२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

सर्लाही | जनताको सेवाका लागि जनताबाटै निर्वाचित भएका जनप्रतिनिधिले घुस माग्छन् भन्ने सामान्य मानिसले सोच्न पनि सक्दैनन् । तर जिल्लामा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वडा सदस्यलाई घुस रकमसहित पक्राउ गरेको छ । 

आयोगका अनुसार एक लाख ५० हजार घुस लिएको अभियोगमा ईश्वरपुर नगरपालिका ११का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई आज पक्राउ गरिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ढलानसम्बन्धी काम सम्पन्न भए पश्चात् उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत वडा सदस्यद्वयले घुस माग्दै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट गएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई सर्लाहीको लालबन्दी–७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट घुससहित पक्राउ गरिएको हो । 

सर्लाही | प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्लाहीमा पनी कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर धर्ना दिएका छन् ।

जिल्ला अदालत बार एसोसिएसन सर्लाहीको आयोजनामा कानुन व्यवसायीहरुले अदालतको मुल गेट अगाडी बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म धर्ना दिएका हुन् ।

सम्मानित सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबरा वर्तमान न्यायपालिका भित्रको बिसंगती सुधारको वाधक बनेकोले उनको राजिनामाको माग गर्दै केन्द्रीय बार एसोसिएसनले गरेको परिपत्र अनुसार हिजोदेखि भोलीसम्म बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म हातमा कालोपट्टी बाँधेर धर्नामा बस्ने जिल्ला अदालत बार एसोसिएसन सर्लाहीका अध्यक्ष नरेश कुमार चौधरीले बताए ।

‘न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध हाम्रो अभियान जारी रहेको बताउँदै न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधिशले राजीनामा दिनुपर्ने आफुहरुको माग रहेको अधिवक्ता रामबदन प्रसाद साहले भने ।

भोली मंगलबार पनि जारी रहने धर्नामा जिल्लाका ३ दर्जन बढी कानुन व्यवसायीहरुको सहभागीता रहेको छ ।

सर्लाही | नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) सर्लाहीले आकाशिँदो महंगी र पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध पुर्वपश्चिम राजमार्गमा बिरोध ¥याली गरेको छ ।

अखिल क्रान्तिकारिले लालबन्दी ९ स्थित जनन्योती क्याम्पसदेखि लालबन्दी बजारसम्म नारावाजी र सिट्टि जुलुस गरेको हो ।

जुलुसमा संगठनका केन्द्रिय सदस्य सुदिप पौडेल, जिल्ला अध्यक्ष अर्पण पौडेल, रौतहट जिल्ला संयोजक अभिषेक साही, युवा संगठन नेपालको केन्द्रिय सदस्य भरत पुलामी लगायत केहि स्थानिय र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

बिरोध ¥यालीपछि भएको कोणसभालाई सम्बोधन गर्दै अखिल क्रन्तिकारिका सर्लाही संयोजक पौडेलले बडामहाराजाहरुले गरिबक्सिएको कर्तुत त सहिएन भने यी छोटेराजाहरुका कर्तुत हामी क्रान्तिकारी विद्यार्थीले सहने कुरै आउंदैन भन्दै यथाशिघ्र मुल्यबृद्धि फिर्ता नगरे जिल्ला संगठनबाटै थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताएका थिए ।

सर्लाही | सासापुरमा रहेको सासापुर स्वास्थ्य चौकीमा विश्व मधुमेह दिवशको अवशरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा १४८ जनाले स्वास्थ्य परिक्षण सेवा लिएका छन ।

हरिवन नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखाले मधुमेह दिवशको अवशरमा शिबिर आयोजना गरेको थियो । शिविर मार्फत स्वास्थ्य चेकअप, ल्याब र औषधि निःशुल्क प्रदान गरिएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो ।

शिविरका लागी नेशनल हेल्थ केयर वीरगन्जले निःशुल्क औषधि उपलब्ध गराएको थियो ।

हरिवन नगरपालिका–४, का वडाध्यक्ष धनबहादुर वाईबाको अध्यक्षतामा भएको स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा हरिवन नगरप्रमुख गणेश प्रसाई, उप–प्रमुख रेणुका पौडेल लगाएत स्थानियको उपस्थिती रहेको थियो ।

