बर्सेनि प्रदर्शन आयोजना गर्दै आएको गोदावरी पुष्प प्रदर्शनी यस वर्ष शुक्रवारबाट सोमबारसम्म चल्ने बताइएको छ ।

प्रदर्शनीमा गोदावरी पुष्पसँगै विश्वभर चलेका फुलहरू, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत राखिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले बताउनुभयो । अध्यक्ष तामाङले प्रदर्शनीको अवलोकन ३५ हजार बराबरले गर्ने अनुमान गरिएको जानकारी दिनुभयो । त्यस्तै ५० लाखभन्दा बढीको व्यापार हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

अध्यक्ष तामाङका अनुसार आर्थिक वर्ष २०७६/०७७ को प्रदर्शनीमा ७३ लाखको व्यापार भएको थियो ।

अघिल्लो वर्ष भने कोरोना महामारीका कारण प्रदर्शनी स्थगित भएको थियो ।

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली शनिवार सर्लाही सदरमुकाम मलंगवा आउने भएका छन ।

मलंगवामा माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र मधेशवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेशनबीचको एकता कार्यक्रममा सहभागी हुन प्रचण्ड मलंगवा आउन लागेका हुन ।

बरिष्ठ नेता आउने भएपछि माओवादी केन्द्रका जिल्ला स्थित नेता कार्यकर्ताले ब्यवस्थापन र तयारि तिब्र पारेका छन ।

नेपाल सरकारले बेमौसमी वर्षाका कारण किसानले लगाएको धानबालीमा भएको क्षतिका विषयमा जग्गाको क्षेत्रफललाई आधार बनाएर राहत दिने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले जानकारी गराएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई धानबालीको क्षेत्रफलका आधारमा राहत दिने र त्यसका लागि कार्यविधि बनाउन कार्यदल गठन गर्ने निर्णय समेत भएको कृषी मन्त्री यादवले बताएका छन् ।

मन्त्री यादवका अनुसार, सरकारले साना किसान (बढीमा १० कठ्ठा जग्गा) को धानबालीमा भएको क्षतिको उत्पादन लागतको ६५ प्रतिशत रकम अर्थात प्रति कठ्ठा १ हजार ९ सय २१ रुपैयाँ र प्रति बिघा ३८ हजार ४ सय २० रुपैया, मझौला किसान (११ कठ्ठादेखि ४० कठ्ठासम्म) को धानबालीमा क्षति भएकालाई उत्पादन लागतको ३० प्रतिशत रकम अर्थात प्रति कठ्ठा ८ सय ८७ रुपैया र प्रती बिघा १७ हजार ७ सय ४० रुपैयाँ त्यसैगरी ठूला किसान जस्को ४१ कठ्ठा भन्दा बढी क्षेत्रफलमा क्षति भएको छ उनिहरुलाई उत्पादन लागतको २० प्रतिशत रकम अर्थात प्रति कठ्ठा ५ सय ९१ रुपैयाँ र प्रति बिघा ११ हजार ८ सय २० रुपैयाँसम्म राहत उपलब्ध गराउने निर्णय भएको छ ।

त्यस्तै सरकारले आंशिक क्षति अन्तर्गत सबै वर्गका किसानलाई उत्पादन लागतको २० प्रतिशत रकम अर्थात प्रति कठ्ठा ५ सय ९१ रुपैयाँ र प्रति बिघा ११ हजार ८ सय २० रुपैयाँसम्म राहत उपलब्ध गराउने भएको छ ।

राहत वितरण गर्ने कार्यविधि बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई मन्त्रिपरिषद्मा पेस गर्नेछ ।

हालसम्मको तथ्यांक अनुसार राहत उपलब्ध हुने अनुमानित क्षेत्रफल १ लाख ११ हजार हेक्टर रहेको र सोको राहतका लागि नेपाल सरकारको खर्च हुने अनुमानित रकम ११ अर्व ८८ करोड मध्ये बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई ५ अर्व ५२ करोड रुपैयाको राहत प्याकेजको घोषणा गरेको कृषि मन्त्रालयले जनाएको छ ।

सर्लाहीको परवानीपुरमा निर्मित पुष्पलालको शालिक बुधवार नेकपा एकिकृत समाजवादीका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अनावरण गर्नुभएको छ ।

मंगलवार सर्लाही आउनुभएका अध्यक्ष नेपाल सोहि दिन देखि जिल्ला भित्रका विविध कार्यक्रममा सहभागी हुनुहुन्छ । उहाँले बुधवार लालबन्दी नगरपालीकाको वडा नम्बर १५ र १६ परवानीपुरस्थित बोहोरेडाँडामा प्रदेश सांसद बेचि लुंगेलीको क्षेत्र बिकाश कोषको रकम करिव १ करोडको लगानिमा निर्मित पुष्पलालको शालिकको अनावरण गर्नुभएको हो ।

शालिक अनावरण सँगै २७५ सदस्यिय जिल्ला कमिटि घोषणा गरिएको छ । बुधवार आधिकारिक घोषणा गरिएको जिल्ला कमिटिको अध्यक्षमा सुरेन्द्र लामा, उपाध्यक्षमा देवेन्द्र यादव, सचिवमा गोबिन्द अधिकारि रहेका छन । बुधवार घोषणा गरिएको कमिटिले बाँकी पदाधिकारि र सदस्यहरु चयन गर्ने बताईएको छ ।

नेकपा एसका प्रदेश २ अध्यक्ष एवं पुर्व सामान्य प्रशासन मन्त्री रामचन्द्र यादवले सर्लाही जिल्ला कमिटि घोषणा गर्नुभएको हो । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि थुप्रै ब्यक्तिहरु लोकतान्त्रीक समाजवादीमा प्रवेश गरेका थिए ।

त्यसअघि अध्यक्ष नेपालले लालबन्दी नगरपालीका ५ मेजरगञ्जस्थित शान्तिटोलमा निर्मित महिला संरक्षण गृहको उद्घाटन गर्नुभएको थियो । प्रदेश सांसद बेचि लुंगेलीको क्षेत्रबिकाश कोषको रकमको ३५ लाखको लागतमा संरक्षण गृहको निर्माण सम्पन्न भएको सांसद लुंगेलीले जानकारि दिनुभयो ।

कम्पाउण्ड वाल तथा २ ओटा गेट र एउटा सभाहल सहितको योजना अन्तर्गत संरक्षण गृह निर्माण गरिएको हो ।

यसैबिच नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकको परिवर्तन गरिएको नाम ‘मेटा’ राखिएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गर्नुभएको हो । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो । फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको बताउनुभएको छ ।

कम्पनीले  फेसबुकको नयाँ नाम परिवर्तन गरेसँगै रोजगारीको नयाँ अवसर पनि खोल्ने जनाएको छ । युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदलेको हो ।

पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ । साथै फेसबुकले आफूलाई केवल सोसल मिडिया भन्दा व्यापक भएको कम्पनीको रुपमा चिनाउन चाहेको जनाएको छ ।  

फेसबुकले पछिल्लो समय स्मार्ट चस्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजारभन्दा धेरै कर्मचारी खटाइसकेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।