हरिवन नगरपालिका–४, स्थित स्वास्थ्य चौकीमा आयोजना गरिएको शिबिरमा सर्वसाधारणहरुको मधुमेहसँगै आँखाको समेत निःशुल्क परीक्षण गरिएको थियो ।

सर्लाही | नेपाली कांग्रेसको अधिवेशन कहिले हुन्छ भन्ने टुंगो अझै लाग्न सकेको छैन । निर्वाचन गराउन नियुक्त भएका निर्वाचन अधिकृत विनोद कार्कीले निर्वाचन गराउने वातावरण नभएको भन्दै राजीनामा दिएपछि अधिवेशन अन्योलमा परेको हो ।

कार्कीको राजीनामा पछि दिवाकर पाण्डे निर्वाचन अधिकृतको रुपमा जिल्लामा आएका छन । उनले जिल्लामा देखिएको कांग्रेसको दुबै धारसँग सहमतीको लागी समन्वय गरिरहेका छन ।

अहिले निर्वाचन अधिकृतको सचिवालय कहाँ रहने भन्ने बिषयमा नै विवाद देखिएको छ । केन्द्रीय निर्वाचन समितिले अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत पाण्डे अहिले मलंगवा १० स्थित कुसुम पार्टी प्यालेसमा बसिरहेका छन ।

पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायले निर्वाचन अधिकृत होटलमा बसे जिल्ला सभापतिको अनुकूल हुने र अधिवेशन निष्पक्ष नहुने तर्क गरेका छन । तर जिल्ला सभापति नागेन्द्र कुमार राय भने अधिकृत होटलमै बस्नुपर्ने अडानमा छन ।

दुई गुटको विवादले गएको शनिवार नै हुनुपर्ने काँग्रेसको वडा अधिवेशन नै अनिश्चित बनेको छ ।

लालबन्दी | राष्ट्रियस्तरको गरिमा विकास बैंक र सहारा विकास बैंक मर्ज भएका छन । गरिमा विकास बैंकको गत भदौ १५ गते र सहारा विकास बैंकको भदौ १२ गते बसेको छुट्टाछुट्टै विशेष साधारणसभाले मर्जमा जाने प्रस्ताव पारित गरेसँगै सहारा बिकाश बैंक गरिमा बिकाश बैंकमा विलय भएको हो ।

गरिमा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालको अध्यक्षता तथा प्रदेश २ का युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा सर्लाही सदरमुकाम मलंगवामा आयोजित एक समारोहका बीच मर्ज गरिएको हो ।

मर्ज पश्चात् एकीकृत कारोबारको शुभारम्भ पनी भएको छ । बैंक विलय तथा प्राप्तिका लागि नेपाल राष्ट्र बैंकले गत कात्तिक १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक ११ गते अन्तिम स्वीकृति दिएको थियो ।

योसँगै अब यी दुई बैंकले कार्तिक २८ गतेदेखि नै एकीकृत कारोबार गर्ने भएका छन् । यद्यपि, बैंकको नाम भने गरिमा विकास बैंक नै रहने छ ।

बैंकको केन्द्रिय कार्यालय हाल गरिमा विकास बैंक रहेकै भवन काठमाडौँ महानगरपालिका २ लाजिम्पाटमा रहने जनाइएको छ ।

गरिमा विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो भने सहारा विकास बैंक सर्लाही जिल्लालाई केन्द्रित हुँदै सञ्चालन भइरहेको बैंक थियो ।

सर्लाही | मिथिलाको संस्कृति झल्काउने दिपावली र छठ पछिको दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व सुरु भएको छ ।

सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व कार्तिक शुक्ल पक्षको द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व १० दिनसम्म चल्ने छ ।

११औं दिन पूर्णिमाको रात सामा चकेवालाई जलाशयमा विसर्जन गरी पर्वको विधिवत समापन गरिन्छ । मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै लगातार १० दिनसम्म सामा चकेवा खेल्ने गर्दछन् ।

पर्वको पहिलो दिन बिहान दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर खनेर ल्याएकोे माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाउँछन । माटोबाट तयार पारिएका सामा चकेवा लगायतका आकृति बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङहरु लगाएर रङ्गीचङ्गी बनाइन्छ । त्यसपछि सबै आकृतिलाई राति बाँसको डालामा राखेर बीचमा दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म गीतसहितको नृत्य गर्दै चेलीबेटीले सामा चकेवा खेल्ने गर्दछन् ।

दिदीबहिनीहरु सामुहिक रुपमा दश दिनसम्म सामा चकेवाको गीत गाएर गीत मार्फत आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् । त्यसपछि ११औं दिन दाजुभाइको हातबाट सामा फुटाउन लगाइ फार भर्ने गरिन्छ । दाजुभाइको हातबाट फुटाउन लगाएको सामा चकेवा दिदीबहिनीहरु राति बाजागाजाका साथ जलाशय, वन अथवा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् । यसरी सामा चकेवाको विधिवत समापन हुन्छ ।

मिथिलाञ्चलका हरेक दिदीबहिनीले सामा चकेवा पर्वलाई निकै मन पराउने र माइतीमै गएर पर्व मनाउने इच्छा गर्ने भएकाले टाढा–टाढाबाट दिदीबहिनी सामा चकेवा खेल्न माइत जाने गर्दछन्।

मध्य तराईको सर्लाही जिल्लासहित महोत्तरी, धनुषा, रौतहट , सिराहा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लामा पनि यो पर्व लोकप्रिय छ ।

मिथिलाञ्चलमा छठपर्वको खरनाको दिनदेखि सामा चकेवा पर्व सुरु हुन्छ भने छठको तयारीसँगै यो पर्वका लागि पनि दिदीबहिनीले तयारी गर्ने गर्दछन् ।

सर्लाही | आज सोमवार कात्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह र विशेष पूजा गरी हरि बोधनी एकादशी पर्व मनाइँदैछ ।

असार शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर आज विवाह गरिन्छ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । हरि शयनीदेखि हरि बोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दु धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ ।

बहुजन एकता पार्टी नेपालको प्रथम जिल्ला सम्मेलन आईतवार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

बहुजन एकता पार्टी नेपालका जिल्ला अध्यक्ष सुबोध पासवानको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष हरिनन्दन कुमार रंजनको प्रमुख आतिथ्यतामा मलंगवा १० स्थित तिनबिघे मैदानमा सम्मेलन सम्पन्न भएको हो ।

हजारौं महिला तथा पुरुषहरुको सहभागीता रहेको सम्मेलनलाई विशिष्ठ अतिथि राजाराम पासवान, केन्द्रीय सदस्य जितेन्द्र राम, जितेन्द्र साह, सत्यनारायण महरा लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमको आयोजना जिल्ला कार्यसमिति सर्लाहीले गरेको पार्टीका बरिष्ट नेता राजाराम पासवानले जानकारि दिए ।

सर्लाही जिल्लाको लालबन्दी नगरपालिकास्थित उत्तरतर्फका बिभिन्न ठाउँहरुमा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

लालबन्दी नगरपालीका वडा नम्बर १४ को कामिटार, मटरखोला, हात्तिसुँडे, तोरीबारी, मटरदोभान र ब्रह्मस्थानमा स्थानीयवासीले लगाएको अवैध गाँजा खेती प्रहरीले आईतवार फँडानी गरेको हो ।

ती स्थानमा ठूलो मात्रामा गाँजा खेती लगाएको सूचनाका आधारमा पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिव ६ बिघा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही, सशस्त्र प्रहरी सुरक्षा बल १० नं. हेडक्वार्टर गण कविलासी र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प हरिवन, सर्लाहीबाट खटिएका सुरक्षाकर्मीको टोलीले सो क्षेत्रमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प हरिवनका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाको नेतृत्वमा गएको ७५ जना सुरक्षाकर्मीको टोलीले गाँजा खेती नष्ट गरेको हो ।

अझै त्यस क्षेत्रमा ठुला क्षेत्रफलमा गाँजा खेती गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।